News

May 5, 2013

निर्वाचनसम्म मुसर्रफ जेलमै बस्नु पर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१७ वैशाख, रावलपिण्डी । आगामी मे महिनामा निर्वाचनमा उमेदवार हुने उद्देश्यले स्वदेश फर्किनुभएका पाकिस्तानका पूर्व सैनिक शासक परवेज मुसर्रफको उक्त निर्वाचनको समय जेलमै बित्ने भएको छ । पाकिस्तानमा आगामी महिनाको ११ तारिखमा आम निर्वाचन हुँदैछ । पाकिस्तानी पूर्व सैनिक शासक परवेज मुसर्रफलाई पाकिस्तानका पूर्व प्रधानमन्त्री बेनिजर भुट्टोको हत्यामा संलग्न भएको अरोपमा त्यहाँको एक अदालतले थुनामा राख्ने समय थपिदिएको छ । यसले गर्दा उहाँको निर्वाचन लड्ने समय नै जेलमा बित्ने भएको हो । उहाँलाई पाकिस्तानको रावलपिण्डीस्थित एक आतङ्कवाद विरोधी अदालतले मङ्गलबार थप १४ दिन थुनामा राख्ने आदेश दिएको हो । उहाँलाई पूर्व प्रधानमन्त्री भुट्टोको हत्याको आरोप लगाइएको छ । सो विषयमा अनुसन्धानका लागि उहाँलाई सो थप थुनाको आदेश दिइएको समाचारमा उल्लेख छ । उहाँ यसअघिदेखि नै घरैमा नजरबन्दमा हुनुहुन्छ । उहाँ हाल आफु सत्तामा रहँदा पाकिस्तानका एकजना न्यायाधीशलाई बर्खास्त गरी थुनामा राखेको अरोपमा आरोपमा नजरबन्दमा नै हुनुहुन्छ । सो मुद्धाका लागि उहाँको थुनाको म्याद सकिएपछि उक्त अदालतले उहाँलाई आज थप १४ दिनको थुना तोकेको हो । न्यायाधीशसम्बन्धी मुद्धामा राखिएका उहाँलाई भुट्टो हत्याको अरोपमा गत हप्ता नै अदालतमा उपस्थित गराइएको पाकिस्ताननको रावलपिण्डीबाट विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् । पाकिस्तानका पूर्व प्रधानमन्त्री बेनिजर भुट्टोको सन् २००७ मा हत्या भएको थियो । आम निर्वाचनको प्रचारमा लागिरहेका बेला उहाँको हत्या गरिएको थियो । हत्याको समयमा मुसर्रफ पाकिस्तानको राष्ट्रपति हुनुहुन्थ्यो । तर उहाँले हत्याको आरोप भने अस्वीकार गर्दै आउनुभएको छ । करिब पाँच वर्षको विदेश पलायनपछि गत महिना मात्र स्वदेश फर्किनुभएका पाकिस्तानका पूर्व राष्ट्रपति मुसर्रफलाई यो समेतगरी तीनवटा छुट्टैछुट्टै अरोप लगाइएको छ ।

No comments: