Nov 30, 2009
छैटौं पोखरेली झ्याल यो वर्ष पनि डिसेम्बर २६ मा हुने
हङकङ । मीतेरी सेवा समिति, पोखरा (हङकङ)ले आगामी डिसेम्बर २६ तारिख शनिबारको दिन, काउलूनस्थित काउलून पार्कको पियाजामा विविध नयाँ प्रस्तुतिसहित छैटौं पोखरेली झ्यालको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रमको विषयमा विस्तृत रुपमा जानकारी दिने उद्देश्यले सो संस्थाले हिजो अपरान्ह जोर्डनस्थित याक एण्ड यती रेष्टुरेन्टमा एक जानकारी सभाको आयोजना गरेको थियो ।आफ्नो हरेक कार्यक्रममा केही न केही नयाँ प्रयोग गर्दै आएको समितिले यो पालि गायन प्रतियोगितालाई अगाडि ल्याउने भएको छ भने यही वर्ष नै फुटबल प्रतियोगिता पनि सोही अवसरमा गर्ने भएको छ । दुई वर्षअगाडिबाट थालनी गरेको नृत्य प्रतियोगितालाई अन्य संस्थाले पनि सिको गरी थालनी गर्न लागेपछि त्यसलाई यस समितिले सो संस्थाको हकमा त्यागेको जनाएको छ । गत वर्ष कविता वाचन प्रतियोगिताको आयोजना गरेको भए पनि त्यसलाई पनि निरन्तरता नदिई बरु यो सालबाट भ्वाइस अफ पोखरेली झ्याल भन्दै त्यसैलाई निरन्तरता दिने जनाइएको छ ।पोखरेली झ्याल कप (सिक्स ए साइड)-०९ फुटबल प्रतियोगिता पनि यही वर्षबाट निरन्तरता लिने थाहा गराइएको छ । विगत केही वर्षबाट फुटबलमा स्थानीय नेपाली समुदायहरुका युवाहरुमा विशेष चासोका साथ खेलप्रति लगनशीलता बढ्दै गएको देखेर समितिले आफ्नो पहलबाट पनि खेलजगत र युवा उत्साहलाई टेवा दिने प्रयत्नस्वरुप यसरी प्रतियोगिताको आयोजना गर्न लागेको हो । फुटबल प्रतियोगिताको दौरानमा उत्कृष्ठ खेल प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ द म्याच, पोखरेली झ्याल ताराको उपाधि दिइने पनि सोही जानकारी सभामा बताइएको थियो ।गायनतर्फ नेपाली समाजमा धेरै नै प्रभाव बढ्दै गएकोले समितिले यो पालिबाट गम्भीरताका साथ परिणाममुखी फलदायी प्रतियोगिताको थालनी गर्ने भएको छ, जसको लागि डिसेम्बर, ०६, १३, र २० गरी तीनवटा प्रारम्भिक चरणहरुलाई प्रतियोगितात्मक शैलीमा पार गराएर ग्राण्ड फिनालेको अवस्थामा २६ तारिखलाई चयन गरिएको छ । नेपाली रुपैंया साठी हजार, तीस हजार र दश हजार तथा ट्रफीहरु दिने उक्त गायन प्रतियोगितालाई संगीतकार दिनेश सुब्बा र विक्रम गुरुङको मुख्य निर्णयात्मक भूमिका रहने भएको छ । भ्यवाइस अफ पोखरेली झ्यालको विजयीका लागि दिनेश सुब्बाको तर्फबाट एउटा गीतमा सँगीत भरिने जानकारी गराइएको छ । फुटबल प्रतियोगितामा भाग लिने टिमहरु चारभन्दा कम भएको खण्डमा सो प्रतियोगिता नै क्यान्सल गरिने भनिएको छ । फुटबल प्रतियोगितामा विजयी हुने पहिलो दोस्रो टिमलाई नेपाली रुपैंया पचास हजार र तीस हजार तथा ट्रफीहरु दिने जनाइएको छ ।
नयाँ संविधानको नामका बिषयमा फरक-फरक प्रस्ताव
सर्वोच्चको प्रधानन्यायधीशमा अनुपराज शर्माको नाम सिफारिश
सोमबार बसेको बैठकले शर्माको नाम सर्वसम्मतले सिफारिश गरेको हो । वर्तमान प्रधानन्यायधीश मीनबहादुर रायमाझीले पुस महिनादेखि अनिवार्य अवकाश पाउँदैछन् । न्याय परिषदले सर्वोच्च अदालतमा तीन बर्षस्थायी न्यायधीश भएका ५ जनाको नाम संवैधानिक परिषदमा पठाएकोमा वरिष्ठताका आधारमा शर्माको नाम सिफारिस गरिएको हो । पद रिक्त हुनु १५ दिन अगाडि संसदीय सुनुवाई विशेष समितिमा नाम सिफारिस गरी पठाइसक्नुपर्ने प्रावधान रहेको छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा सभामुख, प्रधानन्यायधीश, प्रमुख विपक्षी दलका नेता र प्रधानमन्त्रीले तोकेका तीन मन्त्री सदस्य रहने संवैधानिक प्रावधान रहेको छ ।परिषदले नयाँ प्रधानन्यायधीशको नाम सिफारिस गरे पनि अख्तियार, लोकसेवा लगायत संवैधानिक निकायमा रिक्त रहेका पदाधिकारीहरुको भने सिफारिस नगर्दा ती निकायहरु पदाधिकारीविहीन अवस्थामा पुगेका छन् । पदाधिकारी नियुक्तिका लागि सिफारिस नहुँदा अख्तियार, निर्वाचन आयोग, लोकसेवा आयोग, महालेखा परीक्षकको कार्यालय बर्षौदेखि नेतृत्वविहीन अवस्थामा रहेका छन् । ती निकायहरु अहिले कार्यवाहकको भरमा सञ्चालन भईरहेका छन् । तराई मुक्ति मोर्चाले तीन दिन आमहड्ताल घोषणा
दार्जिलिङमा विद्यार्थीलाई मोटरसाइकल र मोबाइल चलाउन रोक
माओवादीमा गणराज्य सीमा विवाद छलफल जारी
३०नोभेम्बर,२००९, स्वायत्त गणराज्यको बिषयमा एकीकृत माओवादीको शीर्ष नेतृत्वले पार्टीको जातीय तथा क्षेत्रीय मोर्चा र विभिन्न जनवर्गीय संगठनका प्रमुखहरुसँग आज पनि छलफललाई जारी राखेका छन् ।
एकीकृत माओवादीको मुख्यालय, पेरिसडाँडा, कोटेश्वरमा भएको छलफलमा माओवादी अध्यक्ष प्रचण्डसहित स्थायी समितिका सदस्यहरुको सहभागिता रहेको छ । छलफलमा एकीकृत माओवादीले यही मंसिर २६ गतेदेखि गर्न लागेको स्वायत्त गणराज्य घोषणा लगायत तेस्रो चरणको आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउने बिषयमा छलफल भएको माओवादीस्रोतले जनाएको छ । छलफलले राज्य पुनर्संरचनाबारे आन्तरिक टुँगो लगाउने बताइएको छ । माओवादीभित्र संघीय राज्यको सीमांकनबारे विवाद देखिएको छ । पार्टीका शीर्ष नेतृत्व र जातीय तथा क्षेत्रीय मोर्चाका इन्चार्ज र प्रमुखहरुको बैठकमा राज्यका सीमा निर्धारण गर्ने सम्बन्धमा विवाद उत्पन्न भएको छ ।
बुल्गेरियाका प्रधानमन्त्रीको नामबाट रक्सीको नामकरण
बोरिसोफ्का राखेका हुन् । गत महिना बुल्गेरियाको नयाँ सरकारले घरमा बनाइएको रक्सीमा कर लगाउने निर्णय गरेको थियो । सरकारले कर वृद्धि गरेमा शताब्दी पुरानो वाइन र राकिया बनाउने परम्परा समाप्त हुने भन्दै जनताले विरोध गरेका थिए । संसद् बजेट कमिसनले २०१० देखि राकिया र वाइनमा कर लगाउने प्रस्ताव राखेको थियो । यस प्रस्तावलाई संसद्ले बुधबार पारित गर्ने बताइएको थियो । तर, प्रधानमन्त्री बोरिसोभले यो कर बढाउने योजना त्याग्न मन्त्री र सांसदहरूलाई अनुरोध गरे । प्रधानमन्त्री कराँतेका ब्ल्याकबेल्ट हुन् । कर बढाउने योजना रोक्न लगाएको धन्यवादस्वरूप कोपातोभका गाउँलेले २००९ को राकियाको नाम 'बोरिसोफ्का' राखेका हुन् । रुसमा पनि प्रधानमन्त्री भ्लादिमिर पुटिनको नामबाट भोड्काको नामकरण 'पुटिन्का' राखिएको थियो । 'मेरो गाउँ र वरिवरिका मानिस एकदम खुसी छौँ । हामी जँड्याहा भएका कारण खुसी भएका होइनौँ । हामी हाम्रो परम्परागत राकिया बनाउने चलन संरक्षण गर्न चाहन्छौँ,' कापाटोभाका मेयर जियान कोकोभले भने । बुल्गेरियामा प्रत्येक परिवारले वर्षमा ३० लिटर राकिया कर नतिरी बनाउन पाउँछन् । राकिया अंगुरबाट बनाइन्छ । प्रधानमन्त्रीले काम गर्ने साधारण जनतालाई संरक्षण गर्नुपर्ने बताए । कोकोभका जनताले प्रधानमन्त्री बोरिसोभलाई केही बोतल घरमा बनाएको राकिया पठाउने बताएका छन् । Nov 29, 2009
मिलन देवान स्मृति पुरस्कार २०६५ तथा सम्मानको घोषणा
अनलाइन नेपाली साहित्य मंच (www.sahityaghar.com/www.nepaliLiterature.com) ले प्रत्येक बर्ष प्रदान गर्ने मिलन देवान स्मृति अनेसाम साहित्य पुरस्कार २०६५ यस बर्ष युवा साहित्यकार राजेश राई खाटाम्मा भोजपुर लाई विगत एक दशक देखि निरन्तर नेपाली साहित्यमा योगदान पुर् याए वापत प्रदान गर्ने निर्णय गरेको छ । श्री राईका देशभक्त कलम कविता संग्रह २०६० किराती लोक कथा २०६२ प्रकाशित भएका छन् भने कथा संग्रह जापनीज र अंग्रेजी भाषामा समेत प्रकाशित भई सकेको छ ।युवा स्रष्टालाई प्रदान गरिने यस पुरस्कारको रासी नगद १० हजार रुपैया र प्रमाण-पत्र रहेको छ । धनुकुटा बोधेमा जन्मनु भएका मिलन देवान कर्मक्षेत्र खोज्दै कतार पुग्नु भएको १९ औ दिनमा स्वर्गरोहण हुन भएकोले वहाको स्मृतिमा निजको सरोदर दाजु आनन्द देवान अमृत देवान दिदीहरु हरीमाया रुपमणि र रमा लगायतको परिवारले यस वि। सं। २०६४ मा पुरस्कारको स्थापना गर्नुभएको हो । मंचको लक्ष्य अनुसार नेपाली साहित्य र जातजातिको भाषा साहित्यलाई पनि उत्तिकै प्रोत्साहन गर्ने मान्यता अनुसार नेपाली भाषा साहित्यको क्षेत्रमा विगत डेढदशक देखि निरन्तर योगदान पुर् याउदै आउनु हुने बन्दिपुर १ तनहूका अर्जुन अधिकारीलाई र मौवा ९ नेन्दिबुङ पान्थर निवासी सेसेमी से नाल्बोलाई लिम्बु भाषामा विशेष योगदान पुर् याए वापत सम्मान गर्ने निर्णय भएको छ । वहाहरु दुवैजनाले सम्मान र नगद रु ५ हजार साथै प्रमाण-पत्र प्राप्त गर्नुहुनेछ । सम्मानको लागि छनौटमा पर्नुभएका अधिकारीको कृति - सागर भित्रका कणहरु २०५२ संयुक्त आधुनिक गीत संग्रह २०५७ र एकल आधुनिक गीति एल्बम २०६० बजारमा आएका छन् । त्यस्तै गरि नाल्बोका १४ वटा कृति मध्ये ९ वटा कृति लिम्बु भाषाको रहेका छन् । नाल्बो लिम्बु भाषाको सोबुहाङसा´ नामक प्रथम खण्डकाब्यको रचयीता पनि हुनुहुन्छ । पुरस्कृत तथा सम्मानित ब्यक्तित्वहरुलाई यहि मंसिरको दोस्रो हप्ता काठमाडौमा एक कार्यक्रमको आयोजना गरि पुरस्कार र सम्मान प्रदान गरिने छ । स्मरण रहोस गत बर्ष मलेसियामा साधनारत युवा साहित्यकार देवेन्द्र सुर्केलीलाई यो पुरस्कार प्रदान गरिएको थियो ।
पुरस्कृत ब्यक्तित्वहरुको वैयक्तिक विवरण
सेसेमी से नाल्बो
जन्मः २०२७ असार २६
जन्मस्थलः मौवा ९ नेन्दीबुङ पान्थर
कृतिहरु
मुइङ काब्यकृति २०५१
चासुङ काब्य २०५१
आनी साम्लोहा काब्यकृति २०५२
आधोक्ला काब्यकृति २०५२
बलिहाँङ तङनाम काब्यकृति २०५३
दिदी बहिनी आब्हान काब्यकृति २०५५
सोबुहाङसा खण्डकाब्य २०५६
इङजुम पालाम संग्रह २०५६
लिम्बु पर्यायीवाची शब्दकोष २०५८
बुद्धमाया माखिमको संक्षिप्त जीवनी २०६२
तोयोक्खाओ तीङ्गेक्रपा काब्यकृति २०६४
मेरो मंजुश्री र बदनामी आँखाहरु काब्यकृति २०६५
निसुम २०६४ गीति क्यासेट
भर्तबहादुर सिङजाङ्गो जीवनी २०६६
संलग्नता
अध्यक्ष - लिम्बु साहित्य प्रतिष्ठान
अध्यक्ष - लिम्बुवान लेखक संघ
सम्पादक÷प्रकाशक - चुम्लुङ मासिक
सम्पादक÷प्रकाशक - लुङा अर्धबार्षिक
जन्मः २०२६मंसिर २६
जन्मस्थलः बन्दिपुर १ तनहू
कृतिहरु
सागर भित्रका कणहरु २०५२
संयुक्त गीत संग्रह २०५७
एकल आधुनिक गीत एल्बम २०६०
संलग्नता
उपाध्यक्ष - गण्डगी वाङ्मय प्रतिष्ठान
उपाध्यक्ष - गजल साधना मंच तनहू
सदस्य - गजल यात्रा साथि समुह पोखरा
पुरस्कार तथा सम्मान
द्धितीय - राष्ट्रिय कविता प्रतियोगिता २०५४
जन्मः २०४४ फागुन १०
जन्मस्थलः खाटाम्मा भोजपुर
कृतिहरु
देशभक्त कलम कविता संग्रह २०६०
किराती लोक कथा २०६२
संग्लनता
सचिव - सल्लेरी साहित्य सगंम धनकुटा
सदस्य - धनकुटा प्रतिभा पुरस्कार कोष
सदस्य - किरात राई लेखक संघ
सदस्य - प्रगतिशिल लेखक संघ
सदस्य - नेपाल पत्रकार महासंघ
सदस्य - आदिवासी जनजाति पत्रकार संघ
नयाँ पत्रिका राष्ट्रिय दैनिक धनकुटा समाचारदाता
राष्ट्रिय समाचार समिति धनकुटा समाचारदाता
सगरमाथा टेलिभिजन धनकुटा समाचारदाता
रेडियो मकालु ९२.२ मेगाहर्ज धनकुटा समाचार सम्पादक/संयोजक
पुरस्कार तथा सम्मान
बिष्णु-छत्र राई कृर्ति सम्मान -२०६३
किरात राई यायोक्खा केन्द्रीय कार्य समिति
साल्पा शिलिचुङ्ग साहित्य सगम सम्मान-२०६४
आदिवासी/जनजाति बृहत मोर्चा, नेपालको प्रेस-विज्ञप्ती
गिरिजाप्रसाद कोइराला क्यान्सरपीडित बनेको आशंका
निमोनियाको मात्र उपचार गराएर फर्किएका छन् ।कोइरालाका भतिजा डा. श्रीहर्षका अनुसार सिंगापुर ग्लिन इगल्स हस्पिटलका चिकित्सकले 'कोइरालालाई क्यान्सर लागेको संकेत गरेका थिए । तर, कोइराला भने आफ्ना दाजुहरू क्यान्सरको अपरेसन गर्दा 'गएको' भन्दै निमोनियाको मात्र उपचार गराएर फर्किएका छन् । फोक्सोको तल्लोभागमा पानी जमेपछि उपचारका लागि सिंगापुर गएका कोइरालालाई चिकित्सकले अपरेसन गरेर फोक्सोको पानी झिक्न सुझाव दिएका थिए । तर, उनले मानेनन् । कोइरालाका भतिजा श्रीहर्षले नयाँ पत्रिकासित भने, 'हाम्रो परिवारका धेरै सदस्यलाई क्यान्सर रोग लागेको छ । गिरिजाबाबुलाई पनि क्यान्सर लागेको डर छ ।' श्रीहर्षका अनुसार चिकित्सकले गिरिजाप्रसादलाई भनेका थिए, 'तपाइं पाँच वर्षजति बाँच्नुहुन्छ, अक्सिजन लिनुपर्दैन, ज्वरो आएपछि औषधि खाइरहनुपर्दैन, त्यो चैं (फोक्सोको तल्लोभाग) काटिहाल्नुपर्छ । नत्र क्यान्सरको डर छ ।' तर, यति भन्दा पनि गिरिजाप्रसादले अपरेसन गर्न मानेका छैनन् । 'मेरा दाजुहरू पनि अपरेसन गर्दा नै गए, अपरेसन गरेँ भने म पनि जान्छु,' उनले चिकित्सकलाई भनेको श्रीहर्षले बताए । यसरी अपरेसन नै नगरी गिरिजाप्रसाद फोक्सोमा भएको निमोनियाको मात्र उपचार गरेर सिंगापुरबाट फर्किएका छन् । रगतमा अक्सिजन कम भएर २४ कात्तिकमा गंगालाल हृयरोग केन्द्रमा भर्ना भएका कोइराला थप स्वास्थोपचारका लागि एयर एम्बुलेन्समार्फत थप उपचारका लागि २८ कात्तिकमा सिंगापुर गएका थिए । उनी ७ मंसिरमा उपचार गराएर स्वदेश फर्किएका थिए । चिकित्सकको सल्लाहअनुसार कोइरालाले निमोनिया र छातीको इन्फेक्सनका साथै एड्भान्स टेक्नोलोजीबाट शरीरका सबै अंगको परीक्षण गराएको बुझिएको छ । श्रीहर्षले कोइराला परिवारका अधिकांश सदस्यको क्यान्सर रोगबाट ज्यान गएको बताए । उनले कोइराला परिवारमध्ये गिरिजाप्रसाद कोइरालाकी आमा दिव्या कोइरालाका सन्तान सबैजसोको मृत्यु क्यान्सरबाट भएको हो । गिरिजाप्रसादलाई पनि यही डर छ । कृष्णप्रसादकी तेस्री तथा कान्छी श्रीमती दिव्याको कोखबाट जन्मिएको बिपी, केशव र तारणीप्रसादको क्यान्सरबाट मृत्यु भएको थियो । तारिणीकी छोरी कल्पनाको पनि क्यान्सरबाट मृत्यु भएको थियो । 'कोइराला परिवारमा क्यान्सर वंशानुगत रोग बन्यो, बिपीलाई क्यान्सर भयो, तारिणी बुबालाई क्यान्सर भयो, केशव बुबालाई क्यान्सर भयो,' श्रीहर्षले भने, 'गिरिजाबाबुलाई अहिले निमोनिया छ नि, त्यो पनि क्यान्सरको डर छ ।' गिरिजाप्रसादका बाबु कृष्णप्रसादले दोस्रो विवाह गरेकी धादिङकी मोहनकुमारी ट्टिकी सन्तान भने प्रायः दिमागको रोगबाट मृत्यु भएको थियो । उनका सन्तान मातृकाप्रसाद र उनका दुई छोराको मस्तिष्कको रोगले मृत्यु भएको थियो । त्यस्तै मोहनकुमारीकी नातिनी शैलजाको पनि पछिल्लो समयमा मस्तिष्कमै समस्या देखिएको थियो । मातृकाका छोरा विमल र सञ्जयको पनि निधन भइसकेको छ । श्रीहर्षले भने, 'मोहनकुमारीपट्टकिा सन्तानमा दिमागको रोग देखिएको छ भने दिव्यातिर क्यान्सर देखिएको छ ।' कांग्रेस सभापति कोइरालको निजी चिकित्सक जगदीश अग्रवालले भने श्रीहर्षको भनाइ मित्थ्या भएको दाबी गरे । उनले गिरिजाप्रसादलाई क्यान्सरको कुनै संभावना नभएको दाबी गर्दै भने, 'कांग्रेस सभापतिलाई छातीको इन्फेक्सन र निमोनियाको समस्या छ, त्यत्ति हो । क्यान्सरको कुनै संभावना छैन ।' उनले कोइरालालाई चिकित्सकले अपरेसन गर्ने सल्लाह दिएको भन्ने भनाइसमेत झूटो रहेको दाबी गरे । उनले भने, 'यो सबै वाहियात कुरा हो ।' सिंगापुरबाट फर्किएपछि गिरिजाप्रसादले छातीको इन्फेक्सन र निमोनिया कम गर्न नियमित थेरापी गरिरहेका छन् । कोइरालाको उपचारमा उनका निजी चिकित्सक अर्जुन कार्की र जगदीश अग्रवाल संलग्न छन् । गतवर्ष २२ मंसिरमा धनगढीबाट काठमाडौं फर्किने क्रममा विमानमै अस्वस्थ कोइराला सोही दिन अस्पताल भर्ना भएका थिए । उनलाई त्रिभुवन विमानस्थलबाट सीधै बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र ल्याई उपचार गरिएको थियो । सभापति कोइराला लामो समय लगातार धूमपान गर्नेलाई फोक्सोमा लाग्ने क्रोनिक ब्रोन्काइटिसबाट पीडित छन् । धूमपानका अम्मली ८६ वर्षीय कोइरालाले चार वर्षअगाडि मात्र चुरोट छाडेका थिए ।सुजाता खनिन् रामचन्द्र र रामशरणबिरुद्ध
यसैबीच जनपुकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै डा रामशरण महतले सुजाता कोइरालाको कुरा पँधेरनीको जस्तै भएकाले त्यसमा कुनै सत्यता नभएको बताए ।
छुट्टाछुट्टै दुर्घटनामा प्रहरीसहित दुई जनाको मृत्यु
आन्दोलन घोषणा गर्ने तयारीमा बिद्यार्थीहरु
२९नोभेम्बर,२००९,त्रिभुवन विश्वविद्यालयले एकलौटी रुपमा दश गुणा शुल्कबृद्धि गरेर र्सवसाधारण बिद्यार्थीलाई मारमा पारेको भन्दै सोको विरोधमा आन्दोलनरत १३ बिद्यार्थी संगठनले आज दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गर्ने तयारी गरेका छन् । शुल्कबृद्धि फिर्ता गर्न पहिलो चरणको आन्दोलनबाट दिइएको दबाबमा त्रिविले सुनुवाई नगरेपछि बिद्यार्थीहरु दोस्रो चरणको आन्दोलनमा उत्रिने जनाएका छन् । बिद्यार्थी संगठनहरुले पहिलो चरणको आन्दोलन अर्न्तर्गत त्रिविका कुलपति, उपकुलपतिलाई स्मरणपत्र बुझाउने, क्याम्पसहरुमा कालोझण्डा राख्ने र सभा गर्ने काम सम्पन्न गरेका छन् ।
मंसिर १९ गते सगरमाथामा मन्त्रिपरिषद बैठक हुने
२९नोभेम्बर,२००९, यही मंसिर १९ गते शुक्रबारका दिन नेपाल सरकार मन्त्रिपरिषदको बैठक विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविरमा हुने भएको छ । जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पारेको असरबारे विश्वको ध्यान आकर्षा गर्ने उद्देश्यका साथ समुद्र सतहबाट ५ हजार १ सय ६० मिटर उचाईमा रहेको आधार शिविर गोरक्षेमा मन्त्रिपरिषद बैठक बस्न लागेको हो । उक्त बैठक वातावरण र जलवायु परिवर्तनसम्बन्धी मुद्दामा केन्द्रीत रही जलवायु परिवर्तन र वातावरणसबन्धी घोषणापत्र जारी गर्ने बताइएको छ । बैठकमा २४ जना मन्त्रीहरु सहभागी रहनेछन् भने कर्मचारी, सहयोगी, केही पत्रकार, चिकित्सक र उद्धारकर्ता समेत झण्डै ५० जनाको सहभागिता रहने बताइएको छ ।
तातोपानीमा चिनियाँपक्षको ज्यादती बढेपछि ट्राफिक हवल्दार कुटिए
Nov 28, 2009
गोर्खालीका पक्षमा नेपाल सरकारले पहिलो पटक मुख खोल्यो
माओवादीले व्यवस्थापिका-संसद् पुनः अवरुद्ध गर्ने निर्णय
तानसेनमा यौनजन्य क्रियाकलापमा ३ दर्जन बढीलाई पक्राउ
एमालेका अध्यक्ष झलनाथ खनालले राजीनामा नदिने स्पष्ट
खनालले कसैले राजीनामा माग्दैमा नपाइने बताउनुभयो । उहाँले भन्नुभयो- राजीनामा माग्दैमा पाइने बिषय होइन । त्यसका लागि निश्चित प्रक्रिया हुन्छ । एमालेलाई आफ्नो कार्यकालमा नमूना पार्टी बनाउने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो । उहाँले पार्टी एक ढिक्का बनाउने दृढता समेत व्यक्त गर्नुभयो । केही समय अगाडि सिंगापुरमा नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र एकीकृत माओवादीका अध्यक्ष प्रचण्डबीच कुनै सहमति नभएको उहाँको भनाई थियो । दुई नेताबीच सत्ता समीकरण परिवर्तनमा सहमति भएको भन्ने हल्लालाई आफूले विश्वास नगरेको उहाँको भनाई थियो । उहाँले दुई नेताबीच सिंगापुरमा भएको वार्ताको टेप सार्वजनिक भएको भन्ने हल्ला वाहियात भएको टिप्पणी समेत गर्नुभयो । उहाँले दलहरुबीच सहमति हुनुपर्ने कुरा दोहोर्याउँदै दलहरुबीच सहमति भए जे कुरा पनि सजिलै गर्न सकिने बताउनुभयो । नोबेल पुरस्कार सम्मानित एवादीको पुरस्कार जफत
१३ वर्षीया बालिकाले छोरी जन्माइन्
नेपालगन्ज/ भेरी अञ्चल अस्पतालमा १३ वर्षीया बालिकाले छोरी जन्माएकी छिन् । धादिङ घर भएकी सम्झना सुनारले नेपालगन्ज आएको समयमा अढाइ केजीकी स्वस्थ बच्चा जन्माएकी हुन् । तोतेबोली
भएकी सम्झनाको शल्यक्रियाबाट बच्चा निकालिएको थियो । उनका बुबा नेपालगन्जमा काम गर्ने भएकाले उनी एक महिनाअघि घुम्न यहाँ आएकी हुन् । छोरी जन्माएपछि धेरैले धर्मपुत्रीका लागि आग्रह गरेको उनले बताइन् । 'मेरो पेट चिरेर जन्माएकी छोरी कसैलाई दिन्नँ,' उनले भनिन्, 'आफ्नी छोरीको माया लाग्छ नि ।' ११ वर्षकै उमेरमा कक्षा ३ मा पढ्दै गर्दा अभिभावकले जबर्जस्ती धादिङकै सन्तोष सुनारसँग विवाह गरिदिएको उनले बताइन् । सम्झना नेपालगन्ज आएको उनका श्रीमान्लगायत घरका अन्य सदस्यलाई जानकारी छैन । 'माइत आएकी थिएँ । बुबा नेपालगन्ज आउँदा घुम्न मन लागेर आएकी हुँ । यहीँ सुत्केरी भएँ,' सुनारले भनिन् । अस्पतालमा उनको हेरचाह गर्ने कोही छैन । उनीसँग शिशुको स्याहारका लागि आवश्यक सामान पनि नभएको अस्पतालका नर्सहरूले बताए । 'डिस्चार्ज गर्ने वेला भएको छ । तर, कोही छैन,' उनले भनिन् । सुनारले आफू घर जान चाहेको तर घरको फोन नम्बर नभएर खबर गर्न नपाएको बताइन् । छोरीलाई अस्पताल पुर्याएपछि आवश्यक सामग्री लिन भनी गएका बुबा विजय सुनार अस्पताल फर्केका छैनन् । 'मलाई घरको फोन नम्बर थाहा छैन, नत्र फोन गरी यसको बुबालाई बोलाउँथेँ,' छोरीतिर इशारा गर्दै सुनारले भनिन् ।Nov 27, 2009
व्हाइट हाउसमा आयोजित रात्रि भोज विवाद
यो समाचारलाई सर्वप्रथम छाप्ने वासिङ्टन पोष्टले त्यस दम्पतिका नाम तारेक र मिक्याल सालाही भनी परिचय दिएको छ र उनीहरू उत्तरी भर्जिनियाबाट आएका उदीयमान रियालिटी टिभी स्टार भएको बताएको छ।एक फेसबुक वेब पेजमा त्यस दम्पतिले आफूहरूले गरेको साहसिक कामप्रति गर्व गरेका छन्। उनीहरुले वेब पेजमा उप राष्ट्रपति जोय विदेन, व्हाइट हाउस चीफ अफ स्टाफ रहम इमानुयल र टिभी समाचार संयोजक क्याटी क्युरिकसँग बसेका तस्वीरहरू राखेका छन्।
मलेसियामा दुई नेपालीलाई मृत्युदण्ड दिने निर्णय
आदिवासी/जनजाति बृहत् मोर्चाले सरकारलाई बुझाएको ज्ञापन-पत्र
प्रहरी र माओवादीबीच धनगढीमा भिडन्त
अध्यक्ष झलनाथ खनालको कटु आलोचना आफ्नै पार्टीबाट
घुमाउरो पारामा माओवादीको समर्थन गरिएको भन्दै अध्यक्ष खनालको आलोचना गरेका हुन् । आज बोल्ने सदस्यहरुले सरकारको बिरोध र माओवादीको समर्थन गरेर पार्टी भित्र बिभाजन ल्याउन खोजेको आरोप समेत लागाएका छन् । केही नेताहरुले त अध्यक्ष खनाललाई माओवादी परस्त भएको भन्दै पार्टी भित्रको इतिहासकै विवादीत र कमजोर अध्यक्ष भएको आरोप लगाए । अध्यक्ष खनाल निकट नेताहर पनि बैठकमा उनी बिरुद्ध खनिएको एमाले स्रोतले दाबी गरेको छ । यस्तै बैठकमा फरक मत प्रस्तुत गरेका अर्का नेता बामदेब गौतम पनि आलोचनाको पात्र रहे । सदस्यहरुले गौतमलाई शरिर एमाले तिर तर बोली चाँहि पुरै माओवादी तिर किन भनेर प्रश्न गरेको एक पोलिटब्यूरो सदस्यले जनपुकारलाई बताएका छन् । अध्यक्ष खनालले ११ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा सरकार पुरै असफल भएको टिप्पणी गर्दै सरकारको नेतृत्व त्याग गर्नु पर्ने उल्लेख गरेका थिए । भने बामदेब गौतमले माओवादीको सहमति बिना संबिधान बन्न नसक्ने दाबी गरेका थिए । प्रारम्भिक मस्यौदासहितको प्रतिवेदनमाथि छलफल संविधानसभामा
राज्यमन्त्री बेगममाथि कारवाही नहुने प्रधानमन्त्रीको भनाई
देशभरका आयल निगम बन्दको घोषणा
सरकारले लेबनानमा महिला कामदारलाई जान रोक
विभागका अनुसार पूर्वस्वीकृति पाएका महिलाको संख्या ४०को हाराहारीमा रहेको छ।'पूर्वस्वीकृति लिएकालाई रोक्न मिल्दैन,' मरासनीले भने, 'तर उनीहरुलाई लेबनानको अवस्थाको बारेमा जानका दिएर निरुत्साहित भने गर्छौँ।' पछिल्लो समयमा लेबनानमा घरमालिकले दिएको यातना सहन नसकेर दुई जनाले आत्महत्या गरेका थिए। सरकारले आठ महिना अघि लेबनानमा कामदार जान खुल्ला गरेको थियो। इजरायलले लेबनानमा आक्रमण गरेपछि कामदारको सुरक्षाका लागि गत डिसेम्बर २८ देखि कामदार जान रोक लगाएको थियो। गत वैशाख २८मा कामदार जान फेरि खुल्ला गरिएको थियो। व्यवसायीले कामदारको सुरक्षाका लागि सेल्टर स्थापना गर्ने निर्णयपछि कामदार खुल्ला गरिएको थियो। लेबनानमा महिला कामदार बढी कार्यरत छन्। गत वर्ष १ हजार ५ सय २० जना कामदार लेबनान गएका थिए। यो वर्षको नौ महिनामा १ हजार २ सय कामदार लेबनान गएका थिए।
Nov 26, 2009
आदिवासीहरुद्वारा संबिधानसभाको प्रारम्भीक मस्यौदा जलाइयो
महासंघले उक्त मस्यौदा संबिधान सभा भवन अगाडी जलाएको छ । आत्मनिर्णयको अधिकार, जातिय स्वशासन र स्वायत्तता प्राकृतिक श्रोत साधान माथीको अग्राधिकार, पुर्व सुसुचित सहमतिको अधिकार, परम्परागत ज्ञान, सिप र अभ्यासको अधिकार तथा समानुपाति समावेसी प्रतिनिधीत्वको अधिकार लगायतका अधिकारका बुँदाहरु आदिवासी जनजातिको मौलिक हकको रुपमा संबिधानमा लेखिनु पर्दछ भनि बिगत लामो समय देखि नेपालका आदिवासी जनजातिहरुले उठाउदै आएको छ तर तिनै मुद्धाहरु मौलिक अधिकारको मस्यौदामा नसमेटिए पछि नेपाल आदिवासी जनजाति महासंघले त्यसको बिरोध गरेको हो । मस्यौदा जलाउने कार्यक्रममा संक्षिप्त मन्तब्य दिदै महासंघका अध्यक्ष पासाङ सेर्पाले यो मस्यौदाले आदिवासी जनजातिको कुनै पनि अधिकारलाई नसमेटिएकोले जलाउनु परेको भनि भन्नु भयो । आगामी दिनमा नयाँ संबिधानमा आदिवासी जनजातिको अधिकार समेटिएन भने यसै गरी संबिधानलाई आदिवासी जनजातिहरुले जलाउन नपरोस भनि संबिधान सभालाई सचेत गराउनको लागि पनि यो बिरोधको कार्यक्रम आयोजना गरीएको हो भनि सेर्पाले भन्नु भयो । कार्यक्रममा थारु नेता लक्ष्मण थारु राजकुमार लेखी, लिम्बुवानका नेता कुमार लिङदेन, खगेन्द्र माखिम लगायत बिभिन्न जातिय संस्थाका नेताहरुको उपस्थीति रहेको थियो । कार्यक्रममा ऐक्यवद्धता जनाउनको लागि माओवादीका सभासद ईन्द्रजित थारु, सुर्यमान दोङ, नेपाली कांग्रेसका सभासद लिला सुब्बा समेतको उपस्थीति रहेको थियो भने महासंध सचिवालय सभासद राम बहादुर थापा मगर, भिमराज राजवंसीको पनि उपस्थीति रहेको थियो । सचिवालयका उपाध्यक्ष टेकबहादुर सुनुवार, प्रकासकुमार मण्डल तथा सचिव पर्तमान धिमाल, प्रेम बराम, बिजय दनुवारले मस्यौदामा आगो लगाई सर्वाजानीक रुपमा जलाएका थिए।आदिवासी/जनजाति वृहत मोर्चा आन्दोलनदेखि विद्रोहसम्म हुने
आदिवासी/जनजाति वृहत भेला पूर्व गठित सो भेलाको लागि पहलकर्ता टोलीको आयोजनामा मंसिर ६, २०६६ का दिन चुम्लुङहिम ललितपुरमा मोर्चाको आधारभूत सहमति-पत्र र सञ्चालनको कार्यविधिसमेत पास गरी आदिवासी/जनजाति वृहत मोर्चा, नेपालको निर्माण गरिएको छ ।यो मोर्चाको गठन विगत ३ महिनादेखिको अभ्यासपछि भाद्र २७ र असोज ५ मा तय गरिएको कार्यक्रम, घोषणा-पत्र र डा. कृष्ण भट्टचनको संयोजकत्मा बनेको सात सदस्यीय पहलकर्ता टोलीको पहल, आयोजना र लाहुर्निप, नेपाल; आदिवासी जनजाति महासंघ, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, आदिवासी जनजाति गैर सरकारी संस्था महासंघ, सिड्स र महिला महासंघलगायतका संघ संस्थाहरुको सहयोगमा निर्माण गर्न सम्भव भएको हो ।नव गठित आदिवासी/जनजाति वृहत मोर्चा, नेपालमा प्रत्येक आदिवासी/जनजाति राजनीतिक संगठन, जातीय संगठन तथा जातीय संघ संस्था र आदिवासी बुद्धिजिवीबाटसमेत एक पुरुष र एक महिला रहने गरी १०० भन्दा बढी सदस्य रहेको संयुक्त परिषद् र डा. कृष्ण भट्टचन सचिव तथा अन्य पाँच जना अध्यक्ष मण्डल सदस्य रहेको २७ सदस्यीय संघर्ष समितिको समेत चयन गरिएको छ । सो मोर्चामा आदिवासी/ जनजातिको सवालाई प्रमुख मुद्दा बनाएरु राजनीति गर्ने राजनीतिक संगठनका नेताहरु लक्ष्मण थारु, कुमार लिङ्देन र सञ्जुहाङ पालुङवासमेत रहेका छन् । यसमा लिम्बुवान, खम्बुवान, तामाङसालीङ र थरुहटको समेत सहभागिता रहेको छ । यस मोर्चाले तत्कालै आफ्नो आन्दोलनको कार्यक्रम तय गरेर सरकारलाई ज्ञापन-पत्र बुझाई दवाब, बन्द, आम हड्ताल र नयाँ बन्ने संविधानमा आदिवासी जनजातिको मागलाई सुनिश्चित नगरिएमा सो संविधानलाई अस्वीकार गरी आदिवासी विद्रोहसम्मको आन्दोलन गर्ने जनाइएको छ । यो मोर्चा गठनका लागि भेला आयोजनाको पहलकर्ता टोलीमा डा. कृष्ण भट्टचन, शान्ति राई, नन्द कन्दङ्वा, मल्ल के सुन्दर, सुरेश आले मगर र ज्योति दनुवार रहनुभएको थियो । विद्यार्थी पोशाकमा भेटिने जोडीलाई कडा चेकजाँच सुरु
फिरौतीका लागि अपहरणमा संलग्न चार अपहरणकारी पक्राउ
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार नुवाकोट सुन्दरादेवी स्थायी घर भई टंयागल बस्ने वर्ष २३ का राजेश थापाको अपहरण गरेको अभियोगमा वर्ष १९ का राजीव श्रेष्ठ, वर्ष २४ का बुद्धरत्न शाक्य, १९ वर्षका विजय केसी र राजेन्द्रप्रसाद गौतम पक्राउ परेका हुन् ।अभियुक्तहरूले ८ मंसिर मध्याह्न २ वजे थापालाई नुवाकोटको ढुंगेवाट अपहरण गरेर काठमाडौं मखनटोल ल्याएर बन्धक बनाएका थिए । प्रहरीका अनुसार अपहरणकारीले मखनमा रहेको दुर्जमान विलासको कोठामा डेरा गरी बस्ने बुद्धरत्नको कोठामा थापालाई बन्धक बनाएर राखेर उनका परिवारसँग चालीस हजार फिरौती माग गरेका थिए ।अपहरणकारीले थापाको हत्या गर्ने धम्की दिँदै परिवारलाई फोनमार्फत फिरौती रकम माग गरेपछि उनको परिवार प्रहरीको सम्पर्कमा पुगेको थियो । महाशाखाका अनुसार सूचना आएलगत्तै परिचालित प्रहरीले बुधबार अपहरित थापालाई अपहरणकारीको बन्धनबाट सकुशल मुक्त गरी अपहरणमा संलग्न चारजनालाई पक्राउ गरेको थियो । पक्राउ अभियुक्तहरू काठमाडौं परिसरको हिरासतमा छन् ।माओवादीको जातीय-क्षेत्रीय मोर्चाले १३ वटा गणराज्य घोषणा गर्ने निर्णय
वटा गणराज्य घोषणा गर्ने निर्णय गरेको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा भएको मोर्चाको आज बसेको बैठकले उक्त निर्णय गरेको माओवादी स्रोतले जनाएको छ ।गणराज्य घोषणा मंसिर २६ देखि पुस ३ गते सम्ममा गरिने मोर्चाले जनाएको छ । दोस्रो चरणको आन्दोलनमै गणराज्य घोषणाको कार्यक्रम रहेपनि राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट व्यापक दवाव बढेपछि तयारी नपुगेको भन्दै फिर्ता लिइएको थियो । 'स्वायत्त गणराज्यहरु घोषणा गर्ने निर्णय भयो' बैठकपछि माओवादीको संयुक्त जनआन्दोलन समितिका संयोजक बाबुराम भट्टराईले संवाददाताहरुलाई भने, 'स्वायत्त राज्यहरु गठनका लागि दवाव होस् भनेर घोषणा कार्यक्रम गर्न लागेका हौं । 'माओवादीले विभिन्न जातीय तथा क्षेत्रीय रुपमा १३ वटा गणराज्यसहितको संघीय राज्य संरचनाको खाका यसअघि नै संविधानसभाको राज्य पुर्नसंरचना तथा राज्य शक्तिको बाँडफाँड समितिमा बुझाइ सकेको छ । उक्त खाका अनुसार लिम्बुवान, किरात, शेर्पा, कोचिला, मधेस, नेवा, तमुवान, ताम्सालिङ्, मगरात, थारुवान र भोटे-लामा जातीय आधारमा तथा भेरी-कर्णाली र सेती-महाकाली क्षेत्रीय आधारमा रहेको छ ।यसअघि पूर्वको खोटाङमा केन्द्रीय नीति विपरित केन्दि्रय सदस्य गोपाल किरातीको नेतृत्वमा किरात स्वायत्त गणराज्यको घोषणा गरेपछि माओवादीले व्यापक अलोचना खेप्नु परेको थियो । साथै उक्त घोषणालाई माओवादी नेतृत्वले केन्द्रीय नीति विपरितसमेत भनेको थियो । यसैबीच माओवादीको यो निर्णयले सहमतिको सम्भावना अन्त्य हुदैँ गएको आरोप नेपाली कांग्रेसले लगाएको छ । जनपुकारसँग प्रतिक्रिया दिदैँ कांग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले सहमतिको कुरा गर्दे समानान्तर सरकार गठन गर्ने माओवादीको निर्णयले सहमतिका सबै ढोका बन्द भएको बताए । उपप्रधानमन्त्री गच्छदारले माओवादीको चप्पल खाए
२६ नोभेम्बर, २००९,गढिमाईको दर्शन गर्न पुगेका उपप्रधानमन्त्री बिजय गच्छदार माओवादीको चप्पल खाएर फर्किएका छन् । बाराको गढीमाई मन्दिरमा भईरहेको मेलामा पुगेका उपप्रधानमन्त्री
गच्छदारसहितको टोलीलाई कालोझण्डा देखाउने एकीकृत माओवादीका कार्यकर्ता र प्रहरीबीच आज झड्प समेत भएको छ । झड्पमा दुई दर्जन घाइते भएका छन् । घाइतेहरुमा दर्शनार्थीहरु समेत रहेका छन् । बिहान १० बजे सैनिक हेलिकोप्टरबाट गढीमाई पुगेका उपप्रधानमन्त्री गच्छदार, पर्यटन मन्त्री शरदसिंह भण्डारी र निर्माण तथा भौतिक योजना सहायक मन्त्री कलावती पासवानलाई एकीकृत माओवादी कार्यकर्ताहरुले कालोझण्डा देखाएपछि प्रहरी र प्रदर्शनकारीबीच झड्प भएको थियो । गच्छदार सहितका मन्त्रीले दर्शन गरेर र्फकने क्रममा मन्दिरको गेटमा हुलबाट नाम नखुलेका एक माओवादी कार्यकर्ताले उपप्रधानमन्त्री माथि चप्पल प्रहार गरेका थिए । कडा सुरक्षा व्यवस्थाबीच विरोध गर्न लागेका उनीहरुलाई रोक्न खोज्दा प्रहरीले लाठिचार्ज गर्नुपरेको थियो। यसै क्रममा भागदौड हुँदा मेलामा कोलाहल मच्चिएको थियो। लाठिचार्ज र भागदौडबाट ५ जनाको टाउको फुटेको छ। प्रहार गरिएको चप्पल उपप्रधानमन्त्री नजिकै खसेपछि प्रहरीले लाठी प्रहार गर्न सुरु गरेको थियो ।प्रहरीको लाठीबाट मओवादी कार्यकर्ता सहित दुई दर्जन भन्दा बढी प्रदर्शनकारी घाइते भएको प्रत्यक्षदर्शीले बताए । तनाव उत्पन्न भएपछि मन्त्रीहरुको टोली काठमाडौं फर्किएको थियो । झड्पपछि गढीमाई मन्दिर क्षेत्र तनावग्रस्त बन्न पुगेको छ । यसैबीच उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सिडिओ कुट्ने राज्य मन्त्री करिमा बेगमलाई माफी दिनु पर्ने बताएका छन्। उनले राज्यमन्त्रीले आवेशमा आएर उक्त कार्य गरेको र उनी स्वयमले पनि दु:ख महसुस गरेकाले यसलाई 'इस्यु' बनाइरहन नहुने बताए। उहाँले प्रेस विज्ञप्ति निकालेर घटनाबारे दु:ख व्यक्त गरिसक्नुभएको छ ', गढीमाई दर्शन गर्न आएका गच्छदारले बिहीबार स्थानीय पत्रकारमाझ भने– त्यसैले उनलाई माफी गर्दिनु ठीक हुनेछ।राज्यले माफीको नीति अङ्गालेका कारण उनले पनि माफी पाउनुपर्ने जिकिर गच्छदारको थियो। राज्यमन्त्री बेगमले मंसिर २ गते सिडिओको व्यवहार नै दोषी रहेको आरोप लगाउँदै घटना 'अप्रत्याशित र दुखद्' भएको वक्तव्य निकालेकी थिइन्। हिंसापीडितले ११११ नम्बरमा सीधै प्रधानमन्त्रीलाई उजुरी गर्न सकिने
बुधबार प्रधानमन्त्री कार्यालयमा डेस्क स्थापना गरिएको छ। महिला हिंसाबिरुद्धको दिन पारेर डेस्क स्थापना गरेर फोन गर्न हटलाइन नम्बर व्यवस्था गरिएको छ। अब हिंसापीडितले ११११ नम्बरमा चौबीसै घन्टा फोन गरेर आफ्ना समस्या राख्न सक्नेछन्। 'देशभरि महिलाविरूद्ध भइरहेका हिंसाउपर हुने कारबाहीको अनुगमन गर्न यो प्रभावकारी हुनेछ,' डेस्क स्थापनाका अवसरमा यसबारे जानकारी दिँदै प्रधानमन्त्री माधवकुमार नेपालले भने, 'पीडितहरूको समस्या सुनेपछि डेस्कले पीडकउपर स्थानीय स्तरमा कारबाही भए/नभएकोसमेत अनुगमन गर्नेछ।' पीडित लाई न्याय र अपराधीलाई दण्ड भए/नभएको अनुगमन गर्न डेस्क राखिएको बताउँदै उनले भने, 'लिंगका आधारमा भइरहेको हिंसालाई अपराधका रूपमा स्थापित गर्न सरकारले आवश्यक कानुनसमेत परिमार्जन गर्नेछ।' अब ७५ जिल्लामा लैंगिक हिंसा कम गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सरोकारवालासमेत भएको जिल्ला लैंगिक हिंसा नियन्त्रण समिति गठन गरिने छ। यसको क्षेत्र र केन्द्रमा रहेका डेस्कसँग सोझै समन्वय हुनेछ। समितिलाई सहयोग गर्न महिला अधिकारकर्मीको संयोजकत्वमा जिल्ला सहयोग समूह र प्रत्येक नगरपालिका र गाविसमा लैंगिक हिंसा नियन्त्रणका लागि कानुनी सहायता समितिसमेत गठन गर्ने तयारी सरकारले गरेको छ। आगामी दुई साता महिला हिंसाबिरूद्ध दबाब र चेतनामूलक अभियान चलाउने सभासद् सपना प्रधान मल्लले बताइन्। सरकारले सन २०१० लाई 'लैंगिक हिंसाविरूद्ध वर्ष'का रूपमा मनाउने तयारी गरेको जानकारी दिँदै प्रधानमन्त्रीले सामन्ती संस्कार र पुरूषप्रधान चिन्तनबाट मुक्त नहुञ्जेल महिला हिंसा नरोकिने बताए। लैँगिक हिंसाबाट प्रभावितका लागि न्यायमा सहज पहुँच बनाउन कानुनी तथा संस्थागत सुधार र समुदायमा आधारित सेवा केन्द्रहरू सञ्चालन गरी पीडितलाई संरक्षण गर्न सरकारले महिला हिंसा विरुद्ध वर्ष मनाउन लागेको हो। आचारसंहिता र शैक्षिक जागरणका माध्यमबाट सचेतना फैलाउने, महिलालाई आर्थिक सामाजिक रूपमा शसक्तीकरण गर्नेजस्ता उद्देश्य लैंगिक हिंसाविरुद्धको वर्षले राख्नेछ। सरकारले यो अवसरमा पाँचथर, सुनसरी, सोलुखुम्बु, सप्तरी, सर्लाही, मकवानपुर, नवलपरासी, तनहुँ, काभ्रे, बाग्लुङ, दाङ, जुम्ला, बर्दिया, डोटी र कञ्चपुरमा जिल्ला सेवा केन्द्र र सामुदायिक सेवा केन्द्र सञ्चालन गर्नेछ। सरकारले हिंसा पीडितको उद्धारका लागि राष्ट्रिय स्तरमा 'लैंगिक हिंसा निवारण राष्ट्रिय कोष' स्थापना गर्ने सोचसमेत बनाएको छ। क्रान्तिकारी भूमिसुधार लागू गर्न दलहरू सहमत
विषयवस्तु समावेश गरेर अवधारणापत्र र प्रारम्भिक मस्यौदासहितको प्रतिवेदन तयार गरेको छ ।समितिको बुधबार बसेको बैठकले मस्यौदालाई अन्तिम रूप दिएको हो । यद्यपि, मस्यौदालाई औपचारिक रूपमा हस्ताक्षर गरेर अन्तिम रूप भने शुक्रबार दिइनेछ । समितिले फरक मत राख्नका लागि शुक्रबारसम्मको समय तोकेको छ । त्यस्तै, त्रुटिहरू पत्तालगाउन सदस्यहरूलाई मस्यौदा बाँडिएको छ । शुक्रबार बस्ने समितिको बैठकले मस्यौदालाई पारित गर्नुका साथै सबै सदस्यको हस्ताक्षर गर्ने समितिले जनाएको छ ।बुधबारको बैठकमा समितिमा मतभेद रहेको क्रान्तिकारी भूमिसुधारसम्बन्धी व्यवस्थामा दलहरूबीच सहमति जुटेपछि मस्यौदाले अन्तिम रूप पाएको हो । संविधानको नीतिमा माओवादीले प्रस्ताव गरेअनुसार सामन्ती भू-स्वामित्व अन्त्य गर्दै क्रान्तिकारी भूमिसुधार लागू गर्ने भन्ने शब्द राख्न दलहरू तयार भएका छन् ।मस्यौदा तयार गर्ने यो संविधानसभाको आठौँ समिति हो । संवैधानिक समिति, राज्यको शासकीय स्वरूप निर्धारण समिति र राज्य पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले भने अझै मस्यौदा तयार गर्न सकेका छैनन् ।प्राकृतिक स्रोत समितिमा यसअघि, मुआब्जासम्बन्धी व्यवस्थामा फरक मत परेको छ । कांग्रेस र एमालेका अधिकांश सभासद् बैठकमा उपस्थित नरहेको वेला हदबन्दीभन्दा धेरै जग्गा राज्यले अधिग्रहण गर्दा मुआब्जा दिनु नपर्ने माओवादी प्रस्ताव पारित गरिएको थियो । जसमा कांग्रेस र एमालेले फरक मत जाहेर गरेका छन् ।यसअघि संविधानसभाका राष्ट्रिय हितको संरक्षण समिति, अल्पसंख्यक तथा सीमान्तकृत समुदायको हक-अधिकार संरक्षण समिति, सांस्कृतिक तथा सामाजिक ऐक्यबद्धताको आधार निर्धारण समिति, संवैधानिक निकायको संरचना निर्धारण समिति, व्यवस्थापकीय अंगको स्वरूप निर्धारण समिति, न्याय प्रणालीसम्बन्धी समिति र मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिले अवधारणापत्र र प्रारम्भिक मस्यौदासहितको प्रतिवेदन तयार गरिसकेका छन् ।न्यायप्रणाली समितिको मस्यौदामाथि संविधानसभामा छलफल जारी छ भने अन्य समितिको मस्यौदामाथि संविधानसभाले छलफल गरिसकेको छ ।Nov 25, 2009
माओवादीले मसिंर २५ गते देशव्यापी यातायाता तथा उद्योग बन्दको घोषणा
पौष ११ गते स्वायत्त नेवाः राज्य नेपालमण्डल घोषणा गर्ने
सरकारी कर्मचारीहरुले दुई घण्टा कलम बन्द गरे
२५नोभेम्बर,२००९काठमाडौ- पर्साका तत्कालीन सीडीओ दुर्गाप्रसाद भण्डारीलाई कुटपीट गर्ने कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगममाथि कारवाही गर्नुपर्ने माग गर्दै कर्मचारीहरुले आज बुधबार पनि पर्सा जिल्लाका सरकारी कार्यालयहरुमा कलम बन्द गरेका छन् । राज्यमन्त्री बेगममाथि कारवाही गर्न सरकार उदासीन भएको भन्दै पर्सा जिल्लाका कर्मचारीहरुले आज कार्यालय शुरु हुनासाथ दुई घण्टा कलम बन्द गरेका हुन् । कर्मचारीहरुले गत शुक्रबारदेखि दैनिक दुई घण्टा कलम बन्द गर्दै राज्यमन्त्री बेगममाथि कारवाही गर्न सरकारलाई दबाब दिईरहेका छन् । राज्यमन्त्री बेगममाथि कारवाही गर्न अल्टिमेटम दिंदा पनि सरकारले कुनै कदम नचालेको भन्दै कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय, पर्सामा गत आइतबारदेखि तालाबन्दी गरेका कारण सेवाग्राहीहरु मारमा परेका छन् ।
प्रदेशको संख्या, नाम र आकारबारे टुंगो लगाउने जिम्मा उपसमितिलाई
मंगलबार बसेको बैठकले चाँडोभन्दा चाँडो छलफल गरेर प्रदेशहरूको स्वरूप तय गर्न उपसमितिलाई निर्देशनसमेत दिएको छ । हितमान शाक्य संयोजक रहेको उपसमितिमा कांग्रेसका नरहरि आचार्य, एमालेका मंगलसिद्धि मानन्धरलगायत पाँच सदस्य छन् । राज्य पुनर्संरचना समितिमा राज्य प्रदेशहरूको खाकाबारे पहिलोपटक औपचारिक छलफल भएको हो ।बैठकले कांग्रेसलाई प्रदेशहरूको खाकाबारे आधिकारिक धारणा पेस गर्न सात दिनको समय दिएको छ । समिति सदस्यसमेत रहेका कांग्रेस उपसभापति गोपालमान श्रेष्ठको विशेष आग्रहमा सभापति लोकेन्द्र विष्टले कांग्रेसलाई अन्तिमपटक समय दिएका हुन् ।कांग्रेस, फोरम लोकतान्त्रिक र तराई मधेस लोकतान्त्रिक पार्टीले अझै पनि प्रदेशबारे पार्टीको आधिकारिक धारणा समितिमा बुझाएका छैनन् । कांग्रेसलाई आधिकारिक धारणा पेस गर्न आग्रह गर्दै समितिले लिखित पत्रसमेत पठाउने भएको छ । संविधानसभामा प्रतिनिधित्व गर्ने दलमध्ये अहिलेसम्म १३ दलले मात्रै समितिसमक्ष प्रदेशको खाकासम्बन्धी आधिकारिक धारणा पेस गरेका छन् । उनीहरूले एकदेखि १५ प्रदेशसम्म बनाइनुपर्ने प्रस्ताव गरेका छन् । समितिका अनुसार माओवादीले १३, एमालेले १५, मधेसी जनअधिकार फोरमले एक मधेस प्रदेश, मालेले ६ र नेमकिपाले १४ प्रदेशको प्रस्ताव समितिमा गरेका छन् ।बजेट पारित / संसद अवरुद्ध पारे 'श्री ५ को सरकार' लेख्नुपर्ने बाध्यता
२५नोभेम्बर,२००९काठमाडौं- प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीले तीन दिनका लागि संसद खोल्न दिएपछि आज बुधबार बजेट पूर्णरुपमा पारित भएको छ । एकीकृत माओवादीको संसद चल्न दिने तीन दिने अल्टिमेटम आजदेखि सकिएकाले अन्य महत्वपूर्ण विधेयक भने माओवादीले पारित गर्न देला या नदेला ? यो चासोको बिषय बनेको छ । व्यवस्थापिका संसदको बैठक अब मंसिर १२ गते अपरान्ह ४ बजेका लागि डाकिएको छ । एकीकृत माओवादी अबदेखि फेरि संसदको बैठक अवरुद्ध पार्ने चेतावनी दिंदै आएको छ । यद्यपि संसद बैठक अवरुद्ध नपार्न एकीकृत माओवादीमाथि दबाब पनि बढिरहेको छ । संसद अवरुद्ध पार्दा फेरि पनि 'श्री ५ को सरकार' नै लेख्नुपर्ने बाध्यता आउने भन्दै अब संसद अवरुद्ध नपार्न सरकारले माओवादीलाई आग्रह गरिरहेको छ । संसदबाट चाँडै नै गणतन्त्र कार्यान्वयनसम्बन्धी विधेयक पारित नभए फेरि 'श्री ५ को सरकार' लेख्नुपर्ने बाध्यता आउने बताइएको छ । सभामुख नेम्वाङले पनि माओवादीसमक्ष गणतन्त्र कार्यान्वयन र अपाङ्गता महासन्धिसम्बन्धी महत्वपूर्ण विधेयक पारित गर्न दिन आग्रह गरिरहनु भएको छ । संसद अवरुद्ध नपार्न संविधानसभाका अध्यक्ष सुभाष नेम्वाङले एकीकृत माओवादीलाई आग्रह गरिरहनु भएका छ ।
अझै पेरिसमा महिलालाई पाइन्ट लगाउन प्रतिवन्ध कानून
माइक्रोसफ्टले इन्टरनेटबाट सूचना लिनेसँग शुल्क लगाउने तयारी
सद्भभावनाद्धारा सरकारलाई दिएको सर्मथन फिर्ता लिने तयारी
२५नोभेम्बर,२००९,सद्भभावना पार्टी आनन्दीदेबी समुहको नेतृत्व गरेको सरिता गिरिले समुहले बर्तमान सरकारलाई दिएको सर्मथन फिर्ता लिने तयारी गरेको जनाएको छ । सिहदरबारस्थित संसदीय दलको कार्यालयमा आज पत्रकार सम्मेलन गरी सद्भाभावना आनन्दीदेबीकी अध्यक्ष सरिता गिरिले अस्तीत्वमा नरहेको अर्को सद्भावनालाई प्रधानमन्त्रीले मान्यता प्रदान गरेकोमा आपत्ति प्रकट गर्दै सरकारलाई प्रदान गरेको सर्मथन फिर्ता लिने बताउनु भएको हो । उहाँले हिजो सदनमा प्रधानमन्त्रीले अस्तीत्वमा नरहेको श्यामसुन्दर गुप्ताको सद्भावनालाई सम्बोधन गरेर आफुहरुको अपमान गरेको बताउनु भयो । सद्भावना आनन्दीदेबीको बिभाजन सम्बन्धी बिषय अदालतमा रहेका सन्र्दभमा प्रधानमन्त्रीले अदालतलाई प्रभाव पार्ने गरेर सदनमा बोल्नु आपत्तिजनक रहेको भन्दै अध्यक्ष गिरिले प्रधानमन्त्रीले आफ्ना अभिब्यक्तिका सम्बन्धमा पुर्नबिचार नगरे सरकारलाई प्रदान गर्दै आएको सर्मथन फिर्ता लिने चेतावनी दिनुभएको हो । गिरिले नेतृत्व गरेको सद्भावनाका दुइ सभासद् रहेका छन् । गुप्ता नेतृत्वको सद्भावनामा भने एक सभासद् रहेका छन् भने सर्बोच्च अदालतमा बिवाद रहेको छ ।