News

Dec 9, 2008

जोडले किस गर्दा श्रवणशक्ति गुम्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एक चिनियाँ जोडीको लामो समयसम्मको चुम्बनपछि युवतीले कान सुन्न छोडेकी छिन् । दक्षिण चीनको ग्वाङडवाङ प्रान्तकी २० वर्षे युवतीले चुम्बनपछि कान सुन्न छोडेकी हुन् । आफ्ना प्रेमीसँग लामो समय चुम्बन गरेपछि उनको कानको पर्दा जोडसित खुम्चियो । कान असाध्यै दुख्न थालेपछि उनलाई अस्पताल लगियो । 'यी महिलाको श्रवणशक्ति दुई महिनापछि फिर्ता आउने जुहाई सेकेन्ड पिपुल्स अस्पतालका कान विशेषज्ञ डाक्टर ली भन्छन् । 'भित्री कान मुखसँग नलीमार्फत जोडिएको हुन्छ । यसको मुख्य काम भनेको कान र मुखको दबाब सन्तुलन बनाउनु हो,' ली भन्छन् । चुम्बनले मुखको दबाब घटाएको हुन सक्ने डाक्टर बताउँछन्, 'यसका कारण कानको पर्दा खुम्चिएर बाहिर निस्केको हुन सक्छ ।'

No comments: