लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१० मार्च,२०१०, प्रधानमन्त्री माधवकुमार नेपालले दलहरुबीचको खिचातानीका कारण संवैधानिक निकायहरुलाई पूर्णता दिन नसकिएको बताएका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवसका अवसरमा राजधानीमा आयोजित समारोहमा उनले अख्तियार लगायतका आयोगहरुलाई पूर्णता दिन गरिएका प्रयास सफल हुन नसकेको बताए ।उनले अख्तियारले भ्रष्टाचार नियन्त्रणका लागि महत्वपूर्ण भूमिका खेलेको भएपनि पूर्णतया नियन्त्रणका लागि मुलुकमा सुशासन कायम हुनुपर्नेमा जोड दिए ।सभामुख सुवास नेम्वाङले भ्रष्टाचार विरुद्धको महासन्धीमा नेपालले हस्ताक्षर गरेपनि संसदबाट अनुमोदन हुन नसकेका कारण भ्रष्टाचार नियन्त्रणमा ठोस कार्य हुन नसकेको बताए । प्रधानन्यायधीश अनुपराज शर्माले आयोगमा पदाधिकारी नियुक्त नभएसम्म स्थापना दिवस मनाउनुको औचित्य नभएको टिप्पणी गरेका थिए । स्थापना दिवसका अवसरमा राष्ट्रपति रामवरण यादवले आयोगद्वारा जारी स्मारिका विमोचन गरेका थिए ।
No comments:
Post a Comment