लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पोखरा, वैशाख २४ - प्रधानमन्त्री बाबुराम भट्टराईले सेती नदीमा आएको बाढीबाट क्षतिग्रस्त क्षेत्रको आईतबार निरीक्षण गर्दै तत्काल राहत र उद्धारकालागि स्थानीय प्रशासनलाई निर्देशन दिएका छन । नेपाली सेनाको हेलिकोप्टरमा आएका प्रधानमन्त्री भट्टराईले मृतकको काजक्रियाकालागि जनही २५ हजाररुपैया, प्रति मृतक १ लाख रुपैयाँ र घरबारबिहीनलाई २५ हजार रुपैयाँ राहतको घोषणा गरे । यसैगरी घाईते सबैको उपचार खर्च सरकारले बेहोर्ने उनले बताए । भट्टराईले सबैभन्दा पहिले बेपत्ताको खोजी, त्यसपछि तत्काल राहत र पुननिर्माण तथा क्षतिको मुल्यांकन र पुर्नस्थापनामा जोड दिन स्थानीय प्रशासनलाई निर्देशन दिए । नीजि क्षेत्र, रेडक्रस तथा अन्य पक्षसंग प्राकृतिक बिपत्तिको यस घडीमा आवस्यक समन्वय र सहयोगकालागि भट्टराईले अनुरोध गरे ।
उनले साधन स्रोतको कमीले आफुले दिएको निर्देशन अनुसार काम हुन नसकेको भन्दै असन्तुष्टि ब्यक्त गरेका थिए । शनिवार बिहान आएको बाढीले कास्कीको सार्दीखोलाको खारापानीमा सबैभन्दा बढी जनधनको क्षति भएको थियो । प्रधानमन्त्री भट्टराई, माओवादी अध्यक्ष पुष्मकमल दाहाल, उपप्रधान तथा गृहमन्त्री बिजयकुमार गच्छदार, हिसिला यमी, मुख्य सचिव माधवप्रसाद घिमिरे र गृह सचिवसहितको टोलीले खारापानी र पहिरो खसेको माछापुच्छ्रे हिमाल क्षेत्रको अवलोकन गरेका थिए । पहिरोमा परी अहिलेसम्म १४ को मृत्यु भएको छ । अन्य ३० भन्दा बढी बेपत्ता भएका छन । बाढीमा ३ युक्रेनका नागरीक बेपत्ता भएका छन ।
No comments:
Post a Comment