News

Mar 11, 2010

सार्कोजी र ब्रुनीको नयाँ प्रेम सम्बन्धको नयाँ चर्चा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पेरिस, फागुन २७,युरोपको शक्ति राष्ट्र फ्रान्सका राष्ट्रपति निकोलास सार्कोजी र उनकी मोडल पत्नी कार्ला ब्रुनीको नयाँ प्रेम सम्बन्धले यतिबेला चर्चा पाएको छ। ब्रुनीको एक संगीतकर्मीसँगको निकट सम्बन्ध रहेको कुरा पहिलोपटक सोसल नेटवर्किङ साइट ट्वीटरमा आएको थियो। त्यसपछि वेबसाइटहरूले समाचार प्रकाशित गरेका थिए भने प्रतिष्ठित पत्रिकाले पनि त्यससम्बन्धी समाचारलाई प्रकाशित गरेका छन्। ट्वीटरमा आएको जानकारीहरूले ब्रुनी र गायक बेन्जामिन बायोलेबीच निकट सम्बन्ध छ। ब्रुनी र बायोलेबीच लामो समयदेखिका साथी हुन्। यता राष्ट्रपति सार्कोजी भने आफ्नै मन्त्रिपरिषद्की पर्यावरणमन्त्री चान्ताल जोआनोसँग नजिकिएका छन्। कराँते च्याम्पियन जोआनो विवाहित हुन्। जर्नल ...ड डिमान्चे'ले ब्रुनी र बायोले केही साताअघि छुट्टी मनाउन थाइल्याण्ड गएको लेखेको छ। सो पत्रिकाले सार्कोजीको फोनपछि ब्रुनी भ्रमण छोट्याएर फर्किएको उल्लेख गरेको छ।एउटा टेलिभिजन च्यानलले बायोले पुरस्कार जित्दा पहिलो बधाइ ब्रुनीले दिएको र जोआनो कराँते च्याम्पियन हुँदा पहिलो बधाइ सार्कोजीले दिएको जनाएको छ। यो विषयमा टिप्पणी गर्न इलेसी प्यालेसले अस्वीकार गरेको टेलिग्राफले लेखेको छ।

No comments: