News

Jan 15, 2012

सुरक्षाको माग गर्दै धरानका ३८ वटा औसधी पसल बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडि रहेका सबै औषधि पसल आइतबार पनि बन्द रहेका छन् । तरुण दलका सुनसरी उपसभापति प्रविण राईले सार्वजनिक स्थलमा एक औषधी व्याबसायीलाई आक्रमण गरेपछि त्यसको विरोधमा सुरक्षाको माग गर्दै सबै औषधि पसल बन्द गरिएको हो। प्रतिष्ठान अगाडिका ३८ औषधी व्याबासायीहरुले सामुहिक रुपमा औषधी पसल बन्द गरेपछि प्रतिष्ठानमा उपचार गर्न आउने विरामीलाई औषधी किन्न अप्ठ्यारो परेको छ । विपि प्रतिष्ठानको मुख्य प्रवेश द्वारअगाडि रहेको अनिता मेडिकोका सञ्चालक वीरेन्द्र गुप्तालाई राईले शनिबार कुटपिट गरेकोले दोषीमाथि कानुनी कारवाही गर्न पर्ने माग गर्दै पसल बन्द गरिएको बताईएको छ। प्रतिष्ठानमा दैनिक तीन हजार भन्दा बढी विरामी र उपचार गर्न आउने गरेका छन् भने अस्पताल भित्र विभिन्न रोगबाट ग्रसित सात सय बढी विरामी भर्ना भएका छन् । अस्पताल भित्र रहेको लाइफ केयर औषधी पसल भएपनि ६० प्रतिशतले प्रतिष्ठान बाहिरको पसलबाट औषधी लैजाने गरेका छन्।

No comments: