News

Dec 8, 2008

मंचद्धारा लिम्बूवान (स्वायत्त) राज्य हुनै पर्ने आधारहरु सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सबै लिम्बुवानवासीको साझा लिम्बूवान राज्यको संस्थागत गरौ भन्ने नारा राखेर गत बर्ष वेलायतमा स्थापित लिम्बुवान स्वायत्त सघर्ष मंचले प्रेस विज्ञप्ति जारी गर्दै लिम्बूवान (स्वायत्त) राज्य हुनै पर्ने आधारहरु सार्वजनिक गरेको छ। जसअनुसार वुदांगत आधारहरु यसप्रकार रहेका छन्ः
१. लिम्बुवानमा बसोवास गर्ने सम्पूर्ण जनताहरुको ब्यग्र चाहना।
२. सवल लिम्बुवान (राज्य) को लागि चाहिने शासक, शासित, ऐतिहासिक भौगोलिक सिमाङ्कन (अरुण नदि देखि पूर्व मेची नदि सम्म), भौतिक पूर्वाधार, आर्थिक पूर्वाधार तयारी भएको साथै लिम्बुवान भित्र आफ्नै भाषा, लिपी, धर्म, मुन्धुम, संस्कृति र मान्यताहरु शसक्त भएको।
३. गोर्खा राज्य विस्तारको क्रममा १७ पटक सम्मको युद्धमा पनि लिम्बुवानलाई जित्न नसकेपछि वि. सं. १८३१ मा ऐतिहासिक (लिखत लालमोहर) सन्धि गरेर लिम्बुवानलाई नेपालमा गाँभिएको थियो र गोर्खा राज्यले उक्त सन्धि अनुसार लिम्बुवानलाई वि. सं. २०२१ सम्म स्वायत्तता प्रदान गर्दै आएको ऐतिहासिक आधार।
४. लिम्बूवानको लागि अन्तर्राष्ट्रिय अदालतमा स–प्रमाण पेश गर्नको लागि ऐतिहासिक प्रमाणहरु भएको। ५. संयुक्त राष्ट्र संघको घोषणा–पत्र अनुसार आदीवासीहरुको थातथलोमा उनीहरुको आफ्नो आत्मा निर्णयको अधिकार हुने ब्यवस्था भएको।
६. तत्कालिन शाह राजाहरुले लिम्बूवान संग वि. सं. १८३१ मा गरेको सन्धिको बारेमा नयाँ सरकारको स्पष्ट धारणा बनि नसकेको कारण लिम्बुवान स्वायत्तता दिनैपर्ने अनिवार्यता भएको।
७. लिम्बुवान शब्द कुनै एक जातिको पेवा नभई भौगोलिक क्षेत्रलाई दर्शाउने भएकोले सबैलाई यो ऐतिहासिक लिम्बुवान शब्द स्वीकार्य भएको कुरा उल्लेख गरिएको छ।
मंचका अध्यक्ष जे. लिम्बूद्धारा हस्ताक्षरित विज्ञप्तिमा अधिकार मागेर होइन खोसेर लिनुपर्छ भनी उल्लेख गरिएको छ। विज्ञप्तिमा समृद्ध नेपालको लागि देशविदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई प्रत्येक्षअप्रत्येक्ष रुपबाट सहभागि हुन आग्रह गरिएको छ। स्मरण रहोस यस मंचले गत बर्षदेखि लिम्बुवान प्राप्तिको लागि संचालित आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचार्थ सहयोग गर्दै आएको छ भने लिम्बुवानवासीहरुलाई सूसुचित गराउन साझा लिम्बुवान पत्रिका प्रकाशनमा सहयोग गर्दै आएको छ।

No comments: