News

Jan 17, 2012

अपहरणको आरोपमा पक्राउ परेका गुप्तालाई ४ दिन थुनामा राख्न अदालतको आदेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अदालतले व्यापारी अहपरणको योजनाकारको आरोपका पक्राउ परेका पूर्व मन्त्री श्याम सुन्दर गुप्तालाई चार दिन हिरासतमा राखी अनुसन्धान गर्न निर्देशन दिएको छ । हिजो भैरहवास्थित आफ्नै घरबाट पक्राउ परेका गुप्तालाई प्रहरीले जिल्ला अदालत काठमाडौँमा म्याद थपको लागि पुर्याएपछि प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न निर्देशन दिएको हो । उनलाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीस भोजराज शर्माकोे इजलासले थुनामा राखेर अनुसन्धान गर्न निर्देशन दिएको हो । गुप्ता पूर्व आपूर्ति मन्त्रीका साथै सद्भावना पार्टी आनन्दीदेवीका अध्यक्षसमेत हुन् । उनले व्यापारी पवन संघाईको अपहरणको विषयमा आफू संलग्न नरहेको बताउँदै आएका छन् ।

No comments: