News

Apr 19, 2010

आफ्नै पार्टी वीरुद्ध एमाले कार्यकर्ता सडकमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
(बिर्तामोड), झापा विद्रोहका नायक डिकेन्द्र राजवंशी (डिकेन) को आत्महत्याको विषयलाई लिएर एमाले कार्यकर्ताले झापाको चारआलीमा आइतबार पार्टी वीरुद्ध प्रदर्शन गरेका छन्।शनिबार बिहान नेकपा (एमाले) को मुख्यालय बल्खुमा आत्महत्या गरेका राजवंशीको शव शनिबार बिहानै झापा ल्याइएपछि एमाले कार्यकर्ता र आफन्त पूर्वपश्चिम राजमार्गमा आएर प्रदर्शन गर्दै यातायात तथा बजार बन्द गराएका थिए। राजवंशीको शव बिहान ८ बजे झापा ल्याइए पनि विरोधका कारण दाहसंस्कार भने हुन सकेन।एमाले कार्यकर्ता र आफन्तले पार्टी लामो समयसम्म योगदान दिएका राजवंशीलाई पार्टी बेवास्ता गरेका कारण आत्महत्या गरेको भन्दै पीडित परिवारलाई उचित राहतको व्यवस्थाको माग गरेका थिए। प्रदर्शनलगत्तै प्रशासनले बाक्लो सुरक्षाकर्मी परिचालन गरेको थियो। उता स्थानीय बासिन्दाले शवलाई बिर्तामोडस्थित पार्टीकार्यालयमा लैजाने हल्ला चलेपछि त्यहाँ पनि सुरक्षा व्यवस्था कडा पारिएको थियो।आत्महत्याको खबरले शनिबारदेखि नै राजवंशीको गाउँ दुवागढी शोकमग्न बनेको थियो। एमाले दुवागढी गाउँ कमिटी सचिव जीवन प्रर्साईंले प्रदर्शन लगत्तै एमालेका केन्द्रीय, जिल्ला र गाउँ कमिटीका नेताहरू,पीडितपक्ष र अन्य समाजसेवीबीच लामो समयसम्म वार्ता चलेको जानकारी दिनुभयो।

No comments: