News

May 4, 2012

काठमाडौँको चक्रपथमा हुने संघीय-लिम्बुवान मार्चपासको प्रेस-विज्ञप्ति

संविधान सभामा प्रतिनिधित्व भएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले विगत लामो सयमदेखि संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष नेपालअर्न्तर्गत ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुण-सङखुवा-सप्तकोशीपूर्वको ९ जिल्लाहरू सङखुवासभा, धनकुटा, सुनसरी, मोरङ, झापा, इलाम, पान्थर, ताप्लिजोङ र तेह्रथुमलाई लिम्बुवान स्वायत्त राज्य घोषणा गरियोस् भनी शान्तिपूर्ण तथा सशक्त आन्दोलन गर्दै आएको र्सवविदितै छ । लिम्बुवानको धरान, विर्तामोड, इटहरी, विराटनगरजस्ता शहरहरूमा लाखौं जनताको उपस्थितिमा विशाल लिम्बुवानी आमसभा र जोगवनी-विजयपुर, काँकडभिट्टा-दमक, चतरा-सङ्खुवाखोला दोभान(पाँचदिने) सम्मको लिम्बुवानी मार्चपास आन्दोलनहरू सफलतापूर्वक सम्पन्न गरिएको छ । यसरी, एकातिर लिम्बुवानको आन्दोलन उचाइतिर पुगिरहेको छ भने अर्कोतिर एकात्मक सिंहदरवारभित्र लिम्बुवान हुन नदिने र लिम्बुवानको ऐतिहासिक भूमिलाई टुक्राउने षडयन्त्रहरू पनि भइरहेका छन् । यस परिषद लिम्बुवानको विरुद्धमा भइरहेको सबैखाले षडयन्त्रहरूको घोर विरोध र भर्त्सना गर्दछ । लिम्बुवानको शान्तिपूर्ण आन्दोलन र सार्थक मागलाई बेवास्ता गरियो भने नेपालको दीर्धकालीन हित हुने छैन । लिम्बुवान शान्तिपूर्ण आन्दोलनकै पक्षमा छ । यही बैशाख २३ गते मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद उपत्यका समितिले काठमाडौंको रिङरोड (२७ कि.मि) मा लिम्बुवान मार्चपास आन्दोलनको आयोजना गरिएको जानकारी गराउँदछौं । उक्त शान्तिपूर्ण मार्चपास आन्दोलनको कार्यक्रमलाई सफल पार्न सम्बद्ध एवम् शुभेच्छुक सबैमा हार्दिक आह्वान गर्दछौं । साथै, सम्पूर्ण देश-विदेशमा रहेका मिडियाहरूलाई आ-आफ्नो मिडियामार्फ् यो मार्चपास कार्यक्रमको जानकारी जनतासामु सम्प्रेषण गरी सहयोग गर्नहुन हार्दिक अनुरोध छ । मार्चपास कार्यक्रमः मितिः २०६९ बैशाख २३ गते समयः विहानको ८ बजेबाट अपरान्हको ४ बजेसम्म स्थानः सातदोबाटो चोक ललितपुरमा भेलाभई मार्चपास सुरुभएर बल्खु, कलङ्की, स्वयम्भू, गोङ्गबू, चक्रपथ, चावहिल, कोटेश्वरहुँदै सातदोबाटो चोकमै पुगेर मार्चपास सभा गरी सम्पन्न हुने । धन्यवाद ! 
 ......................... 
कुमार लिङ्देन 'मिराक' 
अध्यक्ष मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद 
केन्द्रीय कार्य समिति लिम्बुवान, 
नेपाल मितिः२०६९।०१।२२
 ---------------------------------------------------------------------------------- 
मितिः२०६९।०१।२२ 
 मार्चपास कार्यक्रमका प्रेस-विज्ञप्ति तथो निमन्त्रणा-पत्र । 
संविधान सभामा प्रतिनिधित्व भएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले विगत लामो सयमदेखि संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष नेपालअर्न्तर्गत ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुण-सङखुवा-सप्तकोशीपूर्वको ९ जिल्लाहरू सङखुवासभा, धनकुटा, सुनसरी, मोरङ, झापा, इलाम, पान्थर, ताप्लीजोङ र तेह्रथुमलाई लिम्बुवान स्वायत्त राज्य घोषणा गरियोस् भनी शान्तिपूर्णा तथा सशक्त आन्दोलन गर्दै आएको र्सवविदितै छ । लिम्बुवानको धरान, विर्तामोड, इटहरी, विराटनगरजस्ता शहरहरूमा लाखौं जनताको उपस्थितिमा विशाल लिम्बुवानी आमसभा र जोगवनी-विजयपुर, काँकडभिट्टा-दमक, चतरा-सङ्खुवाखोला दोभान-पाँचदिने) सम्मको लिम्बुवानी मार्चपास आन्दोलनहरू सफलतापूर्वक सम्पन्न गरिएको छ । यसरी, एकातिर लिम्बुवानको आन्दोलन उचाइतिर पुगिरहेको छ भने अर्कोतिर एकात्मक सिंहदरवारभित्र लिम्बुवान हुन नदिने र लिम्बुवानको ऐतिहासिक भूमिलाई टुक्राउने षडयन्त्रहरू पनि भइरहेका छन् । यस परिषद लिम्बुवानको विरुद्धमा भइरहेको सबैखाले षडयन्त्रहरूको घोर विरोध र भर्त्सना गर्दछ । लिम्बुवानको शान्तिपूर्ण आन्दोलन र र्सार्थक मागलाई बेवास्ता गरियो भने नेपालको दीर्धकालीन हित हुने छैन । लिम्बुवान शान्तिपूर्ण आन्दोलनकै पक्षमा छ । त्यसैले, यही बैशाख २३ गते मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद उपत्यका समितिले काठमाडौंको रिङरोड -२७ कि.मि) मा लिम्बुवान मार्चपास आन्दोलनको आयोजना गरिएको जानकारी गराउँदछौं । यस कार्यक्रमको सम्पर्ूण्ा तयारी पूरा भएको समेत यसै विज्ञप्तिमार्फ् जानकारी गराउँदछौं । यस मार्चपास आन्दोलनका लागि लिम्बुवाबाट प्रमुख नेतृत्व तथा सयौं कार्यकर्ता र एलभीहरू काठमाडौं उपत्यका आइसकेका छन् । यस लिम्बुवानी मार्चपास आन्दोलनमा सहभागी भई सफल पार्न सहयोग गर्नहुन सम्पूर्ण संघीय गणतन्त्रवादी जनसमुदायमा हार्दिक आह्वान गर्दछौं । उक्त शान्तिपूर्ण मार्चपास आन्दोलनको कार्यक्रमलाई देश-विदेशमा रहेका सम्पूर्ण मिडियाहरूले आ-आफ्नो मिडियामार्फ् जनतासामु सूचना सम्प्रेषण गरी सहयोग गर्नहुन समेत हार्दिक अनुरोधसहित यसै विज्ञप्तिका साथ निमन्त्रणा गर्दछौं । मार्चपास कार्यक्रमः मितिः २०६९ बैशाख २३ गते समयः विहानको ८ बजेबाट अपरान्हको ४ बजेसम्म स्थानः सातदोबाटो चोक ललितपुरमा भेलाभई मार्चपास सुरुभएर बल्खु, कलङ्की, स्वयम्भू, गोङ्गबू, चक्रपथ, चावहिल, कोटेश्वरहुँदै सातदोबाटो चोकमै पुगेर मार्चपास सभा गरी सम्पन्न हुने । धन्यवाद ! 
------------------ 
शिवकुमार पाङ्गेनहाङ लिम्बू 
अध्यक्ष मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद 
उपत्यका समिति, काठमाडौं

No comments: