News

May 4, 2012

प्रधानमन्त्री बाहके सबै मन्त्रीद्वारा राजिनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
वैशाख २२ राष्ट्रिय सरकार गठनका लागि प्रधानमन्त्री बाहेक सबै मन्त्रीहरुले राजिनामा दिने निर्णय गरेका छन् । केही दिन भित्रै राष्ट्रिय सहमतिको सरकार प्रधानमन्त्री डा. बाबुराम भट्टराईकै नेतृत्वमा गठन हुने बताइएको छ । इतिहासकै जम्बो मन्त्रिपरिषद्मा ४९ मन्त्रीहरु थिए । माओवादी तर्फबाट उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र स‌युक्त लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट भौतिक योजना तथा निर्माण मन्त्री ह्दयश त्रिपाठीले शीर्ष नेताहरुको बैठक भइरहेको स्थलबाट बाहिर निस्केर उक्त जानकारी दिएका हुन् । 'केही दिनभित्रै राष्ट्रिय सहमतिको सरकार बनाउने र स‌विधानका विवादित विषयहरुमा पनि सहमति खोज्ने गरी सहमति हुन लागेकाले सबै मन्त्रीहरुले राजिनामा दिने निर्णय गरेको हो' त्रिपाठीले भने । उपप्रधानमन्त्री श्रेष्ठले भने प्रधानमन्त्री भट्टराईकै नेतृत्वमा राष्ट्रिय सरकार बन्ने बताए । साथै उनले सहमतिको मस्यौदा बन्दै गरेको बताए । राष्ट्रिय सहमतिको स‌‌युक्त सरकार बन्छ । केही दिन भित्र स‌विधानको विवादित विषयहरुलाई टुङ्गो लगाउने गरी सहमति हुँदैछ ।

No comments: