लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २४ - संस्थापनले एकल निर्णयमा बाबुराम भट्टराई नेतृत्वको सरकारमा मन्त्री पठाएकोमा कांग्रेस नेता शेरबहादुर देउवा समूह आक्रोसित भएको छ । देउवा समूहका केन्द्रीय सदस्य र सभासद्हरुको बैठकले पार्टीभित्र समझदारी नगरी सरकारमा मन्त्री पठाएकोमा आक्रोस व्यक्त गरेको हो । देउवा समूहको अनुपस्थितिमा संस्थापन समूहले महामन्त्री कृष्णप्रसाद सिटौला र सूर्यमान गुरुङलाई सरकारमा पठाएको थियो । देउवा समूहले संविधानका विवादित विषयमा सहमति नभई सरकारमा जान नहुने अडान दोहोर्याएको केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले जानकारी दिए । सरकारमा गएपछि संविधानका विवादित विषयमा पार्टी अडान कमजोर हुने देउवा समूहको तर्क छ । बैठकले सरकारमा जानुअघि पार्टीभित्रका विवाद मिलाउनुपर्नेमा जोड दिएको छ । भ्रातृ संगठनलगायतका पार्टी विवाद नमिलेसम्म देउवाले केन्द्रीय समितिबाट दिएको राजीनामा फिर्ता नलिने बताएका छन् । यद्यपि सभापति सुशील कोइरालाले देउवाको राजीनामा अस्वीकृत गरिसकेका छन् । पार्टी विवादबारे सभापति कोइरालासँग देउवा छलफल गर्न तयार गरेको श्रेष्ठले जानकारी दिए ।
No comments:
Post a Comment