News

May 14, 2013

आदिवासी जनजाति महासंघको अध्यक्षमा कुमाल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
प्रतिद्धन्द्धी चन्द्रविक्रम राईलाई हराउदै नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा नगेन्द्रकुमार कुमाल निर्वाचित भएका छन् । सोमबार राति भएको निर्वाचनमा प्रतिद्धन्द्धी चन्द्रविक्रम राईलाई १५ मतले पराजित गर्दै कुमाल ३ वर्षका लागि महासंघको अध्यक्षमा निर्वाचित भएका हुन् । खसेको कुल ५३ मतमध्ये कुमालले ३२ मत र राईले १७ मत पाएका थिए । अध्यक्षका अर्का प्रत्यासी नरेश ताम्राकारले तीन मतमात्रै पाए । बिजयी भएपछि अध्यक्ष नगेन्द्रकुमार कुमालले आदिवासी जनजातिको मुद्दालाई स्थापित गराउन आफु नेतृत्वको कार्यसमिति गम्भिर रुपमा लाग्ने बताए । महासंघको महासचिवमा पाँच जना प्रतिस्पर्धीलाई पछि पार्दै पेम्बा भोटे निर्वाचित भए । उनले २२ मत पाएका छन् । उपाध्यक्षमा महिलातर्फ रोश्नी मेचे, हिमालबाट डन्डु शेर्पा, पहाडबाट सूर्यहादुर माझी, भित्री मधेसबाट चिनीलाल माझी र तराइबाट रामअवतार मण्डल निर्वाचित भए । सचिवमा महिलाबाट यशोधा चौधरी, हिमालबाट गणेशलाल थकाली, पहाडबाट यमबहादुर चेपाङ, भित्री मधेशबाट चिनीमायाँ माझी, तराईबाट ध्यानी उँराव निर्वाचित भएका छन् । कोषाध्यक्षमा जगतबहादुर बराम निर्वाचित भए ।

No comments: