News

Feb 12, 2011

माओवादी सरकारमा जाने संकेत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी सरकारमा जाने सम्भावना बढेको बताउनुभएको छ । शनिबार काभ्रेको दाप्चा कृष्ण बहुमुखी क्याम्पसको उद्घाटन गर्दै प्रचण्डले एमालेसँग भएको छलफल सकारात्मक रहेकोले सरकारमा जाने सम्भावना बढेको बताउनुभएको हो । सात बूँदे सहमतिका आधारमा सरकार बने पनि त्यसले पूर्णता पाउन नसक्नु दुर्भाग्यपूर्ण भएको भन्दै उहाँले छिट्टै सरकारले छिटै पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो ।अहिलेनै असहमतिका कुरा गर्न नहुने भन्दै प्रचण्डले सहमतिका साथ शान्ति र संविधान निर्माण गर्न वर्तमान सरकार सक्षम हुने पनि विश्वास व्यक्त गर्नुभयो ।बिदेशी शक्तिहरुले मात्रै नेपालमा सरकार बनाउन सक्छन् भन्ने मान्यतालाई आफूहरुले तोडेको दावी गर्दै प्रचण्डले नेपाली नागरिक आफै निर्णय गर्न सक्छन् भन्ने देखाउन त्याग गरेको जिकिर गर्नुभयो ।पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले काभ्रेको सदरमुकाम धुलिखेलदेखि दाप्चा छत्रैबाँधसम्मको कच्ची मोटरबाटो सरकारमा नभएपनि पक्की गरिदिने आश्वासन दिनुभयो ।

No comments: