लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २८ - नयाँ संविधानका विवादित विषयमा संविधानसभामा हुने मतदान अनिश्चित भएको छ । विवादित विषयमा १ सय १७ प्रश्नावली छोट्याउनेक्रम नसकिएकाले मतदान अनिश्चित भएको हो । संवैधानिक समितिले प्रश्नावली छोट्याउनेक्रम नसकिएकाले बिहीबारको संविधानसभा बैठक शुक्रबार दिउँसो ३ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको छ । संवैधानिक समिति बैठकबाट बाहिरिएका कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले प्रश्नावली छोट्याउन प्राविधिक तथा विज्ञहरुसँग छलफल भइरहेको जानकारी दिए । संविधानका राज्य पुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली र नागरिकता विषयमा दलहरुबीच मतभेद छ । १ सय १७ मध्ये कतिपय विवाद खुला र विषयगत प्रकृतिका रहेकाले संविधानसभाले हुबहु पेश गर्न अव्यवहारिक हुने समिति सभापति निलाम्बर आचार्यको भनाइ छ । संविधानसभाको म्याद सकिन अब मात्र १८ दिन बाँकी छ ।
No comments:
Post a Comment