News

Nov 4, 2010

एभरेष्ट ताइ क्वान दो एकेडेमीको १५ औं अपग्रेडीङ सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सन् २०१० अक्टुवर ३१ तारीख आइतवारको दिन हङकङस्थित मङकक फा युन स्पार्ट सेन्टरमा एभरेष्ट ताइ क्वान दो एकेडेमीको १५ औं वेल्ट अपग्रेडीङ सफलताका साथ सम्पन्न भएको छ । उक्त अपग्रेडीङमा महिला तथा पुरुष सवै उमेरका ८० प्रशिक्षार्थीहरुले वाइट वेल्ट देखि ब्लाक वेल्ट सम्मको अपग्रेडीङ गराइएको थियो । सो अपग्रेडीङमा ग्राण्ड मास्टर उ जोङ पील अवस्थका कारण उपचारको लागि कोरीयामा जानु भएकोले कोरीया ताइ क्वान दो चुङ दो क्वानका प्रमुख इन्स्ट्रक्टर मास्टर कक र सोही क्लवका प्रमुख इन्स्ट्रक्टर मास्टर रविन कुमार नाल्वोव्दारा अपग्रेडीङ सम्पन्न गराइएको थियो । फ्री किकिङ,पुम्से,डेमोस्ट्रेसन,फ्री फाइटीङ र फस्ट डन देखि थर्ड डन सम्मको ब्लाक वेल्ट र्सर्टिफिकेट उक्त मास्टरहरुव्दारा प्रशिक्षार्थीहरुलाई हस्तान्तरण गरिएको थियो । एभरेष्ट ताइ क्वान दो एकेडेमीले हरेक ३,३ महिनामा वेल्ट अपग्रेडीङ र हरेक बर्ष आफ्नो बार्षीकोत्सव सम्पन्न गर्दै आएको छ ।

No comments: