News

Mar 15, 2011

भूमिहीन किसानहरुको आन्दोलन आजबाट शुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जोताहा भूमिहीनका पक्षमा भूमिसुधार गर्ने संवैधानिक व्यवस्थाको मागसहित भूमिहीनहरूहरुको आन्दोलन आज बाट शुरु भएको छ । १५ दिने दबाबमूलक आन्दोलनका लागि बिभिन्न जिल्लाहरूबाट भूमिहीन किसानहरू राजधानीमा आईपुगेका छन्। जेठ १४ भित्र नयाँ संविधान निर्माणका लागि खबरदारी गर्न, जोताहा किसानको पक्षमा भूमिसुधार गर्ने संवैधानिक व्यवस्था गराउन, भूमिमा महिलाको अधिकार सुनिश्चित गर्न र भूमि आयोगको प्रतिवेदन कार्यान्वयनलगायतका माग राख्दै देशैभरका भूमिहीन किसानहरू राजधानी केन्द्रीत आन्दोलनमा सहभागी हुन उनीहरु आएको भूमिअधिकार मञ्चका जगत देउजाले जानकारी दिए।उनका अनुसार चैत १ गते मंगलबार १२ बजेदेखि खुलामञ्चदेखि संविधानसभा भवनसम्म जुलुस र संविधानसभा भवनअगाडि निरन्तर सभा र धर्ना गरिने छ । चैत २, ३ र ४ गते एनेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमाले मुख्यालयमा धर्ना तथा प्रमुख नेताहरूसँग भूमिहीनहरूका मागका बारेमा छलफल, यस्तै ६ र ७ गते फोरम, फोरम लोकतान्त्रिक, तमलोपा, नेकपा माले, नेमकिपा, नेकपा एकीकृत, राष्ट्रिय जनमोर्चा, राप्रपा, सद्भावना, चुरेभावर, दलित जनजातीलगायतका पार्टीका प्रमुखहरूसँग आफ्ना मागका बारेमा छलफल गर्ने छन् ।भूमिअधिकारकर्मी देउजाका अनुसार चामल, दाल, तेल, तरकारी बोकेर काठमाडौँ आएका भूमिहीनहरू आन्दोलनबाट ठोस उपलब्धि नहुँदासम्म जिल्ला नफर्कने जनाएका छन् ।

No comments: