लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ
धनकुटा लिम्बुवान २६ फागुन २०६७,धनकुटा जिल्ला कार्य समिति मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको आयोजनामा २०६७ फागुन २६ गते धनकुटा बजारको सुरभी होटलमा एकदिने संघीयवादी
लिम्बुवानी राजनीतिक प्रशिक्षण कार्यक्रम परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन "मिराक" को प्रमुख प्रशिक्षकत्व र धनकुटा जिल्लाका अध्यक्ष देवनारायण लावतीको अध्यक्ष्तामा सम्पन्न भएकोछ । लिम्बुवानका राष्ट्रिय पार्षद तथा भू.पू. डीएसपी कृष्णमान थेबे, केन्द्रीय सदस्य दिलकुमार फोम्बो र द्वीतीय महासचिव तथा एलभी केन्द्रीय कमाण्डर फक्ताङलुङ योङहाङको समेत प्रशिक्षणात्मक सम्बोधन रहेको सो कार्यक्रमको सञ्चालन संघीय विद्यार्थी युनियन लिम्बुवान राज्य परिषदका अध्यक्ष जेण्टल लावतीद्वारा गरिएको थियो । प्रमुख अतिथि तथा प्रशिक्षक संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङदेन "मिराक" ले प्रशिक्षण दिने क्रम्मा लिम्बुवान आन्दोलनको प्रमुख शत्रू केन्द्रीकृत एकात्मक राज्यसत्ता भएको र लिम्बुवानका सम्पूर्ण जातिहरुको यो केन्द्रीकृत एकात्मक राज्यसत्तालाई परास्त गर्न एकजुट हुनुपर्ने बताउनु भएको थियो । प्रशिक्षणकै क्रममा अध्यक्ष लिङ्देनलले अरुण-सप्तकोशीपूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्यको स्थापना गर्न सबै पार्टीहरुलाई यो मुद्दामा केन्द्रित गराउनु पर्ने धारणा राख्नु भयो । यही क्रम्मा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदलाई अब लिम्बुवानी राजनीतिबाट कसैले पनि छेउ लाउन नसक्ने ठोकुवा गर्दै पार्टी नेता तथा कार्यकर्ताहरुलाई विश्वस्त तुल्याउनु भयो । यही प्रशिक्षणसँगै भएको बैठकले २०६८ वैशाखको पहिलो हप्ता धनकुटातामा विशाल लिम्बुवानी आमसभा गर्ने निर्णयसमेत गरेको छ ।
फोटोः जेण्टल लावती
लिम्बुवानी राजनीतिक प्रशिक्षण कार्यक्रम परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन "मिराक" को प्रमुख प्रशिक्षकत्व र धनकुटा जिल्लाका अध्यक्ष देवनारायण लावतीको अध्यक्ष्तामा सम्पन्न भएकोछ । लिम्बुवानका राष्ट्रिय पार्षद तथा भू.पू. डीएसपी कृष्णमान थेबे, केन्द्रीय सदस्य दिलकुमार फोम्बो र द्वीतीय महासचिव तथा एलभी केन्द्रीय कमाण्डर फक्ताङलुङ योङहाङको समेत प्रशिक्षणात्मक सम्बोधन रहेको सो कार्यक्रमको सञ्चालन संघीय विद्यार्थी युनियन लिम्बुवान राज्य परिषदका अध्यक्ष जेण्टल लावतीद्वारा गरिएको थियो । प्रमुख अतिथि तथा प्रशिक्षक संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङदेन "मिराक" ले प्रशिक्षण दिने क्रम्मा लिम्बुवान आन्दोलनको प्रमुख शत्रू केन्द्रीकृत एकात्मक राज्यसत्ता भएको र लिम्बुवानका सम्पूर्ण जातिहरुको यो केन्द्रीकृत एकात्मक राज्यसत्तालाई परास्त गर्न एकजुट हुनुपर्ने बताउनु भएको थियो । प्रशिक्षणकै क्रममा अध्यक्ष लिङ्देनलले अरुण-सप्तकोशीपूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्यको स्थापना गर्न सबै पार्टीहरुलाई यो मुद्दामा केन्द्रित गराउनु पर्ने धारणा राख्नु भयो । यही क्रम्मा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदलाई अब लिम्बुवानी राजनीतिबाट कसैले पनि छेउ लाउन नसक्ने ठोकुवा गर्दै पार्टी नेता तथा कार्यकर्ताहरुलाई विश्वस्त तुल्याउनु भयो । यही प्रशिक्षणसँगै भएको बैठकले २०६८ वैशाखको पहिलो हप्ता धनकुटातामा विशाल लिम्बुवानी आमसभा गर्ने निर्णयसमेत गरेको छ ।फोटोः जेण्टल लावती
No comments:
Post a Comment