लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१२ मार्च, २०१०,जन्तीले आफ्ना सहकर्मीको कुटपिट गरी हत्या गरेको बिरोधमा झापाका यातायात मजदुरहरुले आजदेखि मेची अञ्चलमा अनिश्चितकालीन यातायात बन्द घोषणा गरेका छन् ।दोषीमाथि कारवाही मृतक परिवारलाई क्षतिपूर्ति सडकलाई शान्तिक्षेत्र घोषणा गर्न माग गर्दै उनीहरुले आजदेखि यातायात बन्द घोषणा गरेका हुन् । मजदुरकहरुको आन्दोलनका कारण मेची राजमार्ग र सहायक मार्गहरुमा सवारी साधन ठप्प बन्न पुगेको छ । अस्ति साँझ झापाबाट जन्ती लिएर मोरङको गोविनपुर जाँदै गरेको मे १ ख.१८३५ नम्बरको बसका चालकमाथि जन्तीले आक्रमण गरी हत्या गरेको मजुरहरुले आरोप लगाएका छन ।उनीहरुले सामान्य विवादमानै चालकलाई आक्रमण गरी हत्या गरिएको दाबी गरेका छन् । आक्रमणको क्रममा चालक शेरबहादुर मगरको मृत्यु भएको थियो । मोरङ इटहरा-३ का ३५ वर्षीय मगर केही वर्षदेखि झापाको सुरुङ्गामा बस्दै आएका थिए।प्रहरीले भने घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

No comments:
Post a Comment