News

Oct 26, 2010

हत्याका दोषीलाई कारवाहीको माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक ९, नेकपा (एमाले) धादिङको प्रतिनिधिमण्डलले जिल्लाका पार्टी नेता शिव थापाको हत्यारालाई कारबाही गर्न माग गरेको छ। आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै प्रतिनिधिमण्डलले उक्त माग गरेको हो। प्रतिनिधिमण्डलले हत्यालगत्तै माओवादी जिल्ला सेक्रेटरीले आफ्ना कार्यकर्तालाई फसाउने तयारी भइरहेको भन्दै विज्ञप्ति जारी गर्नुले पनि हत्या माओवादीबाटै भएको थप पुष्टि भएको बताएको थियो।प्रतिनिधिमण्डलमा नेकपा(एमाले)का पोलिटब्युरो सदस्यद्वय राजेन्द्र पाण्डे र गङ्गालाल तुलाधर तथा पीडित परिवारलगायत सहभागी थिए।
प्रतिनिधिमण्डलले हत्यामा संलग्न छ जनाका नाममा किटानी जाहेरी गरिसकिएको जानकारी गराउँदै सत्य, तथ्य छानबिन गरी दोषीमाथि तत्काल कारबाही गर्न प्रधानमन्त्रीसँग माग गरेको थियो।प्रधानमन्त्रीले दोषी उम्किन नदिन प्रशासनलाई निर्देशन दिइसकिएको बताए। प्रतिनिधिमण्डलले स्व थापालाई सहिद घोषणा गर्न, पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा बालबच्चाको उचित पालन पोषण र अध्ययनको व्यबस्था मिलाउन पनि माग गरेको थियो। जवाफमा प्रधानमन्त्रीले माग पुरा गर्न सरकार सकारात्मक रहेको बताएका थिए।

No comments: