लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आगामी संबिधान सभाको निर्वाचनमा एकीकृत माओवादी र मधेशी मोर्चा सहितको गठबन्धनले एक भएर जाने कार्य योजना तयार गरेको छ ।
एकीकृत नेकपा माओवादीको कार्यालय कोटेश्वरमा बसेको गठबन्धनको बैठकमा साझा घोषणापत्र लिएर चुनावमा जाने प्रस्ताव गरिएको हो ।
सचिवालयले गरेको प्रस्तावमा न्यूनतम साझा उम्मेरद्धार बनाउने र त्यसका लागि आर्थिक भौतिक तयारी गर्ने प्रस्ताव गरिएको प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिए ।
यसै बिच यसबारे अर्को बैठकमा ठोस निर्णय हुने सिंहले जानकारी दिए । गठबन्धन तल्लो तहसम्म विस्तार गर्ने साथै यसअघिका पूर्व निर्णय पनि कार्यान्वयन गर्ने निर्णय भएको छ ।
No comments:
Post a Comment