News

Dec 9, 2008

एमालेभित्र सत्तासाझेदारी त्याग्न व्यापक दबाब शुरू

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादीसँग सत्तामा साझेदारी गरेको केही समय नबित्दै नेकपा (एमाले) भित्र सत्तासाझेदारी त्याग्न व्यापक दबाब शुरू भएको छ। पार्टी युवा केन्द्रीय सदस्य, भ्रातृ संगठन र जिल्ला नेतृत्वहरूले माओवादीसँगको सत्तासाझेदारी छोडी माओवादी तानाशाही’ विरुद्ध संर्घषमा जानुपर्ने दबाब दिएका छन्।माओवादी ज्यादती तीव्ररूपमा बढ्दा पनि एमालेले गृहमन्त्रालय लिएर पनि केही गर्न नसकेका कारण नै एमालेभित्र सत्ता छाड्न दबाब आएको हो। पार्टी नेता वामदेव गौतम गृहमन्त्री भएपछि पार्टी २ सयभन्दा बढी कार्यकर्तामाथि माओवादीले आक्रमण गरेको भन्दै पार्टीत्र सरकार छोडेर संर्घषमा जान दबाब आएको हो।एमाले केन्द्रीय सदस्य गोकर्णले पार्टीलाई सत्ता छाडेर माओवादीविरुद्ध संर्घषमा जान दबाब शुरू गरेको जानकारी दिनुभयो।वाईसीएलको अराजकतालाई सहेर एमाले सरकारमा टाँसिइरहँदैन, सरकार छाडेर अराजकताविरुद्ध आन्दोलनमा जान्छ’ -उहाँले भन्नुभयो। सरकारले देशमा शान्तिसुरक्षा कायम गर्न नसकेको र माओवादी ज्यादती नियन्त्रण गर्न नसकेको बारेमा पार्टीत्र पनि गम्भीर छलफल भइरहेको पनि उहाँले जानकारी दिनुभयो। एमालेलाई माओवादीसँगै सती जान नदिन दबाब दिन एमालेभित्र वैचारिक लडाइँ शुरू गरिएको उहाँले बताउनुभयो।एमाले केन्द्रीय कार्यालय स्रोतका अनुसार अहिलेसम्ममा ३० भन्दा बढी जिल्ला समिति र अधिकांश भ्रातृ संगठनले सरकार छोड्न लिखित दबाब दिएका छन्।पार्टीत्र सरकार छोड्न दबाब आएकै बेला एमालेका पूवमहासचिव माधवकुमार नेपालले सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय संयन्त्रमा नबस्ने घोषणा गर्नुभएको छ। समितिलाई बेवास्ता गर्दै माओवादीले उच्च नेतृत्व नपठाएका कारण नेपालले सो निर्णय गर्नुभएको थियो।एमाले महासचिव झलनाथ खनालको नेतृत्वमा गएको एमाले टोलीले आइतबार प्रधानमन्त्री प्रचण्डलाई भेटी संयन्त्रमा पुनर्विचार गर्न आग्रह गरे पनि माओवादीले बेवास्ता गरेपछि नेपालले सोमबार बिहानै आफू समितिमा नबस्ने बताउनुभएको हो।प्रधानमन्त्री र उपप्रधानमन्त्री नरहेको राजनीतिक संयन्त्रमा बस्नुको औचित्य नहुने बताउँदै नेपालले यस्तो अर्थबिनाको संयन्त्रमा बस्न आफूलाई फुर्सद नभएको बताउनुभएको थियो। नेता नेपाल विदेशमा रहेको समयमा उहाँलाई सो संयन्त्रमा राखिएको थियो तर स्वदेश फर्किएपछि समिति गठन भएपछिको पहिलो बैठकमा उहाँले आपत्ति गर्नुभएको थिएन।

No comments: