News

Jan 26, 2013

हङकङमा गायिका श्रेयसी चेम्जोङ एकल साझ सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/रविन लिङदेन 
२३ जनवरी, उमेरले १४ पार गरि १५ वर्षमा आइपुग्दा सम्म विभिन्न भाषामा एक सय भन्दा धेरैको संख्यामा गीत रेकर्ड गराई सकेकी श्रेयसी चेम्जोङले हङकङमा “श्रेयसी एकल साँझ” सम्पन्न गरेकी छिन् । ६ वर्षको उमेर देखि स्टेजमा निस्कर दर्शक, श्रोतालाई भरपूर मनोरञ्जन दिलाउदै आएका गायिका चेम्जोङले आफ्नो एकल साँझमा केटा–केटी देखी वुढेसकालका दर्शकलाई समेत याक एण्ड येतीको हलमा नचाइन् । दुई दर्जन भन्दा धेरैको संख्यामा कलेक्सन एल्वम वजारमा ल्याउन सफल भएकी गायिकाले आफ्नै कलेक्सन एल्वम वजारबाट नेपाली आधुनिक गीत गाएर आफ्नो एकल साँझको उद्यघाटन गरिन । उद्यघाटन धारावाहिक रुपमा गीत गएका चेम्जोङले केन मुख्खेम्मे तरेवासे केन मुक्खेम्मे ङातङ वेरे आदुमेवा लाखिना (सोलो एल्वम), तिमिले दिएको माया, वसन्तनै वस्न खोज्छ यहाँ लोलाएर, चोक्सु केलरे पाच्छु केलरे सेप्माङ थङी लगायत लोक गीत, आधुनिक गीत, पप गीत, स्वादेश गाना, हिन्दी, नेपाली चलचित्रमा आफुले गाएको गीतहरु प्रस्तुल गरि दर्शकलाई मनोरञ्जन दिलाइन् । एकल साँझमा दुई दर्जन जति गीत गाएका चेम्जोङले हङकङको स्थानिय गीतकार टंक सम्वाहाम्फे रचना कोइलीको भाका संगैं रहू जस्तो लाग्छ वसन्तको वहार संगैं उडी रहु जस्तो लाग्छ लगायत गीतकार गीता पालुङवा द्घारा रचना भएको गीत गाइन । गायीका चोङवाङको मामा भानेन्द्र सम्वाहाम्फेको रचनाको गीत तथा उनलाई प्रेरणा दिने गितकार, संगितकारको सवै खाले गीत गाएर दर्शकको मन जितिन । धनकुटा जिल्लाको वसन्तटार ४, सारतोपामा जन्मिएकी गायिका चेम्जोङ काठमाण्डैंको डिल्लिवजारमा कक्षा ८ मा अध्यायन गर्दै छिन् । १५ वर्षीय चेम्जोङको पहिलो विदेश भ्रमणनै हङकङ हो । उनि यहाँ तेहथुम साँझको लागि नेपालबाट चारजना कलाकार संग आएकी थिइन् । हङकङमा दुई साता नवित्दै उनले तीनवटा स्टेज सो सम्पन्न गरेकी छिन् । आफैले गाएको सवैखाले गीतहरु आफुलाई मनपर्ने वताउदै “संगम रहेछ जीवन दुख र सुखको भञ्ज्याङ रहेछ जीवन आसु र आसोको” भानेन्द्र सम्वाहाम्फेको रचान कृष्ण भक्त राईको संगीत रहेको आधुनिक गीत सवै भन्दा मन पर्ने वताइन् । हङकङको स्थानिय पत्रकार संग कुरागर्दे उनले गायन क्षेत्र वाहेक फुटबल खेल्न मन पराउने वताइन । पढाइ र गायनलाइ निरन्तरता दिने वताउदै भविश्यमा समाज सेवा गर्ने वताइन । वसन्तटार स्थित प्रभात युवा कल्वमा ६ वर्षको उमेर देखि स्टेजमा गीत गाउन सुरुवात गरेकी गायिकाले आठ वर्षको उमेर हुदाँ स्टुडियोमा “छोडेन कहिले डोको र नाम्लोले रात दिन दाउरा घास छोरीको जीवन” वोलको गीत रेर्कड गराएकी थिइन् । उनी नौ वर्ष हुदाँ कञ्चन डिजिटल स्टुडियोबाट “साइन” नामक एकल एल्वम वजारमा निस्किएको थियो । यतिवेला, आधुनिक गीत, लोक गीत, पप गीत, राष्ट्रिय गीत सहितको भिसिडि ल्याउने तयारी भै रहेको उनि वताउछिन । अहिले सम्म आफ्नो इच्छाले पाश्रिमिक नमागेको वताउदै गीत गाउदाँ उनिहरुको इच्छाको पाश्रिरिमक मात्र लिएको वताइन । श्रेयसी एकल साँझमा हङकङका स्थानिय कलाकार कला चेम्जोङले चोली राम्रो पाल्पाली ढाकाको गीत गाइन भने अर्का गायक भुपेन्द्र योङया संग वल्ल भेट भो आदाङवे गाएर दर्शकलाई छुट्टै मनोरञ्जंन दिलाएका थिए । मंगलबार साँझ सम्पन्न भएको “श्रेयसी एकल साँझ” को औपचारिक कार्यक्रममा चेम्जोङ समाजको अध्यक्ष भुपेन्द्र चेम्जोङले संचालन गरेका थिए । कार्यक्रममा वरिष्ठ पहिलो लिम्बु गायक भगत सुब्ब लाजेशा, संगीतकार दिनेश शुब्बा, नेपालबाट आएका गीतकार भानेन्द्र सम्वाहाम्फे, गायक कञ्चन थलङ, गायिका श्रेयसी चेम्जोङले आसन ग्रहण गरेका थिए । सांगीतिक कार्यक्रम गीतकार भानेन्द्र सम्वाहाम्फेले संचालन गरेका थिए ।

No comments: