लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
न्युयोर्क, वैशाख २८ - निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको आगामी राष्ट्रपति निर्वाचनको पृष्ठभुमिमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले समलिङगी विवाह प्रति आफनो सर्मथन जनाएका छन् । अमेरिकी समाजमा निकै विवादस्दापद र विभाजित बिषय रहेको समलिङगी विवाह प्रति बहालवाला राष्ट्रपतिले सर्मथन गरेको यो अमेरिकी इतिहासकै पहिलो घटना हो । समलिङगी विवाहलाई केन्दि्रय सरकारले मान्यता नदिएपनि उदार राज्य मानिने न्युयोर्क, क्लालिफोर्निया, म्यासेच्युस्टस् लगायत सात वटा राज्यमा भने यो विवाह वैध रहेको छ । बुधबार एबीसी न्युज टेलिभिजन अन्र्तवार्तामा ओबामाले समलिङगी विवाहलाई मान्यता दिनुपर्ने भनाई राख्दै भने' एउटा निश्चित बिन्दुमा आएर मैले निक्र्याेल निकालेको छु । यस बिषयमा अगाडी बढनु र सर्मथन गर्नु मेरा लागि महत्वपुर्ण हो । मलाई लाग्छ, समलिङगी जोडीले विवाह गर्न पाउनुपर्छ ।' राष्ट्रपति ओबामाले आफनो मान्यता परिवर्तन हुनुमा समलिङगी साथीहरुको हौसला एवम आफना श्रीमती र छोरीहरुको कुराकानीले महत्वपुर्ण प्रभाव रहेको टेलिभिजन अन्र्तवार्तामा बताए । उता, मंगलबार मात्र दक्षिण पुर्वी राज्य नर्थ क्लारोलिनाले समलिङगी विवाहलाई प्रतिबन्ध लगाएको थियो ।
सन २००८ को राष्ट्रपतिय प्रतिस्पर्धाको दौरान समलिङगी विवाहको विपक्षमा रहेका ओबामा हवाईट हाउस प्रवेश पछि भने यस बिषयमा मौन रहदै आएका थिए । कट्टरपन्थी रिपब्लिकन पार्टीको चर्काे विरोध रहदै आएको यो बिषयमा ओबामाको पछिल्लो अभिब्यक्तिलाई उनको चुनावी रणनितीको रुपमा बिश्लेषण गरिएको छ । मंगलबार मात्र रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिका लागि संभावित प्रत्यासी मिट रोमनीले समलिङगी विवाहको विपक्षमा उभिदै विवाहको सम्बन्ध पुरुष र महिलाबीच मात्र हुने टिप्पणी गरेका थिए । ओबामाको पछिल्लो अभिब्यक्तिले उनको चुनावी अभियानमा समलिङगी अधिकारीकर्मीहरु एवम समुहको बलियो सर्मथन जुटने अपेक्षा गरिएको छ । तथापी पछिल्ला मत सर्वेक्षणहरुमा यो बिषय ५०/५० प्रतिशतकै हाराहारीमा विभाजित देखिन्छ । सन २०१० मा 'डोन्ट आस्क, डोन्ट टेल' अर्थात 'नसोध र नभन' भन्ने कानुन मार्फत अमेरिकी सैनिक सेवामा समलिङगी पुरुष र महिलालाई प्रतिबन्धित गरेको कानुनलाई फकुवा गर्न ओबामा सफल भएका थिए । स्मरण रहोस, सन १९९६ मा तत्कालीन डेमोक्रयाट पार्टीबाट निर्वाचित राष्ट्रपति बिल क्लिन्टनले वैवाहिक सम्बन्ध पुरुष र महिला बीच मात्र संभव रहने व्यवस्था राख्दै 'डिफेन्स अफ म्यारिज एक्ट' कानुन बनाएका थिए । सन २००४ मा त राष्ट्रपति जर्ज डब्ल्यु बुसले समलिङगी विवाहलाई संवैधिानिक रुपमै प्रतिबन्ध लगाउने असफल प्रयास गरेका थिए ।
No comments:
Post a Comment