लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
किराँत समुदायले आज उभौली पर्व धूमधामका साथ मनाउँदै छन् । बालीनाली लगाउने समय सुरु भएकोले अन्नपात सप्रियोस् भन्ने कामना गर्दै किराँत राई, लिम्बू, याक्खा र सुनुवारहरुले उभौली पर्व मनाउने गर्छन् । यो दिन प्रकृति, देवीदेवता र भूमीको पूजा गरिन्छ । उभौली पर्वको अवसरका काठमाडौं सहित किराँत समुदायको वसोवास गर्ने क्षेत्रहरुमा बिभिन्न कार्यक्रम भैरहेका छन् । यस्तै चण्डिपूर्णिमाको अवसरमा केही समुदायमा दियाली पूजा पनि भैरहेको छ ।
No comments:
Post a Comment