लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन ८ लामो समयको विश्रामपछि मनीषा कोइराला यो वर्ष नयाँ गेटअपका साथ बलिउडमा पुनरागमन गर्दैछिन्। उनी यसपटक एकसाथ तीनवटा फिल्ममा आउँदैछिन्। सबैमा उनी पहिलेभन्दा दुब्ली
देखिनेछिन्।मनीषाको पुनरागमन हुने पहिलो फिल्म 'चेहेरे' हो। रोहित कौशिकद्वारा निर्देशित यस फिल्ममा उनले दुई फरक चरित्रमा अभिनय गरेकी छिन्। ध्वनिरहित फिल्ममा हिट तर आधुनिक फिल्ममा असफल हुने अभिनेत्रीको भूमिकामा मनीषालाई हेर्न पाइनेछ।'एउटै पात्र भएपनि दुई अलग परिवेशमा अभिनय गर्नुपर्ने भएकोले यसमा सन्तुलन गर्न एकदम गाह्रो भो'- मनीषाले भनेकी छिन्। फिल्ममा मनीषाबाहेक ज्याकी श्राफ, गुल्शन ग्रोभर, दिव्या दत्ता र आर्य बब्बरको मुख्य भूमिका छ। तर योभन्दा आशा गरिएको फिल्म भने 'दो पैसे की धूप चार आने की बारिश' हो। किनभने यो फिल्मबाट जमानाकी हिट अभिनेत्री दीप्ति नवल निर्देशक बन्दैछिन्। मनीषा र दीप्ति एकअर्काका मिल्ने साथी हुन्।मनीषालाई देख्न सकिने तेस्रो फिल्म पार्थो घोषद्वारा निर्देशित 'एक सेकेन्ड जो जिन्दगी बदल दे' हो। यसअघि मनीषाले पार्थोका चर्चित फिल्म 'युगपुरुष' र 'अग्निसाक्षी'मा अभिनय गरिसकेकी छिन्। पार्थोको यो थ्रिलर फिल्ममा मनीषाको डबल रोल छ।पछिल्ला फिल्महरुमा मनीषा निकै मोटी देखिएकी थिइन्। त्यसपछि उनी अभिनयलाई थाती राखी अमेरिकामा फिल्म पढ्न गएकी थिइन्। शरीरलाई फिट राख्नुपर्छ भन्ने कुरा उनले अभिनेता सलमान खानबाट सिकेकी हुन् । अहिले उनले आफ्नो तौल धेरै घटाइसकेकी छिन्।
यसअघि रामगोपाल बर्माको 'रण' फिल्ममा पनि मनीषाले खेल्ने बताइएको थियो। तर फिल्मको सुटिङ हुने बेला स्क्रिप्टको माग भन्दै रामगोपालले मनीषाको स्थानमा सुचिता कृष्णमूर्तिलाई खेलाएका थिए।
देखिनेछिन्।मनीषाको पुनरागमन हुने पहिलो फिल्म 'चेहेरे' हो। रोहित कौशिकद्वारा निर्देशित यस फिल्ममा उनले दुई फरक चरित्रमा अभिनय गरेकी छिन्। ध्वनिरहित फिल्ममा हिट तर आधुनिक फिल्ममा असफल हुने अभिनेत्रीको भूमिकामा मनीषालाई हेर्न पाइनेछ।'एउटै पात्र भएपनि दुई अलग परिवेशमा अभिनय गर्नुपर्ने भएकोले यसमा सन्तुलन गर्न एकदम गाह्रो भो'- मनीषाले भनेकी छिन्। फिल्ममा मनीषाबाहेक ज्याकी श्राफ, गुल्शन ग्रोभर, दिव्या दत्ता र आर्य बब्बरको मुख्य भूमिका छ। तर योभन्दा आशा गरिएको फिल्म भने 'दो पैसे की धूप चार आने की बारिश' हो। किनभने यो फिल्मबाट जमानाकी हिट अभिनेत्री दीप्ति नवल निर्देशक बन्दैछिन्। मनीषा र दीप्ति एकअर्काका मिल्ने साथी हुन्।मनीषालाई देख्न सकिने तेस्रो फिल्म पार्थो घोषद्वारा निर्देशित 'एक सेकेन्ड जो जिन्दगी बदल दे' हो। यसअघि मनीषाले पार्थोका चर्चित फिल्म 'युगपुरुष' र 'अग्निसाक्षी'मा अभिनय गरिसकेकी छिन्। पार्थोको यो थ्रिलर फिल्ममा मनीषाको डबल रोल छ।पछिल्ला फिल्महरुमा मनीषा निकै मोटी देखिएकी थिइन्। त्यसपछि उनी अभिनयलाई थाती राखी अमेरिकामा फिल्म पढ्न गएकी थिइन्। शरीरलाई फिट राख्नुपर्छ भन्ने कुरा उनले अभिनेता सलमान खानबाट सिकेकी हुन् । अहिले उनले आफ्नो तौल धेरै घटाइसकेकी छिन्।यसअघि रामगोपाल बर्माको 'रण' फिल्ममा पनि मनीषाले खेल्ने बताइएको थियो। तर फिल्मको सुटिङ हुने बेला स्क्रिप्टको माग भन्दै रामगोपालले मनीषाको स्थानमा सुचिता कृष्णमूर्तिलाई खेलाएका थिए।
No comments:
Post a Comment