News

Oct 13, 2013

गाउँगाउँमा भोट माग्दै बाबुराम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
गोरखा- नजिकिँदै गरेको संविधान सभाको निर्वाचनमा भोट माग्ने नेतालाई दसैंले साइत जुराइदिएको छ। दसैंको रमझमभन्दा पनि उम्मेदवारले चुनावी रमझमलाई महत्व दिएका छन्। एकीकृत माओवादीका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर १ मा भोट माग्न ब्यस्त छन्। महानवमीको दिन बिहानै अश्राङ गाविसमा अयोजित कोण सभामा भट्टराईले चुनावमा सहभागी हुन सबैलाई अनुरोध गरे। शनिबार गोरखा आएर ६ वटा कोण सभालाई सम्बोधन गरी अश्राङ बसेका उनी अहिले बोर्लाङ, नाम्जुङमा आयोजित आधा दर्जन कोण सभामा सहभागी हुने एमाओवादीका जिल्ला नेता यानप्रसाद भट्टले जानकारी दिए। चाडवाडको समयमा घर फर्कर्नेहरु धेरै हुने र मतदाता भेटघाट पनि प्रभावकारी हुने भएपछि बाबुराम दसैंमा भोट बटुल्दै हिँडेका हुन्। भट्टराई दशमीको दिन सोमबार दिउँसो सदरमुकाम फर्कर्ने कार्यक्रम तय भएको छ। अघिल्लो पटक गोरखा क्षेत्र नम्बर २ बाट विजयी बनेका भट्टराई यस पटक १ बाट उम्मेद्वार बनेका छन्।

No comments: