News

Jan 18, 2010

तामाङले माओवादीले घोषणा गरेको स्वायत्त गणराज्य नमान्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भक्तपुर, माघ ४,नेपाल राष्ट्रिय दलका अध्यक्ष परशुराम तामाङले एकीकृत नेकपा (माओवादी) ले घोषणा गरेको स्वायत्त गणराज्य नमान्ने बताएका छन्। तामसालिङ राज्यमा माओवादीले तामाङ क्षेत्रलाई नै विभाजन गरेको आरोप पनि उनले लगाए। जातीय स्वायत्त गणराज्य घोषणा गर्दा कसैलाई अन्याय गर्न नपाइने जिकिर तामाङको थियो। तामाङ राष्ट्रिय महासङ्घका महासचिव श्याम तामाङले पनि माओवादीले जातीय विखण्डन हुनेगरी आफूखुशी घोषणा गरेको गणराज्य कुनै पनि हालतमा मान्य नहुने बताएका थिए।भक्तपुरको सूर्यविनायकमा २८४६ औँ ताक (बाघ वर्ष) ल्होसार पर्व मनाउने क्रममा उनले यस्तो धारणा राखेका हुन।

No comments: