News

Nov 22, 2009

प्रधानमन्त्री माधवकुमार- गिरिजाप्रसाद कोइरालाबीच वार्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मंसिर ७ प्रधानमन्त्री माधवकुमार नेपाल र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाबीच आइतबार साँझ छलफल भएको छ। उपचारपछि सिंगापुरबाट आजै फर्किएका कोइराला भेट्न नेपाल महाराजगञ्जस्थित कोइराला निवास पुगेका थिए। प्रधानमन्त्रीले कोइरालाको स्वास्थ्यस्थिति बारे जानकारी लिएका छन्।राजनीतिक गतिरोध अन्त्य तथा माओवादीसँग गर्ने वार्ताका विषयमा दुई नेताबीच कुराकानी भएको प्रधानमन्त्री निकट स्रोतले नागरिकन्यूजलाई बतायो।भेटका अवसरमा उच्चस्तरीय राजनीतिक संयन्त्रका बारेमा पनि छलफल भएको छ।माओवादी अध्यक्ष पुष्पकमल दाहालले समेत कोइरालालाई साँझ भेट्ने कार्यक्रम तय भएको थियो। तर उनी पार्टीको केन्द्रीय कमिटीको बैठमा व्यस्त भएकाले आइतबार उनी कोइराला निवास गएनन्।

No comments: