Apr 29, 2009
मीनबहादुर रायमाझीलाई प्रधानन्यायाधीशमा सिफारिस
ज्ञानेन्द्र र पारसबीच सम्बन्ध झन् बिग्रियो
सिंगापुरमा रहँदा त्यहाँको दैनिक द न्यु पेपरलाई अन्तर्वार्ता दिँदै पूर्वयुवराज पारसले आफना पिता ज्ञानेन्द्रप्रति आक्रोश व्यक्त गर्नुभएको थियो र सो अन्तर्वार्ताले गर्दा सम्बन्धमा झन् दरार उत्पन्न भएको थियो। उहाँले अन्तर्वार्तामा भन्नुभएको थियो- म उहाँ (ज्ञानेन्द्र)लाई सधै नयाँ पुस्ताको सल्लाह लिन आग्रह गर्थे जसले नेपाललाई अगाडि बढाउन सक्थे तर उहाँले सधै बूढापाकाको मात्रै कुरा सुन्नुभयो। पूर्वयुवराज पारसले आफना बाबु ज्ञानेन्द्रसँग बस्न नसक्ने भएपछि देश छोडेको र त्यस बेला नेपालमा रहनु आफना लागि सुरक्षित नभएको बताउनुभएको थियो तर नेपाल फर्किएपछि दुवै जना निर्मलनिवासभित्रै हुनुहुन्छ तथापि भेटघाट भने छैन।पारसको नेपाल आगमनको दुइवटा उद्देश्य भएको उहाँका निकटस्थहरूले बताएका छन्। सिंगापुरमा व्यापार गर्न बाबुसँग पैसा माग्नु र नेपालमा पार्टीठनका लागि सहयोगीहरूसँग छलफल गर्नु आगमनको उद्देश्य भए पनि पारसका यी दुवै उद्देश्य भने पूरा नहुने भएका छन्। सिंगापुरको सो दैनिकलाई पारसले पार्टी खोलेर ब्यालेटको सहयोगबाट सत्तामा पुग्ने र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा सुधार आएपछि सेयरको कारोबार गर्ने बताउनुभएको थियो।नेपाल फर्किएपछि बाबुछोराबीच भेटघाटसम्म नहुनुले उहाँले व्यापारमा लगाउने पैसा पाउने स्थिति नदेखिएको पारसका सहयोगीहरूले जानकारी दिए। बाबुछोरा दुवै निर्मलनिवासमै बसेका छन् तर खाना खाने समयमा पनि एकसाथ कहिल्यै हुँदैनन्। ज्ञानेन्द्र सधैँ नियमित समयमा खाना खान आउनुहुन्छ तर पारस भने खाना खान कहिले पनि समयमा आउनुहुन्न -स्रोतले भन्यो।पारस निर्मलनिवासमा बसेका कारण पूवराजा ज्ञानेन्द्र गणतन्त्र घोषणापछि नेपाल सरकारसँग आग्रह गरेर नागार्जुन दरबार जानुभएको थियो।पछिल्लो समयमा पारस सिंगापुर गएपछि उहाँ निर्मल निवास आउनुभएको हो। चार महिनायता पूव राजा ज्ञानेन्द्र निर्मल निवासमा आएर मुख्य भवनमा बस्नुभएपछि पारस भने सिंगापुरबाट फर्किएर निर्मल निवासकै पछाडि उत्तरतर्फो भवनमा बस्दै आउनुभएको छ।के पारसले अन्तर्वार्तामा भनेजस्तै पार्टी खोल्ने काम अगाडि बढ्छ त भन्ने प्रश्नमा पारसका सहयोगीले ठट्टापूणॅ जवाफ दिए- पार्टीम्छ। पारसका अत्यन्त सहयोगीको रूपमा रहेका पूर्वप्रहरी महानिरीक्षक हेमबहादुर सिंहका छोरा प्रवञ्जन सिंह, नीर शमशेरका नाति राजेश राणा र धीरेन्द्रका ज्वाइँ राजीव शाही हरेक दिन ३:३० बजे निर्मल निवासमा भेट हुन्छन् र मदिरापान गर्दै राति करिब १० बजेसम्म पार्टी खोल्ने कुरा गर्दै जम्ने र र्फकने गरेका छन्।पारसले अन्तर्वार्तामा आफनो पार्टी युवा, बैंकर्स, प्रोफेसनल र देशका लागि भिजन भएकाहरूलाई सामेल गर्ने बताए पनि हाल पार्टीथापनका लागि ग्याङ स्टारहरूसँग कुरा गरिरहेको पाइएको छ। शाहज्यादा हुँदा पारसको ग्याङ स्टारहरूसग राम्रो सम्बन्ध थियो तर पछि ज्ञानेन्द्र सत्तामा आएपछि भने पारसले विभिन्न ग्याङहरूलाई लडाएर सिध्याउने काम थालेपछि कटुतापूणॅ सम्बन्ध शुरू भएको थियो। पारसको नेपाल आगमनले उहाँको पारिवारिक वातावरण भने केही सुध्रिएको जस्तो देखिएको छ। पत्नी हिमानीसमेत पारससँग सिंगापुरमा बस्न नसकेर फर्किए पनि पारस नेपाल फर्किएपछि भने सम्बन्ध मधुर नै रहेको स्रोतले बतायो। ३९ सभासद्ले जनताका सुझाव हेर्दै हेरेनन्
शान्ति-सम्झौताप्रति प्रधानसेनापति प्रतिबद्ध
निष्कर्षमा पुर्याउन राज्य र जननिर्वाचित प्रतिनिधिहरूलाई हरेक सहयोग गर्ने तत्परता पनि व्यक्त गरेका छन् । प्रधानसेनापति रुक्मांगद कटवालले बुधबार अपराह्न विज्ञप्ति जारी गरी सैनिक नेतृत्वमा मनमुटाव भएको समाचार खारेज गर्दै सेना चेन अफ कमान्डमा प्रतिबद्ध रहेको बताएका छन् । सेनाको दोस्रो र तेस्रो वरियताका बलाध्यक्ष कुलबहादुर खड्का र बलाधिकृत छत्रमानसिंह गुरुङले पनि कटवालको भनाइप्रति समर्थन जनाएका छन् । 'प्रधानसेनापतिले भन्नुभएको कुराप्रति मेरो पूर्ण सहमति, समर्थन र प्रतिबद्धता छ,' खड्का र गुरुङले हस्ताक्षर गरेका छन् । उनीहरू तीनैजनाले सेनाको गैरराजनीतिक चरित्रलाई कायम राख्दै संस्थागत विकास गर्न र राष्ट्रिय चरित्रलाई अझ व्यापक र जनताकेन्दि्रत बनाउन सेना सक्षम रहेको बताएका छन् । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार बुधबार अपराह्न सेनापतिसहित खड्का, गुरुङ र उच्चपदस्थ अधिकृतहरू उपस्थित समारोहमा सेनाको संगठनात्मक ऐक्यबद्धतामाथिको प्रतिबद्धता गरिएको थियो । स्रोतका अनुसार सेनापति कटवालले प्रस्तुत गरेको विज्ञप्तिमा बलाध्यक्ष र बलाधिकृतले हस्ताक्षर गरेका हुन् । प्रधानसेनापतिकै कार्यालयमा प्रतिबद्धतासम्बन्धी भिडियो पनि रेकर्ड भएको थियो । भिडियोमा प्रधानसेनापतिले दायाँ-बायाँ खड्का र गुरुङलाई राखेका छन् । बुधबारै बोलाइएको वरिष्ठ जनरलहरूको बैठकमा सेनापति कटवालले वरिष्ठ अधिकारीहरूबीच फाटो आएको प्रचार भइरहेको भन्दै यसलाई तत्काल रोक्नुपर्ने बताएका थिए । स्रोतका अनुसार कटवालले सो बैठकमा सरकारबारे कुनै टिप्पणी गरेनन् । बैठकमा कटवालसहित दुई रथी, उपरथीहरू तोरणजंगबहादुर सिंह, गौरवशमशेर राणा, अनिलजंग थापा, अनन्त थेबे, नेपालभूषण चन्द, सहायकरथी केशव महतलगायत सहभागी रहेको सैनिक स्रोतले जनाएको छ । सैनिक अधिकारीहरूको बैठक अपराह्न २ बजेतिर बोलाइएको थियो भने विज्ञप्ति अपराह्न चार बजे तयार पारिएको थियो ।संविधान निर्माण कार्यतालिका फेरि हेरफेर हुने
ससुरासँगको यौनसम्बन्ध लुकाउन छोरीको हत्या
स्वाइन फ्लुबाट मर्नेको संख्या एक सय ५२ पुगे
राष्ट्रपति बाराक ओबामाले सय दिन पूरा गरे
सय दिन पूरा भएको छ । उनको हनिमुन अवधिलाई पूर्वअमेरिकी राष्ट्रपति फ्रेयांक्लिन डी रुजभेल्टसँग तुलना गरिएको छ । रुजभेल्टको शासनकालयता सय दिनको अवधिमा सबैभन्दा बढी सम्झौता र घोषणापत्रमा हस्ताक्षर गर्ने राष्ट्रपति ओबामा बनेको युनिभर्सिटी अफ क्यालिफोर्नियाको अमेरिकन प्रेसिडेन्सी प्रोजेक्टको तथ्यांकले देखाएको छ । यस अवधिमा सबैभन्दा बढी समय विदेशमा बिताउनेमा पनि ओबामाले आफूअघिका अन्य ४३ अमेरिकी राष्ट्रपतिलाई उछिनेका छन् । प्राइम टाइम (मुख्य समय) मा पत्रकार सम्मेलन गर्नमा पनि ओबामा अब्बल दरिए । यसअघिका राष्ट्रपति जर्ज डब्लु बुसले आफ्नो चारवर्षे पहिलो कार्यकालमा गरेजतिको पत्रकार सम्मेलन ओबामाले एक सय दिनमा गरे । पूर्वराष्ट्रपति बिल क्लिन्टन र ह्यारी ट्रुम्यानले मात्रै हनिमुन अवधिमा धेरै पत्रकार सम्मेलन गरेका थिए । ओबामाले यसै अवधिमा प्रगतिशील घरेलु एजेन्डालाई चाँडोभन्दा चाँडो कार्यान्वयन गर्न लगाए । यस एजेन्डाभित्र महिलाका लागि समान कामका लागि समान तलब, स्वास्थ्य सेवा विस्तार आदि कानुन रहेका छन् । यसका साथै आर्थिक मन्दीबाट अमेरिकालाई बचाउन ओबामाले सात सय ८७ विलियन डलरको प्याकेज पेस गरे । हनिमुन अवधिमा नै कंग्रेसको दुवै सदनले ३.६ ट्रिलियन डलरको बजेट योजना पास गर्यो । त्यसमध्ये दुई सय ७५ विलियन डलर घर लिलामी रोक्न र सय बिलियन डलर टाट पल्टन लागेका बैंक जोगाउन प्रयोग गरिनेछ । यी सय दिनमा ओबामाले अमेरिकाको छवि सुधार्नतर्फ पनि पहल गरे । उनले क्युबा, इरान तथा भेनेजुएलासँगको सम्बन्ध सुधार्न कदम चाले । भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजसँग हात मिलाउँदा कयौं रिपब्लिकन नेताले ओबामाको आलोचनासमेत गरे । बुस प्रशासनका वेला कुख्याति कमाएको ग्वान्टानामोवे जेललाई एक वर्षमा बन्द गर्ने आदेश ओबामाले दिए । Apr 28, 2009
आठ सहायक रथीको फैसला बैशाख २७ मा हुने
उक्त अन्तरिम आदेश खारेजीको माग गर्दै रक्षाले सर्वोच्चमा मुद्धा दायर गरेको हो ।
प्रहरी निरीक्षक यौनसम्पर्क गर्दागर्दै पक्राउ
नियन्त्रणमा लिएका छन् । इलाका प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी निरीक्षक गोपाल गिरीलाई उनकै मातहतका प्रहरी जवानहरूले रंगेहात पक्राउ गरेका हुन् । उनले धरानकै २२ वर्षीया रीता गुरुङ (नाम परिवर्तन) लाई अपहरण शैलीमा गाडीमा हालेर क्वाटरमा ल्याई रातभरि यौनक्रीडा गरेका थिए । बिपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरानको ५ नम्बर साइडको ५ नम्बर कोठा उनको क्वाटर हो । गिरी र यती एयरलाइन्समा कार्यरत धरान- ८ की इन्दु राईको पहिल्यैदेखि चिनजान थियो । त्यही वेला सोल्टिनी नाताले राईलाई रीताले आफू दुर्घटनामा परेको बताउँदै उपचारका लागि लिन आउन भनेकी थिइन् । त्यसपछि राईले गिरीलाई पठाइएको र गिरीले कार्यालयको गाडी लिएर सीधै उनलाई क्वाटरमा ल्याएर राखेका थिए । राति आठ बजे क्वाटरमा ल्याएर गुरुङ, राई, गिरी र अन्य दुईजना युवकसमेतले राति १२ बजेसम्म मदिरा सेवन गरेको प्रहरी स्रोतले जनाएको छ । १२ बजेपछि राई र अन्य दुई युवक क्वाटरबाट बाहिरिएको अनुसन्धानबाट खुलेको छ । रीता लामो समयसम्म नर्फकेपछि आफन्तले इलाका प्रहरी कार्यालय धरानमा फोन गरेर आफ्नो मान्छे अपहरणमा परेको खबर गरेका थिए । रातको समयमा अपहरण भएको खबर आउनासाथ तत्काल प्रहरी र सुराकी अपहरणकारीको खोजीमा परिचालित भए । जनपद प्रहरीले सशस्त्र प्रहरीलाई समेत अपहरणकारीको खोजीका लागि सहयोगको माग गरेको थियो । त्यसैगरी, अपहरणकारी भाग्न नसकोस् भनेर सुनसरीका अन्य स्थानमा रहेका इलाका प्रहरी कार्यालय, छिमेकी जिल्लाका प्रहरी कार्यालय र सुनसरी प्रहरी कार्यालयमा खबर गरियो । इलाका प्रहरी कार्यालय धरानका कनिष्ठ प्रहरी तथा सादा पोसाकमा प्रहरी धरानबाट साँझ अपहरण भएको युवतीका विषयमा जानकारी गराउन हाकिम(गिरी)को क्वाटरमा सोमबार बिहान पुगेका थिए । त्यहाँ पुग्दा खोजी गरिएकी युवती र प्रनि गिरी नांगै यौनक्रीडा गरिरहेको अवस्थामा फेलापारेको प्रहरी स्रोतको दाबी छ । युवती भने बेहोस थिइन् । बिहान अबेर मात्र उनको होस खुलेको थियो । निरीक्षक गिरी बलात्कारको आरोपमा पक्राउ परेका छन् । पीडितका आफन्तले उनीमाथि अपहरण र बलात्कारको आरोप लगाएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । प्रनि गिरीले आफूलाई साथी इन्दु राईले फसाएको बताएका छन् । रीतालाई क्वाटरमा ल्याए पनि यौनसम्पर्क नगरेको उनको दाबी छ । मदिरा खाएर रातको समयमा क्वाटरमा युवती राखेकाले गिरीमाथि अनुसन्धान गरी कानुनअनुसार कारबाही गरिने सुनसरीका प्रहरी प्रमुख राजेन्द्रमान श्रेष्ठले बताए । गिरी र ती युवतीको स्वाथ्य परीक्षण गराइएको छैन ।ज्वाला सिंह र राजन मुक्तिबीच एकीकरण
नेपाली कांग्रेसले सडक आन्दोलन गर्ने निर्णय
बेलायतका धनीहरूको सम्पत्तिमा ठूलो गिरावट
नेपालमा स्वाइन फ्लु पत्ता लगाउन कार्यक्रम सञ्चालन
आफ्नै वृत्तचित्र 'हिउँका लप्काहरू' हेरे प्रधानमन्त्री प्रचण्डले
लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सेनापति प्रकरणका कारण राजनीतिक भेटघाटमा व्यस्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार अपराह्न एउटा वृत्तचित्र हेरेर डेढ घन्टा बिताए । प्रचण्डले नै नेतृत्व गरेको जनयुद्धका विविध आयाम समेटिएको वृत्तचित्र 'हिउँका लप्काहरू' रसियन सांस्कृतिक केन्द्रमा देखाइएको थियो, जसको
अधिकांश प्रसंग प्रचण्डसँग सम्बन्धित थियो भने त्यसको उद्घाटनसमेत प्रचण्ड स्वयंले गरेका थिए । अपराह्न ३ बजे वृत्तचित्र प्रदर्शनीस्थल पुगेका अध्यक्ष प्रचण्ड थकित मुडमा थिए । करिब पौने दुई घन्टा वृत्तचित्र हेरिरहँदा सहभागीमध्ये धेरै अचम्ममा थिए । वृत्तचित्र हेर्न प्रचण्डका साथमा अर्थमन्त्री डा. बाबुराम भट्टराई, रक्षामन्त्री रामबहादुर थापा बादल, शान्तिमन्त्री जनार्दन शर्मा, नेताहरू राम कार्की र वर्षमान पुन अनन्त पनि पुगेका थिए । जनयुद्ध सकिएपछि माओवादी भएका नेता नारायणकाजी श्रेष्ठ प्रकाश पनि प्रचण्डसँगै उपस्थित थिए प्रदर्शनीस्थलमा । 'यो वृत्तचित्र जनयुद्धका धेरै आयाममध्येको केही आयाम हो,' वृत्तचित्र हेरिसकेपछि माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डको प्रतिक्रिया थियो । भारतीय वरिष्ठ पत्रकार आनन्दस्वरूप बर्माको प्रस्तुति रहेको वृत्तचित्रको निर्माण नेपाली मानवअधिकारवादी संस्था अन्तराष्ट्रिर्य ऐक्यबद्धता समूह -गि्रन्सो) नेपाल र भारतको थर्ड वल्र्ड मिडियाले संयुक्त रूपमा गरेका छन् । ज्ञानदीपको संगीत तथा अतुलको स्वर रहेको वृत्तचित्रमा माओवादी अध्यक्ष प्रचण्ड, नेताहरू डा. बाबुराम भट्टराई, जनार्दन शर्मा प्रभाकर, झक्कुप्रसाद सुवेदी, प्रचण्ड-पिता मुक्तिराम दाहाल, सभासद् देवी खड्का तथा जनमुक्ति सेनाका कमान्डरहरूको अन्तर्वार्ता समेटिएको छ । यद्यपि, मंगलबार वृत्तचित्रको आधा प्रस्तुति मात्रै देखाइएको थियो । वृत्तचित्रका लेखक तथा प्रस्तुतकर्ता बर्माले भने, 'प्राविधिक कारणले आधा मात्रै देखाउन सकियो । उहाँ जुन प्रविधिमा बनाइयो, यहाँ त्यस्तो प्रविधि थिएन ।' वृत्तचित्र प्रदर्शनीमा एमालेका वरिष्ठ नेता अमृतकुमार बोहोरादेखि भुटानी मानवअधिकार आन्दोलनका वरिष्ठ नेता टेकनाथ रिजालसमेत सहभागी थिए । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा नेताहरू बदला लिन क्रान्तिमा होमिएको दृष्टान्त प्रस्तुत गरिएको छ वृत्तचित्रमा । जहाँ आन्दोलनमा लाग्नुको कारणबारे चितवनका स्थायी बासिन्दा प्रचण्डले पुष्टि गरेका छन्, 'सानोमा बुबासँग एकजना धनी व्यक्तिको घर नारायणघाट जाँदा उसले मेरो बामाथि गरेको अपमानले मलाई छाप पार्यो । बदला लिने मेरो दिमागमा आयो र आन्दोलनमा होमिएँ । ' त्यसो त उनले फ्यानका रूपमा लिएका रुसी नेता लेनिन पनि भाइको हत्यापछि आन्दोलनमा लागेको उदाहरण प्रचण्डले दिएका छन् ।
Apr 27, 2009
सेनापतिसंगै रक्षामन्त्रीको राजीनामा गर्न लगाउने प्रस्ताव
सेनापति हटाउने र बचाउने विवादले निम्त्याएको राजनीतिक तनाव सुल्झाउन नयाँ विकल्पहरुबारे छलफल शुरु भएपछि विपरित अडानमा रहेका उनीहरुबीचको भेटलाई महत्वका साथ हेरिएको छ।
नयाँ विकल्पमा सेनापति रुक्मांगद कटवालसंगै दोश्रो स्थानमा रहेका रथी (लेफ्टीनेन्ट जनरल) कूलबहादुर खड्का र रक्षामन्त्री रामबहादुर थापा (बादल) लाई राजीनामा गर्न लगाउने प्रस्ताव छ। एमालेका सचिव युवराज ज्ञवालीले स्थायी कमिटीको आईतबारको सहमति अनुसार, अध्यक्ष झलनाथ खनालले सोमबार एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासंग छुट्टा छुट्टै भेटी नयाँ प्रस्तावबारे छलफल गरेको बताए।त्यसपछि प्रचण्ड-कोइराला भेटमा भएको कुराकानीको विवरण खुलाइएको छैन। तर उक्त भेटमा सहभागी नभएका कांग्रेस प्रवक्ता अर्जुन नरसिंह केसीले भने, “परम्परा भत्काएर दलको सहमतिको आधारमा राष्ट्रिय सुरक्षा अंग - सेनाको नेतृत्व छान्ने विकल्प हामीलाई स्वीकार्य हुँदैन। त्यसले राजनीतिकरण गर्छ।”सरकारको नेतृत्व गरिरहेको एकीकृत माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले पनि प्रस्ताव मान्य नहुने बताए।उनले भने, “रक्षामन्त्री हटाउने विकल्प कुनै हालतमा स्वीकार्य हुँदैन। सेनापति कसलाई बनाउने भन्ने निर्णय सरकारले गर्ने हो। तर पनि स्वाभाविक रुपमा त्यहाँको क्रम अनुसार सरकारले निर्णय गर्दै जाला।”नयाँ विकल्पमा प्रधानसेनापतिको प्रस्तावमा तेश्रो स्थानका रथी छत्रमान गुरुङ कटवालले नियमित प्रकृया अनुसार अवकाश पाएमा स्वत: प्रधानसेनापति हुनेछन्।तर माओवादीले कटवाललाई हटाएर आउँदो महिना अवकाश पाउन लागेका दोश्रो स्थानका रथी कुलबहादुर खड्कालाई प्रधानसेनापति बनाउने तयारी गरेको बताइन्छ। माओवादी प्रधानसेनापति कटवाललाई जुनसुकै मूल्यमा हटाउन र संविधानसभाका अधिकांश दलहरुको साथ पाएको कांग्रेस कुनै पनि हालतमा हटाउनै नदिने अडानमै देखिन्छन्। लम्बिंदो उक्त विवादले जारी शान्ति प्रकृया धरापमा पर्ने र नयाँ संविधान लेख्ने प्रयास पनि साकार नहुने चिन्ता बढ्दै गएको छ।
राजधानीमा पेट्रोलियम पदार्थ अभाव कायम
पम्पमा पेट्रोल छैन भन्ने ब्यानर टाँगिएका देखिन्छन भने तेल दिएका पम्पमा लामो लाइन लाग्ने गरेको छ ।कर्फ्यु लगाएर आइतबारदेखि आयल निगमले इन्धन ल्याउने तयारी गरेपछि मंगलबारदेखि राजधानीमा आपूर्ति केही सहज हुने अनुमान गरिएको छ ।आइतबार बिहान रक्सौलमा लोड भएका ट्यांकर सोमबार अबेर राजधानी आइपुग्ने हुँदा मंगलबारदेखि सहज हुने निगमका कार्यकारी निर्देशक दिगम्बर झाले भने ।'मंगलबारदेखि सहज हुन्छ,' उनले भने, 'तर बन्द नखुलेसम्म यसरी नै कर्फ्यु लाएर ल्याउनुपर्ने हुन्छ ।' आइतबार राति हिँड्ने तयारीमा रहेका ट्यांकर ल्याउन बारा र चितवनमा कर्फ्यु लगाउनुपर्ने झाले बताए ।निगमका अनुसार आइतबार रक्सौलबाट १ सय ६६ ट्यांकरमा करिब २२ सय किलोलिटर इन्धन लोड भएको छ । जसमध्ये ६ सय किलोलिटर पेट्रोल र ९ सय किलोलिटर डिजल सोमबार काठमाडौं आइपुग्ने निगमले जनाएको छ ।राजधानीमा हरेक दिन २ सय ५० किलोलिटर पेट्रोल र करिब ४ सय किलोलिटर डिजलको माग रहन्छ । अहिले दुई दिनका लागि पेट्रोल र तीन दिनका लागि डिजल स्टक रहेको जानकारी झाले दिए । यता हवाईइन्धन भने ३० दिनको स्टक निगमसँग रहेको उनले बताए ।तराईमा विभिन्न समयमा हुने बन्द हडतालले उपभोक्तालाई मात्रै होइन सरकारलाई पनि प्रभावित पारेको छ । एक दिन इन्धन आयात नहुँदा करिब ३ करोड रुपैयाँ सरकारलाई राजस्व नआउने झाले बताए । 'भन्सार र मूल्य अभिवृद्धि कर गरी हामी दैनिक ३ करोड बुझाउँछौं,' उनले भने ।गएको ४५ दिनमा आयल निगमले ३० दिनमात्रै इन्धन आयात गरेको झाले बताए । 'यस अवधिमा ६ दिन टिपर दुर्घटनाका कारण, ७ दिन सुकुम्बासीहरूको आन्दोलन, दुई दिन भन्सारमा तालाबन्दी, १२ दिन थारूहटको पहिलो आन्दोलन र ६ दिन ट्यांकर हडतालले इन्धन आयात भएन,' उनले भने ।राष्ट्रपति सरकारी निवास शीतलनिवास सर्ने
जुरेको छ । झकिझकाउ राणाकालीन दरबार प्रवेशका लागि उनका पुरोहित र ज्योतिषले साइत जुराएका छन्- सोमबार मध्याह्न एक बजेर १७ मिनेट ।गृह प्रवेशका लागि ज्योतिष र पुरोहितले जुराएको साइतमा नै उनी निवास प्रवेश गर्ने तयारीमा छन् । शीतलनिवास छिर्नुअघि उनले त्यहाँ पूजापाठ गर्नेछन् । त्यसपछि पुरोहितको निर्देशनअनुसार राष्ट्रपति यादव सरकारी निवासमा छिर्नेछन् । राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने, 'उहाँ सोमबारदेखि शीतलनिवासमा नै बस्नुहुन्छ ।' शीतलनिवासमा रहेको ११ वटा कोठा राष्ट्रपतिको आवासका लागि छुट्याइएका छन् । ती कोठालाई राष्ट्रपति सुत्ने कोठा, बाथरुम, सचिवालय, बैठक कक्ष, किचेन, अतिथि कक्ष, उनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीका लागि समेत गरी ११ वटा कोठा उनका लागि सरकारले छुट्याएको छ । राष्ट्रपति डा. यादवले धापासीबाट शीतलनिवास सर्न हतारो गरेपछि सोमबारको साइत निकालिएको पारिवारिक स्रोतले बतायो ।गाउँका विद्यार्थीहरुलाई ल्यापटप वितरण गरियो
३२ सहसचिव र ६२ उपसचिवलाई मन्त्रालयमा सिफारिस
मेक्सिकोमा स्वाइन फ्लुबाट मर्नेको संख्या १०० पुग्यो
नेपाल-भारतका केही सीमास्तम्भ हराए
अनुगमनसमेत गरेको छैन । बाँकेका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर खत्रीले सीमास्तम्भको निरीक्षण नगरिएको स्विकारेका छन् । भन्छन्, 'म बाँके प्रशासनमा आएको ६ महिना बितिसक्यो । एकपटक पनि निरीक्षण गर्न सकेका छैनौँ ।' दुई देशका अधिकारीबीच छिट्टै छलफल गरी सर्भे टोलीसहित निरीक्षणमा जाने उनले बताए । बाँकेमा मुख्य ३३ र दुई सय ७४ वटा सहायक पिलर गरी तीन सय सातवटा सीमास्तम्भ रहेको प्रशासनले जनाएको छ । त्यसमध्ये ६३८ नम्बरको एउटा सीमास्तम्भ हराएको छ । राप्ती नदीको बाढीले ६४४ र ६४५ नम्बरको मुख्य र पाँचवटा सहायक सीमास्तम्भ बगाएको छ । ६४३ को १ र २, ६४४ को १ र २ र ६४५ को १ नम्बर सहायक सीमास्तम्भ राप्तीले बगाएको हो । हराएका क्षेत्रमा नेपाली भूमि मिचिएको छ वा छैन भन्नेबारे पनि प्रशासनलाई जानकारी छैन । भारतीय सीमा सुरक्षाबलले सीमाक्षेत्रमा कच्ची बाटो निर्माण गरेर नियमित अनुगमन गरे पनि नेपाली पक्षबाट त्यसो हुन सकेको छैन । बाँकेको सीमाक्षेत्रमा सशस्त्र प्रहरीबलका तीनवटा बेसक्याम्प राखिएका छन् । बलले पनि सबै ठाउँको सीमास्तम्भको निरीक्षण गर्न सकेको छैन । सीमा सुरक्षाबलका प्रहरी उपरीक्षक दिलीप शर्माका अनुसार कटकुइया सशस्त्र प्रहरी बेस क्याम्पले पूर्वमा दाङ र नारायणपुरसम्म, कालाबन्जर सशस्त्र प्रहरी बेस क्याम्पले, पश्चिम जमुनाहासम्म र जमुनाहा बेस क्याम्पले बर्दियासम्मको सीमा निरीक्षण गर्नुपर्ने बाध्यता छ । तर, राप्तीपारिका विकट ठाउँका सीमास्तम्भको भने सशस्त्र बलले निरीक्षण गर्न सकेको छैन । 'सातामा दुईपटक सीमास्तम्भको निरीक्षण गर्नुपर्ने हो । राप्तीवारि निरीक्षण गर्न भ्याएका छौँ । तर, राप्तीपारि विकट स्थानमा रहेका सीमास्तम्भको निरीक्षण गर्न गाह्रो छ,' प्रहरी उपरीक्षक शर्माले बताए । सीमास्तम्भसम्म पुग्ने बाटो नभएकाले निरीक्षण गर्न कठिन भएको उनको भनाइ छ । हराएका पिलरका बारेमा भने सम्बन्धित मन्त्रालयमा जानकारी गराइएको उनले बताए । Apr 26, 2009
प्रधानसेनापति प्रकरणमा दलहरुको आआफ्नै अडान
राजनीतिक दलहरुको सहमतिमा प्रधानसेनापति रुक्माङ्गद कटवालबारे निर्णय गर्ने प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रीहरुले बताइरहेका बेला प्रमुख दलहरुले आफ्नै अडान दोहोर्याएका छन् । बैशाख १३ गते व्यवस्थापिका संसदको बैठकमा बोल्दै माओवादी, नेपाली कांग्रेस र एमाले नेताहरुले प्रधानसेनापति प्रकरणमा आफ्ना अडान दोहोर्याएका हुन् ।माओवादी प्रवक्ता तथा सभासद दिनानाथ शर्माले नागरिक सर्वोच्चता कायम गर्न प्रधानसेनापति कटवाललाई सरकारले हटाउन खोजेकाले सबै दलले सरकारलाई सहयोग गर्नुपर्ने बताए । नेपाली कांग्रेसका महामन्त्री तथा सभासद डा. रामशरण महतले माओवादी सर्वोच्चता कायम गर्न प्रधानसेनापति हटाउन खोजिएको उल्लेख गरे भने एमाले सचिव तथा सभासद शंकर पोखरेलले कुनै ब्यक्तिको निर्णय तथा स्वेच्छचारिताका आधारमा प्रधानसेनापतिमाथि कारवाही भए आफ्नो पार्टीलाई मान्य नहुने धारणा राखे ।व्यवस्थापिका संसदको अर्को बैठक बैशाख १४ गते हुने भएको छ ।यसैबीच, माओवादी सचिवालय सदस्य नारायणकाजि श्रेष्ठले संसदमा उपस्थित पत्रकारहरुसँग कुरा गर्दै प्रधानसेनापति हटाउने निर्णयबाट आफ्नो पार्टी पछि नहट्ने बताए । उनले आजै मन्त्रीपरिषद बैठक हुने सम्भावना नरहेको पनि जानकारी दिए ।
सहमतिका आधारमा काम गर्न प्रमलाई सल्लाह राष्ट्रपतिको
वैशाख १३ गते । राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री पुष्पकमल दाहालबीच समसामयिक
राजनीतिक घटनाक्रमका बारेमा आइतबार छलफल भएको छ । राष्ट्रपति भवन, शीतल निवासमा भएको छलफलमा सरकारले प्रधानसेनापतिलाई सोधेको स्पष्टीकरणलगायतका विषयमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिनुभयो । प्रेस सल्लाहकार दाहालका अनुसार छलफलमा राष्ट्रपति यादवले अन्तरिम संविधानको मर्मलाई ध्यानमा राखी काम गर्न आग्रह गर्नुभएको थियो । जे कार्य गर्दा पनि राजनीतिक सहमतिका आधारमा गर्न सल्लाह दिँदै राष्ट्रपति यादवले मुलुकलाई राजनीतिक नेतृत्व दिने जिम्मेवारी पनि प्रधानमन्त्रीको भएकाले सबैलाई समेटेर लैजान विशेष आग्रह गर्नुभयो । संविधान, कानुन तथा बृहत् शान्ति सम्झौतालाई बिर्संदा मुलुकमा राजनीतिक अप्ठ्यारा आउनेतर्फ सचेत गराउँदै डा. यादवले सहमति जुटाउन र संविधान, कानुनको पालनामा जोड दिनुभएको थियो । प्रधानसेनापतिलाई सोधिएको स्पष्टीकरणका विषयमा प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएकोमा राष्ट्रपतिले प्रसन्नता व्यक्त गर्नुभएको थियो । यस्ता प्रयास गर्दै जाँदा सबैलाई एकै ठाउँमा ल्याउन सकिने विश्वास डा. यादवले व्यक्त गर्नुभयो । दाहालका अनुसार प्रधानमन्त्री दाहालले पनि छलफल, सहमतिबाटै निकास खोज्ने विश्वास दिलाउनुभएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार ओम शर्माका अनुसार छलफलमा प्रधानसेनापतिमाथिको कारबाहीलाई दलहरूसितको छलफल बढाएर छिटो टुङ्गो लगाउनुपर्नेमा जोड दिइएको थियो । प्रधानमन्त्री दाहालले स्थगित भएको आˆनो चीन भ्रमणका बारेमा पनि राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो । खम्बुवानको प्रतिकारमा सात घाइते
लिम्बुवान प्रभावित १० जिल्लामा अपरेसनको तयारी
गरेको छ । विशेष सुरक्षा योजनामा परेका जिल्लामा धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, इलाम, पाँचथर, ताप्लेजुङ, खोटाङ, ओखलढुंगा र उदयपुर छन् । स्रोतका अनुसार वैशाखको दोस्रो साताबाट चयन भएका जिल्लाहरूमा विशेष सुरक्षा योजनाअनुसारको काम सुरु हुनेछ ।अहिले प्रायः पहाडी जिल्लामा तीन सय ५० प्रहरी छन् । तर, लिम्बुवान प्रभावित जिल्लामा भने पाँच सयका दरले प्रहरी परिचालित छन् । नयाँ रणनीतिअनुसार हरेक जिल्लामा हजारभन्दा बढी प्रहरी खटिनेछन् । अहिले चौकीमा खटिएका प्रहरीसँग थि्रनटथ्री र सटगन मात्र छन्, अब संवेदनशीलता हेरेर अत्याधुनिक हतियार एसएलआर दिने तयारी छ । लिम्बुवान मुक्ति मोर्चा, संघीय लिम्बुवान राज्यपरिषद् डम्बर लावती समूह, संघीय लिम्बुवान राज्यपरिषद सञ्जुहाङ पालुङ समूह, संघीय लिम्बुवान राज्यपरिषद् कुमार लिङदेन समूह, संयुक्त लिम्बुवान मोर्चा, पल्लोकिराँत लिम्बुवान राष्ट्रिय मञ्च, किराँत लिम्बुवान राष्ट्रिय मञ्च र पल्लोकिराँत लिम्बुवान राष्ट्रिय मञ्चलगायतका संगठनहरू लिम्बुवान क्षेत्रमा सक्रिय छन् । यी संगठनमध्ये पल्लोकिराँत लिम्बुवान राष्ट्रिय मञ्चका गतिविधिलाई प्रहरीले विशेष निगरानीमा राखेको छ । सो संगठनले तमोर नदीपारिका नौ जिल्लालाई स्वतन्त्र राष्ट्र घोषणा गरी सशस्त्र गतिविधि गर्दै आएको छ ।पृथ्वीनारायण शाहसँगको विशेष सहमतिको आधारमा नेपालमा गाभिएका ती क्षेत्रहरू नेपालमा राजतन्त्रको अस्तित्व समाप्त भएलगत्तै सहमति खारेज भएको दाबी गर्दै मञ्चले संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर, धनकुटा, सुनसरी, मोरङ, झापा र इलामलाई स्वतन्त्र राष्ट्र भएको दाबी गरिरहेको छ । यसको नेतृत्व महासचिव शेर्माहाङ याक्थुम्बाले गरेका छन् । प्रहरी प्रधान कार्यालयले सुरक्षा योजना रणनीति तय गरी स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाएको थियो । गृह मन्त्रालयले योजना स्वीकृत गरी कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयमा पठाइसकेको छ । गृह-प्रवक्ता नवीन घिमिरेले पनि योजना अहिले गृहकार्यको चरणमै रहेको जानकारी दिए । 'आन्तरिक गृहकार्यमा रहेको कुरा अहिले नै कसरी प्रेसलाई भन्न मिल्छ ? जब सबै गृहकार्य पूरा हुन्छ अनि भनौँला नि,' घिमिरेले नयाँ पत्रिकासित भने ।प्रहरी प्रवक्ता विजयलाल कायस्थले १० जिल्लामा विशेष सुरक्षा अभियान सञ्चालनको तयारी गरेको बताए । उनले छनोटमा परेका १० जिल्लामा प्रहरी जनशक्ति र उनीहरूको क्षमता बढाउने तयारी गरेको जानकारी दिए । कायस्थले पनि यसबारे थप जानकारी दिन मानेनन् । उनले भने, 'ती जिल्लाको सुरक्षा-व्यवस्था मजबुत बनाउन जे-जस्तो कदम आवश्यक पर्ने हो, त्यसको तयारी गरिएको छ ।' आगो निभाउन गएका पाँच गाउँले जलेर मृत्यु
Apr 25, 2009
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रेस-विज्ञप्ति

थरूहट आन्दोलनबाट तराईका २० जिल्ला अस्तव्यस्त
प्रधानसेनापति स्पष्टीकरण प्रकरणमा अल्झिएकाले सरकारको ध्यान यसतर्फ पुग्न सकेको छैन । 'हामी सहमति कार्यान्वयनका लागि जिम्मेवार छौं । कतिपय सहमति संसदबाट कार्यान्वयन गर्नुपर्ने हुन्छ । संसद सुचारु नभएको बुझ्दाबुझ्दै एक पक्ष फेरि आन्दोलनमा जानु दुर्भाग्यपूर्ण हो,' शान्तिमन्त्री जनार्दन शर्माले भने । सहमति कार्यान्वयनका लागि समितिसमेत बनिसकेको स्थितिमा थरूहट हठात आन्दोलनमा जानुलाई आन्दोलनका अरू चार घटक उचित मान्दैनन् । आन्दोलनका सबै घटकबीच सरकारसँगको सहमति कार्यान्वयनका लागि नियमित छलफल भइरहेको जनाउँदै थारू कल्याणकारिणी सभाका महामन्त्री राजकुमार लेखीले भने, 'उनीहरू हामीसँग सल्लाहै नगरी हतारमा आन्दोलनमा गए ।' संयुक्त मुस्लिम राष्ट्रिय संघर्ष समितिका संयोजक ताज मोहम्मद मियाँले सरकारले सहमति कार्यान्वयन गर्नेमा कुनै कन्जुस्याइँ नगरेको बताए । प्रक्रिया अघि बढेका बेला आन्दोलन सुरु गरेर थरूहटले सहमति कार्यान्वयन नहोस् भन्ने चाहेको उनको दाबी छ । थरूहट अध्यक्ष लक्ष्मण थारू सहमति कार्यान्वयन गर्ने सिलसिलामा सरकाले ल्याएको प्रतिस्थापन विधेयकमा तराई मधेस भनिएकोमा आपत्ति प्रकट गर्छन् । 'तराईमा मधेस छँदैछैन,' उनले भने । मधेसीकरणको विरोधमा थारूलगायत समुदायले गत फागुनमा १३ दिन हडताल गरेका थिए । पटक-पटकको वार्तापछि सरकार र थारूलगायत समुदायबीच प्रधानमन्त्री पुष्पकमल दाहालसमेतको उपस्थितिमा गत चैत १ गते बालुवाटारमा ६ बुँदे सहमति भएको थियो । मुस्लिम समुदायसँग छुट्टै सहमति भएको थियो । त्यतिबेला थरूहटले सहमतिलाई ऐतिहासिक उपलब्धि भएको बताएको थियो । यतिबेला भने थरूहट सहमतिबाहेकका थप माग राखेर आन्दोलनमा छ । 'राष्ट्रघाती सन्धि सम्झौताहरू खारेज नगरी नयाँ संविधान बनाउनु हुँदैन,' थारूले भने । थरूहट दरबारियाको इसारामा अहिलेको तरल राजनीतिक अवस्थाको फाइदा उठाउँदै अराजकता सिर्जना गर्न लागेको अन्य घटकको ठम्याइ छ । 'उनीहरू दरबारियाको निर्देशनमा सञ्चालित छन् । दरबारियाकै पैसामा जहाजमा उड्छन्, आन्दोलनका नाममा थुप्रै पैसा खर्च गरेका छन्,' माओवादी सभासद तथा थारू राष्ट्रिय मुक्ति मोर्चाका इन्द्रजित थारूले भने । प्रधानमन्त्री प्रचण्डको अन्तिम समयमा चीन भ्रमण स्थगित
लिएको स्पष्टीकरण र त्यसप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट भइरहेको गम्भीर समीक्षा एवम् आलोचनालाई मध्यनजर गर्दै प्रधानमन्त्री प्रचण्डले अन्तिम समयमा आएर भ्रमण स्थगित गर्नुभएको प्रमका प्रेस सल्लाहकार ओम शर्माले नेपाल समाचारपत्रलाई शनिबार जानकारी दिनुभयो।त्यस्तै परराष्ट्र मन्त्रालयका प्रवक्ता, सहसचिव तथा चाइना डेस्क हेर्ने प्रमुख अधिकारी सुरेशप्रसाद प्रधानले देशमा उत्पन्न जटिल राजनीतिक परिस्थितिका कारण नै प्रम प्रचण्डको भ्रमण हालका लागि स्थगित भएको बताउनुभयो।भ्रमणको लगभग सम्पूण तयारी भइसकेको थियो, मे पहिलो साताका लागि हामीले भ्रमण तयारी गरेका थियौ, प्रवक्ता प्रधानले भन्नुभयो- तर देशको जटिल राजनीतिक परिस्थितिका कारण प्रमको भ्रमण अहिलेका लागि स्थगित भयो। उहाँले देशको राजनीतिक अनुकूलता, चिनियाँ उच्चपदस्थ सरकारी अधिकारीको समय र अनुकूलतालाई हेरेर छिट्टै नयाँ भ्रमण मिति तय गरिने जानकारी भन्नुभयो।मन्त्रालयका अर्का एक अधिकारीले प्रमको भ्रमण हाललाई स्थगित हुनुमा चीनद्वारा प्रस्तावित नयाँ शान्ति तथा मैत्री सन्धिमा हस्तँक्षर नहुने पक्कापक्की हुनु पनि रहेको बताए।प्रम प्रचण्डले यही वैशाख १८ देखि २७ गतेसम्मका लागि चीन भ्रमण गर्ने गरी मन्त्रालयले तयारी अघि बढाएको थियो। कटवालको कारबाही अगाडि बढाउन निर्देशन
निर्देशन दिएको छ भने दोस्रो सत्तारूढ दल नेकपा (एमाले) को दुइ दिनसम्म बसेको बैठक निष्कर्षवहीन भएको छ। प्रधानसेनापतिसँगको स्पष्टीकरणमाथि तातो बहस र पार्टी त्रै विवाद देखिएपछि चीन भ्रमण छोट्टयाएर आउनुभएका पार्टी यक्ष झलनाथ खनालले केन्द्रीय कमिटीको अनौपचारिक बैठक र स्थायी कमिटीको बैठक बसाल्नुभए पनि सो विषयमा दुइ दिनसम्म एमाले अनिर्णयको बन्दी भएको छ।नेकपा (एमाले) ले कटवालसँग स्पष्टीकरण लिइसकेको अवस्थामा अब त्यसभन्दा अगाडि नबढौं भन्ने निर्णय गरे पनि सरकारले कटवाललाई कारबाही गरेरै छोड्नुपर्ने माओवादीको अडान झन् दह्रो रूपमा आएको छ। माओवादी सचिवालयको शनिबार बसेको बैठकले कटवाललाई हटाउन नसके बरु सत्ता छोड्न तयार हुने निष्कर्षनिकालेको बताइएको छ।एमाले केन्द्रीय कमिटीको अनौपचारिक बैठकमा केन्द्रीय सदस्यहरूले स्पष्टीकरण पनि आफैँमा कारबाही भएकाले त्योभन्दा अगाडि बढ्न जरुरी छैन भन्ने सुझाव दिएको र स्थायी कमिटीले पनि त्यसको सेरोफेरोमा रहेर निर्णय गर्न सक्ने सम्भावनालाई ध्यानमा राखी माओवादी सचिवालयले जनताबाट निर्वाचित सरकारलाई सेनाको अधीनमा राख्न खोजिन्छ भने त्यो कुनै पनि हालतमा मान्य नहुने निर्णय गरेको छ।सचिवालय सदस्य लीलामणि पोखरेलले यही मन्त्रिपरिषद्ले गरेको निर्ण्र्हो, त्यसैले सरकार पछि हट्नुहुँदैन भन्ने निर्ण्र्गरेको जानकारी गराउँदै कसैको इसारामा केही दलले नागरिक सर्वोच्चतामाथि चुनौती दिन खोजेकोतर्फ पार्टी गम्भीर ध्यानाकर्षा भएको स्पष्ट पार्नुभएको छ।बैठकमा नेताहरूले सरकारले कसैको धम्कीबाट घुँडा टेक्ने काम गर्नुहुँदैन नागरिक सर्वोच्चतालाई चुनौती दिन्छन् भने पार्टी पनि आफनो सम्पूण् शक्तिलाई परिचालन गर्ने गरी सचेत रहन निर्देशन दिनुपर्ने कुरामा जोड दिएको र सोहीअनुसार पार्टी आफना पार्टी मिटीलगायत सबै शक्तिलाई आवश्यक परे जे पनि कदम चाल्नुपर्ने हुन सक्छ भनी निर्देशनसमेत गरिसकेको बुझिएको छ।नेताहरूले सेना समायोजन, शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रिया अवरुद्ध पार्ने उद्देश्यले रुक्मांगद कटवाललाई कारबाही गर्न नहुने कुरा पनि उठाइएको छ र राष्ट्रपतिलाई तेर्स्याएर जनताको अधिकार खोस्ने षड्यन्त्र पनि भएको कुरा उल्लेख गर्दै कसैले जनताको अधिकार खोसेमा माओवादीको सिंगो शक्ति र शिविरमा रहेका जनमुक्ति सेना पनि निस्कन बाध्य हुने चेतावनी दिएका छन्। बैठकमा नेताहरूले कुनै पनि परिस्थितिको सामना गर्न पार्टीयार हुनुपर्ने तर्क पनि राखेको बताइएको छ।यता एमाले स्थायी कमिटी माओवादीको पछिल्लो रणनीतिका बारेमा राष्ट्रपति अन्य दल र अन्तर्राष्ट्रिय समुदायको थप आशय बुझेर मात्र निर्णय पुग्ने गरी स्थगित भएको बताइएको छ। प्रधानसेनापतिको विषयमा पार्टी आधिकारिक धारणा बनाउने उद्देश्यले बसेको स्थायी कमिटीको बैठक शनिबार केहीबेर बसी आज आइतबार बिहानसम्मका लागि स्थगित भएको छ।यता प्रधानसेनापति विवाद चुलिंदै गएपछि बिहीबार दिल्ली जानुभएका भारतीय राजदूत राकेश सुद शनिबार नेपाल फर्किनुभएको छ। प्रधानसेनापति बन्नका लागि करोडौँको खेल हुने
गुनासोसमेत व्यक्त गर्नुभएको छ ।सेनालाई राजनीतिमा चाख राख्न प्रोत्साहन गरिँदैन भन्दै उहाँले भन्नुभयो, "खासगरी ०४६ सालपछि उच्चस्तरका अधिकृतहरू व्यक्तिगत फाइदाका लागि नेताहरूको घरदैलो चहार्न थाले, मेरै मुद्दामा नेपाली सेनाका जर्नेलहरूले मिलेर मलाई फाले ।"मुलुकमा लोकतन्त्र र कानुनको शासन हुँदा पनि सर्वोच्च अदालतबाट जारी परमादेश कार्यान्वयन नभएको उदाहरण दिँदै उहाँले थप्नुभयो, "वर्तमान प्रधानसेनापति रुक्माङ्गद कटवालले मौखिक सहानुभूति दिनुभयो तर व्यवहारमा केही भएन, सर्वोच्चको आदेशलाई अवज्ञा गरियो ।""देशका नालायक नेता र सेनाको पनि नालायक नेतृत्वले गर्दा मलाई अन्याय भयो, यो कुरा लेखिदिनुस्", जोड दिँदै उहाँले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सुजाता कोइराला र प्रधानसेनापति कटवालले पुनःबहाली गर्ने अदालतको आदेशलाई ठाडै अवज्ञा गरी आफूलाई अन्याय गरेको बताउनुभयो । अन्तर्वार्ताकै क्रममा नेपाली काङ्ग्रेसका केही नेताले आफूप्रति सहानुभूति राखे पनि पुत्री र पिताको दबाबले गर्दा आफूले न्याय पाउन नसकेको तीक्तता पोख्दै उहाँले भन्नुभयो, "नेपाली काङ्ग्रेस त पारिवारिक पार्टी पो रहेछ ।"सेनाको उपरथीमा बढुवा भएपछि मल्ललाई कानुनतः तीन वर्ष म्याद थप नगरी अवकाश दिइएको थियो । त्यस बेला पहिलोपटकका लागि तीन वर्ष र दोस्रोपटकका लागि दुई वर्ष सेवाअवधि थप गर्ने बाध्यात्मक व्यवस्था थियो । तर उहाँलाई म्याद थप नगरी ०६३ असार ९ गते अवकाश दिइएको थियो ।असार ९ गते म्याद समाप्त भई अवकाश पाउनुभएका मल्ललाई १५ दिनपछि मात्र अवकाशपत्र दिइएको थियो । त्यसपछि उहाँले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । सर्वोच्चको पूर्ण इजलासले कात्तिक २ गते उहाँको पक्षमा फैसला गर्दै पुनःबहाली गर्न परमादेश जारी गरेको थियो ।"अदालतको फैसलासहित हाजिर गराउन प्रधानसेनापति कटवालसमक्ष निवेदन दर्ता गराएँ, पटकपटक भेटेर अनुरोध पनि गरँ तर कुनै सुनुवाइ भएन", पूर्वउपरथी मल्लले भन्नुभयो, "अदालतको फैसला लिएर डेढ वर्ष धाएँ तर पनि मैले न्याय पाइन, पुनः बहाली भएन ।"केही दिनअघि भने सर्वोच्चले आठ सहायक रथीको म्याद थपका विषयमा अन्तरिम आदेश जारी गर्नेबित्तिकै प्रधानसेनापति कटवालले रक्षा मन्त्रालयसँग बिनापरामर्श हाजिर गराउनुभयो । "कटवालले मलाई त्यतिखेर अदालतको आदेशले पुग्दैन, मलाई अप्ठ्यारो पर्छ भन्दै रक्षाको स्वीकृति चाहिन्छ भन्नुभयो तर अहिले रक्षाको स्वीकृति चाहिएन", उहाँले कटाक्ष गर्नुभयो ।आठ सहायक रथीमाथि सरकारको करोडौको लगानी भएको र सबैको म्याद थप नभए पनि केहीको म्याद थप्नुपर्ने धारणा उहाँले राख्नुभयो । "वर्तमान चिफ साहब सङ्गठन र देशका लागि होइन आˆनै लागि लडिरहनुभएको छ", पूर्वउपरथी मल्लको विश्लेषण छ ।सैनिक 'कु', तत्कालीन राजा वीरेन्द्र र ज्ञानेन्द्रका शासन तथा पूर्वप्रधानसेनापति प्याराजङ्ग थापाको दृष्टिकोणबारे मल्लले आफ्नो धारणा व्यक्त गर्नुभयो ।भूपू गोर्खा सैनिकले बेलायतमा बसोबास अनुमति नपाउने
बेलायतमा बस्न दिने निर्णय गरेको छ ।गत वर्ष १ अक्टोबरमा अदालतले बेलायती सेनामा सेवा गर्ने गोर्खा सैनिकले बसोबास अधिकार नपाउने पुरानो व्यवस्थामा पुनर्विचार गर्न आदेश दिएको थियो । सो आदेशपछि ४० हजार गोर्खा सैनिकले बेलायतको स्थायी बसोबास अनुमति पाउने अनुमान गरिएको थियो । तर, बेलायती गृह मन्त्रालयको बिहीबारको निर्णयपछि चार हजार तीन सय गोर्खा सैनिकले मात्र स्थायी बसोबास अनुमति पाउने भएका छन् । नयाँ सर्तले अधिकृतस्तरका गोर्खा सैनिकले मात्र सो सुविधा उपभोग गर्न पाउने भूतपूर्व गोर्खा सैनिक संघ (गेसो) ले जनाएको छ । गोर्खालीको न्यायका लागि लडिरहेका अभियानकर्ताले भने नयाँ सर्तको विरोध गरेका छन् । 'गोर्खा सैनिकमाथि यो ठूलो अन्याय हो,' भूपू गोर्खाका पक्षमा वकालत गर्दै आएकी बेलायती नायिका जोना लुम्लीले स्थानीय ट्याबोलाइट दैनिक द सनसँग भनेकी छिन्, 'सरकारको यो लज्जास्पद निर्णय हो ।' लुम्लीका पिताले गोर्खालीसँगै बेलायती सेनामा सेवा गरेका थिए । सरकारले लागू गरेको नयाँ मापदण्डमा गोर्खालीहरू नपर्ने उल्लेख गर्दै लुम्लीले यो निर्णयविरुद्ध लड्ने बताइन् । गेसोले पनि सो निर्णय आफूहरूलाई अमान्य हुने बताउँदै नयाँ चरणको संघर्ष सुरु गर्ने जनाएको छ । गेसोका कोषाध्यक्ष जित राईले एक साताभित्रमा भावी संघर्षका कार्यक्रम तय गर्ने बताए । सरकारको निर्णयका विरुद्ध फेरि अदालत जाने उल्लेख गर्दै राईले भने, 'न्यायका लागि अन्तिमसम्म लड्नेछौँ, पछि हट्दैनौँ ।'करिब दुई लाख गोर्खा सैनिकले पहिलो र दोस्रो विश्वयुद्धमा बेलायती सेनाका रूपमा विश्वका विभिन्न स्थानमा युद्ध लडेका थिए । युद्धका क्रममा करिब ४५ हजार गोर्खा सैनिकले ज्यान गुमाएको अनुमान छ । तीमध्ये १३ नेपालीले बेलायतको प्रतिष्ठित सम्मान 'भिक्टोरिया क्रस' पाएका छन् ।'जसले यो मुलुकका लागि ज्यानको बाजी थापेर लडे, आज उनीहरू नै हार्नुपर्यो,' गोर्खा न्याय अभियानका पिटर क्यारोलले भने ।१९९७ भन्दा अघिका गोर्खा सैनिकलाई स्थायी बसोबासको अनुमति नदिने निर्णय कानुनविपरीत रहेको ठहर गर्दै त्यसमा पुनर्विचार गर्ने आदेश उच्च न्यायालयले दिएको थियो । तर, लामो समयसम्म त्यसको कार्यान्वयन नभएपछि गत मार्चमा पूर्व गोर्खा सैनिक फेरि सर्वोच्च अदालत पुगेका थिए । अध्यागमनमन्त्री फिल उल्स भने सरकारको नयाँ निर्णयबाट करिब दस हजार गोर्खा सैनिकलाई फाइदा हुने दाबी गर्छन् ।दुर्व्यसनमा फसेका ११ जना किशोरको शव झाडीमा
उत्तरकोरियाले प्लुटोनियम उत्पादन प्रशोधन सुरु
मोटी युवतीहरूको सामूहिक टीकोटालो
सामूहिक टीकोटालो भएको छ । ग्वाङझाऊ दैनिक समाचारपत्रले जनाएअनुसार ग्वाङझाऊमा यस प्रकारको यो पहिलो घटना हो । चीनकी सबैभन्दा बढी मोटी मोडेल भनेर चिनिएकी जेङजिङले पनि 'इन्गेजमेन्ट' गरिन् । उनको तौल एक सय १० किलोग्राम छ । बिहेको पोसाक उनी आफैँले डिजाइन गरेकी छिन् । अन्य आठवटी युवती देशभरिका दुई सय ४६ जना उम्मेदवारमध्येबाट छानिएका हुन् । सबैजनाको वजन ७५ किलोग्रामभन्दा माथि छ । यी युवती यस अवसरलाई धेरै बढी मोटाहरूका समस्यालाई जोड दिन चाहन्छन् । साथै बढी तौल हुँदाहुँदै पनि मोटाहरूमा पनि प्रशन्न चित्त रहन सक्ने क्षमतालाई प्रोत्साहित गर्नमा उपयोग गर्न चाहन्छन् । Apr 24, 2009
'उर्जा उत्पादक महासंघ, नेपाल’ को प्रेस विज्ञप्ति
१. संयोजक - श्री भानेन्द्रकुमार लिम्बू - स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेड
सैनिक वृत्तमा देखिएका दुई होइन, तीन पात्र
शिखरमा छन् । सैनिक वृत्तमा भने दुई होइन, तीन पात्र छन् । तेस्रा पात्र हुन्, बलाधिकृत रथी छत्रमानसिंह गुरुङ । अघिल्ला दुई पात्र जस्तो राजनीतिक र कूटनीतिक 'लविङ' ले होइन, मुखैमा आउन लागेको सेनापति पद अर्कैले खोस्न लागेपछि गुरुङ चर्चित भएका हुन् । प्रधानसेनापतिले भदौ २५ मा अवकाश पाएपछि तेस्रो वरीयताका उनी त्यही पदका दाबेदार हुन् । कटवालभन्दा अगावै असार ६ मा उमेरका कारण बलाध्यक्ष रथी खडकाले अवकाश पाउँदैछन् । त्यसपछि गुरुङ नियमित प्रक्रियाअनुसार सेनापति हुन्थे । माओवादी योजनाले भने उनको अवसर धरापमा परेको थियो । सैनिक अधिकारीहरूका अनुसार दरबार सक्रिय हुँदा सहायक रथीदेखि सेनापतिका लागि 'ग्रुमिङ' गर्ने चलनले 'अब को हुने' भन्ने निश्चितजस्तै हुन्थ्यो । लोकतन्त्र स्थापनासँगै उपरथी प्रदीपप्रताप बम मल्लको म्याद नथपिएपछि बनिबनाउ रोलक्रम भत्किएर कटवाल सेनापति भएका थिए । 'नियमअनुसार सेनाभित्र भावी सेनापतिका रूपमा गुरुङलाई स्वीकारिसकिएको स्थिति थियो,' उच्च सैनिक अधिकारीले भने, 'बीचैमा राजनीतिक दाउपेचका कारण अन्योल भयो ।' सेनामा गुरुङले बलाधिकृत विभागअन्तर्गत अपरेसन, गुप्तचरी तथा तालिम हेर्दै आएका छन् भने खडका बलाध्यक्ष विभागअन्तर्गत राष्ट्रसंघीय शान्ति मिसन, प्रकृति संरक्षण र कल्याणकारीको जिम्मेवारीमा छन् । 'युद्धकार्य तथा गुप्तचरीसमेत पर्ने बलाधिकृत विभागलाई बढी महत्त्वपूर्ण मानिन्छ,' एक अधिकारीले भने, 'उनी सेनापतिको लाइनमा भएर हुनसक्छ, उनलाई त्यो विभाग दिइएको छ ।'सेनाको नेतृत्व शाह, राणा र थापालगायत सहरी उच्च वर्गबाट पहिलो पटक कटवालका पालामा अन्त्य भएको थियो । यद्यपि ओखलढुंगामा जन्मेका कटवाल दरबारको छत्रछायामा हुर्केका थिए । कटवाललाई तत्कालीन रानी रत्न शाहले ल्याएर हुर्काएकी हुन् ।मातृ पल्टन पशुपतिप्रसाद गणमा रहेका कटवालले आधारभूत अधिकृत तालिम भारतको देहरादूनस्थित इन्डियन मिलिटरी एकेडेमीबाट गरेका हुन् । स्टाफ कलेज बेलायत र नेसनल डिफेन्स कोर्स -एनडीसी) पाकिस्तानबाट गरेका हुन् । स्नातकोत्तर कटवाल अमेरिकाबाट तालिमप्राप्त रेञ्जर हुन् । राष्ट्रिय सुरक्षा परिषदको पहिलो सहसंयोजक बनेका कटवालले माओवादीविरुद्ध युद्धका बेला नेपालगन्जस्थित मध्यपश्चिम पृतनाको नेतृत्व गरेका थिए ।उनले सरकारविरुद्ध राजनीतिक तथा कूटनीतिक 'लविङ' गरेको रक्षामन्त्री रामबहादुर थापाले सार्वजनिक रूपमै आरोप लगाएका छन् ।लोकतान्त्रिक आन्दोलनका बेला दोस्रो वरीयतामा रहेका कटवाल बलाधिकृत रथी थिए । उनलाई कृष्णजंग रायमाझीको संयोजकत्वमा गठित उच्चस्तरीय जाँचबुझ आयोगले कारबाहीको सिफारिस गरेको थियो । उनलाई आन्दोलन दबाउन पद र शक्तिको दुरुपयोग गरेको आरोप लगाएको थियो । लमजुङमा जन्मेका खडकाले अधिकृत आधारभूत तालिम र स्टाफ कलेज बेलायतबाट र एनडीसी पाकिस्तानबाट गरेका हुन् । पाकिस्तानबाट आएको पहिलो एनडीसी कोटामा उनी गएका हुन् । त्यसबेला उनी महासेनानी थिए । सेनाको सबैभन्दा उच्च मानिने यस तालिममा सामान्यतः सहायक रथीहरूले भाग लिन्छन् । उच्च सैनिक अधिकारीहरू स्नातकोत्तर खडकाको सैनिक जीवन उतारचढावपूर्ण रहेको बताउँछन् । प्रायः सैनिक जनरलहरूले गर्ने प्याराजम उनले गरेका छैनन् । यद्यपि यो अनिवार्य होइन ।
माओवादी युद्धका बेला उनी उपत्यकास्थित भ्याली पृतनाको कमान्डमा थिए । भ्यालीपछि उनलाई सुदूरपश्चिम पृतना खटाए पनि त्यहाँ धेरै बसेनन् । उनी राष्ट्रिय सुरक्षा परिषदमा सरुवा भए । उनको मातृ ब्यारेक कालीप्रसाद गण हो । लोकतान्त्रिक आन्दोलनका बेला राष्ट्रिय सुरक्षा परिषदको सहसंयोजक रहेका खडकालाई पनि उच्चस्तरीय जाँचबुझ आयोगले दोषी ठहर गर्दै कारबाहीको सिफारिस गरेको थियो । उनीविरुद्ध जनआन्दोलन दबाउन परिषदबाट पेस्की लिएको ३३ लाख रुपैयाँ फछ्र्योट नगरेको आयोगको प्रतिवेदनको पृष्ठ ५७२ -भाग २) मा उल्लेख छ । दरबार हत्याकाण्डका बेला छोरा प्रवीण खडका तत्कालीन युवराज दीपेन्द्रका अंगरक्षक थिए । अरूलाई कारबाही भए पनि बाबुकै कारण बचाएको सैनिक अधिकारीहरू बताउँछन् । तनहुँमा जन्मेका गुरुङको मातृ ब्यारेक शमशेरदल गण हो । उनले भारतको देहरादूनमा आधारभूत अधिकृत तालिम, अमेरिकाबाट स्टाफ कलेज र चीनबाट एनडीसी गरेका हुन् । स्नातक गुरुङ लोकतान्त्रिक आन्दोलनताका सुर्खेतमा रही मध्यपश्चिम पृतनाको कमान्ड सम्हालेका थिए । गुरुङ तेक्वान्दोका ब्ल्याकबेल्ट हुन् । त्यसैले उनलाई सेनाभित्र 'ब्ल्याकबेल्ट' तथा 'ट्रुआर्मी' जर्नेलसमेत भन्ने गर्छन् । नाताले बाजे पर्ने कांग्रेसका पुराना नेता बखानमानसिंह गुरुङको छत्रछायामा हुर्केका तनहुँका गुरुङ र लमजुङका खडका क्याम्पस जीवनमा ठमेलमा एउटै डेरामा बस्थे । खडका अमृत साइन्स र गुरुङ त्रिचन्द्रमा पढ्थे । सेनापति प्रकरणले सेनाभित्र नजानिँदो पाराले मनोमालिन्य बढाएको छ । सैनिक अधिकारीका अनुसार जनजाति जर्नेलहरू आफ्नो समुदायमा पहिलो पटक आउन लागेको सेनापतिको पदमा पनि राजनीतिक षड्यन्त्र हुन थालेको गुनासो गर्छन् । हाल पैदल सेनातर्फ उपरथीहरू राम गुरुङ, डम्बर गुरुङ, अनन्तबहादुर थेवे, दमनबहादुर घले र शिवराम प्रधान जनजाति समुदायबाट आएका हुन् । अन्य उपरथीमा अनिलजंग थापा, गौरवशमशेर राणा, तोरणबहादुर सिंह, नेत्रबहादुर थापा, नेपालभूषण चन्द र केशवराज महतलगायत छन् । सेनाका जर्नेलहरूको राजनीतिक र कूटनीतिक चलखेल कटवाल र खडकाबीच देखापरेको द्वन्द्वका क्रममा सार्वजनिक भएको हो । प्रायः सैनिक अधिकारीहरू न सेनापति कटवालको सरकारसँग निहुँ खोजाइप्रति सन्तुष्ट छन् न खडकाको सेनापति बन्ने लालचासँगै । 'माओवादी यही चाहन्थ्यो, सेना मानसिक रूपमै विभक्त होस् र डिमोरलाइज होस्,' एक उच्च सैनिक अधिकारीले भने, 'यसमा कटवालको आडम्बर र खडकाको राजनीतिक चलखेलले महत्त्वपूर्ण भूमिका खेल्यो । यसको नतिजा संस्था र राष्ट्रले चुकाउनुपर्छ ।'
थरुहट संघर्ष समितिको बन्दले जनजीवन प्रभावित
नेकपा एमालेले प्रधानसेनापतिमाथि कारवाही रोक्न आग्रह
अन्य दलहरुको सहमति जुटाउन माओवादीले गरेको प्रयासमा एमाले केन्द्रिय कमिटीको शुक्रबार बसेको अनौपचारिक बैठकले ठेस पुर्याइदिएको छ।एमाले सचिव शंकर पोखरेलले भने, “अधिकांश सदस्यहरुले स्पष्टीकरण प्रकृया अगाडी नबढाउने सुझाव दिनु भएको छ। सुझावको आधारमा स्थायी कमिटीले निर्णय गर्ने प्रतिबद्धता अध्यक्ष झलनाथ खनालले व्यक्त गर्नु भयो।”औपचारिक निर्णय गर्न एमाले स्थायी कमिटीको बैठक शनिवार बस्नेछ।स्पष्टीकरणलाई लिएर एमालेका वरिष्ठ नेताहरुबीच प्रष्ट मतभेद देखा परेको थियो।सचिव पोखरेलले भने, “माओवादीको एजेण्डा र दक्षिणपन्थी ध्रुवीकरणको सहयोगी नबनी एमाले आफ्नो स्पष्ट वैचारिक धारबाट अगाडिबढ्नु पर्ने सुझाव साथीहरुले दिनु भयो।” संविधानसभाका अधिकांश पार्टीहरु सेनापतिमाथिको कारवाहीको प्रतिरोधमा संयुक्त रुपमा उत्रिएका थिए।त्यसलाई नै बल पुर्याउने गरी अन्तर्राष्ट्रिय समुदायबाट समेत चिन्ता र चासो प्रकट भएको थियो।सरकारी कदम विरोधी उक्त पंक्तिमा उसकै सत्ता-सहयात्री एमाले पनि थपिएको छ।शान्ति प्रकृयाको एउटा पक्ष माओवादी राजनीतिक सहकार्यबाट नटाढियोस भनेर एमाले बैठकले स्पष्टीकरण रोकेर सहमतिसाथ बढनु पर्नेमा जोड दिएको छ।सेनापतिमाथिको कारवाही प्रकृयासंगै शुरु भएको सैनिक ‘कु’ र माओवादीद्वारा सत्ता कब्जाको चर्चा राजनीतिक वृत्त वा आम जनमानसमा खुबै चलेको छ।शुक्रबार प्रकाशित प्रमुख पत्रिकाहरुमा पनि संभावित सैनिक ‘कु’ को विषयले प्रमुख स्थान पाएको थियो।तर, सैनिक जनसम्पर्क निर्देशनालयले एउटा वक्तव्य मार्फत ‘नेपाली सेना मातृभूमिको स्वतन्त्रता सार्वभौमिकता भौगोलिक अखण्डता एवं राष्ट्रिय एकताको रक्षार्थ अनवरत रुपमा सेवारत रहेको’ जनाउँदै ‘प्रजातान्त्रिक पद्धतिप्रति सदा झैँ कटिबद्ध रहेको प्रतिवद्धता प्रकट’ गरेको छ।‘सरकार र सेनाबीच फाटो ल्याउने सुनियोजित षडयन्त्र गर्ने दुरासयले ती समाचारहरु प्रकाशित भएको’ वक्तव्यमा उल्लेख छ।माओवादीले पनि प्रतिपक्षी पार्टीहरुले आरोप लगाए जस्तो सत्ता कब्जा गर्ने आफ्नो कुनै मनसाय नरहेको जनाउँदै आएको छ। धनकुटा प्रतिभा पुरस्कार शम्भु राई र झमक घिमिरेलाई
च्याप्टरको बैठकले र सोहि संस्था नेपाल च्याप्टरको ११ अप्रिलका दिन
धनकुटामा सम्पन्न बैठकले २०६५ सालको लागि धनकुटा प्रतिभा पुरस्कार गायन कला तर्फ प्रसिद्ध आधुनिक तथा लोक गायक शम्भु राई, साहित्य तर्फ वरिष्ठ युवा सहित्यकार झमक घिमिरेलाई प्रदान गर्ने र वरिष्ठ इतिहासविद् शिवकुमार श्रेष्ठलाई यस बर्षको सम्मान प्रदान गर्ने निर्णय गर्यो। कला साहित्य, खेलकुद तथा विविध क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले गत बर्ष वेलायतमा स्थापना भएको धनकुटा प्रतिभा पुरस्कार कोष धनकुटा जिल्ला प्रसासन कार्यालयमा दर्ता भई हाल दुई देशमा यसको च्याप्टर समानान्तर संचालन हुदै आएको छ। विश्वको विभिन्न मुलुकमा रहेका सम्पूर्ण धनकुटेलीहरु यस संस्थाको स्वत सदस्य रहने प्रावधान अनुसार संस्थाको लागि सहयोगि दाताहरु पनि विभिन्न मुलुकमा रहेका छन्। विभिन्न मुलुकमा संस्थाको लागि कोष संकलन गर्ने कार्य पनि चलिरहेको छ भने हाल ३ लाख भन्दा बढि अक्षयकोष जम्मा भईसकेको छ। पूर्वेली लोकगीतका सम्राट तथा आधुनिक गीतका हस्ती शम्भुराई धनकुटा जिल्लाको चुङवाङ् गाविसमा आज भन्दा झण्डै ५३ बसन्त अघि जन्मनु भएको थियो। वहाको सघर्षपूर्ण जिवन र वहाले प्राप्त गर्नुभएको सफलताले धनकुटाको छात्ति विशाल बनेको छ। गायक शम्भु राईका गीत मन नपराउने नेपालीहरु सायदै होलान। विशेषत पूर्व नेपालमा गीत भनेकै शम्भु राईको गीत सम्झन्छन्। अनवरत रुपमा वहा यहि गायन क्षेत्रमा लाग्नु भएको छ र हाल सम्म वहाको अनगिन्ति एल्बम र हजारौ गीतहरु हामी सामु आईसकेका छन्। वहाले एक दर्जन प्रतियोगितामा पुरस्कार हात पार्नुभए मध्ये लोक गीत प्रतियोगिता २०४१, आधुनिक गीत प्रतियोगिता २०४३, राष्ट्रिय गीत प्रतियोगिता २०४३ मा गोल्ड मेडल प्राप्त गर्नुभएको छ। साहित्य तर्फ पुरस्कृत युवा स्रष्टा झमक घिमिरेको जन्म धनकुटाको कल्चिडेमा वि. स. २०३७ सालमा भएको हो। वहा जस्ता साहित्यकार संसारमा अत्यान्तै कम भएको अनुमान गर्न सकिन्छ। घिमिरेको हातखुट्टा दुवैले काम गर्दैन। वहाले बोल्न सक्नुहुन्न। सिर्फ खुट्टाको बुढि औलाले च्यापेर राम्रो संग लेख्न सक्नुहुन्छ। हामीले बोलेको कुरा सबै राम्ररी बुझ्न सक्नुहुन्छ। वहाले कसैबाट पनि शिक्षा लिनु भएको छैन। वहाको प्रकाशोन्मुख पुस्तकमा वहा स्वयंले प्रयोग गर्नुभएको शब्दमा भन्नुपर्दा वहा शारिरीक आशक्त सापे हुनुहुन्छ। बौदिक रुपमा वहा हामी सवल मान्छेको लागि चुनौती हो। वहाको हाल सम्म डेढ दर्जन पुस्तक प्रकाशित भईसकेका छन् भने वहा कान्तिपुरमा स्तम्भ पनि लेख्नुहुन्छ। वहाले झ48डै २ दर्जन पुरस्कारहरु प्राप्त गरिसक्नु भएको छ। वहाको आत्मा वृत्तान्त प्रकाशोन्मुख छ जुन अत्यन्तै लोकप्रिय बन्ने अनुमान गरिएको छ। यस बर्ष धनकुटा प्रतिभा प्रतिष्ठानले इतिहासकार शिवकुमार श्रेष्ठलाई पहिचान गरेको छ। साहित्यकार श्रेष्ठले लिम्बुवान तथा किरातको बारेमा झ48डै आधा दर्जन पुस्तक लेख्नुको साथै विश्व राजनीतिको विषयमा विभिन्न पुस्तकहरु लेख्नु भएको छ। वहा लामो समय देखि धनकुटा बहूमुखि क्याम्पसमा अध्यापन गराउदै आउनु भएको छ। पुरस्कृत तथा सम्मानित ब्यक्तित्वहरुलाई यहि आउदो २७ अप्रिलको दिन धनकुटामा एक समारोहको आयोजना गरि सरस्वतीको प्रसाद स्वरुप पुरस्कृत द्धयलाई जनही नगद रु १० हजार र प्रमाण पत्र प्रदान गरिने, सम्मानित ब्यक्तित्वलाई आभार पत्र सहित नगद रु ५ हजार प्रदान गरिने कार्यक्रम रहेको छ।वेलायत च्याप्टरले कार्यक्रम सफल बनाउन र कोषमा सहयोग गर्न सबैलाई आब्हान गरेको छ। धधध।मजबलपगतब।यचन।लउ मा सदस्य बन्नु भएका सबैमा धन्यवाद ज्ञापन गर्नुको साथै बाँकी सबैलाई सदस्य बन्न अनुरोध गरेको छ। वेलायत च्याप्टरले यस बर्षको समर कार्यक्रम आगामी जुलाई ११ तारिखका दिन सर्नकिल्फ स्थित सम्पन्न गर्नेकुरा पनि जनाएको छ। उक्त कार्यक्रमको अवसरमा धनकुटा प्रतिभा प्रतिष्ठानको स्मारिका विमोचन गर्ने कार्यक्रम पनि रहेको छ र सोहि कार्यक्रममा धनकुटा समाज वेलायतको कमिटि निर्माण हुनेकुरा पनि उल्लेख गरिएको छ। स्मरण रहोस, गत बर्ष यस धनकुटा प्रतिभाले नेपालमा साहित्य तर्फ मोमिला जोशि, गायन तर्फ नेपाल स्टार जित्न सफल विष्णु चेम्जोङ, खेलकुद तर्फ कराँतेमा सार्क स्तरिय खेलमा गोल्डमेडल प्राप्त गर्न सफल खेलाडि कुसल श्रेष्ठ र बरिष्ठ गायक नविन किशोर राईलाई सम्मान गरेको थियो भने वेलायतमा कुशल ब्यवसायीको रुपमा धन लिम्बूलाई सम्मान गरेको थियो। नेपाली सेनाका १३ जना सिपाहीको जलेर मृत्यु
जंगलमा लागेको आगो निभाउन गएका नेपाली सेनाका १३ जना सिपाहीको जलेर मृत्यु भएको छ । जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारस्थित अस्पतालतर्फ आगो आउन थालेपछि नियन्त्रणका लागि सुरक्षाकर्मी खटिएका थिए । रामेछाप बजारको वादीको जंगलमा बिहीबार बिहान करिब ११ बजे आगो लागेको थियो । आगो नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी करिब तीन सयको जनशक्ति खटाएको थियो । 'आगो अस्पतालतिर आउन थाल्यो, जनधनको क्षति हुन नदिन हामीले तत्कालै सुरक्षाका सबै निकाय परिचालन गर्यौँ,' प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारीले नयाँ पत्रिकासित भने । करिब तीन सय सुरक्षाकर्मीले स्याउलाले आगो नियन्त्रणमा लिएका थिए । सफल भएको भन्दै र्फकंदै गर्दा अचानक १३ सैनिकको लास देखेपछि सुरक्षाकर्मी स्तब्ध भएका थिए । 'हामी त आगो निभ्यो भनेर खुसी हुँदै र्फकंदै थियौँ, बाटोमा कसैले एउटा मान्छेको लास देख्यो,' उनले भने, 'को हो भनेर हेर्न जाँदा त एकपछि अर्को १३ वटा लास भेटिए ।'एकै ठाउँमा १३ जनाको मृत्यु कसरी भयो ? अहिलेसम्म अनुमान मात्रै भइरहेको छ । 'आगो निभाउँदै जाँदा उनीहरू खाल्डोमा परेछन्, तल भीर थियो, माथि आगो थियो । बीचमा परेर जलेजस्तो लाग्छ,' प्रजिअ भण्डारीले अनुमान गरे । मृतक तेह्रैजना नेपाली सेनाको श्रीजंग दल गुल्मका हुन् । नारायणदल गुल्मलाई विस्थापित गर्दै श्रीजंग दल गत माघ अन्तमा मात्र रामेछाप पुगेको हो । 'नयाँ ठाउँ भएकाले पनि सैनिकहरू अलमलिएर आगोको भुमरीमा परेको अनुमान गर्न सकिन्छ,' स्थानीय पत्रकार मिनु खड्काले लिम्वूवान डट व्लगस्पोट डटकमसित भनिन् ।
