लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन २७,सुडानको डार्फरस्थित अफ्रिकन युनियन युनाइटेड नेसन्स हाइब्रिड अपरेसन इन डाफर मिशनमा तैनाथ नेपाली फोर्स रिजर्भ कम्पनीका शान्ति सैनिकले दक्षिणी डार्फरको लिमो गाउँबाट दुई शान्ति सैनिकको उद्दार गरेका छन्। ती सैनिक विद्रोहीको घेरामा परी हराएका थिए। यो मिशनको सेक्टर साउथअन्तरगतको कास टीम साइटबाट फागुन २१ गते जेबेल मार्रा हिल्स इलाकामा गएका ६० जना शान्ति सैनिकको गस्ती टोलीमाथि अपरिचित बिद्रोही समूहले घेरा हाली एम्बुसमा पारेपछि गस्ती टोलीका दुई जना हराएका थिए भने बाँकी शान्ति सैनिक कास टीम साइट पुगेका थिए। उक्त घटनामा बिद्रोही समूहले शान्ति सैनिकको हातहतियार, गोलीगठ्ठा, सवारी साधन तथा व्यक्तिगतलगायतका सामग्री नियन्त्रणमा लिएका थिए। २२ गते मिशन मुख्यालयले प्रमुख सेनानी अनुपजङ्ग थापाको नेतृत्वमा त्यहाँ तैनाथ नेपाली फोर्स रिजर्भ, बङ्गलादेशी सेक्टर रिजर्भ तथा नाइजेरियाली कन्टिन्जेन्टका संयुक्त फौजलाई हराइरहेका दुई शान्ति सैनिकको खोजतलास तथा उद्दारका लागि परिचालन गरेको थियो। भोलिपल्ट लिमो गाउँका बासिन्दाबाट हराइरहेका ती सैनिकबारे जानकारी प्राप्त भएपछि उक्त संयुक्त फौजले ती शान्ति सैनिकको उद्दार गरेका सेनाले निकालेको विज्ञप्तिमा उल्लेख छ।
No comments:
Post a Comment