लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
महान् शहीदहरुको सम्झनामा आजबाट शहीद सप्ताह सुरु भएको छ। नेपाली जनतालाई जहानियाँ राणा शासनबाट मुक्त गर्न आफ्नो जीवन आहुति दिने महान् शहीदहरुको सम्झनामा सँधै झैं यस वर्ष पनि शहीद सप्ताह विभिन्न कार्यक्रम गरि मनाईदै छ। आज शहीद शुक्रराज शास्त्रीको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना गरिंएको छ। प्रजातन्त्र प्राप्तिका लागि भएको क्रान्तिका क्रममा विसं. १९९७ सालमा सबैभन्दा पहिले शास्त्रीलाई मृत्युदण्ड दिइएको थियो। ७१ वर्ष पहिले अर्थात् आजकै दिन माघ १० गते टेकूस्थित खरिबोटको रुखमा झुण्ड्यार राणा शासकहरुले शास्त्रीको हत्या गरेका थिए। शास्त्रीलाई झुण्ड्यार मृत्युदण्ड दिएको उक्त खरीको बोट अहिले पनि छ। सोही खरीको बोटमा आज प्रातः स्मरणीय शहीद शास्त्रीको सम्झनामा कार्यक्रम गरिंदै छ। तात्कालीन बन्द व्यवस्थामा जनता र मुलुकलाई राणाशासनको पञ्जाबाट मुक्त गराउने क्रममा समाजिक सुधारमार्फत् अभियान थाल्नुहुने शास्त्रीसहित धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई राणा शासकले मृत्युदण्ड दिएको थियो।

0 comments: