News

Dec 9, 2008

बोक्सीको आरोपमा महिलाको हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बोक्सीको आरोपमा एक महिलाको बारामा सोमबार घाँटी रेटी हत्या गरिएको छ। कलैया नगरपालिका-२ औधापुरकी ५२ वषीया पिलुवादेवी यादवको घाँस काट्न गएका बेला घाँटीमा छुरा प्रहार गरी हत्या गरिएको हो।घाँटी र छातीमा छुरा प्रहार गरी हत्या गरिएको अवस्थामा प्रहरीले यादवको शव गाउँनजिकै उखुबारीमा दिउँसो १ बजे फेला पारेको थियो।बोक्सी आरोपमा ती महिलाको स्थानीय मनोज साहले हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी सहायक निरीक्षक मोती साहले जानकारी दिनुभयो। घटनापछि फरार रहेका मनोजको खोजी भइरहेको प्रहरीले बताएको छ। बोक्सी आरोपमा साहले यादवलाई यसअघि पनि पटकपटक दुर्व्यवहार गर्दै आएका थिए। यादवको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा राखिएको छ।

No comments: