लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रसियाका भ्लादीमिर पुटिनले राष्ट्रपति पदको सपथ ग्रहण लिएका छन् । विगत ४ वर्षदेखि प्रधानमन्त्री पदमा रहँदै आएका पुटिन गएको मार्चमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा विजयी भएका थिए । उनका प्रतिस्पर्धी दिमित्री मेदभीदेवलाई भारी अन्तरले हराउँदै पुटिन राष्ट्रपतिमा निर्वाचित भएका थिए । राष्ट्रपति पुटिनले केरेमलिन दरबारमा एक भव्य समारोहबीच सपथ ग्रहण गरेको बीबीसीले जनाएको छ । पुटिनले सपथ लिई रहदा मस्कोको सडकमा उनको विरुद्ध हजारौं प्रदर्शनकारीले विरोध जनाइरहेको समाचारमा जनाइएको छ ।
No comments:
Post a Comment