लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अन्नपूर्ण हिमश्रृखंलामा आएको हिमपहिरोको कारण सेती नदीमा आएको बाढीमा परी मृत्यु हुनेको २० पुगेको छ । कास्कीको तातोपानीस्थित मुहानमा आज थप तीन जनाको शव भेटिएकोपछि मृत्यु हुनेको संख्या २० पुगेको हो । मृतकहरुको सनाखत हुन सकेको छैन । मृत्यु भएको २० जनामध्ये १२ जनाको मात्र सनाखत हुन सकेको छ । बाढीमा परी अझै ४० जना भन्दा बढी बेपत्ता भएको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माछापुच्छे हिमाको आधार शिविरभन्दा तल झण्डै ११ हजार फिट उचाईबाट खसेको हिमपहिरोले सेती गण्डकीको मुहान थुनिएको र पानीको भार थेक्न नसकेपछि मुहान अकस्मात फुटेर बाढी आउँदा ठूलो धनजनको क्षति भएको हो । बाढीमा परी बेपत्ता भएकाहरुको खोजी कार्य अझै जारी छ भने क्षतिको पूर्ण विवरण आइसकेको छैन ।
No comments:
Post a Comment