News

Dec 8, 2008

सभासद्हरूद्वारा रातो पासपोर्ट दुरुपयोग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कानुन बनाउने व्यवस्थापिका-संसद्का सभासद्हरूले नै अहिले कानुनको उल्लंघन गर्दै कूटनीतिक राहदानी (रातो पासपोर्ट) को दुरुपयोग गरेका छन्।सभासद्हरूले व्यक्तिगत, पार्टी र विभिन्न मनोरञ्जनपूर्ण कामका लागि पनि रातो पासपोर्ट प्रयोग गरेको परराष्ट्र मन्त्रालयको अभिलेखले देखाउँछ। राहदानी नियमावली २०५९ ले रातो पासपोर्ट कुन-कुन अवस्थामा लिन पाउने भन्ने स्पष्ट व्यवस्था गरेको छ तर सभासद्हरू निजी र पार्टी काममा पनि रातो पासपोर्ट लिएर दुरुपयोग गरिरहेका छन्।अन्तरिम संविधान २०६३ छैटांै पटक संशोधन हुन लागेको छ तर राज्यले राहदानी नियमावली २०५९ मा संशोधन नगरी टिप्पणीका आधारमा कानुनविपरीत रातो पासपोर्ट बाँड्ने गरिएको छ। २०५९ साल माघ २ गते नेपाल राजपत्रमा प्रकाशित राहदानी नियमावलीमा राष्ट्रपति, उपराष्ट्रपति, संविधानसभाका अध्यक्ष र उपाध्यक्षले रातो पासपोर्ट पाउने व्यवस्था छैन, त्यसैले आगामी दिनमा सरकारको निर्ण्र्ाानगर्राई उनीहरूले रातो पासपोर्ट लिएमा गैरकानुनी ठहरिनेछ।संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले यही कानुनी अड्चनका कारण नै नेकपा -एमाले) को सभासद्को हैसियतले रातो पासपोर्ट लिनुभएको छ। यद्यपि नियमावली बन्दा प्रतिनिधिसभा र राष्ट्रिय सभा भएकाले प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यलाई मात्र रातो पासपोर्ट दिने व्यवस्था छ।व्यवस्थापिका-संसद्का सभासद्हरूको विषयमा नियमावली स्पष्ट नभएपछि सरकारले टिप्पणी उठाएर पासपोर्ट वितरण गर्न लगाएको छ। कानुनको कार्यान्वयन गर्ने कर्मचारीहरू पनि कानुनलाई उल्लंघन गर्दै कूटनीतिक पासपोर्ट वितरण गरिरहेका छन्।पासपोर्ट नियमावली र ऐनमा भने प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्य, प्रतिनिधिसभाका सभामुख, उपसभामुख राष्ट्रिय सभाका अध्यक्ष तथा उपाध्यक्षलाई र दुवै सदनका सदस्यलाई त्यस प्रकारको पासपोर्ट दिने व्यवस्था गरेको छ। परिवर्तित स्थितिमा सरकारले ऐन बनाएको छैन।राहदानी नियमावलीमा संयुक्त राष्ट्रसंघको साधारणसभा, विशेषसभा र सो संघको अन्य विशिष्टीकृत निकायको साधारणसभा, एसियाली विकास बैंकको साधारणसभा, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको शिखर सम्मेलन तथा मन्त्रीस्तरीय बैठकलगायत अन्तर्रर्ााट्रय तथा क्षेत्रीय शिखर सम्मेलनमा भाग लिन सरकारको प्रतिनिधित्व गरेर जाने व्यक्तिलाई मात्र उक्त पासपोर्ट उपलब्ध गराउने व्यवस्था गरिए पनि अहिलेका सभासद् र मन्त्रीहरू सामान्य गैरसरकारी संस्थाको आमन्त्रणमा विदेश जान पनि कूटनीतिक पासपोर्ट प्रयोग गर्ने गरेका छन्।कानुनअनुरूप रातो पासपोर्टको प्रयोजन सकिएपछि परराष्ट्र मन्त्रालयमा फिर्ता गर्नुपर्नेमा अहिलेसम्म कसैले फिर्ता नगरेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए। ँबिनाकाम सभासद्हले कूटनीतिक राहदानी लिन आउँछन् र हामीले नियमले मिल्दैन भन्दा नियम कानुन बनाउने हामी, तिमीहरूले भनेर हुन्छ भनेर दबाब दिन्छन्, हामी निरीह बनेर त्यस्ता पासपोर्ट बनाइरहेका छौ’ -एक अधिकृतले भने। डोल्पाबाट चुनिएका माओवादी सभासद् रामबहादुर बोहोराले चीनमा खाद्यान्न ढुवानी गर्नका लागि भनेर गत जेठ २२ गते कूटनीतिक पासपोर्ट लिनुभयो भने रोल्पाबाट प्रतिनिधित्व गर्ने माओवादीका सभासद् तारा र्घर्ती मगरले पार्टी कामको सिलसिलामा थाइल्यान्ड जानका लागि गत असार १६ गते कूटनीतिक पासपोर्ट लिनुभएको थियो। माओवादीका सभासद् शरदसिंह भण्डारी, सरला रेग्मी, धीरेन्द्रा कुमारी, दामाकुमारी शर्मा, सिर्द्धार्थ सोमनी, गोपाल किराती, विश्वदीप लिङ्देन लिम्बू, राजकाजी गुरुङ, श्रीराम ढकाल, दीनानाथ शर्मा, यशोदा गुरुङ सुवेदीले पार्टी कामका लागि विदेश जान कूटनीतिक पासपोर्ट लिएका छन्।

No comments: