News

Apr 19, 2010

माओवादीले ३ हजारलाई जनविद्रोहका लागि तालिम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख ६- माओवादीले कैलालीका विभिन्न स्थानमा शिविर सञ्चालन गरेर करिब ३ हजार जनालाई जनविद्रोहका लागि भनेर सुरक्षा तालिम दिइरहेको छ। तालिममा माओवादीका सबै भातृ सङ्गठनका कार्यकर्ता, विद्यार्थी, शिक्षक र सर्वसाधारण सहभागी छन्। कैलालीका १० स्थानमा शिविर खोलेर सोमबार बिहानदेखि सैन्य तालिम दिइराखिएको छ।
तालिममा सहभागी प्रायजसो १६ देखि २५ वर्ष उमेरका युवा छन्। तालिममा सहभागी सबैलाई शिविरमै खाने/बस्ने व्यवस्था पनि मिलाइएको छ। यो तालिम एक सातासम्म चल्ने बताइएको छ।'सबै युवा वाइसियल, सबै वाइसियल मिलिटेन्ट। जहाँ रात, त्यहाँ बास, जहाँ बास, त्यहाँ गाँस' भन्ने मूल नाराका साथ ३ हजारलाई तालिम दिइराखिएको माओवादीका थारुवान राज्य समिति सदस्य सुन्दर रेग्मीले बताएका छन्।तालिम सिद्धिएपछि जनतालाई प्रशिक्षित गर्न तालिम लिएका युवालाई देशव्यापी अभियानमा परिचालन गर्न सकिने उनले बताए। माओवादीले सशस्त्र द्वन्द्वका बेला पनि एक ठाउँवाट अर्को ठाउँमा सर्वसाधारणलाई अभियानका रुपमा लगेका थिए।

No comments: