लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दोश्रो परीक्षण उडानका क्रममा दुर्घट्नामा परि इन्डोनेशियामा बुधवारदेखि हराईरहेको रुसको सुखोई सुपरजेट विमान क्षतिग्रस्त अवस्थामा फेला परेको छ । खोजीका क्रममा बिहीबार बिहान इन्डोनेसियाको सालक पहाड नजिक क्षतिग्रस्त अवस्थामा विमान फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । झण्डै ५० जना सवार रुसी सुपर जेट बुधवार दोश्रो परीक्षण उडानका क्रममा उडेको ५० मिनेट पछि बेपत्ता भएको थियो । इन्डोनेशियाका राष्ट्रपति सुसिलो बामवाङ्ग युध्योनोले विमान दुर्घटनामा परेको पुष्टि गर्दै खोजी र उद्धारको काम चलिरहेको बताउनुभएको छ । दुर्घटनास्थल सम्म पुग्न नसकिएपनि हेलिकप्टरबाट देखिएको दृश्यले रुसी विमान दुर्घटनामा परेको पुष्टि भएको र विमानमा रहेका कोही पनि जिवित हुन सक्ने सम्भावना नदेखिएको इन्डोनेशियाको राष्ट्रिय खोजी तथा उद्धार एजेन्सीले जनाएको छ ।
No comments:
Post a Comment