News

Jul 10, 2010

संसारभरमा पाँच अर्ब मोबाइल कनेक्सन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संसारभरमा गत डेढ वर्षमा एक अर्ब नयाँ मोबाइल कनेक्सनका साथ विश्वभरमा अब मोबाइल कनेक्सनको संख्या पाँच अर्ब पुगेको छ।संसारभरका मोबाइल कनेक्सनसम्बन्धी जानकारी दिने संस्था वायरलेस इन्टेलिजेन्सका अनुसार एसिया प्रशान्त क्षेत्रमा भारत र चीतमा मोबाइल कनेक्सन तिब्रताका साथ बढेका कारण जुन २०१० सम्म एसिया प्रशान्त क्षेत्रमा संसारको ४७ प्रतिशत कनेक्सन छ।सन् २००८ मा विश्वमा मोबाइल कनेक्सन चार अर्ब पुगेको थियो । वायरलेस इन्टेलिजेन्सका विश्लेषकहरुका अनुसार सन् २०१२ को मध्यसम्ममा यो संख्या ६ अर्बसम्म पुग्नेछ।मोबाइल फोनको क्षेत्रका जानकार बेन वुडका अनुसार पाँच अर्ब मोबाइल कनेक्सनको अर्थ यसको संख्या पर्सनल कम्प्युटरको तुलनामा तीन गुना हो । सन् २९९४ देखियता मात्र १० अर्ब मोबाइल विक्री भइसकेको छ। साथै नोकियाले मात्रै ३.४ अर्ब मोबाइल बेचेको छ। यसको अर्थ यो हो कि पाँच अर्ब मोबाइल त मानिसहरुको दराजमै थन्केको छ।पश्चिम युरोपमा मोबाइल फोनको पहुँच १३० प्रतिशत छ र पूर्वी युरोपमा पनि यसको प्रतिशत १२३ छ। अफ्रीकामा यो प्रतिशत ५२ रहेको छ।पर्यवेक्षकहरुका अनुसार जति नयाँ यन्त्र मोबाइलसँग जोडिन्छ त्यसैलाई हेरेर अनुमान गर्न सकिन्छ कि भविष्यमा यसको बजार अझ फैलनेछ।बेन वुडका अनुसार आर्थिक कठिनाईका बावजुद सब-साहाराका अफ्रीकी मुलुकहरुमा मोबाइल कनेक्सन तिब्रताका साथ बढ्नेछ, चाहे गरिबीका कारण कयौ स्थानमा मोबाइलका खर्च जुटाउन मुस्किल काम होस् ।

No comments: