News

Jul 11, 2010

नेपालको पहिलो महिला उपसभामुखको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इटहरी, असार २७,नेपालको पहिलो महिला उपसभामुख लिला श्रेष्ठ सुब्बाको आइतबार बिहान मृत्यु भएको छ। लामो समयदेखि अस्वस्थ्य रहेकी ६३ बर्षीया सुब्बाको धरान-५ मा आफनै घरमा मृत्यु भएको हो। २०५१ सालको आम निर्वाचनमा सुनसरी क्षेत्र नम्बर-१ बाट संसदमा बिजयी भएपछि उनी २०५५ सालसम्म उपसभामुख भएकी थिएन्। झण्डै १२ बर्षअघि देखि दम रोगले पीडित भएकी उनी पछिल्लो विगत दुई बर्षदेखि निकै सिकिस्त भएकी थिइन्। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरेर ६ दिन अघि मात्र उनलाई घर ल्याइएको थियो। ताप्लेजुङ्को सिगैचा-९ मा वि.स. २००४ सालमा वाबु अम्बरवहादुर मेयाङ्वो र आमा सुकमतीको छोरी सुब्बा विद्यार्थी जीवनदेखि नै कम्युनिष्ट पार्टीमा आबद्ध भएकी थिइन्। २०३६ सालदेखि कम्युनिष्ट पार्टीमा सक्रिय उनी पछिल्लो समयमा एमाले केन्द्रिय कमिटी सल्लाकार समेत रहेकी थिइन्। सुब्बाको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि धरानको भानुचौकमा राखिने र अपरान्ह दाहसंस्कार गरिने भएको छ।उनको शवमा अन्तिम श्रद्धाञ्जली दिन संविधानसभा अध्यक्ष सुवाशकुमार नेम्वाङ्, कामचालउ सरकारका शान्ति मन्त्री रकम चेम्जोङ् सहित अन्य एमालेका केन्द्रिय नेता आउने कार्यक्रम छ।

No comments: