लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मिन्स्क/ बेलारुसका राष्ट्रपति अलेक्सान्द्र लुकासेन्को राष्ट्रपति चुनावमा फेरि विजयी भएका छन् । आइतबार केन्द्रीय निर्वाचन आयोगले प्रारम्भिक परिणाम घोषणा गर्दै उक्त कुरा बताएको हो । केन्द्रीय
निर्वाचन आयोगकी प्रमुख लिदिया येर्मोसिनाले सञ्चारकर्मीसँग कुरा गर्दै लुकासेन्कोले 'बन्द क्षेत्र'का ९० प्रतिशत मतदाताको मत हासिल गरी अपार सफलता पाएको दाबी गरेको बताइन् । बन्द क्षेत्र भन्नाले अस्पताल, नर्सिङ होम र सैनिक इकाइ रहेका ठाउँमा राखिएका मतदानकेन्द्र पर्छन् । येर्मोसिनाले गनिसकिएका मतको ८९ दशमलव १ प्रतिशत मत राष्ट्रपति लुकासेन्कोले बटुलेको बताउँदै बन्द क्षेत्रका मतदानकेन्द्रमा करिब ७० हजारले मत खसालेको जानकारी दिइन् । मतदानका सर्वेक्षणकर्ता संस्थाले लुकासेन्कोले जितेको निश्चित गरेका छन् । इकुम नामक एक विश्लेषण केन्द्रले लुकासेन्कोले ७९ दशमलव १ प्रतिशत मत बटुलेको बताएको छ । टिएनएस्-उक्रेन नामक अर्को कम्पनीले उनको भागमा ७४ दशमलव २ प्रतिशत मत परेको जनाएको छ । अर्कोतिर हजारौँ हजार बेलारुसी नागरिक राजधानी मिन्स्कको मुटु मानिने अक्टोबर स्क्वायरमा भेला भएर धाँधलीयुक्त निर्वाचनको विरोध गरिरहेका छन् ।
विपक्षी उम्मेदवारले आइतबार राति मतदान सकिएपछि आपना समर्थकलाई नयाँ निर्वाचनको माग गर्न लगाउन एक संयुक्त शान्ति र्यालीको आयोजना गर्ने बताएका थिए । तर, सरकारी अधिकारीहरूले पूर्व अनुमति नलिई कुनै पनि र्याली गर्नु गैरकानुनी हुने बताएका थिए । अक्टोबर स्क्वायर जाने बाटोमा दुई उम्मेदवार पिटिएको समाचार आएको छ ।
रुस र पश्चिमा मुलुकका बीचको बफर स्टेटका रूपमा सामरिक महत्त्वको पूर्व सोभियत मुलुक बेलारुसमा यस निर्वाचनले अनिश्चितताको संकेत देखाएको छ । पश्चिमाहरू लुकासेन्कोका आलोचक रहिआएका छन् । सञ्चारमाध्यमले लुकासेन्कोविरुद्ध मैदानमा खडा भएका तीन उम्मेदवारलाई गिरफ्तार गरिएको र प्रमुख विपक्षी नेता ब्लादिमिर नेक्ल्यायेभलाई सादा पोसाक लगाएका व्यक्तिले अस्पतालबाट जबर्जस्ती बाहिर निकाली लगेको बताएका छन् ।
आइतबार भएको निर्वाचन १९९१ मा बेलारुस स्वतन्त्र भए यताको चौथो राष्ट्रपति निर्वाचन हो, जसमा उनैले जितिआएका छन् । धेरै अन्तर्राष्ट्रिय पर्यवेक्षकले स्थानीय समयअनुसार राति आठ बजे मतदान बन्द गरेकोमा सकारात्मक टिप्पणी गरेका छन् ।
मिन्स्क/ बेलारुसका राष्ट्रपति अलेक्सान्द्र लुकासेन्को राष्ट्रपति चुनावमा फेरि विजयी भएका छन् । आइतबार केन्द्रीय निर्वाचन आयोगले प्रारम्भिक परिणाम घोषणा गर्दै उक्त कुरा बताएको हो । केन्द्रीय
निर्वाचन आयोगकी प्रमुख लिदिया येर्मोसिनाले सञ्चारकर्मीसँग कुरा गर्दै लुकासेन्कोले 'बन्द क्षेत्र'का ९० प्रतिशत मतदाताको मत हासिल गरी अपार सफलता पाएको दाबी गरेको बताइन् । बन्द क्षेत्र भन्नाले अस्पताल, नर्सिङ होम र सैनिक इकाइ रहेका ठाउँमा राखिएका मतदानकेन्द्र पर्छन् । येर्मोसिनाले गनिसकिएका मतको ८९ दशमलव १ प्रतिशत मत राष्ट्रपति लुकासेन्कोले बटुलेको बताउँदै बन्द क्षेत्रका मतदानकेन्द्रमा करिब ७० हजारले मत खसालेको जानकारी दिइन् । मतदानका सर्वेक्षणकर्ता संस्थाले लुकासेन्कोले जितेको निश्चित गरेका छन् । इकुम नामक एक विश्लेषण केन्द्रले लुकासेन्कोले ७९ दशमलव १ प्रतिशत मत बटुलेको बताएको छ । टिएनएस्-उक्रेन नामक अर्को कम्पनीले उनको भागमा ७४ दशमलव २ प्रतिशत मत परेको जनाएको छ । अर्कोतिर हजारौँ हजार बेलारुसी नागरिक राजधानी मिन्स्कको मुटु मानिने अक्टोबर स्क्वायरमा भेला भएर धाँधलीयुक्त निर्वाचनको विरोध गरिरहेका छन् ।विपक्षी उम्मेदवारले आइतबार राति मतदान सकिएपछि आपना समर्थकलाई नयाँ निर्वाचनको माग गर्न लगाउन एक संयुक्त शान्ति र्यालीको आयोजना गर्ने बताएका थिए । तर, सरकारी अधिकारीहरूले पूर्व अनुमति नलिई कुनै पनि र्याली गर्नु गैरकानुनी हुने बताएका थिए । अक्टोबर स्क्वायर जाने बाटोमा दुई उम्मेदवार पिटिएको समाचार आएको छ ।
रुस र पश्चिमा मुलुकका बीचको बफर स्टेटका रूपमा सामरिक महत्त्वको पूर्व सोभियत मुलुक बेलारुसमा यस निर्वाचनले अनिश्चितताको संकेत देखाएको छ । पश्चिमाहरू लुकासेन्कोका आलोचक रहिआएका छन् । सञ्चारमाध्यमले लुकासेन्कोविरुद्ध मैदानमा खडा भएका तीन उम्मेदवारलाई गिरफ्तार गरिएको र प्रमुख विपक्षी नेता ब्लादिमिर नेक्ल्यायेभलाई सादा पोसाक लगाएका व्यक्तिले अस्पतालबाट जबर्जस्ती बाहिर निकाली लगेको बताएका छन् ।
आइतबार भएको निर्वाचन १९९१ मा बेलारुस स्वतन्त्र भए यताको चौथो राष्ट्रपति निर्वाचन हो, जसमा उनैले जितिआएका छन् । धेरै अन्तर्राष्ट्रिय पर्यवेक्षकले स्थानीय समयअनुसार राति आठ बजे मतदान बन्द गरेकोमा सकारात्मक टिप्पणी गरेका छन् ।
No comments:
Post a Comment