News

May 14, 2013

पाकिस्तानमा तेस्रो पटक प्रधानमन्त्री बन्ने भए नवाज सरिफ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
पाकिस्तानको निर्वाचनको ताजा परिणामले मुहमद नवाज सरिफ तेस्रो पटक प्रधानमन्त्री बन्ने पक्का भएको छ। पाकिस्तानमा हिंसाका बीच शनिबार भएको संसदीय निर्वाचनको परिणामा दुई पटक पाकिस्तानको प्रधानमन्त्री बनिसकेका सरिफ अगाडि देखिएका छन् । ताजा निर्वाचन परिणाम अनुसार सरिफको पार्टी पाकिस्तान मुस्लिम लिगले १ सय १५ स्थानमा जित हासिल गरिसकेको छ । दुई स्थानबाट उमेद्वारी दिएका सरिफ दुवै स्थानबाट विजयी बनेका छन् । पाकिस्तानको संसदीय निर्वाचन २ सय ७२ सिटका लागि निर्वाचन भएको हो । सरिफको पार्टीले निर्वाचन परिणाम आफ्नो पक्षमा पारेका खबर आए सँगै सरिफको पार्टीका समर्थकले विजय उत्सवा मनाउँन थालेका छन् । साथै अन्तराष्ट्रिय तहबाट समेत सरिफलाइृ बधाई दिनेको घुइचो लागेको छ । भारतीय प्रधानमन्त्री मनमोहन सिंहले त सामाजिक सञ्जल ट्वीटर मार्फत बधाई दिइसकेका छन् । सरिफ प्रधानमन्त्री भए पूर्व क्रिकेट खेलाडी इम्रान खानको पार्टी तेहरिक ए इन्साफ प्रमुख प्रतिपक्ष बन्ने निर्वाचन परिणामले देखाएको छ ।

No comments: