News

Mar 12, 2010

युथफोर्सका नेतामाथि गोली प्रहारको विरोधमा बजार बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१२ मार्च,२०१०,एमाले निकट युथफोर्स, मोरङ अध्यक्ष परशुराम बस्नेत र उनका सहयोगी परशुराम राई अज्ञात समूहले चलाएको गोली प्रहारबाट घाइते भएका छन् । प्रहरीलाई उद्धृत गर्दै प्राप्त समाचार अनुसार विराटनगर उपमहानगरपालिका वडा नं १५ स्थित आफ्नो घर कम्पाउण्डमा बसिरहेका बेला उनीहरुमाथि बिहिबार बेलुका साँढे ६ बजेतिरको समयमा दुई व्यक्तिले गोली प्रहार गरि मोटरसाइकलमा भागेका थिए । बस्नेतको घुँडामा गोली लागेको छ भने र्राईको खुट्टामा गोली लागेको छ । घाइते दुवै जनाको स्थानीय न्यूरो रिर्सच सेन्टर, विराटनगरमा उपचार भईरहेको छ । बस्नेतको सघन र राईको आकस्मिक उपचार कक्षमा उपचार भईरहेको छ । एमालेले उक्त घटनाको घोर भर्त्सना गर्दै आक्रमणकारीहरुलाई पक्राउ गरी कडाभन्दा कडा कारवाही गर्न सरकारसमक्ष माग गरेको छ । सो घटनाको विरोधमा हिजो बेलुकादेखि नै विराटनगर बजार बन्द भएको छ ।

No comments: