News

Mar 11, 2010

सैनिकको गोलीबाट तीन महिला मारिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१२ मार्च,२०१०,सुर्खेत जिल्लाको सीमामा पर्ने बर्दिया राष्ट्रिय निकुञ्जको बाँसपानी बबई भ्यालीमा निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको गस्ती टोलीले गोली चलाउँदा एक बालिकासहित तीन महिलाको मृत्यु भएको छ । सैनिक जनसम्पर्क निर्देशनालयले भने भिडन्तमा तीन जना शिकारी मारिएको दावी गरेको छ । प्राप्त समाचार अनुसार बुधबार राती करिब साँढे आठ बजे भएको उक्त घटनामा सुर्खेत हरिहरपुर-५ घर भएका एकै परिवारका ३५ बर्षीया देवीसरा विक, ३२ बर्षीया अमृता बिक र १२ बर्षीया चन्दकला विकको घटनास्थलमै मृत्यु भएको छ । सेनाको टोलीले कृष्णबहादुर विकलाई पक्राउ गरि आवश्यक अनुसन्धान कारवाही गरिरहेको जनाएको छ । ती व्यक्तिहरु वन्यजन्तु चोरी शिकारीमा संलग्न भएको आरोप निकुञ्जले लगाएको छ । सैनिक जनसम्पर्क निर्देशनालयले भने सेनाको गस्ती टोली र शिकारीहरुबीच जम्काभेट भएपछि र गस्ती टोलीले शिकारीहरुलाई चेतावनी दिंदा समेत उनीहरुले गस्ती टोलीमाथि फायर गरेपछि आत्मरक्षाका लागि प्रतिकारात्मक कारवाही गर्दा तीन जनाको मृत्यु भएको र अन्य चार जना भाग्न सफल भएको जनाएको छ ।

No comments: