News

Dec 14, 2010

साग महिला फुटबल च्याम्पियनसीपमा नेपालको ऐतिहासिक जित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल साग महिला फुटबल च्याम्पियनसीपको दोश्रो चरणमा प्रवेश गर्ने संभावना बलियो देखिएको छ। बंगलादेशमा जारी कक्स बजारमा भएको खेलमा अफगानिस्तानलाई १३-० गोलले फराकिलो जित हात पार्दै नेपालले दोश्रो चरण प्रवेशको संभावना बलियो बनाएको हो । नेपालको तर्फबाट लागि कप्तान जमुना गुरुङ्गले ५ तथा अनु लामाले ४ गोल गरिन् । पेनाल्टीमा पहिलो गोल गरेकी जमुनाले ५०, ५२, ५४ र ५९ औं मिनेटमा गरी ५ गोल गरेकी हुन् । यस्तै अनुले तेश्रो, २७ औं, ३७ औं र पहिलो हाफको ईन्जुरी समयमा गरी ४ गोल गरिन् । उनले यसअघि उद्घाटन खेलमा माल्दिभ्स विरुद्ध हृयाटि्क गरेकी थिइन्। उता, प्रमिला राइले २ तथा सजना राना र लक्ष्मी पौडेलले एक/एक गोल गरिन्र । यसअघि नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ६ सुन्यको फराकिलो अन्तरले हराएको थियो।

No comments: