News

May 6, 2012

संयुक्त राष्ट्रका लगभग ७ हजार ५ सय कर्मचारी हडतालमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 अम्मान, वैशाख २४ (एजेन्सी)- जोर्डन स्थित संयुक्त राष्ट्र प्यालेस्टाइन शरणार्थी एजेन्सीका लगभग ७ हजार ५ सय कर्मचारी पारिश्रमिक तथा सुविधा वृद्धि सम्बन्धी माग प्रति व्यवस्थापनबाट कुनै सुनुवाइ नभएकोभन्दै हडतालमा गएका छन्। 'व्यवस्थापनसँगको वार्ता असफल भएपछि कर्मचारहिरू आज हडतालमा गएका हुन्।' संयुक्त राष्ट्रका एक अधिकारीले बताए। शिक्षक एवं मेडिकल स्टाफ सहित संयुक्त राष्ट्रको राहत तथा वर्क्स एजेन्सीका कर्मचारहिरूले आफ्नो पारिश्रमिकमा १ सय ४० अमेरिकी डलर वृद्धि गर्नु पर्ने तथा आफ्नो वार्षिक बोनस कटाउन नपाइने जस्ता माग राखेका छन्।

No comments: