News

Dec 14, 2009

शेर्पा गणराज्य घोषणा र किराँत गणराज्यलाई बैधानिकता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१४डिसेम्बर,२००९,गणराज्य घोषणाल नगर्न चौतर्फी दबाब बढीरहेपनि त्यसलाई वेवास्ता गर्दै माओवादीले छुट्टाछुट्टै सभाको आयोजना गरी आज पनि थप दुई गणराज्य घोषणा गरेको छ । यो संगै माओवादीले घोषणा गरेको स्वायत्त गणराज्यको संख्या ६ पुगेको छ ।माओवादी अध्यक्ष पुष्पकमल दाहालले सोलुखुम्बुमा शेर्पा गणराज्य घोषणा गरेका छन् भने पोलिटब्यूरो सदस्य गोपाल किराँतीले किराँत गणराज्यको कार्यालय उदघाटन गरे ।पार्टीभित्र असहमति हुँदाहुँदै पनि यसअघि घोषणा गरिएको किराँत गणराज्यलाई सोमबार बैधानिकता दिइएको छ । कात्तिक २३ गते गणराज्य घोषणा गरेपनि त्यसले बैधानिकता नपाएको भन्दै सोमबार दिक्तेलमा बैधानिक रूपमा किराँत गणराज्य घोषणा गरेको हो । पार्टीभित्र आलोचना खेपेका पोलिटब्यूरो सदस्य गोपाल किराँतीले किराँत गणराज्यको कार्यालय उदघाटन गरेर बैधानिकता दिएका छन् । उनी आफै किराँत गणराज्यका संयोजक घोषित भए ।पार्टीभित्र कडा धारमा चिनिने किरातीले केही कमजोरी भएकाले आफूले पार्टीभित्र आलोचना खेपेको गणराज्य घोषणापछि पत्रकार सम्मेलनमा खुलासा समेत गरे ।। नेपाली कांग्रेस र एमालेले भने शान्ति सम्झौता विपरित भएको टिप्पणी गरेका छन् भने माओवादीले जनभावाको कदर गरेको बताएको छ ।

No comments: