News

Jan 31, 2010

लिम्बुवानको झापा, मोरङ, सुनसरी र धनकुटामा राँकेजुलुसपछि नियमित चक्काजाम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ
माघ १४,संविधान सभाको राज्य पुनर्संरचना समितिले पेश गरेको १४ राज्यको प्रस्तावमा अरुणपूर्व लिम्बुवानको ऐतिहासिक पृष्ठभूमिलाई टुक्रा-टुक्रा पार्ने षडयन्त्र गरिएको भन्दै त्यसको विरोधस्वरुप संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले लिम्बुवानको विर्तामोड, दमक झापा; धरान सुनसरी र धनकुटा बजार धनकुटामा २०६६ माघ १४ गते साँझ राँके जुलुश गरेको छ ।राज्यको पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले संविधानको मस्यौदास्वरुप प्रस्ताव गरेको खाकामा संघीय गणतन्त्र नेपालमा लिम्बुवान स्वायत्त राज्य हुनेछ भनी लिम्बुवानको नामाङ्कन हुनु सकारात्मक कदम हुँदाहुँदै पनि झापा, मोरङ, सुनसरी, धनकुटा र सङ्खुवासभालाई अन्य राज्यमा प्रस्ताव गरी योजनावद्ध रुपले ऐतिहासिक लिम्बुवान भूमिलाई टुक्राउने षडयन्त्र गरेकोमा त्यसप्रति मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले घोर आपत्ति जनाउँदै सोको विरोध गरेको हो ।सम्पूर्ण नेपाल एकात्मक संरचनामा रहँदा पनि वि.सं. १८३१ देखि २०२१ सालसम्म अरुणपूर्वको लिम्बुवान स्वायत्त रहेको गोरखालीहरुसँग वि. सं. १८३१ को सन्धि हुँदा अरुणपूर्व राज्यको रुपमा लिम्बुवानसँग मात्र सम्झैता भएको र पछिल्लो पटक अन्तरिम संविधान जारी हुँदा संविधानमा 'संघीय' शब्द नपरेको विषयमा सबैभन्दा पहिले मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले २०६३ मङ्सिर २६ गते लिम्बुवान बन्दको आह्वान गरी नेपालमा आधुनिककालको संघीय आन्दोलन शुरु गरेको र संघीय आन्दोलनलाई जातीय द्वन्द्वमा फस्न नदिई राजनीतिक आन्दोलनमा रुपान्तर गर्न अथक प्रयास गरेको दावी राँकेजुलुशलाई सम्बोधनगर्ने क्रममा लिम्बुवानका नेताहरुले बताए । नेपाललाई संघीयतामा लानको लागि सबैभन्दा महत्वपूर्ण भूमिका खेलेको त्यही लिम्बुवानलाई कमजोर बनाउन केही शक्तिहरु लागिपरेको तर लिम्बुवान विरोधीहरुको यो षडयन्त्रको विरुद्धमा माचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद अन्तिम अवस्थासम्म सङ्घर्ष गरिरहने कुरा नेताहरुले बताए । साथै, परिषद अरुण-सङ्खुवा-सप्तकोशीपूर्वको नौ जिल्लासहितको अधिकार सम्पन्न पूर्ण लिम्बुवानको पक्षमा रहेको कुरा पनि दोहोर्याइयो । परिषदले २०६४ फागुन १८ गतेको पाँच बुँदे सहमति अनुसार जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान स्वायत्त राज्य घोषणा गर्नुपर्ने र हालै संविधान सभामा प्रस्ताव गरिएको ऐतिहासिक लिम्बुवान भूमिको सिमाङ्कनलाई टुक्राउने गलत निर्णय तुरुन्त सच्याउनु पर्ने माग गरेको छ ।यसका साथै राज्यको पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले बुझाएको उक्त मस्यौदाउपर संविधान सभामा छलपल भइरहेको बेला लिम्बुवनको सवालमा ध्यानाकर्षण गराउन माघ १७ गतेबाट नियमित दिनको २ घण्टा लिम्बुवानको विभिन्न ठाउँमा चक्काजाम गर्ने कार्यक्रमसमेत रहेको छ ।

कैलालीबाट बिदा भए ३३४ माओवादी अयोग्य लडाकु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कैलाली/ एकीकृत माओवादी जनमुक्ति सेनाको सातौँ डिभिजन तालबन्द कैलालीबाट अयोग्य ठहरिएका लडाकुले आँसु झार्दै शिविर छोडेका छन्। अनमिनले अयोग्य ठहर्‍याएका तालबन्द शिविरका तीन सय ३४ लडाकुलाई शनिबार कार्यक्रमसहित बिदाइ गरिएको हो। सातौँ डिभिजनमा तीन हजार तीन सय २३ प्रमाणित लडाकु र चार सय ६९ अयोग्य लडाकु थिए। एक सय ३५ जनाले भने यसअघि नै शिविर छोडिसकेका थिए। तालबन्दस्थित प्रमुख सातौँ डिभिजन र तीन सहायक शिविरमा रहेका तीन सय ३४ अयोग्य ठहरिएका लडाकुमा ०६३ जेठ ११ को युद्धविरामपछि भर्ती भएका र १८ वर्षमुनिका छन्। शिविरबाट बाहिरिने प्रायः सबै लडाकुका आँखा रसाएका थिए। भने कोही त भक्कानो छाडेर रोएका थिए । 'जनयुद्धकालमा सँगै लडियो, अब छुट्टनिुपर्दा पीडा हुने नै भयो,' बिदाइ भएपछि खेमराज बोहराले दुखेसो पोखे।

ढाकामा नेपाली खेलकुद टोलीबीच मुक्का हानाहान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ढाका, माघ १७- अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिष्ठा प्रदर्शन गर्न खेलकुद उत्तम विकल्प मानिन्छ। तर, त्यही मञ्चमा घरायसी झगडा छताछुल्ल भयो भने त्यसले कस्तो सन्देश देला ? यस्तै अप्रिय घटना ढाकामा आयोजना भइरहेको एघारौं दक्षिण एसियाली खेलकुदमा भएको छ। अन्तर्राष्ट्रिय खेलकुदमा नेपालको नाम बदनाम गर्ने काम गरेको छ, कब्बडी खेलले। आइतबार बंगबन्धु रंगशाला नजिकै नेपाली पुरुष कबडी टोली प्रतिस्पर्धाका लागि म्याटमा उत्रिदा म्याटबाहिर नेपाल कबडी संघका अध्यक्ष सुनिलराज कर्णीकार र संघका अन्य पदाधिकारी तथा प्रशिक्षकहरु हात हालाहालमा उत्रिएका थिए। 'घरायसी झगडा बाहिर ल्याउँदा देशको प्रतिष्ठामा आँच मात्र आउँदैन्, विश्वभरि लोकप्रिय बनाउँन जुटेका हामी जस्ता पदाधिकारीको मनोवल कमजोर हुने गर्छ'- नेपाली पदाधिकारीहरुबीचको झगडा साम्य पार्न दौडधुप गरेका एसियाली कबडी संघका महासचिव मोहम्मद सरवरले नागरिकसँग भने।आइतबार नेपाली पुरुष कबडी खेलाडीको नाम घोषणा गर्ने क्रममा टोली प्रशिक्षक विमल पोखरेलको नाम हटाइएपछि विवाद सुरु भएको थियो।संघका अध्यक्ष कर्णीकारले पुरानो रिसिइबी साँध्न प्रशिक्षकबाट नाम हटाएको भन्दै महिला र पुरुष दुवै खेलका प्रशिक्षकले मैदानमै विरोध जनाएका थिए। कर्णीकारले रेफ्रिको भुमिकामा नेपालदेखि आएका दीनेश पालको नाम नक्कली सर्टिफिकेट भएको भन्दै कटाएपछि विवादले उग्ररुप लिएको थियो।'कर्णीकारले विदेशमा आएर हाम्रो मात्र होइन, राष्ट्रकै बेइज्जत गर्ने काम गरेका छन्'- रेफ्रि पालले भने। राष्ट्रिय टोली प्रशिक्षक पोखरेलले काठमाडौंदेखि नै आफूलाई ढाका पुगेर औकात देखाउने भन्दै धम्की दिएको उनले बताए। 'राष्ट्रले प्रशिक्षकको भुमिका दिएर पठाएको ब्यक्तिको नाम हटाउने दुस्साहस कर्णीकारले कसरी गरे ?'- पोखरेलले भने। उनले विहिबार ढाका आइपुगेको कबडी प्रशिक्षकको एक्रिडेसन कार्ड लुकाउँने असफल प्रयास गरेको आरोप लगाए।कर्णीकारले नेपाल ओलम्पिक कमिटीको सदस्य भएको रवाफ देखाउँदै आफ्नो पनि नाम प्रशिक्षकबाट काटेको तारासिह भाटले नागरिकलाई बताए।पछि दुई पक्षबीच मैदानबाहिरै हात हालाहाल भएपछि एसियाली कबडी महासंघका महासचिव सरवरले कार्यालय भित्र लगेर दुवै पक्षको सम्झौता गराएका थिए।उनको हस्तक्षेपछि महिला प्रशिक्षक भाटलाई पुनः प्रशिक्षक बनाइयो।

सुजाताको अभिव्यक्तिप्रति नेपाली कांग्रेस रुष्ट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकार परिवर्तन आवश्यक भएको भन्ने सुजाता कोइरालाको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले असहमति जनाएको छ । नेपाली कांग्रेसका महामन्त्री विमलेन्द्र निधिले सरकार परिवर्तनसम्बन्धी अभिव्यक्तिबारे उपप्रधान एवं परराष्ट्र मन्त्री सुजाता कोइरालासँग स्पष्टीकरण सोधिने बताएका हुन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री निधिले उनलाई त्यस्तो बोल्ने अधिकार नभएको भन्‍दै केन्द्रीय समितिको बैठकमा स्पष्टिकरण सोधिने बताएका हुन् । उनले प्रधानमन्त्री र सरकारसँग असन्तुष्टि भए राजनीनादिन चुनैती समेत दिए । उनले भने 'सुजाताजीबाट धेरैपटक विवादास्पद अभिव्यक्ति आइरहेका छन् जसले गर्दा सिङ्गो पार्टीलाई नै लज्जित तुल्याएको छ । उनले कांग्रेस अहिले मुलुकमा सरकार परिवर्तनको पक्षमा नरहेको स्पष्ट पारे । 'अहिले मुलुक र कांग्रेसका एजेन्डा शान्ति र संविधान हुन्,' उनले भने- त्यसैले अहिले सरकार परिवर्तनको अवस्था विलकुलै छैन । महामन्त्री निधिले सरकारको कार्यक्षमताबारे दलहरुको बैठकमा समेत आलोचना र छलफल भइरहेको बताउँदै कांग्रेसले पनि सरकारको समीक्षा गर्नुपर्ने बताए । उनले भने- 'तर अहिले सरकारको विकल्प खोज्ने बेला होइन ।'उच्चस्तरीय राजनीतिक संयन्त्र सरकार गिराउने षड्यन्त्र नभएको स्पष्ट पारे । उनले भने- 'यो शान्ति संविधान र राजनीतिक गतिरोध अन्त्यका लागि हो ।

माओवादीले तत्काल आन्दोलन घोषणा नगर्ने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
३१ जनवरी, २०१०,आन्दोलनको घोषणा पछिमात्रै काठमाडौं –पाँचौ चरणको आन्दोलन घोषणा गर्न आज बिहानदेखि लगातार ८ घण्टा बसेको माओवादी स्थायी समितिको बैठकले तत्काल आन्दोलन घोषणा नगर्ने निर्णय गरेको छ । बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि मात्रै पाँचौं चरणको आन्दोलन घोषणा गर्ने निर्णय गरेको पार्टी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । शर्माका अनुसार भोली बस्ने संयन्त्रको बैठकमा आफ्ना मुद्दाहरु पेश गर्ने र त्यसवारेमा संयन्त्र सकारात्मक नदेखिएमात्रै आन्दोलन घोषणा गर्ने निर्णय भएको छ ।यसअघि आजै पाँचौं चरणको आन्दोलन घोषणा गर्ने माओवादीले बताएको थियो । उच्चस्तरीय राजनीतिक संयन्त्रको सोमबारको बैठकमा छलफल गरेपछि मंगलबार बस्ने बैठकले आन्दोलनबारे निर्णय लिने शर्माले बताए । आइतबारको स्थायी समितिको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेताहरुले उठाएका प्रश्नको जवाफ दिएसँगै जारी बैठक पनि सकिएको छ । माओवादीले राष्ट्रिय स्वाधीनता र नागरिक सर्वोच्चताका लागि भन्दै यसअघि चार चरणको आन्दोलन गरिसकेको छ । चौथो चरणको आन्दोलन समापनमा माघ १० गतेदेखि अनिश्चिकालीन आमहड्ताल गर्ने भनेपनि उच्चस्तरीय राजनीतिक संयन्त्रले फिर्ता लिन आग्रह गरेपनि माओवादीले हड्ताल स्थगित गरेको थियो ।

बिद्यार्थी भिसाका लागि आवेदन नलिने भयो बेलायतले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
३१ जनवरी,२०१०,बिद्यार्थी भिसाका लागि काठमाडौंमा आवेदन लिने काम बेलायतले अनिश्चितकालका लागि बन्द गर्ने भएको छ । काठमाडौंस्थित बेलायती दूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिमा अप्रत्याशित रुपमा बिद्यार्थी भिसाको आवेदन बढेका कारण नेपाल र उत्तरी भारतबाट आवेदन लिन बन्द गरिएको उल्लेख गरिएको छ । विज्ञप्तिमा काठमाडौं कार्यालयमा भिसाका लागि आवेदन दिन अप्वाइन्टमेन्ट पाईसकेकाहरुको अप्वाइन्मेन्ट पनि अनिश्चितकालका लागि रद्द गरिएको उल्लेख गरिएको छ ।

Jan 30, 2010

वामदेवलाई पार्टी विद्रोह गरी आफ्नो पार्टी आउन प्रचण्डको आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमलाई पार्टी विद्रोह गरी आफ्नो पार्टी आउन आग्रह गर्नुभएको छ। नेपाल राष्ट्रिय कर्मचारी महासंघको प्रथम महाधिवेशनको शुक्रबार राजधानीमा उद्घाटन गर्दै अध्यक्ष ‘प्रचण्ड’ ले सो आग्रह गर्नुभयो।सोही कार्यक्रममा सहभागी एमाले उपाध्यक्ष गौतमले आफूलाई एमालेभित्रको माओवादी भन्ने आरोप लाग्ने गरेको भन्दै दुःख व्यक्त गरेपछि माओवादी अध्यक्ष प्रचण्डले आफ्नो मन्तव्यको क्रममा सो आहवान गर्नुभएको हो। अध्यक्ष प्रचण्डले भन्नुभयो- ‘तपाईंले पार्टीत्र गरेको संघषॅलाई विद्रोहमा परिणत गर्नुहोस्। बाहिर पनि तपाईंको पार्टी, स्वागत गर्न तयार छौं।’ महाधिवेशनको उद्घाटनका क्रममा अध्यक्ष प्रचण्डले शान्तिप्रक्रिया र जनताको सर्वोच्चताविरुद्ध षड्यन्त्र गरिए जनविद्रोह अपरिहार्य हुने बताउँदै भारतीय विस्तारवादको दलाली गर्ने आत्मर्समर्पणवादीविरुद्ध परिवर्तन चाहने नेपाली जनताले संघषॅ गर्नुपर्ने खाँचो पनिउहाँले औंल्याउनुभयो।जनताको संविधान बन्न नदिइए ‘दलालहरूको’ टाउकोमा टेकेर हिँड्ने हिम्मत गर्नुपर्छ भन्दै प्रचण्डले कर्मचारीहरूलाई युगले मागेको खण्डमा जनविद्रोहको एउटा फौज बन्न तयार हुन निर्देशन दिनुभयो। कार्यक्रममा सहभागी एमाले उपाध्यक्ष वामदेव गौतमले नेपालका सबै कम्युनिस्टको एउटै केन्द्र बन्नुपर्नेमा जोड दिँदै राष्ट्रिय स्वाधीनताका लागि एमाले र माओवादीबीच कार्यगत एकताको जरुरी रहेको बताउनुभयो।कम्युनिस्टबाहेक नेपालको नेतृत्व कसैले गर्न नसक्ने ठोकुवा गर्नुभएका गौतमले एकताका लागि पार्टीत्र आफूले संघषॅ गरिरहेको बताउनुभयो।

सात मिनेटमा आधा केजी चामलको भात पकाउने चुह्लो तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काँकडभिट्टा, माघ १६- झापाको पूर्वाञ्चल व्यापार मेलामा 'खाना पकाउने कम्प्युटर चुह्लो' आकर्षणको केन्द्र बनेको छ। तीन मिनेटमा एक लिटर पानी उमाल्ने र सात मिनेटमा आधा केजी चामलको भात पकाउन सक्ने यसले विद्युतीय शक्तिलाई चुम्बकीय ऊर्जामा परिवर्तन गर्नेभएको हुँदा चुल्हो र भाँडोमा न त करेन्ट नै लाग्छ, न त त्यसमा तातो नै हुन्छ। “जे पकाउने हो, त्यसमा मात्र तातो हुन्छ”,— कम्प्युटर चुल्होका बिक्री प्रवर्द्धक कुमार बास्तोला भन्छन्। यसले विद्युत् पनि थोरै खपत गर्छ। शक्ति वाटर ट्रेड कन्सर्न काठमाडौँले यसको बिक्री वितरण गरिरहेको छ। आफू नताती पानी र खानेकुरा तताउने इलेक्ट्रो मेग्नेटिभ वेभ प्रविधिद्वारा बनाइएको यो चुल्हो हेर्नेको मेलामा घुइँचो नै लाग्ने गरेको छ। रु. सात हजारमा पाइने यो कम्प्युटर चुह्लो जर्मनीमा बनेको पछिल्लो पुस्ताको विद्युतीय उपकरण हो।

कालो झन्डाको डरले आगन्तुकलाई रुमाल जाँच्दै प्रहरी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बुटवल, १५ माघ : महत्त्वपूर्ण कार्यक्रममा आगन्तुकलाई प्रवेश गराउँदा शरीर जाँच गर्नुलाई त स्वाभाविकै मानिन्छ । तर, प्रधानमन्त्री माधवकुमार नेपाल शुक्रबार सहभागी भएको एक कार्यक्रममा भने सर्वसाधारणका खल्तीमा रहेका रुमालसमेत प्रहरीले जाँच गर्दा सबै चकित परे । कसैले कालो कपडा ल्याएको हुनसक्ने आशंकामा रुमालसमेत जाँच गरिएको हो । तामनगरमा भएको कार्यक्रममा सुरक्षा व्यवस्था अन्त्यन्तै कडा पारिएको थियो । ठूलो संख्यामा खटिएका सुरक्षाकर्मीमध्ये केही शरीर जाँचसँगै खल्तीका रुमाल जाँचमा व्यस्त थिए । कार्यक्रमस्थल प्रवेश गर्न लागेका सञ्चारकर्मीसित पनि 'कालो छ कि' भन्दै रुमाल खोलेर हेरेका थिए । खल्तीमा कालो कपडा राखेर कार्यक्रमका बीचमा माओवादी कार्यकर्ताले सरकारका मन्त्रीलाई कालोझन्डा देखाउने गरेकाले सुरक्षाकर्मीले 'सतर्कता' अपनाएका हुन् ।

प्रहरी र अभियुक्त समर्थित व्यक्तिहरुबीच गोली हानाहान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
खजुरा (बाँके), १६ माघ- आपराधिक घटनामा संलग्न भएका अभियुक्तलाई पक्राउ गरी ल्याउने क्रममा बाँके जिल्लाको कम्दी गाविसमा प्रहरी र अभियुक्त समर्थित व्यक्तिहरुबीच गोली हानाहान भएको छ। अपहरणको घटनाका अभियुक्त कम्दी-४ का सगिर खाँलाई पक्राउ गरी नेपालगञ्ज ल्याउने क्रममा खाँ समर्थित व्यक्तिले प्रहरीमाथि आक्रमण गरेका हुन्।आक्रमणकारीले प्रहरी नियन्त्रणबाट खाँलाई मुक्त गराएका छन्। गए राति उनीहरुको आक्रमणबाट केही प्रहरीलाई सामान्य चोटपटक लागेको छ भने दुईवटा गाडीमा क्षति पुगेको छ। उनीहरुले प्रहरीमाथि ढुङ्गामुढा गर्नुका साथै सात राउण्ड हवाई फायर गरेपछि आत्मरक्षाका लागि प्रहरीले पनि २७ राउण्ड हवाईफायर गर्नुपरेको प्रहरी उपरीक्षक रामचन्द्र ढकालले बताए।उनका अनुसार घटनापछि अहिले सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी खोजी कार्य तीव्र पारिएको छ।

चतराबाट तुम्लिङटारसम्म जेटबोट सञ्चालन हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१५ माघ : सुनसरीको चतराबाट संखुवासभाको तुम्लिङटारसम्म दुई सातापछि जेटबोट सञ्चालन हुने भएको छ । सुम्निमा जल यातायात प्रालिले पहिलोपटक व्यावसायिक रूपमै अरुण नदीमा जेटबोट सञ्चालन गर्न लागेको हो । करिब पौने तीन करोडको लगानीमा अमेरिकाबाट झिकाइएको जेटबोट जोगबनी नाकामा आइपुगेको छ भने केही दिनमै भन्सार तिरेर नेपाल भित्र्याउने तयारी भइरहेको छ । एक पटकमा २० जनासम्म बस्न मिल्ने जेटबोटमा चतराबाट ८० किलोमिटरभन्दा बढीको नदीयात्रा गर्दै तुम्लिङटारसम्म पुग्ने रुट मिलाइएको छ । माघ २६ गतेबाट जेटबोटको परीक्षण सञ्चालन हुने र त्यसको १५ दिनपछि सर्वसाधारणका लागि खुला गरिने सुम्निमा जल यातायात प्रालिका अध्यक्ष हरि वैरागी दाहालले जानकारी दिए । भाडादरको भने अहिलेसम्म टुंगो लागेको छैन । परीक्षण सञ्चालन सफल भएपछि मात्र भाडा तोकिने दाहालले बताए । 'परीक्षण सञ्चालन सफल भएमा सञ्चालन गर्दा लाग्ने समयका आधारमा भाडादर निर्धारण हुन्छ,' उनले भने । जोखिमपूर्ण यात्रा भएकाले यात्रुको बिमाको व्यवस्था गरिएको छ भने यात्रा अवधिभर लाइफ ज्याकेट लगाउनुपर्ने व्यवस्था कम्पनीले गरेको छ ।
जेटबोटको परीक्षण सञ्चालनका क्रममा दुईजना अमेरिकी प्रशिक्षक पनि रहने र उनीहरूले नै जेटबोट सञ्चालनका लागि नेपालीलाई पनि प्रशिक्षण दिनेछन् । जेटबोट चलाउन जान्ने जनशक्ति नेपालमा अहिलेसम्म नभएकाले परीक्षण सञ्चालनका लागि पनि अमेरिकी चालक ल्याउन लागिएको दाहालले बताए । सुनसरीको चतराबाट सप्तकोसीको मुख्य सहायक नदी अरुणमा यो यातायात सञ्चालन गरिनेछ । कम्पनीले चतरामा जेटबोटलाई राख्नका लागि आवश्यक पर्ने करिब एक सय रोपनी बगरलाई भाडामा लिने तयारी गरिरहेको अध्यक्ष दाहालले जानकारी दिए । पूर्वाञ्चल क्षेत्रीय वन कार्यालय धनकुटाले अल्पकालीन रूपमा सप्तकोसीको बगरको केही भाग प्रयोग गरी चतराबाट जेटबोट चलाउन उपयुक्त भएकाले स्वीकृतिका लागि वन विभागमा पठाइसकेको छ । जेटबोट सञ्चालन भएमा संखुवासभा, भोजपुर, धनकुटा, सुनसरी र मोरङका जनतालाई यातायात तथा ढुवानी सेवा सुलभ हुने कम्पनीले दाबी गरेको छ । यसबाट कोसी टप्पु वन्यजन्तु आरक्ष र मकालु-वरुण राष्ट्रिय निकुञ्ज पर्यावरणीय पर्यटनको विकास गर्न सकिने पनि बताइएको छ ।

Jan 29, 2010

राणा र थापा रहेको पार्टीको एकीकरण प्रक्रिया सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ १५ , पशुपतिशमशेर राणा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी र सूर्यबहादुर थापा अध्यक्ष रहेको राष्ट्रिय जनशक्ति पार्टीको एकीकरण प्रक्रिया सुरु भएको छ। दुवै पार्टीको कार्यसम्पादन समितिको बैठक अहिले बसिरहेको छ, जसले कसरी र कुन हिसावले पार्टी एकीकरण गर्ने भन्नेबारे छलफल सुरु गरेको छ। यो समितिले के र कसरी भन्ने जस्ता सबै विषयमा छलफल गरेर टुङ्ग्याएपछि औपचारिकरुपमा पार्टी एकीकरण घोषणा हुने जानकारी दिइएको छ। यी दुवै एउटै पार्टीबाट फुटेर फरक फरक भएका पार्टी हुन।

शहिदहरुको सम्झनामा आज देशभर शहिद दिवस

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
३० जनवरी,२०१०,शहिदहरुको सम्झनामा आज देशभर शहिद दिवस मनाईंदैछ । स्वतन्त्रता र प्रजातन्त्र प्राप्तिका लागि ज्यान उर्त्र्सग गरी अमरत्व प्राप्त गर्ने शहिदको सम्झनामा प्रत्येक बर्षयो दिवस मनाउने गरिन्छ ।विसं२००७ मा राणाशासनविरुद्ध लडेर ज्यानको बाजी लगाउने सहिद धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको योगदान चिरस्थायी राख्न र त्यसपछि २०१७, २०४६ र २०६२-२०६३ सालमा प्रजातन्त्रका लागि ज्यान दिने ज्ञात-अज्ञात सहिदको सपना साकार पार्न आज सङ्कल्प गर्ने दिन हो ।

कवियत्री दिपाको कविता कृति "अर्धवृत्त"बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम/हङकङ
२९जनवरी, २०१०,आज काउलूनको जोर्डन, स्थित याक एण्ड यति रेष्टुरेन्टमा कवियत्री दिपा एवाईको समुच्च बिचार सहितको कविता कृति "अर्धवृत्त"बारे एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रम अर्धऔपचारिक शैलीमा सम्पन्न गरिएको थियो । कार्यक्रममा बिचारक तथा कवियत्री दिपा एवाई राईले आफ्नो बिचार र कविताहरूको बारेमा मन्तव्य राखेपछि वक्ताहरूले पालै पालो गोलमेच टेवलबाट बिवेचनात्मक धारणा राखेका थिए । "अर्धवृत्त" काव्यकृति भर्खरै नेपालमा बिमोचित भएको र काठमाडौं, बिराटनगर र दमकमा समुच्च बिचारको बारेमा बिमर्श कार्यक्रमहरू पनि सम्पन्न भएका थिए । कार्यक्रममा बोल्दै आदिवासी गितकार समाजका अध्यक्ष तथा साहित्यकार प्रदिप कन्दङवाले समुच्च बिचार सकारात्मक र घतलाग्दो भन्दै बिचार, वाद र दर्शन निर्माण गर्नु चुनौतीपूर्ण कुरा हो किनकी राम्रो व्यवस्थापन र व्याख्या गर्न नसके बिचारको निधनपनि हुन सक्ने सम्भावना रहेको कुरा व्यक्त गर्नु भयो । भयवादी लेखक देश सुब्बाले जीवन र जगतलाई कुनै वाद र बिचारले समेट्न नसक्ने भएकाले धेरै वाद र बिचारहरूको जन्म भइरहेको छ भन्दै वाद र बिचारहरूको बीचमा द्धन्द हैन बरु सबैलाई सस्थागत गरौं भन्ने आग्रह र बिचार राख्नु भयो । कवि टंक सम्बाहाम्फेले यो बिचार र अर्धवृत्तका कविताहरूलाई विश्वव्यापीकरण गर्नु पर्ने धारणा राख्नुभयो । कवि भोगेन एक्लेले आवरण चित्र हेर्दा यो कृति कविता संग्रह नभएर धार्मिक पुस्तक जस्तो महसुस भएको बताउनु भयो । वहाँले यसलाई बढी हिन्दुकरण गरेको जस्तो लागेको बिचार दिनुभयो । सनराइजका प्रधान सम्पादक तथा आदिवासी जनजाति महासंघका अध्यक्ष भुपेन्द्र चेम्जोङले वास्तवमा लिङ्ग भेद परिपाटी हिन्दू समाजमा मात्रै भएको व्यक्त गर्नुभयो । बौद्धिक व्यक्तित्व तथा अध्येता एकराज राईले कवियत्रीको बिचार र भाषा मीठो लागेको तर नारी पुरुषबीचका अन्तरबिरोधको परम्परागत सोँच छोडेर नारीले नारी नै भएर उठ्नु पर्ने बिचारको खाँचो रहेको कुरा औंल्याउनु भयो । उनले सक्रिय भइरहन तथा सचेत हुँदै थप साहित्य लेख्न सुझाव दिनुभयो । सबै वक्ताहरूले कवियत्री दिपा एवाइको उपस्थितीलाई स्वागतयोग्य, गौरवशाली र अर्थपूर्ण भन्दै शुभकामना पनि दिएका थिए ।कार्यक्रम अशोक राईले सन्चालन गरेका थिए भने अन्य व्यक्तिहरूमा एभरेष्ट साप्ताहिकका सम्पादक किसन राई, कवि प्रकाश छाङ्छा, मूलबाटो डट् कमका फोटो पत्रकार लोक नारायण सैंजूको उपस्थिती रहेको थियो ।

यौनसन्तुष्टि नदिएको भन्दै सम्बन्धविच्छेदको उजुरी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काभ्रे, माघ १४ ,श्रीमान्को शारीरिक दुर्बलताका कारण यौनसन्तुष्टि प्राप्त नभएपछि काभ्रे मेथिनकोटकी एक महिलाले अंशसहित सम्बन्धविच्छेदका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छन् । यसरी निवेदन दिनेमा मेथिनकोट गाविसका ४६ वर्षीय रामशरण हुमागाईंकी पत्नी ३४ वर्षीय उर्मिला हुमागाईं (कँडेल) रहेकी छन् ।आठ वर्षअघि मागीविवाह गरेका हुमागाईं दम्पतीको हालसम्म सन्तान भएका छैनन् । उनी शिक्षण पेसामा संलग्न भएको १७ वर्ष भयो । काभ्रेकै ठूलोपर्सेलमा १४ वर्ष कार्यरत भएर हाल होक्से जनता उच्चमाविमा पढाउँदै आउनुभएका आफ्नो श्रीमान्बाट आफूले पाउनुपर्ने कुनै पनि यौनव्यवहार नपाएको भन्दै श्रीमती उर्मिलाले जिल्ला प्रहरी कार्यालयको महिला सेलमा मुद्दा दायर गरेकी हुन् । विवाह भएलगत्तै आपसी मनमुटाव सुरु भए पनि सुरुसुरुमा अलिअलि यौनक्रियाकलाप हुने गरेको उनीहरू स्वीकार्छन् । "टाढाको जागिरका कारण छ महिनामा एकपटक घर आउने तर पनि अर्का पट्टी फर्केर सुत्ने गरेकाले सम्बन्धविच्छेद गर्न बाध्य भएकी हुँ", उर्मिलाले भन्नुभयो ।"म पनि त वयस्क महिला हुँ, मलाई पनि त इच्छा हुन्छ नि", आˆनो अतृप्त यौनप्यास सार्वजनिक गर्दै उर्मिलाले भन्नुभयो, "आफूहरूबीच सम्बन्धविच्छेदको विकल्प नभएकाले नै निवेदन गरेकी हुँ ।" हुमागाईं र उनकी श्रीमतीबीचको समस्या सार्वजनिक भएपछि भने एकअर्काबीच आरोपप्रत्यारोपसमेत सुरु भएको छ । "आफू टाढा हुँदा उनी नजिक थिइन्, अब म नजिक आएँ तर उनी टाढा भइन्", शिक्षक हुमागाईंले आˆनो पीडा यसरी पोखे । श्रीमतीले लगाएको शारीरिक दुर्बलताको आरोपका विरुद्ध हुमागाईंले श्रीमतीबाट आफू धेरैपटक बलात्कृत भएको बताएका छन् । श्रीमती उर्मिलामा असामान्य यौनचाहना भएका कारण पटकपटक आफू बलात्कृत भएको दाबी गर्दै हुमागाईं भन्छन्, "यौनसम्बन्धमात्र दाम्पत्य जीवन निर्वाहको कडी हुन सक्दैन । मायाप्रेमले दाम्पत्य जीवन सफल पार्न सकिन्छ ।" प्रहरी कार्यालयमा मुद्दा दायर गरेर श्रीमतीले आˆनो बदनामी गराएको हुमागाईंको भनाइ छ ।अंशसहित छोडपत्रका लागि महिला सेलमा निवेदन दिएकी श्रीमतीसँग हुमागाईं छुट्टनिे मनशायमा पुगेका थिएनन् । श्रीमतीले आˆनो मानसम्मान र सामाजिक इज्जत प्रतिष्ठामा आँच पुर्‍याउने व्यवहार गरेपछि भने उनी श्रीमतीलाई आफ्नो अंशबाट दुई लाख ५० हजार रुपियाँ दिन तयार भएका छन् । हुमागाईंले दिने भनिएको दुई लाख ५० हजारमा सहमति नगर्ने उर्मिलाको अडानका कारण हुमागाईं दम्पतीको मुद्दा किनारा लाग्न सकिरहेको छैन । श्रीमान्बाट श्रीमतीविरुद्ध हुने यौनहिंसासम्बन्धी मुद्दाहरू न्यायिक निकायसम्म पुग्ने गरेका भए पनि उर्मिलाको निवेदनले श्रीमान्ले बेहोर्ने यौनहिंसाको अवस्थासमेत सार्वजनिक भएको छ । श्रीमतीले दायर गरेको मुद्दाका कारण पारिवारिक तथा सामाजिक अपमान सहन बाध्य रामशरण हुमागाईं अहिले विक्षिप्त भएर हिँडिरहेका छन् । अन्य आरोपभन्दा पनि आफ्नो मर्दत्वमाथि सवाल गरेर सार्वजनिक रूपमा श्रीमतीले गरेको बेइज्जतीका कारण उनको जीवनसमेत असुरक्षित देखिएको छ ।

संयन्त्रको बैठकमा माओवादीको मुद्दा सम्बोधन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२९ जनवरी, २०१०,राजनीतिक गतिरोध अन्त्य गर्न बनेको उच्च स्तरीय राजनीतिक संयन्त्रको दोश्रो बैठक कोइराला निवास महाराजगञ्जमा बसेको छ । आजको बैठकमा नयाँ संबिधान, मुलुकको बिध्यमान राजनीतिक गतिरोध, माओबादी आन्दोलन तथा मागका बारेमा पनि छलफल भएको एमाले अध्यक्ष झलनाथ खनालले जानकारी दिनुभयो । काँग्रेस सभापति गिरिजाप्रसाद कोईरालाको संयोजकत्वमा रहेको संयन्त्रका सदस्य माओबादी अध्यक्ष पुष्पकमल दाहाल र एमालेका अध्यक्ष झलनाथ खनाल रहनु भएको छ । बैठकमा आमन्त्रीत सदस्य प्रधानमन्त्री माधबकुमार नेपाल भने अनुपस्थित हुनुहुन्थ्यो ।

पाँचमन्त्रीले गरे एकैपटक बिरोधको सामना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२९ जनवरी, २०१० बिरगञ्ज,पार्टीको कार्यक्रमका लागि विरगञ्ज पुगेका मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका पाँचैजना मन्त्रीहरुले आज निकै सास्ती वेहोर्नु परेको छ । उपप्रधान मन्त्री विजयकुमार गच्छादारसहित ५ मन्त्रीलाई एकिकृत माओवादी र मधेशी जनअधिकार फोरम नेपालका कार्यकर्ताले वीरगन्ज र बाराका विभिन्न ठाउँहरुमा कालो झण्डा देखाएर विरोध प्रदर्शन गरेपछि मन्त्रीहरु नै अलमल्मा परेका थिए । आफ्नो पार्टीका अन्य ५ मन्त्रीसहित आज मध्याह्न गुण एयरबाट सिमरा एयरपोर्टमा आएका उनलाई सुरुमा स्थानीय मओवादी कार्यकर्ताले सिमरा चोकमा कालो झण्डा देखाएका थिए भने त्यसपछि ठाउँ ठाउँमा फोरम कार्यकर्ताको बिरोध सहनु परेको थियो । यस क्रममा फोरम र माओवादीका ४-४ गरी ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। फोरम लोकतान्त्रिकको बृहद् कार्यकर्ता भेलालाई सम्वोधन गर्न आएका उनलाई माओवादी कार्यकर्ताले बाराको सिमरामा र वीरगन्जको पावरहाउस चोकमा कालो झण्डा देखाएका छन्। उपप्रधानमन्त्रीको विरोधमा फोरम नेपाल र माओवादी कार्यकर्ता चोक–चोकमा बसेपछि यस क्षेत्र बिहानैदेखि तनावग्रस्त बनेको छ । उपप्रधानमन्त्री गच्छादारसँग पर्यटन मन्त्री शरदसिंह भण्डारी, कृषि तथा सहकारी मन्त्री मृगेन्द्रकुमार सिंह, कृषि सहकारी राज्य मन्त्री करिमा बेगम, भौतिक योजना सहायक मन्त्री कलावती पासवान आएका छन्।

बाजे, बाबु र नातिनी सँगै परीक्षामा सामेल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
खोटाङ माघ १५– खोटाङको बतासेस्थित जनता मावि भण्डारीडाँडामा एकै परिवारका तीन पुस्ता सँगै परीक्षा दिइरहेका छन्। एसएलसीका लागि शुक्रबार सुरु भएको सेन्टअप टेष्ट परीक्षामा एकै परिवारका बाजे, बाबु र नातिनी सँगै सामेल भएका हुन्। यसरी परीक्षा दिनेमा ६५ वर्षीय बाजे धनबहादुर श्रेष्ठ, ३५ वर्षीय बाबु रमेश श्रेष्ठ र १५ वर्षीय नातिनी सुशीला श्रेष्ठ छन्। उनीहरुको यो उत्साहले अरुलाई पनि सकारात्मक प्रभाव परेको सोही विद्यालयका प्रधानाध्यापक हेम्बर बस्नेतले बताए। शिक्षाको महत्व देखाउन भन्दै बाबु र बाजेले नातिनीसँगै परीक्षा दिन सुरु गरेपछि हेर्नेहरुको समेत घुइँचो लागेको स्थानीय काशीनाथ दङ्गालले बताए। जिल्लाका ६३ माविमा शुक्रबार यो परीक्षा सुरु भएको छ।

Jan 28, 2010

नेपाली आदिवासी जनजाति महासंघ हङकङको विरोध पत्र

नेपाली आदिवासी जनजाति महासंघ हङकङ
The Ethnic Nepalese Federation of Hong Kong
M/F 566 Canton Road, Jordan, Kln. Tel: 2770 6903/97730264

सम्माननीय प्रधानमन्त्री ज्यू
प्रधानमन्त्रीको कार्यालय, काठमाण्डौ नेपाल
मार्फत
नेपाली महावाणिज्यदूतावास हङकङ ।

विषय: गैर आदिवासी जनजाति महावाणिज्यदूत नियुक्ति विरोध तथा खेद व्यक्त ।
महोदय,
उपरोक्त वियषमा हङकङमा रहेका ९८ प्रतिशत नेपाली आदिवासी जनजातिहरूको भावनालाई कदर गर्दै नेपाली आदिवासी जनजाति महासंघले हङकङमा आदिवासी जनजाति महावाणिज्यदूत नियुक्ति गरेर यहाँका नेपाली आदिवासी जनजातिहरूको भावना कदर गर्नको लागि हङकङको महावाणिज्यदूतदेखि नेपालका प्रधानमन्त्रीसम्मलाई ज्ञापनपत्र पटक पटक वुझाउँदा पनि हङकङमा रहेका आदिवासी जनजातिहरूको भावना विपरीत फेरि पनि गैर आदिवासी जनजाति महावाणिज्यदूत नै नियुक्ति गरी पदस्थापना गरिएकोले नेपाली आदिवासी जनजाति महासंघ घोर असहमति प्रकट गर्दै सरकारको यो निर्णयमा खेद प्रकट गर्दछ ।
यसै अवसरमा गैर नेपाली आदिवासी महावाणिज्यदूतलाई फिर्ता वोलाई सोही स्थानमा नेपाली आदिवासी जनाजति मूलका व्यक्ति नियुक्ति गर्नको लागि जोडदार माग गर्दछौं ।हाम्रा मागलाई वेवास्ता गरी सरकारको पूरानै निर्णयमा अडिग रहेमा नवनियुक्त महावाणिज्यदूतले सार्वजनिक विरोधदेखि सामाजिक वहिस्कारसम्मको विरोध सामना गर्न पर्नेकुरा जानकारी गराउन चाहान्छौं ।

भूपेन्द्र चेम्जोङ
अध्यक्ष
आदिवासी जनजाति महासंघ
मिति २८ जनवरी २०१०

हङकङका महावाणिज्यदूतलाई आदिवासी जनजाति महासंघले विरोधपत्र बुझायो

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/नरेश सुनुवार
हङकङ, २८ जनवरी २०१०, नेपाली आदिवासी जनजाति महासंघ हङकङले पूर्व निर्धारित बिरोध कार्यक्रम अनुसार आज नेपाली महावाणिज्यदूतलाई विरोधपत्र बुझाएको छ । विहान ९ बजे नेपाली वाणिज्यदूतावास कार्यलय भवन अगाडि एक जातीय हैकअवाद- बन्द गर, हङकङ नेपाली आदिवासी जनजातिको अस्तित्वलाई- सम्मान गर, समावेशी तथा समानुपातिक सिद्धान्त- अवलम्बन गर, आदिवासी जनजातिको माग- पूरा गर, गैर आदिवासी जनजाति महावाणिज्यदूत- फिर्ता गर आदि नारा लेखिएको प्लेकार्ड सहित भेला भएका नेपाली जनसमुदायले कार्यक्रमको सुरुमा नारा लगाएका थिए भने नारा पछि कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै संघका प्रवक्ता भक्त बहादुर दुराले आफ्नो जायज माग प्रति बेवास्ता गरि नेपाल सरकारले एकलौटी ढंगबाट गैर आदिवासी र त्यसमा पनि प्रधानमन्त्रिले आफ्नो सहोदर भाई बिनोद कुमार नेपाललाई जबरजस्ति महावाणिज्यदुत नियुक्ति गरेकोले आफूहरू यसरी विरोधमा उत्रिन वाद्यभएको कुरा अवगत गराउनु भएको थियो । विरोधपत्र बुझ्नको लागि वाणिज्यदूत सुशिल कुमार लम्साल विरोध सभामा उपस्थित भएका थिए । संघका अध्यक्ष भूपेन्द्र चेम्जोङले सभालाई सम्बोधन गर्दै आफू स्वयं नेपाल गएर ज्ञापन पत्र समेत बुझाएको र त्यसको वास्ता नगरी आफूलाई प्रजातन्त्रवादी भएको वकालत गर्दै व्यवहारमा भने मनोमानि ढंगले चरम एकल जातिवाद लादेकोले यसरी बिरोध पत्र बुझाउन वाद्य भएको र अगामी दिनहरूमा अझ सशक्त रुपमा निरन्तर विरोधका कार्यक्रमहरू गर्दै जाने कुराको जानकारी गराउँदै विरोध पत्र पढेर सुनाए पछि लम्सालको हातमा उक्त विरोध पत्र थमाईएको थियो । करिव ५०-६० जनाको हराहरीमा उपस्थित भएको सो विरोध भेलामा जनजाति महासंघमा आबद्ध संघ संस्थाहरू लगायत अन्य संघसंस्थाका प्रतिनिधिहरू, पत्रकारहरू संलग्न रहेको थियो र भेलामा सुरक्षार्थ हङकङ पुलिसको उपस्थिति रहेको थियो ।

प्रा.डा.गोविन्दराज भट्टराई नेसाप्रको समारोहमा भाग लिन हङकङ आउँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/देश सुब्बा
वि.सं. २०४८ देखि नै उत्तरआधुनिक चिन्तनको व्याख्यामा लागेका, डायास्पोराको लेखकहरूको किताब लेख्दै गरेका र सिमान्तकृत लेखकहरूलाई अगाडि ल्याउन लागिपरेका प्रा. डा. गोविन्दराज भट्टराई यही फेब्रुअरी ११ तारिखका दिन नेपाली साहित्य प्रतिष्ठान हङकङको दशौँ वार्षीक समारोहमा भाग लिन हङकङ आउँदै हुनुहुन्छ । वहाँ अन्तराष्ट्रिय साहित्य समाजका सल्लाहकार पनि हुनुहुन्छ । नेपालको स्नातक प्रथम वर्ष नेपाली विषयमा भट्टराईको उत्तरआधुनिक विमर्शबाट हङकङको साहित्य गत वर्ष देखि पढाइ हुन थालेको छ । उनी राष्ट्रिय र अन्तर्राष्ट्रिय विभिन्न क्षेत्रबाट सम्मान र पुरस्कृत भइसक्नु भएको छ । वहाँको उत्तरआधुनिक ऐनाले अन्तराष्ट्रिय साहित्य समाजबाट वितरण हुँदै आएको रु दुइ लाखको पुरस्कार पनि पाइसक्नु भएको छ । विश्वको विभिन्न देशमा छरिएका नेपालीहरूले लेखिरहेका साहित्यको मान्यता हुनुपर्छ भनेर त्यसैको लेखनमा केही वर्ष देखि सक्रियताका साथ लागिरहनु भएको छ । वहाँको हङकङ यात्रा त्यसैको निरन्तरता हो । हङकङमा वहाँले नेपाली डायास्पोरा, उत्तरआधुनिकता, हङकङमा नेपाली साहित्य विषयको कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । वहाँको मुगलान, मणिपुरको चिठ्ठी, सुकरातका पाइलाहरू उपन्यास, तीनधारा कथा संग्रह, नेपाली ध्वनिशास्त्र भाषा विज्ञान, काव्यिक आन्दोलनको परिचय, पश्चिमी बलेंसीका बाछिटा, आख्यानको उत्तरा आधुनिक पर्यावलोकन उत्तर आधुनिक विमर्श, विदेशी बगैँचामा चार थुँगा फूल बालकथा, एक्लै एक्लै एक्लै, विश्व विद्यालयमा अग्निपूजा निबन्ध संग्रह र अनेकौँ नेपालीबाट अंग्रेजी भाषामा नेपाली पुस्तकहरूलाई विश्व साहित्यमा लगिरहनु भएको छ ।

एघारौँ सागको उदघाटन ढाका रंगशालामा सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ढाका, माघ १५- दक्षिण एसियाको प्रतिष्ठित खेलमेला दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको एघारौं संस्करण शुक्रबार बंगबन्धु रंगशालामा सुरु हुँदैछ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक बंगलादेश ओलम्पिक कमिटीले बिहीबार आफ्नै कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ। 'हामी एघारौं सागलाई भव्य र सफल बनाउन पूर्ण रूपले तयार छौं,' पत्रकार सम्मेलनमा आयोजक समितिका कार्यकारी महासचिव कुट्टु बुदिन अहमदले भने।' क्षेत्रीय सद्भाव र आपसी भाइचाराको नारासहित आयोजना हुन लागेको एघारौं सागको उद्घाटन बंगलादेशी प्रधानमन्त्री शेख हसिना वाजेदले भब्य कार्यक्रमका बीच गर्ने तय भइसकेको छ। उद्घाटन सत्रलाई सफल बनाउन डेमोनस्ट्रेसनमा मात्र १६ हजार स्कुले केटाकेटीलाई संलग्न गरिएको छ। करिब १ हजार सुरक्षाकर्मीले शुक्रबार हुने करिब ५ घन्टा लामो उद्घाटन समारोहमा बंगबन्धु रंगशालालाई सुरक्षाकवचमा घेर्नेछन्।राष्ट्रिय स्वाधिनतालाई बढी महŒव दिएको यस सागमा बंगलादेशले सन् १९७१ मा देशलाई स्वतन्त्र बनाउन बलिदान दिने सात सहिदलगायत राष्ट्रपिता शेख मुजिबुर रहमानलाई विशेष रूपले याद गर्नेछ।उद्घाटन सत्रको सबैभन्दा महत्वपूर्ण पक्षको रूपमा कोरियाली टेक्नोलोजीको प्रर्दशनलाई हेरिएको छ। बिहीबार उद्घाटनको अन्तिम ग्रान्ड रिहर्सलमा केही आतिसबाजीसहित लाइट इफेक्ट प्रर्दशन गरेका कोरियाली प्रर्दशनलाई सबैले सराहना गरेका थिए। यो ग्रान्ड रिहर्सलको प्रर्दशनीमा बंगलादेशका भिआइपी र भिभिआइपीलाई मात्र निम्तो दिइएको थियो। 'यो वास्तवमै अद्भूत थियो,' बंगलादेशी पौडी संघका व्यवस्थापक बिपुले भने।तेस्रो पल्ट आयोजना गर्न लागेको सागको एघारौं संस्करणलाई स्मरणीय बनाउन उद्घाटन र समापनमै मात्र ४० करोड टाँका खर्चिन लागेको आयोजक समितिले जानकारी दिएको छ। एघारौं सागमा २३ खेल समावेश छन्। माघ २६ मा सकिने यस खेलकुदमा आयोजक बंगलादेश, नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, माल्दिभ्स, श्रीलका र भुटान गरी ८ देश समावेश छन्।

पुरुषलाई ६ महिना सुत्केरी बिदा दिने नयाँ प्रस्ताव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लन्डन/ ब्रिटेन सरकारले पुरुषलाई ६ महिना सुत्केरी बिदा दिने नयाँ प्रस्ताव ल्याउने भएको छ । प्रस्तावअनुसार श्रीमान्को तीन महिना सुत्केरी बिदामा दम्पतीले कानुनी व्यवस्थाबमोजिम प्रतिसाता एक सय २३ पाउन्ड पाउनेछन् । यसैगरी श्रीमान्ले तीन महिना बेतलबी सुत्केरी बिदा पनि पाउनेछन् । यो सबै गरेर भर्खर सन्तान जन्माउने दम्पतीले १२ महिना सुत्केरी बिदा पाउनेछन् । सरकारले ल्याउन लागेको नयाँ प्रस्तावले श्रीमतीलाई छिट्टै काममा फर्कन सहयोग गर्नेछ । सरकारी तथ्यांकअनुसार ब्रिटेनमा बर्सेनि तीन लाख ५० हजार कामकाजी महिलाले सन्तान जन्माउने गरेका छन् । यसमध्ये तीनचौथाइ पुनः काममा फर्कन्छन् । लेबर पार्टी उपनेता हयारियट हारमानले दम्पतीका लागि थप सुत्केरी बिदा र भर्खर सुत्केरी भएको वातावरणमा पायक पर्ने काम गर्ने अधिकारको वकालत गर्दै आएका थिए । उनका लागि यो प्रस्ताव विजय साबित भएको छ ।अहिले ब्रिटेनमा नयाँ बाबुले सन्तान जन्मेपछि दुई साता सुत्केरी बिदा पाउँदै आएका छन् ।

फेरी कृयाशिल बने उपराष्ट्रपति परमानन्द झा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२९ जनवरी,२०१०,अन्तरीम संबिधानको भएको सातौ पटक भएको संशोधनले निस्कृय उपराष्ट्रपति परमानन्द झा आजबाट पुन कृयाशिल भएका छन् ।हिजो राती अबेर भएको सशोधनले उनी पुन कृयाशिलभएकन हुन ।सर्बोच्च अदालतको आदेशको अबज्ञा गर्नु भएका उपराष्ट्रपति झा लाई मातृभाषामा सपथ लिने बाटो खुलेको छ। उता कानुन ब्यवसायी र संबिधान बिज्ञले झालाई सपथको बाटो अझैपनि नखुलेको दाबी गरेका छन् । उनको बिषयमा भएको चुनाबका क्रममा दुई तिहाई मतले अन्तरीम संबिधान संशोधन गरिएको हो । संबिधान संशोधनको पक्षमा ४ सय ९९ तथा बिपक्षमा ४ मत परेको सभामुख सुवास नेम्बाङले जानकारी दिनु भएको थियो ।अन्तरीम संबिधान संशोधन सगै संकल्प प्रस्ताव पनि पारीत गरिएको छ । संकल्प प्रस्ताव मार्फत झाको पदलाइ कृयाशिल गरिने छ।

एमाले कार्यदल आन्तरिक विवादको टुंगो लगाउन असफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ १४-पार्टीको विवाद मिलाउन एमालेले गठन गरेको आन्तरिक कार्यदल समअवधिभित्र विवादको टुंगो लगाउन असफल भएको छ। पार्टीको विधान, दस्तावेज लगायतका विषयमा देखिएको विवाद र विभिन्न जिल्ला कमिटीहरूमा देखिएको विवाद मिलाउन गठन गरिएको चार वटा भिन्दा भिन्दै कार्यदलले १५ दिनको निर्धारित मितिभित्र विवाद छिनोफानो गर्न असफल भएको हो। पुष २३ गतेको पोलिटब्युरो वैठकले कार्यदल गठन गर्दै १५ दिनको समयावधि तोकेको थियो। विधान, नियमावली र प्रतिवेदनमा देखिएको विवाद मिलाउन महासचिव इश्वर पोखरेलको संयोजकत्वमा गठित कार्यदलले गोकर्ण रिसोर्टमा लगातार दुई दिनसम्म छलफल गरेपनि अन्तिम प्रतिवेदन तयार पारिसकेको छैन। कार्यदलमा सहभागी सदस्य वेदुराम भुषालले आसन्न पोलिटब्युरो वैठक अघि नै टुंग्याउने जानकारी दिए। पोलिटब्युरो वैठक यही माघ २० गतेदेखी हुँदै छ। विधान, नियमावली र अन्तरपार्टी निर्देशनसँग सम्बन्धित विवादमा कार्यदलभित्र सहमति भइसकेको नेता भुषालले बताए। 'प्रतिवेदनका विषयमा देखिएको केही अस्पष्टतालाई मिलाउन वाँकी छ', उनले भने। पार्टी अध्यक्ष झलनाथ खनालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ०६२/०६३ को जनआन्दोलनलाई हेर्ने दृष्टिकोण, माओवादीसँगको सम्बन्ध लगायतका विषयमा स्थायी कमिटी सदस्य केपी शर्मा ओली पक्षले फरक धारणा राखेका कारण विवाद देखिएको हो। ०६२/०६३ सालको जनआन्दोलनलाई अध्यक्ष खनालले शान्तिपुर्ण जनक्रान्तिको संज्ञा दिएका छन् भने ओली पक्षले चाहिं जनक्रान्तिको स्वरूप लिएको आन्दोलन भन्दै आएको छ। आठौ महाधिवेशनअघिको केन्द्रीय कमिटी वैठकमा जनक्रान्तिको स्वरू लिएको आन्दोलन भन्ने हिसावले छलफल भएको थियो। त्यही कुरोलाई आधार बनाउदै ओली पक्षले शान्तिपुर्ण जनक्रान्ति भन्न नहुने तर्क गर्दै आएको छ।

दिलवहादुरलाई गोली हान्नु अगावै मरिचको झोल नहानेको पुष्टि

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/ भूपेन्द्र चेम्जोङ
दिलवहादुर लिम्बूको मृत्यु छानबिनसम्वन्धी मुद्दाको सुनुवाइ आज पनि जारी रह्यो । सुनुवाइको क्रममा हिजो र आज दुई दिन दिलबहादुर लिम्बूको पोस्टमोर्टम गर्ने सरकारी डाक्टर चियाओको बयान लिइएको थियो । हिजो र आज दुई दिन सम्मको बयानमा डाक्टर चियाओले दिलबहादुरको मृत्युको कारण गोलीको चोटवाहेक अन्य नभएको बताएकाछन् । उनको बयानमा गोली दिलबहादुरको कानका पछाडिपटि्ट कानको प्वालभन्दा एक सेन्टीमीटर पर भएर लगभग सीधा तेर्सै छिरेर पछाडि पटि्टको दिमागसम्म गोली पुगेको बताएकाछन् । गोली कन्चट पछिबाट छिर्ने बित्तिक्कै टुक्रिएको र चारवटा गोलीको ठूला चोइटाहरु मात्र फेला पार्न सकेको, वाँकी निकाल्न नसकिएको बताए । पोष्टमोर्टमको क्रममा उनले गिदी मुटु कलेजो तथा शरीरका प्रमुख अंगहरुको सबै राम्रा भएका र तिनीहरुको वजन समेत बताएका थिए । दिलबहादुरको शरीरमा कुनै किसिमको विषालु पदार्थ नभेटिएको पनि बताएका थिए ।त्यस्तै दिलबहादुरको शरीरमा कतै पनि मरिचको झोल हानिएको लक्षण नदेखिएको परीक्षणबाट पत्ता लागेको उनको दावी छ । स्मरण रहोस्, हत्यामा संलग्न प्रहरीले दिलबहादुरलाई गोली हान्नुअगावै खुर्सानीको झोलले हान्दा पनि नियन्त्रणमा लिन नसकी लगातार आक्रमण जारी राखेकोले गोली हान्न बाध्य हुनु परेको बयान दिएको थियो । त्यस्तै गोली हान्ने बेलामा प्रहरी नालीमा लडिरहेको थियो भन्ने बयान दिएको थियो । डाक्टरहरुको रिपोर्टअनुसार गोली लगभग कानबाट छिरेर सीधै तेर्सो गएकोले प्रहरीले सुतेर गोली हानेको पत्याउन गाह्रो हुने पर्यवेक्षकहरुको भनाइ छ ।डाक्टरहरुको रिपोर्टअनुसार दिलबहादुरको वाँया हातमा र छातीमा केही चोटहरु भेटिएको छ भने प्रहरीकोमा कतै त्यस्तो आक्रमण छेक्न प्रयोग गर्दा चोट लागेको भेटिएको छैन ।दिलबहादुरको पोष्ट मोर्टमको पहिलो रिपोर्टमा चित्त नबुझेर दोश्रोचोटि पोस्ट मोर्टम गरिएको थियो । दोश्रोचोटि पोष्ट मोर्टम गर्ने डाक्टर बेको वयान २९ गते लिइनेछ । अदालत कारणवस भोलि २८ गते बिहीबार स्थगित हुने छ ।

काँग्रेस कार्यकर्ताको अपहरणपछि हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२८ जनवरी,२०१०,नुवाकोटमा नेपाली काँग्रेसका एक सक्रिय कार्यकर्ताको अपहरणपछि हत्या भएको छ ।
जिल्लाको तुप्चे नमूना गाविस-५ साहुगाउँका काँग्रेसका सक्रिय कार्यकर्ता पुन्टे तामाङको बुधबार राती अपहरणपछि हत्या भएको हो । तामाङको लाश वडा नं ३ हेल्थपोष्ट निकट फेला परेको छ ।उनको लाश धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा आज बिहान फेला परेको नेपाली काँग्रेस, नुवाकोटले जनाएको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । नेपाली काँग्रेसका सभासद एवं काँग्रेसका युवा नेता जगदीश्वरनरसिंह केसीले हत्याको तीब्रं भर्त्सना गर्दै दोषी पत्ता लगाई कडाभन्दा कडा कारवाहीको लागि माग गर्नु भएको छ । केसीले विज्ञप्ति जारी गरि जुनसुकै तत्वबाट हत्या भएको भए पनि कानूनी दायरामा ल्याई कडाभन्दा कारवाही गर्न सरकारसँग माग गर्नु भएको छ । उहाँले मृतकका परिवारलाई क्षतिपूर्ति दिन समेत विज्ञप्तिमार्फत माग गर्नुभएको छ । विज्ञप्तिमा सरकारले जनताको सुरक्षा गर्न नसकेकोमा तीब्र आलोचना समेत गरिएको छ ।

राज्य पुनर्संरचनाको प्रारम्भिक मस्यौदा संविधानसभामा बुझाइयो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाको राज्य पुनः संरचना र राज्यशक्तिको बाँडफाँड समितिले तयार पारेको नयाँ संविधानको अवधारणा तथा प्रारम्भिक मस्यौदा बुधबार संविधानसभामा बुझाएको छ। समितिका सभापति लोकेन्द्र विष्टले पेस गर्नुभएको प्रतिवेदनमा राज्यको पुनः संरचना गर्दा १४ वटा प्रदेश बनाउनुपर्ने प्रस्ताव गरेको छ। तर सो समितिद्वारा छलफलका क्रममा उपसमितिले छवटा प्रदेशको पनि प्रस्ताव गरेको थियो। समितिलाई दिइएको जिम्मेवारीमध्ये प्रदेशको सीमाकंन गर्नेबारे भने कुनै निर्णयगर्न सकेको छैन। राज्यको पुनः संरचना शासकीय स्वरूप निर्धारण समितिलगायत अन्य समितिमा देखिएका मतभेदहरूलाई यथाशीघ्र टुंग्याउन संविधानसभा अध्यक्ष सुवास नेम्वाङले दलका नेताहरूलाई आग्रह गर्नुभएको छ। उहाँले केही दिनयतादेखि निरन्तर संविधानसभामा रहेका प्रमुख नेताहरूलाई आफ्नै कार्यकक्षमा आमन्त्रण गरी समय निकै छोटा भएकाले मतभेदहरूलाई चाँडो टुंग्याई संवैधानिक समितिलाई मस्यौदा तय गर्न दिनुपर्ने बताउनुभएको थियो। उहाँले हालसम्म संविधानसभामा छलफल भइसकेका आठवटा समितिका मतभेदहरू के के छन् भन्ने कुरा लिखित रूपमै दलका नेताहरूलाई उपलब्ध गराउनुभएको छ।

लडाकुहरुको विवाद छिनोफानो उच्चस्तरीय राजनीतिक संयन्त्रले गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२८ जनवरी, २०१०,माओवादी लडाकुहरुको समायोजन विषयमा विवाद बढीरहँदा त्यसको छिनोफानो उच्चस्तरिय राजनीतिक संयन्त्रले गर्ने भएको छ । लडाकुहरुकै विषयमा छलफल गर्न कांग्रेस सभापति एवं संयन्त्रका संयोजनक गिरिजाप्रसाद कोइरालाले भोली संयन्त्रको बैठक डाक्नु भएको छ । आज दिउँसो एमाले अध्यक्ष झलनाथ खनालसंग र माओवादी अध्यक्ष प्रचण्डसँग टेलीफोन गरी भोलीका लागि बैठक तय गर्नु भएको कोइराला निकट स्रोतले जनपुकारलाई बताएको छ । माओवादीले संयन्त्रमा सेनापति प्रकरणमा राष्ट्रपतिको कदमका बारेमा छलफल गरेर निकास निकाल्नुपर्ने अडान राख्दै आएको छभने काँग्रेस सभापतिसमेत रहेका कोइरालाले संयन्त्रको पहिलो काम माओवादी सेनाका लडाकुको समायोजन तथा व्यवस्थापन रहेको उल्लेख गरेका छन् ।

उपराष्ट्रपति झा पदलाई सक्रिय संसदबाट पारित गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२८ जनवरी, २०१०,केही समय अगाडिदेखि निष्क्रिय रहेका उपराष्ट्रपति परमानन्द झाको पदलाई सक्रिय बनाउन निर्माण भएको अन्तरिम संविधान संशोधनसम्बन्धी विधेयक आज व्यवस्थापिका संसदबाट पारित गरिने भएको छ । आज अपरान्ह बस्ने बैठकमा विधेयक पारित गराउने कार्यक्रम रहेको छ । सर्वोच्च अदालतले उपराष्ट्रपति झाले हिन्दी भाषामा लिएको शपथ संविधान अनुरुप नभएको भन्दै नेपाली भाषामा शपथ लिन आदेश दिएपछि आदेश अटेर गरेपछि उनको पद निष्क्रिय बन्न पुगेको छ । संविधान संशोधन विधेयक पारित गर्न प्रमुख तीन दल काँग्रेस, एमाले र एकीकृत माओवादीबीच सहमति जुटिसकेको छ ।

Jan 27, 2010

नेपाली सेनाका सहायक रथी कँडेल र रावललाई उपरथिमा बढुवा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ १३,मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले नेपाली सेनाका सहायक रथी नरबहादुर कँडेल र नरेन्द्रबहादुर रावललाई उपरथिमा बढुवा गरेको छ। कँडेल पश्चिम पृतनापति पोखरा र रावल पूर्वी पृतनापति इटहरीमा दुई महिनाअघि देखि कायममुकायमको जिम्मेवारीमा कार्यरत छन्। सरकारले कैलालीका पत्रकार जगतप्रसाद जोशीको हत्याका सम्बन्धमा छानविन गर्न गठन भएको समितिले तयार पारेको प्रतिवेदनलाई कार्यान्वयन गर्ने भएको छ। जोशीका परिवारलाई १० लाख रूपियाँ दिने भएको छ।सामुहिक लगानी कोष २०६६ लाई सैद्धान्तिक सहमति गदै विधयक समितिमा पठाउने निर्णय गरेको छ। नेपाल र टर्कीका बीचमा हवाइ सहमति गर्ने अनुमति गरेको छ। विस्तृत शान्तिसम्झौंता अन्तर्गतको सत्य निरूपण आयोगसम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमति गरेको छ। शान्तिसम्झौंताकै अर्को विषय राष्ट्रिय बारूदी सुरूङ प्राविधिक समितिको म्याद एक वर्ष थपेको छ।भ्रष्टाचारविरूद्ध राष्ट्रसंघीय महासंघलाई अनुमोदन गर्ने प्रस्तावलाई सदनको विधयक समितिमा लैजाने निर्णय गरेको छ। काठमाडौं महानगरपालिकाका फोहर व्यव्ास्थापन गर्ने सम्बन्धमा स्थानीय निकायका कर्मचारीले आन्दोलन गरिरहेकाले उनीहरूसँग वार्ताको लागि सरकारले स्थानीय राज्यमन्त्री गणेशबहादुर खड्काको नेतृत्वमा वार्ता समिति गठन गरेको छ।लुम्बिनी विकास कोषको सदस्यमा कपिलवस्तुका वि्रजेशकुमार गुप्ता, रुपन्देहीबाट मुहम्मद वकिल मुसलमान र नवलपरासीबाट सशांक कोइराला सदस्यमा मनोनयन गरेको छ।मधेश आन्दोलनमा क्रममा मारिएका व्यक्तिलाई शहीद गरेको छ, यसमा २३ जना पहिलै शहीदको
सम्मान दिइसकेको थियो। त्यसमा छुटेकालाई विवरण संकलन गरी शहीदको सम्मान दिने निर्णय गरेको छ।

संयुक्त मधेश आन्दोलनको घोषणा/थरुहट र फोरमको कार्यगत एकता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२७ जनवरी, २०१०,राज्यको पुर्नसंरचना मधेसी र थारुहरुको भावना भन्दा बाहिर गएर गरेको भन्दै मधेसी जनअधिकार फोरम नेपाल र थारुहट संयुक्त संघर्ष समितिले कार्यगत एकता सहित आन्दोलनको घोषणा गरेका छन् । उनिहरुले प्रचारात्मक आन्दोलनबाट सरकारले माग पुरा नगरेमा आमहडताल गर्ने चेतावनि दिएका छन् । आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा फोरम र थारुहटले माग पुरागराउनकै निम्ति आन्दोलनमा जाने निर्णय गरेको बताए । उनीहरुले तराई र मधेसलाई टुक्राउने गरेर बदनीयतपूर्ण तरीकाले राज्यको पुर्नसंरचना गरेको भन्दै आपत्ति जनाएका हुन् । तराई मधेसको भुभागलाई तराई मधेस या थारुहट जुन नाम दिएपनि हुने जनाएको थारुहट र फोरमले मधेस र थारुको पहिचान समाप्त पारेर गरिने कुनैपनि निर्णय मान्न नसकिने जानकारी गराईएको छ । पाँच बुँदे आचार संहिता बनाएका उनीहरुले मधेस र थरुहट आन्दोलन लाई संबिधानको प्रस्तावनामा राख्न पनि दवाब दिने जनाएका छन् । पहिलो चरण अनतरगत फोरम र थरुहटको संयुक्त माग पुरागराउन प्रधानमन्त्री र संबिधान सभाका अध्यक्षलाई ज्ञापन पत्र बुझाउने र अपिल पत्र सार्वजनीक गर्ने रहेको जनाएको छ । धनगढि भैरहवा जितपुर लाहान ईटहरी भरतपुर र बिराटनगरमा जनचेतना लगायतका कार्यक्रम र अभियान फैलाउनुका साथै भैरहवा नेपालगञ्ज कैलाली जनकपुर बिराटनगरमा संयुक्त बृहत आमसभा गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।

Jan 26, 2010

तामाङसालीङ स्वायत्त राज्य परिषदको प्रेस विज्ञप्ती

संविधान सभाको राज्य पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले १४ प्रदेशको मस्यौदा पारित गरी संविधान सभामा बुझाएको मध्ये ऐतिहासिक नाम 'तामाङसालीङ' लाई 'ताम्सालिङ' नामकरण गरी बुझाएको मस्यौदामा बहुसङ्ख्यक तामाङ जाति बसोवास रहेको भूभागहरु- काभ्रे, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर र सिन्धुली जिल्लाहरुमध्ये 'धादिङ, रामेछाप र दोलखा' यी तीनवटा जिल्लाहरुको पूरै भूभाग क्रमशः सुनकोशी, नेवाः र शेर्पा प्रदेशमा प्रस्ताव गरेकोमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध तामाङसालीङ स्वायत्त राज्य परिषदको गम्भीर ध्यानाकृष्ट भएको छ ।
यसरी, तामाङसालीङ राज्यको ऐतिहासिक नामलाई 'ताम्सालिङ' बनाई तामाङसालीङ राज्यमा पर्नुपर्ने तामाङ जाति बसोवास रहेको यी ३ वटा जिल्लाहरु 'धादिङ रामेछाप र दोलखा' लाई क्रमशः सुनकोशी, नेवाः र शेर्पा प्रदेशमा गाभेकोमा गम्भीर आपत्ति र असहमति जनाउँदछौं । यसले समस्याको समधान होइन झन जटिल समस्या उत्पन्न गर्ने हाम्रो ठहर छ । तसर्थ, सम्बन्धित् निकायबाट उक्त नाम र जिल्लाहरुलाई तत्काल सच्याउन आग्रह गर्दछौं ।
……………
सिङमान तामाङ
का.वा.अध्यक्ष
तामाङसालीङ स्वायत्त राज्य परिषद
तामाङसालीङ नेपाल
मितिः २०६६।१०।०८

संघीय लिम्बुवान राज्य परिषदको प्रेस विज्ञप्ति

मितिः २०६६।१०।१२
संविधान सभाको राज्य पुनर्संरचना समितिले पेश गरेको १४ राज्यको प्रस्तावमा अरुणपूर्व लिम्बुवानको ऐतिहासिक पृष्ठभूमिलाई टुक्रा-टुक्रा पार्ने षडयन्त्र गरिएको छ । संघीय गणतन्त्र नेपालमा लिम्बुवान स्वायत्त राज्य हुनेछ भनी लिम्बुवानको नामाङ्कन हुनु सकारात्मक कदम हो, तर योजनावद्ध रुपले ऐतिहासिक लिम्बुवान भूमिलाई टुक्राउने षडयन्त्र निन्दनीय छ, यसप्रति मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य राज्य परिषद घोर आपत्ति जनाउँदै विरोध गर्दछ ।
सम्पूर्ण नेपाल एकात्मक संरचनामा रहँदा पनि वि. सं. १८३१ देखि २०२१ सालसम्म अरुणपूर्वको लिम्बुवान स्वायत्त रहेको गोरखालीहरुसँग वि. सं. १८३१ को सन्धि हुँदा अरुणपूर्व राज्यको रुपमा लिम्बुवानसँग मात्र सम्झैता भएको र पछिल्लो पटक अन्तरिम संविधान जारी हुँदा संविधानमा 'संघीय' शब्द नपरेको विषयमा सबैभन्दा पहिले मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले २०६३ मङ्सिर २६ गते लिम्बुवान बन्दको आह्वान गरी नेपालमा आधुनिककालको संघीय आन्दोलन शुरु गर्यो, र संघीय आन्दोलनलाई जातीय द्वन्द्वमा फस्न नदिई राजनीतिक आन्दोलनमा रुपान्तर गर्न अथक प्रयास गरेको छ । नेपाललाई संघीयतामा लानको लागि सबैभन्दा महत्वपूर्ण भूमिका खेलेको त्यही लिम्बुवानलाई कमजोर बनाउन केही शक्तिहरु लागिपरेका छन् । तर, लिम्बुवान विरोधीहरुको यो षडयन्त्रको विरुद्धमा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद अन्तिम थोपा रगत भइञ्जेल सङ्घर्ष गरिरहनेछ । यस परिषद अरुण-सङ्खुवा-सप्तकोशीपूर्वको नौ जिल्लासहितको अधिकार सम्पन्न पूर्ण लिम्बुवानको पक्षमा रहेको छ । यसैक्रममा, यस परिषदले निम्न मिति र स्थानहरुमा पहिलो चरणको विरोध कार्यक्रमअन्तर्गत 'राँके जुलुश' गर्ने निर्णय गरेको छ । आन्दोलन जारिरहनेछ, यसैबीचमा अरुणपूर्व नौ जिल्लाको विभिन्न जनसमुदायहरुसँग छलफल र बहस पनि अघि बढाइनेछ । मागःक २०६४ फागुन १८ गतेको पाँच बुँदे सहमति अनुसार जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान स्वायत्त राज्य घोषणा गर । ख ऐतिहासिक लिम्बुवान भूमिको सिमाङ्कनलाई टुक्राउने गलत निर्णय तुरुन्त सच्याऊ । कार्यक्रमः २०६६ माघ १४ गते लिम्बुवानको विर्तामोड, दमक, धरान र धनकुटामा विरोध राँके जुलुश ।
……………………
कुमार लिङ्देन 'मिराक'
के. अध्यक्ष
मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद

संलिरापद्वारा विर्तामोड,दमक,धरान,धनकुटामा १४ गते राँके जुलुश गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ
माघ १२, दमक,संविधान सभाको राज्य पुनर्संरचना समितिले पेश गरेको १४ राज्यको प्रस्तावमा अरुणपूर्व लिम्बुवानको ऐतिहासिक पृष्ठभूमिलाई टुक्रा-टुक्रा पार्ने षडयन्त्र गरिएको भन्दै त्यसको विरोधस्वरुप संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले लिम्बुवानको विर्तामोड, दमक झापा, धरान सुनसरी र धनकुटा बजार धनकुटामा २०६६ माघ १४ गते राँके जुलुश गर्ने भएको छ ।परिषदका अध्यक्ष कुमार लिङ्देन 'मिराक' द्वारा हस्ताक्षर गरी माघ १२ गते जारिगरिएको प्रेस विज्ञप्तिमा भनिएको छ- संघीय गणतन्त्र नेपालमा लिम्बुवान स्वायत्त राज्य हुनेछ भनी लिम्बुवानको नामाङ्कन हुनु सकारात्मक कदम हो तर योजनावद्ध रुपले ऐतिहासिक लिम्बुवान भूमिलाई टुक्राउने षडयन्त्र निन्दनीय छ, यसप्रति मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य राज्य परिषद घोर आपत्ति जनाउँदै विरोध गर्दछ । सोही विज्ञप्तिमा सम्पूर्ण नेपाल एकात्मक संरचनामा रहँदा पनि वि. सं. १८३१ देखि २०२१ सालसम्म अरुणपूर्वको लिम्बुवान स्वायत्त रहेको गोरखालीहरुसँग वि. सं. १८३१ को सन्धि हुँदा अरुणपूर्व राज्यको रुपमा लिम्बुवानसँग मात्र सम्झैता भएको र पछिल्लो पटक अन्तरिम संविधान जारी हुँदा संविधानमा 'संघीय' शब्द नपरेको विषयमा सबैभन्दा पहिले मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले २०६३ मङ्सिर २६ गते लिम्बुवान बन्दको आह्वान गरी नेपालमा आधुनिककालको संघीय आन्दोलन शुरु गर्यो र संघीय आन्दोलनलाई जातीय द्वन्द्वमा फस्न नदिई राजनीतिक आन्दोलनमा रुपान्तर गर्न अथक प्रयास गरेको दावी गरिएको छ । यसैगरी, नेपाललाई संघीयतामा लानको लागि सबैभन्दा महत्वपूर्ण भूमिका खेलेको त्यही लिम्बुवानलाई कमजोर बनाउन केही शक्तिहरु लागिपरेका छन् । तर, लिम्बुवान विरोधीहरुको यो षडयन्त्रको विरुद्धमा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद अन्तिम थोपा रगत भइञ्जेल सङ्घर्ष गरिरहनेछ । यस परिषद अरुण-सङ्खुवा-सप्तकोशीपूर्वको नौ जिल्लासहितको अधिकार सम्पन्न पूर्ण लिम्बुवानको पक्षमा रहेको जनाइएको छ । यसैक्रममा, परिषदले २०६४ फागुन १८ गतेको पाँच बुँदे सहमति अनुसार जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान स्वायत्त राज्य घोषणा गर्नुपर्ने र हालै संविधान सभामा प्रस्ताव गरिएको ऐतिहासिक लिम्बुवान भूमिको सिमाङ्कनलाई टुक्राउने गलत निर्णय तुरुन्त सच्याउनु पर्ने माग गरेको छ । साथै, आन्दोलनलाई जारिराख्दै सङ्घर्षकै बीचमा अरुणपूर्व नौ जिल्लाको विभिन्न जनसमुदायहरुसँग छलफल र बहस पनि अघि बढाउने जनाएको छ ।

नेपाल–भारतको सीमा छुट्याउने २३६ सीमा स्तम्भ गायब

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इटहरी माघ १२- नेपाल–भारतको सीमा छुट्याउन पूर्वी नेपालका सात जिल्लामा गाडिएका २ सय ३६ सीमा स्तम्भ गायब भएका छन्। यस्ता स्तम्भ धमाधम हराउन थालेपछि सशस्त्र प्रहरी पूर्वी क्षेत्रीय मुख्यालय बराहबाहिनी पकलीले गरेको स्थलगत सर्वेक्षणमा सीमा स्तम्भ गायब भएको पत्ता लागेको हो। सशस्त्र प्रहरीले गरेको सर्वेक्षणको रिपोर्टमा ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहामा सीमा स्तम्भ गायब भएको उल्लेख छ।स्थलगत सर्वेक्षणअनुसार ताप्लेजुङमा पाँच स्तम्भ गायब भएको पाइएको छ। यो जिल्लामा चार वटा दुरुस्त छन् भने एउटा जीर्ण भई मर्मत सम्भारको अवस्थामा छ। ताप्लेजुङका केही भू–भाग चीनसँग पनि जोडिएको छ। तर, भारतीय सीमा जोडिएका स्थानमा सीमा स्तम्भ गायब छन्। इलाममा १ सय १९ वटा सीमा रहेकामा ९ वटा गायब भएका छन्, जसमा दुईवटा मर्मत सम्भार गर्नुपर्ने र १ सय ८ वटा दुरुस्त छन्।यस्तै, झापामा २० स्तम्भ गायब छन्। १ सय ७५ स्तम्भमध्ये १ सय १२ वटा जीर्ण भई मर्मत गर्नुपर्ने अवस्थामा छन् भने ४३ वटा जस्ताको तस्तै छन्। झापाको तुलनामा मोरङमा दोब्बर सीमा स्तम्भ गायब छन्। मोरङका १ सय २४ स्तम्भमध्ये २२ वटा जीर्ण अवस्थामा छन्, बाँकी दुरुस्त छन्। सुनसरीमा ३९ वटा गायब भएका छन्। २ सय ८३ वटा स्तम्भमध्ये ६१ वटा जीर्ण अवस्थामा छन्। बाँकी भने जस्ताको तस्तै पाइएको छ।सबैभन्दा बढी सप्तरीमा १ सय २१ स्तम्भ गायब भएका छन्। ३ सय ८३ स्तम्भमध्ये ३९ वटा मर्मत सम्भार गर्नुपर्ने अवस्थामा छन्। सीमा स्तम्भ मर्मत सम्भार गर्नुपर्ने अवस्थामा सबैभन्दा बढी सिरहामा छन्। त्यहाँ १ सय २६ वटा मर्मत सम्भार गर्नुपर्ने अवस्थामा सीमा स्तम्भ छन्। मर्मत सम्भार गर्नुपर्नेबाहेक दुई वटा गायब छन् भने १ सय ५३ वटा दुरुस्त छन्। सिरहाको पछिल्लो तथ्याङ्क आउन बाँकी नै रहेकाले दुईवटा मात्र स्तम्भ गायब भएको तथ्याङ्क पूर्वी मुख्यालयसँग रहेको उल्लेख छ।सिरहामा अरु बढी स्तम्भ गायब भएको दावी गरिएको छ। भारतसँग सीमा जोडिएको पाँचथरमा भने स्तम्भ गायब छैनन्। तर, यो जिल्लामा ३ वटा जीर्ण भएर मर्मत गर्नुपर्ने अवस्थामा छन्। एसएसपी जानकीराज भट्टराईका अनुसार पूर्वी नेपालको नौ जिल्लामा गरेको स्थलगत सर्वेक्षणमध्ये चीनसँग सीमा जोडिएको सङ्खुवासभामा स्तम्भ दुरुस्त अवस्थामा छन्।४ फिटदेखि ८-१० फिटसम्म अग्ला सिमेन्ट र कङ्क्रिटले बनेका सीमा स्तम्भ पूर्वी नेपालका नौ जिल्लामा १ हजार ४ सयको सङ्ख्यामा छन्।

‘प्रचण्ड’ ले आफ्नो पार्टीको मागहरूबारेमा छलफल गर्न माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उच्चस्तरीय राजनीतिक संयन्त्रमा आफ्नो पार्टी मागहरूबारेमा छलफल गर्न माग गरेका छन्।उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रहेका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई मंगलबार भेटी प्रचण्डले संयन्त्रको आग्रहमा आफ्नो पार्टी अनिश्चितकालीन बन्दको कार्यक्रम फिर्ता लिएकाले अब माओवादी मागहरूको सम्बोधन हुनुपर्ने बताउनुभएको थियो।संयन्त्रको कार्यविधि तथा क्षेत्राधिकार तय गर्दा सरकार परिवर्तनको विषयलाई समेटिएको छैन तर माओवादी अध्यक्ष प्रचण्डले आफ्ना माग पूरा गर्न माग गरेर संयन्त्रका संयोजक कोइरालालाई माओवादी नेतृत्वको सरकार बनाउन बाटो खोलिदिन दबाब दिएको बताइएको छ।माओवादीका प्रमुख माग राष्ट्रपतिको कदम सच्चिनुपर्ने र माओवादीको नेतृत्वमा सरकार गठन हुनुपर्ने रहेको छ। माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टर्राईले यसअघि नै संयन्त्रले माओवादी नेतृत्वको सरकार गठन गराउन नसकेमा प्राकृतिक मृत्युवरण गर्ने बताइसक्नुभएको छ।माओवादी अध्यक्ष प्रचण्डको प्रस्तावका विषयमा कांग्रेस सभापति कोइरालाले कुनै ठोस जवाफ नदिनुभएको र चाँडै नै संयन्त्रको बैठक बोलाउने विषयमा आश्वस्त बनाउनुभएको बताइएको छ।

अरुलाई फसाउन खोज्दा उल्टै हिरासतमा परे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पर्वत, १२ माघ : झुटो जाहेरी दिएर अरूलाई फसाउन खोज्ने पर्वतका तीनजना युवा आफैँ प्रहरी हिरासतमा पुगेका छन् । जिल्ला प्रहरी कार्यालय, पर्वतले जाहेरी झुटो साबित गर्दै नाङ्लीबाङ— ४ का ३० वर्षीय कुलबहादुर रेग्मी, ४० वर्षीय गजेन्द्र खड्का र ३० वर्षीय चन्द्रबहादुर परियारलाई पक्राउ गरी आइतबारदेखि हिरासतमा राखेको हो । गत ७ माघमा एकीकृत माओवादीले म्याग्दीमा आयोजना गरेको कार्यक्रमबाट वर्षीय फर्कदै गर्दा स्थानीय राजेन्द्रबहादुर केसी, अर्जुन केसी र दानबहादुर केसीले आफूहरूलाई कुटपिट गरी एक लाख २३ हजार नगद लुटेर लगेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । तर, लुटपाटबारे अनुसन्धान गर्दा झुटो ठहर भएपछि तीनैजना जाहेरीवालालाई पक्राउ गरी हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक हरिराज वाग्लेले बताए ।उनीहरूले दिएको जाहेरीमाथि अनुसन्धान गर्दा कुटपिट गरेको पुष्टि भए पनि रकम लुटिएको सम्बन्धमा सत्यता नभेटिएको प्रहरीले बताएको छ । अनुसन्धानका क्रममा प्रहरीले तीनैजना जाहेरीवालाका घरमा खानतलासी र आवश्यक बयान लिएको थियो ।जाहेरीवाला रेग्मीले प्रहरीसमक्ष आफूले झुटो जाहेरी दिएको स्वीकार गरेका छन् । उनकी श्रीमती दयाकुमारी रेग्मीले समेत लुटिएको भनिएको रकममध्ये केही आफैँसँग रहेको र बाँकी रकम तिरोतारोमा खर्च भएको बयान दिएको प्रहरीले बताएको छ ।झुटो जाहेरीले अनुसन्धानमा प्रभाव पार्ने र निरपराध व्यक्ति पनि कारबाहीको भागीदार बन्नुपर्ने भएकाले त्यसलाई निरुत्साहित गर्न यस्तो कदम चाल्नुपरेको प्रहरी नायब उपरीक्षक वाग्लेले बताए । प्रहरीले हिरासतमा रहेका तीनैजनालाई सार्वजनिक गर्दै आफूलाई सघाउन नागरिक, बुद्धिजीवी तथा पत्रकारसमक्ष आग्रहसमेत गरेको छ । दल, कानुन व्यवसायी, पत्रकारलगायतबाट पूर्ण सहयोग पाएमा कुनै पनि अपराधीले छुट्कारा नपाउने र न्याय दिलाउनसमेत सहज हुने प्रहरी निरीक्षक केदार पन्तले बताए ।

हङकङबासी नेपालीद्वारा दृष्टिविहीन विद्यार्थीलाई सहयोग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/प्रदीप मेन्याङ्बो
धरान २०६६ माघ ११ लामो समयदेखि हङकङमै बसोबास गर्दै आएका 'थाहा नपाई माया मेरो' का गायक तथा संगीतकार दिनेस सुब्बा नेम्वाङ धरानमा आइतबार दृष्टीहीनहरुका माझ अचानक झुल्के । त्यो पनि गाउनलाई होइन, सहयोग राशी लिएर सोझै पुर्वाञ्चल ज्ञानचक्षु विद्यालयको प्राङगणमा पुगेका थिए । हल्ला र चर्चा त्यति नरुचाउने गायक संगितकार सुव्वाले आफ्ना साथीहरु संग मिलेर धरानका दृष्टिहिन विद्यार्थीहरुका लागि हङकङमा संकलन गरेको रकम प्रदान गर्न आएका थिए । हङकङ आइडीमा झण्डै डेढ दशक देखि बस्दै आएका सुब्बा एक साताको लागि नेपाल आएको अवसरमा दृष्टिहीनहरु अध्ययन गर्ने धरानको पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयलाई एक सवारी साधन किन्न ३ लाख ३० हजार रुपैया प्रदान गर्दै त्यहा अध्ययनरत ८६ जना मध्ये २५ जना दिष्टीविहीनलाई छात्र वृत्ति दिने घोषणा गरे । २५ जनालाई छात्रवृत्ति दिन पनि झण्डै तीन लाख रुपैया नै लाग्छ ।हङकङमा हिमालयन टोन्स म्यूजिक एकेडेमीका संचालक समेत रहेका सुब्बाको भावुक अनुहारलाई दृष्टीविहीनहरुले देख्न नसके पनि अनुभूति भने गरे । धन थापा, रविन राई र स्वयम् सुब्बाले तयार गरेको 'हावाको क्यानभासमा दिनेश सुब्बा' वृत्तचित्र हङकङमा केही महिना अघि प्रदर्शित गरेर संकलित रकम पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयलाई प्रदान गर्न धरान आएको बताए । उनले भने, 'आफुले नेपाल छाडेर हङकङमा बसे पनि आफ्नो माटो प्रति गर्ने कर्तव्य नविर्सन यति भए पनि प्रयास गरेको हुं । यति गर्नमा अरु धेरै हङकङे नेपाली साथीसंगीहरुको पनि उतिकै सहयोग छ ।' उनका अनुसार रकम प्रदान गर्नेहरुमा २० जना छन् । नेपालका दृष्टीहिन विद्यार्थी संझेर एउटा सवारी साधन किन्नका लागि हङकङका कालु घले, वाइवी राई, ज्ञानु सुव्वा, करेन सुब्बा, तुलसी गुरुङ, शशी राई, डाइनामिक टुर एन्ड ट्राभल्स, कृष्ण पाण्डे, कमल पौडेल, कविन राई, त्रिवेणी हेयर शेलुन, विवि थापा, सोम थापा, धन थापा, रविन राई लगायतले च्यारिटी शोमा बढी रकम प्रदान गरेका थिए । तत्कालिन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा समेत सदस्य रहेका सुब्बाले हङकङ प्रवासिनुका कारणबारे आर्थिक नै रहेको बताए । उनले भने, 'श्रीमति भीमा देवी गुरुङको हङकङ आइडी भएकोले उतै पो भासिएं । तर आफ्नो सृजनालाई निरन्तरता दिएको छु । नेपालीत्व विर्सेको छैन । विर्सेको भए किन पो आएर दृष्टिविहिन विद्याथीको माझ बस्थें ।' पुख्यौली थले पान्थरको पौवा सारताप बताउने सुब्वा सहित १७ जनाले विद्यालयका २५ दृष्टिविहीनलाई बर्षेनी छात्रवृत्ति प्रदान गर्ने पनि बताए । उनका अनुसार दृष्टिविहीन विद्यार्थीहरुलाई छात्र वृत्ति दिन सहयोग गर्नेहरुमा हङकङका तुलसी गुरुङ, टंक सम्वाहाम्फे, उत्तरमान लिम्बु, वाइवी लिम्बू, कालु घले, गणेश इजम, पसन तमू, रविन श्रेष्ठ, क्यारेन लिम्बु, आमोद राई, सुस्मीता गुरुङ, धन थापा, विद्या राई, जगत अम्बु गुरुङ, प्रदीप कन्दङ्वा, ललित आङ्बुहाङ, रविन राइ, देवराज राइ, सोम थापा लगायत रहेका छन् । दृष्टीविहीन विद्यार्थीहरुले अध्ययन गर्ने पुस्तक एक सेटको मात्र करिव १० हजार रुपैया पर्छ । पुस्तक किन्न नसकेर पनि कतिपयले विचैमा अध्ययन छाड्ने गरेका छन् । उनीहरुको अध्ययनलाई निरन्तरता दिलाउन छात्रवृत्ती पंरदान गरेको सुब्बाले बताए । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष सरला कायस्थ र कार्यवाहक प्रधानध्यापक हरी कृष्ण श्रेष्ठले हङकङबासी नेपालीहरुले विद्यालय र विद्यार्थीहरुलाइ सम्झेकोमा आभारी व्यक्त गरे । अरुले पनि यस्तै सहयोग गरेमा कुनै पनि दृष्टिविहिन बालबालिका शिक्षाबाट बन्चित नहुने बताए ।

इथियोपियाको ९० जना सवार यात्रुवाहक विमान दुर्घटना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेरुत, इथियोपियाको ९० जना सवार यात्रुवाहक विमान बेरुतबाट उडेको केही छिनमै सोमबार समुद्रमा खसेर दुर्घटना भएको छ। दुर्घटना स्थलमा समुद्रमा तैरिरहेका ३४ वटा शव प्राप्त भइसकेको उद्धार कार्यमा संलग्न अधिकारीहरूले बताएका छन्। बाँकी अन्य यात्रुको पनि मृत्यु भएको आशंका गरिएको छ।आतंकवादी हमलाको सम्भावनालाई नकार्दै प्रहरीले मौसमको खराबीका कारण विमान दुर्घटना भएको हुन सक्ने जनाएको छ। तर दुर्घटनाको कारण पत्ता लगाउन निर्देशन दिइसकेको सम्बन्धित अधिकारीहरूले बताए।

माओवादीबिरुद्ध भारतमा प्रदर्शन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२६ जनवरी, २०१०,आफ्नो राष्ट्रिय झण्डाको अपमान गरेको भन्दै भारतीय नागरिकहरुले माओवादीबिरुद्ध जोगवानी नाकामा प्रदर्शन गरेका छन् ।माओवादीले सार्बजनिक गरेको पोष्टरले आफ्नो राष्ट्रिय झण्डा तिरंगाको अपमान भएको भन्दै उनीहरुले सीमा क्षेत्र जोगवानीमा आज विहानैदेखि प्रदर्शन सुरु गरेको समाचार प्राप्त भएको छ । प्रदर्शनकारीहरुले माओवादी अध्यक्ष पुष्पकमल दाहालले भारतीय जनतासंग माफी नमागेसम्म जोगवानी नाका पूर्णरुपमा बन्द गर्ने घोषणा गरेका छन् । उनीहरुले दाहालविरुद्ध चर्को नारा लगाउँदै नेपाल-भारत सीमामा पुत्ला दहन गरेका छन् । माओवादीले चौथो चरणको आन्दोलन अन्तरगत मिचिएको सीमा क्षेत्रको रक्षा गर्ने भन्दै उसले छापेको पोष्टरमा बुटमा भारतीय झण्डा बानेर नेपालको नक्समा लात्ति हानेको देखाइएको छ । पोष्टरमा बुटलाई भारतीय विस्तारबादको संज्ञा दिएर नेपाली भूमिमा टेक्दै गएको देखाउन खोजिएको छ । उनीहरुले बर्षौसम्मको नेपाल-भारत सम्बन्धलाई दाहालले धमिल्याउन खोजेको आरोपसमेत लगाएका छन् । उनीहरुले आफुहरु कुनै पार्टी विषेशको कार्यकर्ता नभइ स्वतन्त्र भारतीय नागरिक भएको बताएका छन् ।नाकामा विरोध प्रर्दशन भइरहेकाले दुवै तर्फको आवत जावत प्रभावित भएको छ ।

हङकङका लागि नेपाली महावाणिज्य दूत विनोद आईपुगे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/पूर्ण बस्नेत
हङकङ माघ १२- हङकङका लागि नेपाली महावाणिज्य दूत विनोद उपाध्यायले आफू प्रधानमन्त्रीको भाइ भएर नभई योग्यताको आधारमा सरकारले नियुक्ति दिएर आएको बताएका छन्। महावाणिज्य दूताबासमा मङ्गलबार कार्यभार सम्हालेलगत्तै उनले भने- सङ्घर्ष गरेर प्राविधिक क्षेत्रबाट महावाणिज्य दूत बन्न सफल भएको हुँ। 'प्रधान मन्त्रीको भाइ भएर मैले आदिवासीलाई रिप्लेस गरेको होइन'- उनले त्यस अवसरमा भने। तीन महिनाअघि महावाणिज्य दूतमा नियुक्त भएका उपाध्याय मङ्गलबार बिहान मात्र श्रीमती र बाबुसहित हङकङ आइपुगेका हुन्। तत्कालीन महावाणिज्य दूत केशवप्रसाद भट्टराई सचिवमा बढुवा भएर काठमाडौँ फर्केपछि वाणिज्य दूत सुशील लम्साल छ महिनादेखि कार्यबाहक थिए। आदिवासी जनजाति समुदायबाट महावाणिज्य दूत नियुक्तिको माग गर्दै आएको नेपाल आदिबासी जनजाति महासङ्घ हङकङले उपाध्यायलाई बिहीबार ज्ञापनपत्र दिएर विरोध जनाउने बताएको छ। महासङ्घका अध्यक्ष भुपेन्द्र चेम्जोङका अनुसार महासङ्घ सम्बद्ध जनजाति संस्थाहरूलाई आफ्ना कार्यक्रममा 'महावाणिज्य दूतलाई बाहिस्कार गर्न' आग्रह गरिसकेको छ। तीन महिनाअघि सरकारले प्रधान मन्त्री माधव नेपालका भाइ विनोद उपाध्यायलाई हङकङका लागि महावाणिज्य दूत नियुक्त गरेपछि महासङ्घले विरोध जनाउँदै आएको छ। महासङ्घले उपाध्यायको एग्रिमो (स्वीकृति) समेत रोक्न चिनियाँ र हङकङ सरकारलाई आग्रह गरेको थियो। “आफ्नो जातिलाई अगाडि बढाउने उनीहरूको माग जायज छ”, उपाध्यायले भने- तर राष्ट्रका लागि काम गर्ने भएकाले मलाई यहाँका सबै नेपालीको सहयोग हुन्छ भन्ने विश्वास छ। प्रशासन सेवाको सहसचिवलाई महावाणिज्य दूत बनाउने नियम परिवर्तन गरी मन्त्रिपरिषद्ले मेकानिकल इन्जिनियर उपाध्यायलाई नियुक्त गरेकोमा पनि विरोध भएको थियो। उपाध्यायले आफू मेकानिकल इन्जिनियर भए पनि सुरुदेखि नै विकास प्रशासन चलाएर बसेको बताए। 'नौ वर्षसम्म श्रम मन्त्रालयमा मजदुर अधिकृत भएर बसेँ'- उनले भने। हङकङका जनजाति समुदायको आवाजलाई मत्थर पार्न सरकारले वाणिज्य दूतमा नियुक्त गरेको परराष्ट्र सेवाका अधिकृत किरण शाक्य पनि दुई सातापछि हङकङ आउँदैछन्।

मन्त्रीहरुनै प्रधानमन्त्रीबिरुद्ध लागेपछि...

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२६ जनवरी, २०१०,विभिन्न संवैधानिक निकायहरुमा रिक्त रहेका पदहरुमा नियुक्तिको सिफारिस गर्न आज बस्ने भनिएको संवैधानिक परिषद्को वैठकमा स्वंय सरकारकै प्रतिनिधिहरु अनुपस्थित भएपछि प्रधानमन्त्री माधवकुमार नेपाल निकै असन्तुष्ट बनेका छन् ।आज दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बस्ने भनिएको वैठकमा उपप्रधानमन्त्री सुजाता कोइराला, रक्षा मन्त्री विद्या भणडारी लगायतका सदस्हरुको अनुपस्थित भएपछि गणपुरक संख्या नपुगेको भन्दै बैठक स्थगित गरिएको हो । बैठकमा उपस्थित नभएपछि मन्त्रीहरुलाई परिषद्बबाटै फिर्ता बोलाउने मनस्थितमा पुगेका छन् । मन्त्रीहरुले प्रधानमन्त्रीको निर्देशनलाई वेवास्ता गर्नु प्रधानमन्त्री बिरुद्धको संकेत भएको भन्दै उपप्रधानमन्त्री बिजय गच्छदारले तत्काल उनीहरुलाई फिर्ता बोलाउने मन्स्थितिमा प्रधानमन्त्री पुगेको बताए । यस्तै बैठकमा माओवादी अध्यक्ष पनि अनुपस्थित रहेका थिए । संवैधानिक परिषद्को बैठक बस्न नसक्दा निर्वाचन आयोग, लोकसेवा आयोग, महालेखा परीक्षकको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायहरुमा पदाधिकारीहरु रिक्त रहेका छन् ।

Jan 25, 2010

कर्णाली जलबिद्युत परियोजना बन्द गर्न माओवादी दबाब

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुर्खेत, माघ १२- एकीकृत माओवादीले भारतीय निर्माण कम्पनी जिएमआरद्धारा सञ्चालित माथिल्लो कर्णाली जलबिद्युत परियोजना बन्द गर्न दबाब दिएको छ। भारतविरुद्ध 'स्वाधिनताको आन्दोलन' घोषणा गरेको माओवादीले परियोजना निर्माणस्थल दैलेखको टुनिबगरमा आमसभा गरी यस्तो दवाव दिएको हो।
पार्टीको भेरी-कर्णाली राज्य समिति इन्चार्ज खड्कबहादुर बिकले पार्टी केन्द्रीय समितिको निर्णयअनुसार नै आफूहरु परियोजना बन्दको उद्घोष गर्न टुनिबगर पुगेको बताए।आइतबारको आमसभामा परियोजनासँग सम्वन्धित भेरी-कर्णाली राज्य समिति इन्चार्ज विकका साथै सेती-महाकाली राज्य समिति इन्चार्ज धर्मेन्द्र बास्तोला र थारुवान राज्य समिति इन्चार्ज हरिभक्त कँडेलले सम्बोधन गरेका थिए। तीनैजना पार्टीका पोलिटव्यूरो सदस्यसमेत हुन्।आमसभापछि वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा भेरी-कर्णाली राज्य समिति इन्चार्ज विकले 'सम्वन्धित पक्षलाई हिजो (आइतबार)बाटै काम बन्द गरी फिर्ता हुन आग्रह गरेेको' बताए। उनले भने, 'कम्पनीले पहिलाजसरी अटेर गरेमा त्यसको परिणाम राम्रो हुँदैन।' पूर्वमन्त्रीसमेत रहेका विकले जिएमआरले माथिल्लो कर्णालीमा काम गर्नै नपाउने दावि पनि गरे। 'हामीले सुरुदेखि नै यो कम्पनीको प्रवेशप्रति आपत्ति जनाएका हौँ, अहिले त यो स्वाधिनतासँगै जोडिएरै आएको छ,' उनले भने। २०६२/६३ को जनआन्दोलनपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा आफ्नो पार्टी सहभागी भए पनि तत्कालीन जलस्रोत मन्त्रीले 'झुक्याएर' जिएमआरलाई काम गर्ने जिम्मा दिएको उनले बताए।परियोजनामा अवरोध पुर्‍याउँदा विकास प्रभावित हुने भए पनि 'राष्ट्रियताको रक्षार्थ' यस्तो कदम चालिएको विकले बताए। उनले जिएआरको प्रवेशलाई 'भारतीय हस्तक्षेप'को संज्ञा दिए। 'हामी विकासविरोधी होइनौँ, तर विकासको नाममा हस्तक्षेप भएको हामीलाई सह्य छैन,' उनले भने।
माओवादीले टुनिबगरमा आमसभा र वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी परियोजना बन्द गर्न दवाव दिए पनि जिएमआरले भने काम रोकेको छैन। कम्पनीका सुर्खेत कार्यालयस्थित परियोजना सहप्रवन्धक प्रदीप नेपालले काम रोक्नको लागि कसैले पनि आधिकारिक रुपमा नभनेको बताए। उनले भने, 'खै अहिलेसम्म त हामीलाई परियोजना बन्द गर्न भनेर कसैले भनेको छैन, हल्लामात्र सुनेका छौँ।' उनले दैलेख बिन्द्रासैनीस्थित पालेताडामो रहेको फिल्ड अफिसबाट काम सञ्चालन भइरहेको बताए।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट छानिएको जिएमआरले २०६४ बैसाखमा नेपाल सरकारसँग सम्झौता गरी कात्तिकदेखि पहिलो चरणअन्तरगतको वातावरणीय प्रभाव मूल्यांकन र विस्तृत सर्वे थालेको थियो। कम्पनीले ३० महिनाभित्र प्रतिवेदन बुझाउने गरी कामको जिम्मा पाए पनि कार्यस्थलमा पटकपटक भएका अवरोधले निर्धारित समयमा काम सम्पन्न हुनेमा आशंका बढेको नेपालले बताए।
नेपाल विद्युत प्राधिकरणले गरेको प्रारम्भिक सर्वेमा करिब ३० अर्ब रुपैयाँको लागतमा ३ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली परियोजना सम्पन्न गर्न सकिने अनुमान गरिएको थियो। तर, हालको विस्तृत अध्ययनले परियोजना निकै ठूलो रुपमा विस्तार हुने जिएमआरले जनाएको छ। सहप्रवन्धक नेपालले माथिल्लो कर्णालीबाट ९ सय मेगावाट विद्युत उत्पादन गर्न सकिने र त्यसको लागि ७० देखि ८० अर्व रुपैयाँ खर्च हुने बताए। सो परियोजनामा ६१ प्रतिशत जिएमआर, २७ प्रतिशत नेपाल विद्युत प्राधिकरण र १२ प्रतिशत नेपाल सरकारले लगानी गर्ने सम्झौतामा उल्लेख छ। परियोजना सात वर्षसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।यसअघि पनि स्थानीयवासीले माथिल्लो कर्णालीमा दुईपटक अवरोध पुर्‍याएका थिए। परियोजना प्रभावित अछामको भैरवस्थान र दैलेखको सातला, सिंगाडी, रामाघाट र बिन्द्रासैनी आसपासका जनताले पहिलोपटक २०६५ फागुनमा काममा अवरोध गर्दा एक हप्ता काम रोकिएको थियो। त्यसपछि पुनः सहमति कार्यान्वयन नभएको भन्दै गत बैसाखमा काममा अवरोध पर्‍याइएको थियो। स्थानीय स्तरमा पटकपटक भइरहने अवरोध र पछिल्लो समय माओवादीले नै परियोजना बन्द गर्ने धम्की दिएपछि असहज स्थिति आएको जिएमआरले जनाएको छ। एक दिन काम रोकिँदा आयोजनाको काम एक दिन पर सर्ने र त्यसले झण्डै एक करोडको नोक्सानी हुने कम्पनीको भनाइ छ।

सद्दामका सहयोगी अली हसनलाई फाँसी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बगदाद(इराक), माघ ११ सद्दाम हुसेनका सहयोगी मानिने अली हसन अल माजिदलाई सोमबार फाँसी दिइएको छ। केमिकल अलीको नामले चर्चित उनलाई चौथो पटकको मृत्युदण्ड कार्यान्वयन गर्दै यो सजाय दिइएको इराक सरकारका प्रवक्ता अली अल दब्बाखले बताएका छन्। चौथो पटकको मृत्युदण्ड उनलाई एक साताअघि सुनाइएको थियो। सद्दामकै पालामा पाँच हजार कुर्दहरुको मृत्यु हुनेगरि हलाब्जामा गराएको ग्याँस आक्रमणमा उनलाई दोषी ठहर गर्दै सजाय सुनाइएको थियो। यसैबीच अलीलाई फाँसी दिए लगत्तै बगदादमा भएको एक आत्मघाती बम हमलामा ३६ जनाको मृत्यु भएको छ भने ८० भन्दा बढी घाइते भएका छन्।

लिम्बुवान स्वायत्त नागरिक एकता समाज युकेको प्रेस बिज्ञप्ति

भखरै संबिधान सभाको राज्य पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले १४ प्रदेशको प्रस्ताव गरि संबिधान सभामा बुझाएकोछ । सो प्रस्तावमा प्रदेशहरुमध्ये एक प्रदेशको नाम लिम्बुवान प्रस्तावित भएकोछ । लिम्बुवान प्रदेशको नाम प्रस्तावमा आउनु अत्यन्तै सकारात्मक हो । तर यति हुदाहुदै पनि लिम्बुवानको ऐतिहासिक सिमानालाई अतिक्रमण गरेर पश्चिम उत्तरको वर्तमान संखुवासभा जिल्लालाई किरात प्रदेशमा गाभेर र दक्षिण तर्फको वर्तमान झापा, मोरङ र सुनसरी जिल्लाका सम्पूर्ण तरार्इलाई बिराट प्रदेश वा मिथिला भोजपुरा कोच मधेश प्रदेशमा गाभेर अति प्राचीनकालदेखि भईरही आएको, ऐतिहासिक कालदेखि स्थापित भएर आएको लिम्बुवानको खुट्टा र पाता चाही काटी पठाएर लिम्बुवानलाई मुढा बनाइएकोछ । यसको हामी घोर बिरोध गर्दछौं ।
किनभने इस्वी सम्बत ६५० मा नै राजा मुङ माव रोङले उत्तरमा तिब्बत दक्षिणमा मिथिला पश्चिममा दुधकोशी नदी र पूर्वमा मेची नदी बीचको भूभागमा लिम्बुवान राज्यको स्थापना गरेका थिए । सन ८८० मा पश्चिम पटि्टको सिमाना अरुण कोशी नदीमा सरेको थियो । पूर्वको सिमाना सन १६०९ मा राजा लोहाङ सेनको पालामा टिष्टा नदीसम्म पुगेको थियो । सन १८१६ को नेपाल र तत्कालीन बृटिश इष्ट इन्डिया कंपनि बीच सुगौलिमा भएको सन्धि पछिमात्र लिम्बुवानको पूर्वतर्फको सिमाना मेची नदीमा सरेको र दक्षिण तर्फको सिमाना जलालगढदेखि हालको जोगवनि गलगलियामा सरेको पश्चिम तर्फको सिमाना साबिक अरुणकोशी नदी नै र उत्तर तर्फको सिमाना पनि साबिक तिब्बत नै रहेको हो । लिम्बुवानको यसतो ऐतिहासिक भूगोलको खाका थाहा हुदाहुदै र यही ऐतिहासिक भूगोललाई आधार बनाएर लिम्बुवान राज्यको पुनर्स्थापना गरिनुपर्छ भनेर माग राख्दै आम लिम्बुवानबासी जनताले गरीरहेको बलिदानीपूर्ण आन्दोलनको मर्मलाई बेपरबाह गरी लिम्बुवानको दाहिने कुम र दईवटै खुट्टा काटीपठाएर मुढा बनाएर समृद्ध लिम्बुवानलाई लंगडो असक्षम बनाइएकोछ । यसको ऐतिहासिक सिमानालाई अतिक्रमण गरिएकोछ ।
तर्सथ लिम्बुवानबासी आम जनताको चाहाना र मागलाई बुझेर कदर गरी ऐतिहासिक भूगोलको आधारमा बर्तमान ताप्लेजुङ , पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेरथुम र संखुवासभाहरुको नौ जिल्लाको क्षेत्रलाई लिम्बुवान भनि प्रस्तावित प्रस्तावलाई सच्याइयोस् भनि आग्रह गर्दछौं ।
यसको साथै एकिकृत मावोबादी पार्टीले ऐतिहासिक लिम्बुवानलाई टुक्राएर दक्षिणमा कोचीला र पश्चिमउत्तरमा किरात राज्य बनाएकोमा हामी मावोबादीको यस कार्यको घोर भर्त्सना गर्दै टुक्राएको भूभाग लिम्बुवानमा फिर्ता गरिनुपर्छ भनि आग्रह गर्दछौं ।

अयोग्य ठहर्‍याएका जनसेनालाई औपचारिकरूपमा विदाइ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चुलाचुली, माघ ११,इलामको चुलाचुलीस्थित माओवादी जनसेना प्रथम डिभिजन (मुख्यालय) र त्यसका मातहतका सहायक शिविरका अनमिनद्वारा दोस्रो चरणको प्रमाणीकरणमा अयोग्य ठहर्‍याएका जनसेनालाई सोमबार औपचारिकरूपमा विदाइ गरिएको छ । संयुक्त राष्ट्रसङ्घको प्रतिनिधि, एकीकृत नेकपा माओवादी र नेपाल सरकारको प्रतिनिधि सम्मिलित टोलिले अयोग्य ठहरिएका लडाकुलाई औपचारिक रूपमा विदाइ गरेका हुन् । जनसेनाको प्रथम डिभिजनबाट सोमबार चार सय ७६ जना अयोग्य लडाकु घर फर्केको मुख्यालयले जनाएको छ । प्रथम डिभिजनअन्र्तगत रहेका सहायक शिविर इलामको दानाबारी, मोरङको याङसिला र टाडी गरी आठ सय ७६ लडाकु अयोग्य ठहरिएको राष्ट्रसङ्घले जनाएको छ ।सोमबार विदाइ हुने चार सय ७६ जना अयोग्य लडाकुबाहेक कतिपय अयोग्य लडाकु यसअघि नै घर फर्की सकेको मुख्यालयले जनाएको छ । तीमध्ये उमेरका कारण छ सय १७ जना र अन्य कारण २ सय ५९ जना अयोग्य ठहरिएका थिए । फिर्ता भएका लडाकुलाई संयुक्त राष्ट्रसङ्घले आआˆनो घर पुर्‍याइदिने व्यवस्था मिलाएको छ । संयुक्त राष्ट्रसङ्घले अयोग्य लडाकुमध्ये सोमबार नै १९० जनालाई इलाम, १४८ जनालाई धनकुटा, ७० जनालाई सुनसरीको इटहरी, ४० जनालाई मोरङ र ५० जनालाई झापा पुर्‍याइदिने बताइएको छ ।विदाइको अवसरमा नेपालस्थित अन्मिनका राजनीतिका मामिला प्रमुख क्याथेरिन जोन, जनसेनाका डेपुटि कमान्डर बलदेव र सरकारका तर्फबाट शन्ति तथा पुनःनिर्माण मन्त्रालयका सहसचिवको उपस्थिति रहेको थियो ।यसैबीच, सोमबार विदाइ भएका अयोग्य लडाकुले आफूहरूले शान्तिसम्झौतको पालना गर्दै शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन महìवपूर्ण भूमिका निर्वाह गरेका छन् । शिविर छोड्दा दुःख लागे पनि हामी शान्तिको पक्षमा छौ भन्ने पुष्टि गरेको छ, इलाम जोगमाई सातका अयोग्य ठहरिएका सीता राईले भनिन् ।विदाइ कार्यक्रममा बोल्दै एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले आफ्नो पार्टीले आयोग्य नमाने पनि शान्तिप्रक्रिया निष्कर्षमा पुर्‍याउन उहााहरूलाई विदाइ गर्न बाध्य भएको बताउनुभयो । कार्यक्रमममा अनमिन प्रतिनिधि क्याथि्रन जोनले नेपालको शान्तिप्रक्रिया देशका लागि उल्लेखनीय भएको बताउनुभयो । लडाकुलाई संयुक्त राष्ट्रसङ्घको तर्फबाट जनही १० हजार र एकीकृत नेकपा माओवादीको तर्फबाट १२ हजार रुपैयाा गरी जम्मा २२ हजार रुपियाा बाटोखर्चको व्यवस्था मिलाइएको मुख्यालयका प्रमुख प्रतिक्षाले जानकारी दिनुभयो ।टोलीले यसअघि सिन्धुलीको दुधौली, चितवनको शक्तिखोर र नवलपरासीको शिविरबाट अयोग्य लडाकुको विदाइ गरी सकिएको छ ।

तोरणको बढुवालाई सर्वोच्च अदालतले मान्यता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१० माघ,तोरणजंगबहादुर सिंहलाई नेपाली सेनाको उपरथीबाट रथीमा बढुवा गर्ने सरकारी निर्णयलाई सर्वोच्च अदालतले मान्यता दिएको छ । उनको बढुवा तत्काल कार्यान्वयन नगर्न प्रधानन्यायाधीश अनुपराज शर्माको एकल इजलासले यसअघि दिएको आदेश सर्वोच्चले खारेज गरेको छ । धानन्यायाधीश शर्माको एकल इजलासले १९ पुसमा दिएको अन्तरिम आदेश सर्वोच्चका न्यायाधीशद्वय रामप्रसाद श्रेष्ठ र तपबहादुर मगरको संयुक्त इजलासले आइतबार खारेज गरेको हो । सो आदेश खारेज भएपछि सिंहलाई बढुवा गर्ने सरकारी निर्णयले मान्यता पाएको हो । सिंहविरुद्धको रिट निवेदनको पूर्ण सुनुवाइ नभएसम्मका लागि प्रधानन्यायाधीशको एकल इजलासले दिएको आदेश खारेज गरिएको सर्वोच्च अदालतले जनाएको छ । सिंहको बढुवाविरुद्ध परेको रिटमा ९ फागुनमा पूर्ण सुनुवाइ हुँदै छ । सिंहको बढुवा बदर गर्न माग गर्दै माओवादी केन्द्रीय सदस्य कृष्ण केसी, हिमाल शर्मा र वीना मगरले १२ पुसमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनीहरूले सिंह नेपाली सेनाको १० नम्बर बाहिनीपति हुँदा ४९ बन्दीलाई बेपत्ता बनाएको, बन्दी अवस्थामा आफूहरूलाई समेत चरम यातना दिएको तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय मानवअधिकारवादी समुदायले समेत दोषी देखाएकाले सिंहलाई बढुवा गर्ने निर्णय बदर गर्न माग गरेका थिए । सिंहको बढुवाविरुद्ध परेको सो रिटमाथि १९ पुसमा भएको सुनुवाइमा प्रधानन्यायाधीश अनुपराज शर्माको एकल इजलासले तत्कालका लागि उनलाई बढुवा गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।आइतबार बसेको न्यायाधीशद्वय रामप्रसाद श्रेष्ठ र तपबहादुर मगरको संयुक्त इजलासमा रिट निवेदकका तर्फबाट अधिवक्ता रमण श्रेष्ठ, श्रीकृष्ण सुवेदीलगायतले विपक्षीका अधिवक्ताले गरेको बहसको उत्तर दिएका थिए । उनीहरूको बहसपछि आइतबार सर्वोच्चले आदेश जारी गरेको हो । आदेशमा सिंहले मानवअधिकार उल्लंघन गरेको कसुरमा सजाय पाइसकेको नदेखिएको उल्लेख छ ।आदेशमा भनिएको छ, 'तोरण जंगबहादुर सिंहले हाल उपरथीबाट रथीमा बढुवा पाई बढुवासम्बन्धी निर्णय कार्यान्वयन भइसकेको देखिएको, उनले मानवअधिकार उल्लंघन गरेको कसुरमा सजाय पाइसकेको भन्ने अवस्था पनि तत्काल नदेखिएको र उनले पाएको बढुवा बदर हुने नहुनेसम्बन्धी समग्र कुरा प्रस्तुत रिट निवेदनको अन्तिम किनारा हुँदा निराकरण गरिने विषय भएको हुँदा निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन ।'आदेशमा ६ चैत ०६३ मा नेपाली सेनाको सहायक रथीबाट उपरथीमा बढुवा भएको देखिएको र त्यसवेला उनीमाथि मानवअधिकार उल्लंघनलगायतको प्रश्न उठेको अवस्थासमेत नदेखिएको सर्वोच्चले उल्लेख गरेको छ । सर्वोच्चले यस्तै प्रकृतिको यसअघि दायर गरिएको मुद्दामा अदालतको पूर्ण इजलासबाट 'नियुक्तिपत्र पाई कार्य सम्पन्न भइसकेको हकमा सुविधा र सन्तुलनका दृष्टिले अन्तरिम आदेश जारी नहुने विद्यमानता जारी गर्न औचित्यपूर्ण एवं उपयुक्त नहुने भन्ने बेहोरासमेत उल्लेख भइरहेको अवस्था देखिएको' आदेशमा उल्लेख गरेको छ ।नेपाली सेनाको १० नम्बर बाहिनीअन्तर्गतका भैरवनाथ गण र युद्धभैरव गणबाट ४९ जना बन्दीलाई बेपत्ता बनाउन बाहिनीपतिको हैसियतले सिंहको समेत संलग्नताको पुष्टि भएको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी समुदायले उनीसहित बेपत्ता पार्ने कार्यमा संलग्न सैनिक अधिकारीमाथि कारबाही गर्न माग गर्दै आएका थिए । राष्ट्रिय मानवअधिकार आयोगले पटक-पटक बन्दीलाई बेपत्ता पार्ने कार्यमा सिंहको समेत संलग्नता प्रमाणित भएको भन्दै उनलाई बढुवा नगर्न सरकारलाई पत्रसमेत लेखेको थियो ।

सचिवालयको मातहतमा लडाकु राख्ने सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ १० ,शिविरमा रहेका माओवादी लडाकुको समायोजन गर्न गठित विशेष समितिको बैठकमा एक सचिवालय स्थापना गरी त्यसकै मातहतमा लडाकुलाई ल्याउनेबारे सैद्धान्तिक सहमति भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालय सिंहदरबारमा प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा आइतबार बसेको बैठक लडाकु कसको कमाण्डमा रहने र सचिवालय गठन कसरी गर्ने भन्ने विषयमा केन्दि्रत रहृयो । समितिका प्रवक्ता माधवप्रसाद घिमिरेले यससम्बन्धी प्रस्तुत प्रतिवेदन केही परिमार्जन हुने क्रममा रहेको र चेन अफ कमाण्ड सचिवालयभित्रै रहने स्पष्ट पार्नुभयो । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेपाली काङ्ग्रेसका प्रतिनिधि डा. रामशरण महतले बैठकमा सबै पक्षबाट सकारात्मक र मिल्ने कुरा आएका छन् तर पनि यस विषयलाई टुङ्ग्याउन केही समय लागेमा आश्चर्य मान्नुपर्दैन भन्नुभयो ।
सचिवालय कसको नेतृत्वमा रहने र कसकसको सहभागिता रहने भन्ने विषय अर्को बैठकमा टुङ्गो लाग्ने जनाइएको छ । एकीकृत नेकपा (माओवादी) का प्रतिनिधि वर्षमान पुन 'अनन्त'ले चेन अफ कमाण्ड र सचिवालय गठनबारे छलफल जारी रहेको बताउनुभयो । यसैगरी, मधेसी जनअधिकार फोरम
(लोकतान्त्रिक)का जितेन्द्रदेवले सबै सदस्यले आ-आफ्ना भनाइ राख्ने काम भयो, सबैबाट सकारात्मक कुरा आएका छन्, चेन अफ कमाण्ड र सचिवालय गठन गर्ने विषय अर्को बैठकमा टुङ्गोमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । यसअघिको बैठकले लडाकुले पालन गर्नुपर्ने आचारसंहिता, नियन्त्रण, निर्देशन र रेखदेखबारे छलफल भइसकेको छ । विशेष समितिको अर्को बैठक मङ्गलबार ४ बजे पुनः बस्नेछ ।

मन्त्रीहरुलाई प्रधानमन्त्रीको चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२५ जनवरी,२०१०,प्रधानमन्त्री माधवकुमार नेपालले बृहत शान्ति सम्झौताको मर्मविपरीत अभिव्यक्ति सार्वजनिक नगर्न मन्त्रीहरुलाई चेतावनी दिएपछि मन्त्रीहरुमा खैलाबैला मच्चिएको छ ।पछिल्लो पटक रक्षामन्त्री बिद्यादेवी भण्डारीले माओवादी लडाकू समायोजनका बारेमा दिएको अभिव्यक्ति विवादित बन्न पुगेपछि प्रधानमन्त्रीले मन्त्रीहरुलाई आफ्नै कार्यालय, सिंहदरबारमा बोलाई मुलुकमा जारी शान्ति प्रक्रियाविपरीत अभिव्यक्ति नदिन मन्त्रीहरुलाई निर्देशन दिएका हुन । प्रधानमन्त्री नेपालले परस्परविरोधी कुरा नबोल्न समेत मन्त्रीहरुलाई सुझाव दिएका थिए । रक्षामन्त्रीको पछिल्लो भनाईबाट प्रधानमन्त्री नेपाल समेत अप्ठेरोमा परेका थिए ।

विवाहपूर्व यौनसम्पर्क गर्नेको संख्या शतप्रतिशत वृद्धि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विवाह-बन्धनमा बाँधिनुपूर्व नै यौनसम्पर्क गर्ने नेपाली युवा-युवतीको संख्या बढ्दै गएको एक अध्ययनले देखाएको छ । सुनौलो परिवार नेपालले गरेको पछिल्लो अध्ययनअनुसार विवाहअघि यौनसम्पर्क गर्ने युवायुवतीको संख्या शत् प्रतिशत बढेको छ ।सो संस्थाले मकवानपुर, चितवन, नवलपरासी, पर्सा, झापा, ललितपुर र बाँकेका एक हजार अविवाहित युवा-युवतीमा अध्ययन गरेको थियो । 'यो सन् २००९ को सबैभन्दा पछिल्लो अध्ययन हो, अध्ययनमा अघिल्लो तुलनामा शत् प्रतिशत वृद्धि भएको पाइयो,' संस्थाका सहनिर्देशक प्रवीण शाक्यले नयाँ पत्रिकासँग भने ।अध्ययनमा १० दशमलव दुई प्रतिशत सहभागीले विवाहपूर्व नै यौनसम्पर्क राखेको बताएका थिए । यसअघि गरिएको अध्ययनमा पाँच दशमलव चार प्रतिशत युवा-युवतीले मात्र विवाहअघि यौनसम्पर्क गरेका बताएका थिए ।विवाहपूर्व यौनसम्पर्क गर्नेको संख्या वृद्धिसँगै गर्भपतन गराउने युवतीको संख्या पनि बढेको सो संस्थाले जनाएको छ । आर्थिक वर्ष ०६५/६६ मा सुनौलो परिवार नेपालद्वारा सञ्चालित मेरिस्टोप्स सेन्टरबाट ७४ हजार ६ सय ६० जनाले गर्भपतन सेवा लिएका छन् । गत वर्ष देशका विभिन्न स्थानमा रहेका मेरिस्टोप्स सेन्टरबाट ५४ हजार आठ सय ८५ जनाले गर्भपतन सेवा लिएको सुनौलो परिवार नेपालले जनाएको छ ।
अनुसन्धानले गर्भपतन सेवाबारे सर्वसाधारणमा जानकारी बढेको देखाएको छ । अध्ययनमा सहभागीमध्ये ८७ प्रतिशतमा गर्भपतन सेवाबारे जानकारी रहेको पाइएको छ । यसअघिको अध्ययनमा ८० प्रतिशत सहभागीले मात्र गर्भपतनबारे थाहा भएको बताएका थिए । तर, गर्भपतनले कानुनी मान्यता पाएकोबारे अझै पनि ६७ प्रतिशत मात्र जानकार छन् । यसअघिको अध्ययनमा ४८ प्रतिशत सहभागीले मात्र आफूहरूले गर्भपतन सेवाबारे सुनेको बताएका थिए ।त्यस्तै अनुसन्धानले परिवार नियोजनको साधनबारेको जनचेतनामा पनि वृद्धि भएको देखाएको छ । विगतको अनुसन्धानमा कम्तीमा एउटा परिवार नियोजनको साधनबारे जानकारी भएकाहरू ९० प्रतिशत थिए । तर, पछिल्लो अध्ययनले करिब ९८ प्रतिशतमा परिवार नियोजनका साधनबारे जानकारी रहेको देखिएको छ ।परिवार नियोजनका साधनमा सबैभन्दा बढी कन्डमबारे सुनेको सहभागीले बताएका छन् । त्यसपछि क्रमशः डिपो र पिल्सबारे सुनेको उनीहरूले बताएका छन् । ९६ प्रतिशत सहभागीले कन्डमबारे जानकारी रहेको बताएका छन् ।

ज्वाला सिंहद्वारा नयाँ सशस्त्र मोर्चा गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विराटनगर माघ ११- सङ्गठनमा पटकपटक अध्यक्षबाट हटाइसकिएका तराईका सशस्त्र भूमिगत सङ्गठनका नेता नागेश्वर पासवान (ज्वाला सिंह) ले आफ्नै अध्यक्षतामा छुट्टै अर्को सङ्गठन बनाएका छन्। यसअघि जनतान्त्रिक तराई मुक्ति मोर्चा र जनतान्त्रिक मधेश मुक्ति टाइगर्स तराईको अध्यक्ष रहिसकेका पासवानले बर्दियाको अज्ञातस्थलमा महाधिवेशनबाट जनतान्त्रिक तराई मधेस मुक्ति पार्टी नामक नयाँ सङ्गठन खोलेको जानकारी दिएका छन्।मोर्चाको सर्वोच्च कमाण्डरसमेत रहनेगरी पासवानले बनाएको नयाँ सङ्गठनका पोलिटब्युरो सदस्यमा रामकुमार, विराट कमाण्डर इञ्चार्जमा चेतन मधेसी, मिथिला कमाण्ड इन्चार्जमा सुभाषचन्द्र, भोजपुरा कमाण्ड इन्चार्जमा तुफान सिंह तथा अवध तथा थरुहट कमाण्ड इन्चार्जमा भगत सिंहलाई चयन गरेको छ। मोर्चाको केन्द्रीय सदस्यमा झापाबाट ज्योति र शिबाजी, मोरङबाट धर्ती र अभय, सुनसरीबाट आजाद सेन र भीम सिंह, सप्तरीबाट मनिष, प्रशान्त र निर्मल, सिरहाबाट अशोक सिंह, विजय र रेखा, धनुषाबाट पृथ्वी र राजन, महोत्तरीबाट आजाद र सुरज छन्।सर्लाहीबाट अङ्गद र तेजा थारु, रौतहटबाट बारुद र रणवीर, बाराबाट जालिम र बुलेट, पर्साबाट सन्तोष र आकाश, नवलपरासीबाट ललन र अजय, रुपन्देहीबाट भवानी र विश्वास, कपिलवस्तुबाट सिकन्दर र राजेशलाई केन्द्रीय सदस्यमा चयन गरिएको छ। बर्दियाबाट पवन सिंह र योगी थारु, बाँकेबाट सञ्जय र राजवीर, दाङबाट स्थल र सुदर्शन तथा कैलालीबाट रामकुमार थारु र रञ्जितलाई चयन गरिएको विज्ञप्तिमा उल्लेख छ।मोर्चा निर्माणपछि अध्यक्ष पासवानद्वारा जारी विज्ञप्तिमा सत्ता बाँडफाँटको विषयमा सरकारले जातजातिलाई फुटाउने षडयन्त्र गरिरहेको आरोप लगाएका छन्। स्वतन्त्र तराई मधेसलाई विखण्डन गर्ने अधिकार कसैलाई नभएको दाबी पनि गरिएको छ।

जारी छ संविधानसभामा शासकीय स्वरुपबारे बहस

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२५ जनवरी,२०१०,संविधानसभाको बैठकमा आज पनि राज्यको शासकीय स्वरुप निर्धारण समितिले तयार पारेको प्रारम्भिक मस्यौदामाथि छलफल हुँदैछ । एकीकृत माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र तराई मधेस लोकतान्त्रिक पार्टीको अवधारणालाई समावेश गरेर तयार पारिएको मस्यौदामा आज दोस्रो दिन पनि छलफल हुन लागेको छ । काँग्रेस सभासद प्रदीप गिरीले फरक मत दर्ता गराएका छन् । यता एमालेभित्र पनि प्रत्यक्ष निर्वाचनबाट प्रधानमन्त्री चयन गर्ने कि संसदबाट भन्ने बिषयमा तीब्र विवाद रहेको छ । एमालेका सभासदहरु यस बिषयमा संविधानसभाभित्र विभाजित बन्न पुगेका छन् ।

आरक्षण खारेजीको माग गर्दै बाहुन र क्षेत्रीहरु आन्दोलनमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२५ जनवरी,२०१०,त्रिभुवन विश्वविद्यालय जस्तो प्राज्ञिक थलोमा आरक्षणको व्यवस्था खारेजीको माग गर्दै ब्राम्हण, क्षेत्री संघर्ष समिति आन्दोलनमा उत्रिएको छ । विश्वविद्यालयजस्तो ज्ञान विज्ञान र विद्याको खानीमा विभिन्न रङ्ग, भाषाभाषी, जातजाती तथा क्षेत्रका आधारमा राजनीति नगर्न संघर्ष समितिले चेतावनी समेत दिएको छ । विश्वविद्यालयमा प्राध्यापक नियुक्तिमा आरक्षणको प्रणाली खारेज गर्नुपर्ने लगायतका सात बुँदे माग अगाडि सार्दै समिति आन्दोलनमा उत्रिएको छ । समितिले प्राध्यापक नियुक्ति निश्पक्ष हुनुपर्ने, उच्च क्षमतावान व्यक्तिलाई छनोट गर्नुपर्ने, बिद्यार्थीहरुको अनुपातको आधारमा प्राध्यापकहरुको नियुक्ति गर्नुपर्ने, बिषयगत आवश्यकताको आधारमा विज्ञापनलाई नियमित गर्नुपर्ने लगायतका मागहरु अगाडि सारेको छ ।

Jan 24, 2010

कोचिला राज्य प्रस्ताव फिर्ताको सुझाव प्रचण्डलाई

७ जनवरी २०१० को दिन अचानक हङकङ आएका माओवादी अध्यक्ष प्रचण्डलाई लिम्वुवान राष्ट्रिय मोर्चाको अध्यक्ष दिल पालुङवा लिम्वुले भर्खरै घोषणा गरेको कोचिला राज्यको प्रस्ताव अविलम्व फिर्ता गरी लिम्वुवान राज्यमा मिलाउन सुझाव पत्र पेश गर्नुभएको थियो । त्यस्तै किरात राज्यमा पारिएको संखुवासभा पनि लिम्वुवानको भूमि भएकोले उक्त भूमि पनि लिम्वुवानमा समाविष्ट गर्न भनिएको थियो । यी भूमिहरु किन लिम्वुवानभित्र पारिनुपर्छ भन्ने सवालमा सन्दर्भ सामाग्रीको लागि लिरामोले तयार पारेको लिम्वुवान राज्य सम्वन्धित दस्तावेज र लिम्वुवानको संक्षिप्त इतिहास र पूनस्थाना नामक पुस्तक पनि गरिएको थियो । सुझाव पत्र यस प्रकार रहेको छः
श्रीमान अध्यक्ष ज्यू
नेकपा माओवादी तथा भूपू प्रधानमन्त्री,नेपाल
सेवारो(नमस्कार)
विषय-सुझाव-पत्र पेश सम्वन्धमा ।
महोदय,
उपरोक्त सम्वन्धमा माओवादी पार्टीको दश वर्षे जनयुद्ध, शान्ति प्रक्रिया, संविधानसभाको प्रसंग, नयां नेपालको निर्माण परिकल्पना जस्ता विषयहरु सवै सान्दर्भिक र सारगौरन्वीत विषयहरु हुन । त्यस्तै नागरिक सर्वोच्चता तथा स्वायत्त राज्यको अवधारणा पनि जनताको आकांक्षाहरु हुन् । तर सामन्तवादी प्रतिक्रियावादी तत्वहरुले यी सवालहरुप्रति सकारात्मक सोचाई नराकेकोप्रति लिम्वुवान राष्ट्रिय मोर्चाको पनि आपत्ति रहेको जानकारी गराउदछौं । यद्धपी माओवादीले आफ्नो अडानलाई कायम राख्दै कार्यहरु गरिनै रहेकोमा हाम्रो समर्थन रहेको कुरा हामी लुकाउन चाहदैनौ । तर कतिपय सवालहरु हाम्रो अवधारणासंग मेल नखाएकोमा हामी असहमती राख्दछौं । जुन सवाल भनेको भर्खरै माओवादी पार्टीले घोषणा गरेको स्वायत्त गणराज्यमा लिम्वुवानभित्र किरात र कोचीला राज्यको घोषणा हो । लिम्वुवानको घोषणाप्रति लिम्वुवान राष्ट्रिय मोर्चा हार्दिक स्वागत तथा समर्थन जनाउदछ । तर अर्कोतिर लिम्वुवानको भूमिलाई टुक्य्राएर कोचिला राज्य(झापा,मोरङ, सुनसरी सम्मिलित) को घोषणा गरेको र किरात राज्य अर्न्तर्गत संखुवासभा जिल्ला पारिएकोमा मिठो गासमा ढुंगा परेझैं भएकोले यसको लागि नचाहदा नचाहादै पनि माओवादी पार्टीको अवधारणामा असहमती जनाउनु परेकोछ । यसको लागि माओवादी पार्टीले आफ्नो प्रस्ताव फिर्ता लिओस भन्न हामी चाहान्छौं । यस सर्न्दर्भमा केही वुंदाहरु उल्लेख गरी स्पस्टयाउने प्रयास गर्दछौं
कोचिला राज्यको प्रस्ताव अविलम्व फिर्ता यसर्थ गरियोस
१) माओवादी पार्टीद्धारा प्रस्तावित राज्य कोचिला लिम्वुवानको भूमि हो । यो भूमिको शासन लिम्वु वंशले लिम्वुवान राज्यको नाममा परापूर्वक कालदेखि गरेका थिए । वि.सं. १८३१ को गोर्खासंगको लालमोहर सन्धी पश्चात यो भूमि नेपालको स्वायत्त राज्यको रुपमा शासन हुंदा पनि लिम्वुवानको नाममा लिम्वुहरुवाट गरिएको थियो । यसको अधार लालमोहरहरुलाई मान्न सकिन्छ । यो भूमि इतिहासमा कोचिला तथा कोचिला राज्य भएको पनि पाईदैन । वि.सं.१८३१ तिर प्रायस जंगलभूमि थियो । जनसंख्याको कमी थियो । कुनै पनि देशको सिमानामा जंगल तथा जल भएमा धेरै टाढासम्मको क्षेत्र पनि सिमाना कायम भएझैं लिम्वुवानको पनि यथार्थ रहेको थियो । यो क्षेत्रमा पञ्चायत कालमा जंगल फडानी गरी वसोवास गराइएको हो । त्यसपछि आन्तरिक तथा भारतीयहरुको वसोवास व्यापक भएर गएको हो । यो सवैलाई विदित भएको कुरा हो ।
२) कोचहरुको राज्य भारतमा पर्दछ तथा कोच जातिहरु भारतमा वसोवास गर्दछन् । तर्सथ यो क्षेत्र पछिवाट उनै कोचहरुको भूमि सावित हुनेछ र कोचहरुको वसार्इसरार्इ हुनेछ । तसर्थ भारतीय कोचहरुको कारण उक्त क्षेत्र विस्तारवादी भारतको आंखामा अवश्य पर्नेछ । जुन हाम्रो देशको लागि घातक हुनेछ ।
३) यो भूमि लिम्वुवानको भएकोले लिम्वु जातिले यो प्रस्तावलाई सहज ढंगले कदापी स्वीकार्नेवाला छैनन् यद्धपी यीनीहरु माओवादीमा या माओवादी लिम्वुवान मोर्चामा आवद्ध हुन् या अन्य मोर्चामा या अन्य पार्टीमा-उनीहरुले सधैं सम्पूर्ण लिम्वुवानको कुराहरु उठार्इनै रहनेछन् । जुन स्थाई द्धन्द्धको रुपमा रहिरहनेछ । वर्तमान गोर्खाल्याण्डझैं हुनेछ । तसर्थ समयमै ध्यान पुरयाउनु वुद्धिमत्ता तथा दूरदर्शिता हुनेछ । संखुवासभालाई लिम्वुवानमा फर्कार्इयोस मकालु हिमाल, सिस्वा, संखुवा, अरुण सप्तकोशी पूर्वको भूभाग इतिहासदेखिनै लिम्वुवान राज्य अन्तर्गत रहेका थिए । आदिकालदेखि वसोवास गरिरहेका लिम्वुहरुको मुन्धुमी भूमिहरु, पवित्र भूमिहरु पनि यो क्षेत्रमा रहेका छन् । लिम्वुवान योद्धा कांसोरे र गोर्खा योद्धा रघु राना लडेको भूमि अरुण नदी पनि यही पर्दछ । किपट र सुवाङगीको अन्त्य पनि वि.सं.२०५२ मा मात्र भएको हो । त्यसैले यो भूभाग अविलम्व लिम्वुवानमा फर्काईयोस । भूराजनितिक अवस्थाले पनि लिम्वुवानमा रहनेभूमि हो । राज्यनिर्माण जनसंख्याको आधारमा होईन ऐतिहासिकतामा आधारित हुनु उत्तम हुनेछ
१) जनसंख्यालाई आधार मानेर राज्य निर्माण गरिदा जनसंख्या वृद्धि हुने वितिकै राज्य निर्माण हुने नजिर हुनेछ । त्यस्तै वढी जनसंख्या उत्पादन गर्नुपर्ने होडवाजी चल्नेछ । यो अवश्य राम्रो कुरा होईन । यस कार्यले काठमाण्डौमा आदिवासी नेवारहरुको राज्य निर्माण हुन सक्दैन । यदि त्यसो भएमा जातिय भड्काव वढेर जान्छ । यसको उदाहरण श्रीलंकाको तामील राज्यको माग तथा त्यहाको युद्धको स्थितीलाई लिन सकिन्छ । त्यसैले राज्यको निर्माण ऐतिहासिक आधारमा हुनुपर्नेछ । यही ऐतिहासिक आधारमा लिम्वुवानको राज्य निर्माण हुनुपर्नेछ । लिम्वुवानलाई धेरैले जातीय नाम देखेता पनि यथार्थ यो होईन । इतिहासमा लिम्वुवान देशको नाम पहिला भएर त्यहा वसोवास गर्ने लिम्वु भएको पाईन्छ । जस्तै नेपालमा वस्ने नेपाली भनेझैं । वाहुन नेपाल थरी भएर नेपाल भएको होईन । लिम्वुहरुलाई याक्थुङवा भनिन्छ ।
लिम्वुवानलाई हेर्ने दृष्टिकोण फरक हुनुपर्नेछ
१) लिम्वुवानको आफनै विशिष्ट पहिचान भएकोले अर्थात विशिष्ट ऐतिहासिक सम्वन्ध राज्यसंग भएकोले विशिष्ट रुपले हेरिनुपर्नेछ । अन्य भूभागजस्तो लिम्वुवानलाई हेरिनु हुदैन ।
यसर्थ ऐतिहासिक आधारमा, लालमोहर सन्धी आधारमा, किपटको आधारमा, वसोवासको आधारमा, भूराजतिक आधारमा, अर्थराजनितीको आधारमा, वफरजोनको आधारमा माथि उल्लेखित भूभागहरु लिम्वुवान राज्य अन्तर्गत रहनु अपरिहार्यता छ । तसर्थ लिम्वुवानको यी ऐतिहासिक भूमिहरु लिम्वुवान राज्य अन्तर्गत रहनु मूलवासी लिम्वु जाति र लिम्वुवानको निम्ती आत्मासम्मान हुनेछ । मूलवासी र उनीहरुको भूमिविचको सम्वन्ध कति प्रगाढ हुन्छ । त्यो उनीहरुलाई मात्र थाहा हुन्छ । यसर्थ यी उल्लेखित भूमिहरु लिम्वुवान राज्य अन्तर्गत मिलाएर निकट भविष्यमा आईपर्ने दिगो द्धन्द्धको समाधान गर्न यो सुझाव-पत्र पेश गरिएको जानकारी अनुरोध छ ।
नोट-यसको साथै सन्दर्भको लागि लिम्वुवान राज्य सम्वन्धी दस्तावेज तथा स्वायत्तताको लागि आधारहरु भन्ने दस्तावेज संलग्न गरार्इएको छ ।
अध्यक्ष
दिल पालुङवा लिम्वु
अविचन्द्र र्इङनाम
महासचिव
लिम्वुवान राष्ट्रिय मोर्चा
मिती-७ जनवरी २०१०

आन्दोलनमा उत्रिए थारु समुदाय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२४ जनवरी,२०१०,थारु कल्याणकारिणी सभाले संविधानसभाको राज्य पुर्नसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले तयार पारेको अवधारणापत्र र मस्यौदाप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाउँदै समितिको मस्यौदाले मुलुकमा व्याप्त संघीयताको मागलाई सहि रुपमा सम्बोधन गर्न नसकेको भन्दै आन्दोलनको घोषणा गरेको छ । सभाले आज प्रेस बिज्ञप्ति जारी गरी मुलुकको पहिचान नै नगरी प्रदेश निर्धारण गर्ने काम गरिएको आरोप लगाउँदै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । विज्ञप्तिमा राज्यपुर्नसंरचना समितिले बनाएको १४ वटा संघको बिरोध गर्दै धेरै संघिय सरकारको खर्च मुलुकले धान्न नसक्ने जनाएको छ । उस्ले थोरै मात्र संघ बनाउन माग गरिएको छ ।सभाले राज्यपुर्नसंरचनाको सिमाङकन नामाङकनको बिरोधमा बिभिन्न संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेको छ ।आन्दोलन अन्तर्गत माघ २० गते संविधानसभाका ११ वटा मस्यौदा र १४ प्रदेशको खाका काठमाडौंमा जलाउने, २४ गते अपरान्ह जिल्ला सदरमुकामहरु तथा बजारहरुमा मसाल जुलुस गर्ने तथा २५ गते थरुहट तराईमा आमहडताल गरी प्रत्येक जिल्ला सदरमुकाम तथा बजारहरुमा संविधानसभाका ११ वटा मस्यौदा र १४ प्रदेशको खाका जलाउने रहेको बिज्ञप्तीमा उल्लेख छ ।

कोइराला र प्रचण्डबीच लडाकू समायोजनबारे गोप्य सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२४ जनवरी,२०१०,नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र एकीकृत माओवादीका अध्यक्ष प्रचण्डबीच माओवादी लडाकू समायोजनबारे गोप्य सहमति भएको खुलासा भएको छ । नेपाली काँग्रेस संसदीय दलका नेता एवं उपसभापति रामचन्द्र पौडेलले आफ्नो पार्टीका सभापति कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीच बढीमा ५ हजार लडाकूलाई सुरक्षा निकायमा समायोजन गर्ने सहमति भएको खुलासा गर्नुभएको हो । एक रेडियो अन्तरवार्तामा काँग्रेस नेता पौडेलले कोइराला र प्रचण्डबीच तीनदेखि पाँच हजार लडाकूलाई मात्र सुरक्षा निकायमा समायोजन गर्ने गोप्य सहमति भएको बताउनुभयो । उहाँले माओवादी लडाकूलाई नेपाली सेनामा समायोजन गर्न नहुने र सबैलाई समायोजन गर्नुपर्ने दुवै विचार अतिवादी भएको समेत बताउनुभयो । बाँकी माओवादी लडाकूलाई भने समाजमा पुनर्स्थापना गर्ने सहमति भएको बताइएको छ ।

Jan 23, 2010

इलामको माओवादी अयोग्य ८७६ लडाकु बहिर्गमन प्रक्रिया सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ १०, इलामको चुलाचुलीमा रहेको माओवादी लडाकुको प्रथम डिभिजन शिविरमा अयोग्य ठहरिएका ८७६ जनाको बहिर्गमन प्रक्रिया सुरु भएको छ। उनीहरुलाई सोमबार औपचारिक रुपमा विदाइ गर्ने कार्यक्रम छ। अयोग्य ठहरिएकाहरुको बिदाइका लागि शनिबार संयुक्त राष्ट्र संघ र माओवादी लडाकुका प्रतिनिधि प्रथम डिभिजन कार्यलयमा पुगिसकेका छ।शनिबार बहिर्गमन प्रक्रियाका लागि २ सय २० जनाले नाम दर्ता गराएका छन्।बहिगर्मन हुने लडाकुलाई माओवादीले १२ हजार रुपैयाँ दिएको छ भने संयुक्त राष्ट्रसंघले १० हजार बाटो खर्च दिनेछ।यसअघि सिन्धुलीको दुधौली, चितवनको शक्तिखोर र नवलपरासीका शिविरबाट अयोग्य ठहरिएका लडाकुहरुलाई विदाइ गरिसकिएको छ।

राजधानीको मुटु न्यूरोडमा गोली चल्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२४ जनवरी,२०१०,राजधानीको मुटु मानिने न्यूरोडस्थित बिशालबजारमा आज आइतबार गोली चलेको छ । न्यूरोडमा रहेको बिशालबजारको भूमिगत सवारी पार्किङस्थलमा आज बिहान लुटेराहरुले सुनचाँदी व्यवसायी प्रकाश राजभण्डारीलाई लुट्ने उद्देश्यले गोली चलाएका थिए । गोली चले पनि कुनै क्षति भने भएको छैन । लुट्ने प्रयास बिफल बनेपछि मोटरसाइकलमा रहेका दुई जना लुटेरा फरार भएको प्रहरीले जनाएको छ । प्रहरीले लुटेराहरुको खोजी कार्यलाई तीब्र पारिएको जनाएको छ ।

हेटीमा खोजी र उद्धार कार्य सकिएको घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्त राष्ट्रसंघले झण्डै दुई साता अघि भीषण भुँइचालो गएको देश हेटीको सरकारले त्याहाँ खोजी र उध्दार कार्य सकिएको घोषणा गरेको जनाएको छ। जेनेभास्थित एकजना राष्ट्रसंघीय प्रवक्ताले यो ह्दय विदारक निर्णय हो भनेकी छिन। तर उनका अनुसार विशेषज्ञहरुसंग सरसल्लाह गरेरनै यो निर्णय गरिएको हो। भुँइचालोको भग्नावशेषबाट गएको शुक्रबार २ जना सहित जम्मा १३२ जनालाई उध्दार गरिएको थियो। हेटीको सरकारले शुक्रबार खोजी र उध्दार कार्य अन्त्य गर्ने निर्णय गरेको थियो। यो निर्णय स्थानीय समय अनुसार अपरान्ह ४ बजे लागु भएको थियो। राष्ट्रसंघका अनुसार प्राय सबै खोजी र उध्दार टोलीहरु अब हेटीबाट प्रस्थान गर्दैछन। तर सहायता वितरण र भग्नावशेष हटाउने ठूलठूला उपकरण सहितका केही टोलीहरु भने हेटीमै रहन सक्नेछन। राष्ट्रसंघका जेनेभा स्थित एकजना प्रवक्ताले भनिन, “यो ह्दय विदारक निर्णय भएपनि विशेषज्ञहरुसंग सल्लाह लिएरनै यसो गरिएको हो।“ हुन त शुक्रबार २ जनालाई ज्युँदै उध्दार गरिएको थियो तर उध्दार टोलीहरुले गएको तीन दिन देखि अरु कोही ज्युँदै फेला पर्ने नयाँ संकेतहरु नभेटेको विश्वास गरिएको छ। राष्ट्रसंघका अनुसार १३०००० जनालाई राजधानी पोर्ट औ प्रिन्स बाट अन्तै सारिएको छ। यसले शहरका फोहोर र कोचाकोच भरिएका अस्थायी शिविरहरुमा केही हलुका भएको छ।विश्व स्वास्थ संगठनका अनुसार स्थिति एकदम कठिन भएपनि अहिलेसम्म रोग फैलिएको संकेत छैन। विश्व खाद्य कार्यक्रमले त एउटा राम्रो समाचार दिएको छ। उसका अनुसार हेटीमा अब अर्को दुई हप्तालाई पुग्ने इन्धन उपलब्ध छ।

नवौं पटक संशोधन भो संविधान निर्माणको कार्यतालिका

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२४ जनवरी,२०१०,संविधान निर्माणको कार्यतालिका नवौं पटक संशोधन भएको छ । संशोधित कार्यतालिका अनुसार समितिहरुले बुझाएको प्रारम्भिक मस्यौदामाथिको छलफल अवधि दुई साता बढाइएको छ । अब यही माघको २१ गतेसम्म मस्यौदामाथि छलफल गर्न सकिनेछ । आज आइतबार बसेको कार्यव्यवस्था समितिको बैठकले कार्यतालिका संशोधनको निर्णय गरेको हो । आठौं संशोधन अनुसार समितिका प्रारम्भिक मस्यौदामाथिको छलफल गर्ने समय गत माघ ७ गते नै सकिएको थियो । दुई वटा समितिको मस्यौदामा छलफल नसकिएकाले संशोधन गरिएको हो । राज्यको शासकीय स्वरुप निर्धारण समितिको मस्यौदामाथि आजदेखि संविधानसभा बैठकमा छलफल हुँदैछ भने राज्य पुनर्संरचनाको प्रतिवेदनमाथि छलफल हुन बाँकी रहेको छ । यस अगाठि ११ वटै समितिका प्रारम्भिक अवधारणामाथि छलफल गरी एकमुष्ट रुपमा संवैधानिक समितिमा पठाउने व्यवस्था भएकोमा अब छुट्टाछुट्टै रुपमा पनि पठाउन सकिने भएको छ ।

हङकङे कवि हाङ्युग काठमाडौंमा कविता वाचन गर्दै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/राजेश राई
'हङकङबारे लाहुरेबाट हामी धेरै सपनाका कुरा सुन्छौँ, 'तर, त्यहाँ नेपालीहरू दुःखैदुःखमा सुख खोजिरहेका छन्' सपनाको सहर हङकङमा उज्यालो सपना देख्ने नेपाली थुप्रै छन् । काठमाडौं रहेर कविता लेख्दालेख्दै यस्तै सपना तुनेका युवा हाङ्युग अज्ञातले पनि हङकङलाई सपनाको सहर बनाए । अज्ञातसँग हङकङबारे दशक लामो खुसीका अनुभूति छन्, त्यसको धेरै गुणा दुःखका सुस्केरा । केही दिनका लागि काठमाडौं फर्केका उनले सुनाए, 'सपनामा देखेजस्तो रहेनछ हङकङ, न लाहुरेले चुटेको गफजस्तो ।'कवि हाङ्युङले सिर्जनात्मक अराजकताका नाममा नेपाली कवितासँग नछुट्टनिे साइनो गाँसे । अराजक कविको परिचय बोकेरै भविष्य बुन्न हङकङ पुगेका उनले त्यहाँ पनि 'अराजकता' को हयाङ त्यागेनन्, बरु बढाउँदै गए । गुरुकुलमा शनिबार एकल कविता वाचनका क्रममा उनले यही संकेत गरे । कवितै सुनाउन नेपाल आएका अज्ञातले सुनाए, 'हङकङ लाहुरेले सुनाएको गफजस्तो रहेनछ ।' हङकङबारे आफूले सुनेका सपनाका गफ पनि गफैमा सीमित भएछन् सायद, उनले भने, 'हङकङबारे लाहुरेबाट हामी धेरै सपनाका कुरा सुन्छौँ, 'तर, त्यहाँ नेपाली दुःखैदुःखमा सुख खोजिरहेका छन् ।'कविता र दशकको हङकङको अनुभूति पालैपालो बाँडेका अज्ञातले भने, 'केही रहर, केही बाध्यताले उता पठायो, तर यहाँका मायाले सताइरहयो ।' वरिष्ठ साहित्यकार वैरागी काइँला, अभि सुवेदी, मञ्जुल र शैलेन्द्र शाकारबाट खादाको सम्मान पाएपछि उनले यसरी खुसी साटे, 'हङकङमा जे भए पनि यहाँको माया र सम्मान नै ठूलो लाग्यो, मेरो पनि निधार त ठूलै रहेछ ।' उनले सुनाएका अधिकांश कवितामा हङकङमा रहेका नेपालीका दुःख टिपिएका रहेछन्, फैलँदो विकृतिप्रति आक्रोश पोखिएका रहेछन् ।'हङकङमा त झलकमानको बूढोसारंगीभन्दा शुभबहादुरको टिलिक्क टल्किने सेक्सोफोनको प्रशंसा बढी हुन्छ,' उनले सुनाए, 'त्यहाँ सेक्सोफोनबाहेक अर्को कुनै बाजा र रकभन्दा अर्को संगीतै हुन्नजस्तो छ ।'त्यहाँ सिर्जनशील साहित्य समाज नामक संस्था खोलेरै सक्रियता देखाइरहेका उनले हङकङका साहित्यिक गतिविधिबारे भने सन्तोष व्यक्त गरे, 'नेपालबाहिर साहित्यको राजधानी हङकङ रहेछ ।'साहित्य समन्वय प्रकाशन, रंग साहित्य फाँट, सिर्जनशील साहित्य समाज र शब्द शताब्दी नेपालको संयोजनामा भएको सो कार्यक्रममा डा. गोविन्दराज भट्टराईले उनको कवित्व खुट्टयाए भने श्रवण मुकारुङ, बुद्धिसागर चपाइ, बिमला तुम्खेवा, ठाकुर बेलबासे र राजन मुकारुङले उनका कविता सुनाए ।

सामाखुशीमा कवि कवयत्रीहरुको भेला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२४ जनवरी,२०१०,सामाखुसी साहित्य समाजद्वारा आयोजित विविध मासिक साहित्यिक कार्यक्रमको छयालिसौ श्रृंखला सामाखुसीस्थित नवोदित कलेजमा सम्पन्न भयो ।उक्त कार्यक्रममा अच्युतरमण अधिकारी, मुन पौडेल, नरेन्द्रराज पौडेल, अरुणबहादुर खत्री "नदी", दिनेशविक्रम थापा, रमेशजङ्ग सिजापति, रमेशजङ्ग थापा, हरिप्रसाद पाण्डेय, चन्द्रवदना घिमिरे, गोविन्दप्रसाद घिमिरे वेदमणि, विजयराज न्यौपाने, गोपालकुमार मैनापी, सुदर्शन अधिकारी, देविका केसी, गंगा, पौडेल, मणिराज सिंह, लुमडी आचार्य, कृष्णदेव रिमाल, बिजयध्वज थापा, गीता लामिछाने, हेम पौडेल लगायत विभिन्न ४५ जना कवि एवं कवयत्रीहरुले आ-आफ्ना रचना पढेर सुनाएका थिए । कार्यक्रममा नारी साहित्यकार गंगा पौडेलले अरुणबहादुर खत्री "नदी" लाई साहित्यिक क्षेत्रमा योगदान पुर्‍याए वापत शिरमा ढाकाटोपी लगाईकन सम्मान गरेर आफ्ना चारवटा कृतिहरु उपहार स्वरुप दिएकी थिइन् । कार्यक्रमको प्रमुख अतिथी वरिष्ठ साहित्यकार महाकवि देवकोटाका चेला श्यामकृष्ण श्रेष्ठ र कार्यक्रम समाजका अध्यक्ष भाग्यशाली अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।

धनकुटामा स्थानीयस्तरमा बनाइएका ब्लु भिडियोको बिगबिगी

लिम्वूवान डट व्लगस्पोट डटकम,धनकुटा/राजेश राई
मुलुकमा नाम चलेका हिरोइनहरूको ब्लु भिडियो क्रमशः सार्वजनिक भइरहेको बेला धनकुटामा पनि ब्लु भिडियोको बिगबिगी बढेको छ । धनकुटामा राजधानीबाट सार्वजनिक भएका ब्लु भिडियोको नभई स्थानीयस्तरमा बनाइएका ब्लु भिडियोको बिगबिगी बढेको हो ।धनकुटाका विभिन्न साइबर क्याफे र युवायुवतीको मोबाइलमा यस्ता ब्लु भिडियो प्रशस्त हेर्ने पाइन्छ । धनकुटा र पूर्वका विभिन्न सहरमा बनाइएका करिब दुई दर्जन ब्लु भिडियो सहज रूपमा छ्याप्छ्याप्ती पाइने गरेको धनकुटा हुलाकटोलका कक्षा १२ मा अध्ययनरत १८ वर्षिया एक युवा बताउँछन् । ती युवाका अनुसार धनकुटामा खिचिएका तीन, धरानमा खिचिएका चार र झापाको दमकमा खिचिएका तीनवटा ब्लु भिडियो उनको मोबाइलमा छन् । आफ्नो मोबाइलमा भएका ती ब्लु भिडियो देखाउँदै उनले भने, ‘ती सबै पूर्वमा बनाइएका भिडियो हुन् । यस्ता भिडियो अरू कति छन् । चाहिन्छ भने ल्याइदिन्छु ।’धनकुटामा मात्रै तीनवटा ब्लु भिडियो बनेको स्थानीय युवायुवती बताउँछन् । तर, त्यस्ता अश्लील भिडियो बनाउनेको पूर्ण रूपमा परिचय नखुले पनि अधिकांश १७ देखि २२ वर्षका युवायुवती संलग्न रहेको देखिन्छ । तीनमध्ये एउटा भने धनकुटा-७ स्थित चुलीवन जंगलमा बनाइएको स्पष्ट देखिन्छ । करिब पाँच मिनेट लामो सो भिडियोमा जंगलमा एकजोडी युवायुवती यौनक्रीडामा लीन भएको देखिन्छ ।यस्तै अन्य दुई अश्लील भिडियो पनि धनकुटामै खिचिएको बताइन्छ । ती भिडियोमा देखिने युवायुवती १७ देखि २२ वर्षभित्रकै रहेका छन् । यसरी ब्लु भिडियो बनाउने अधिकांश युवायुवती धनी परिवारको भएको धनकुटा-६ सिरान बजारका सञ्जीव श्रेष्ठले बताए । धनकुटामा चुलीवन सिन, धरान नर्स, दमक सेट, धरान लोकल आदि नामका स्थानीय ब्लु भिडियो पाइएका छन् । ‘लोकल सिनमा रियल सेक्स भिडियो हेर्न पाइन्छ,’ धनकुटा-७ डाँडागाउँकी एक युवतीले भनिन्, ‘आफ्नै ठाउँमा खिचिएका सेक्स भिडियो हेर्नुको मज्जा बेग्लै हुदोरहेछ ।’ नजिकका साथीसँग लुकीलुकी सेक्स भिडियो हेर्दा चरम मनोरञ्जन मिल्ने गरेको तर्क राख्ने ती युवतीले दिनमा एकचोटि ब्लु भिडियो हेरेर मनोरञ्जन लिने गरेको बताइन् ।केही समयअघि मात्र बजारमा आएका नाम चलेका नायिकाहरू नम्रता श्रेष्ठ र पूजा लामाको ब्लु भिडियो हेरेर त्यसको सिको गर्दै स्थानीय युवायुवती पनि ब्लु भिडियो बनाउन सक्रिय हुदै गएकोमा स्थानीयवासी चिन्ता व्यक्त गर्छन् । ब्लु भिडियोले समाजमा ठूलो विसंगति फैलाउँदै गएको र यसलाई तत्काल नियन्त्रण गर्नुपर्ने विचार राख्छन्, धनकुटा-७ का रमेश कार्की । कार्की भन्छन्, ‘समाजमा विकृति फैलाउने यस्ता ब्लु भिडियो बनाउनेलाई कडा कारबाही गर्नुपर्छ ।’ यस्ता भिडियो युवायुवतीले मात्रै नभई समाजका विभिन्न क्षेत्रका व्यक्तिले पनि हेर्ने गरेको पाइएको छ ।ब्लु भिडियोको बिगबिगी बढेको जानकारी पाए पनि कारबाही गर्ने स्पष्ट कानुन नहुँदा नियन्त्रण गर्न नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।