News

Jul 13, 2010

प्रधानमन्त्रीको छिनोफानो साउन पाँच गते चुनावबाटै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सहमतिको सरकार बनाउन प्रमुख दलहरु विफल भएपछि अब नयाँ प्रधानमन्त्रीको छिनोफानो साउन पाँच गते व्यवस्थापिका संसदमा चुनावबाटै हुने भएको छ।उम्मेदवारी कसैले घोषणा गरिसकेका छैनन्।तर एकिकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेबाट प्रधानमन्त्रीको दावी र इच्छा देखाइएको छ।प्रधानमन्त्रीको कुर्सी ताकिरहेका पार्टीहरुको निम्ति प्रतिस्पर्धाको मैदान खुला भएको घोषणा सभामुख सुवासचन्द्र नेम्वाङ्ले संसद बैठकमा गरेका थिए।संसदका सबै पार्टीका प्रतिनिधि रहेको कार्य व्यवस्था परामर्श समितिको सुझाव अनुसार सभामुख नेम्वाङ्ले उक्त कदम चालेका हुन्।

No comments: